Part 6

अरुबेला घुमाएर जवाफ दिने उनि, अहिले भने सिधै भनिन् “ कुरा के हो भने,अघि हामिले लिगेको सेल्फी थियो नि, त्यो फेसबुकमा त्याग गर्दीम कि भनेर |”

अरुबेला घुमाएर जवाफ दिने उनि, अहिले भने सिधै भनिन् “ कुरा के हो भने,अघि हामिले लिगेको सेल्फी थियो नि, त्यो फेसबुकमा त्याग गर्दीम कि भनेर |”

काठमान्डौको घरमा तल्ला थपिए भन्दा बढी आज मेरो जिबनमा एकपछि अर्को खुसि थपिदै थियो | अरुबेला मेरो जिबनमा खुसि भनेको खहरे खोला जस्तै थियो तर आज अचानक त्यो खहरे बाढी भएको थियो र यो बाढीले मनमा भएको चिन्ता र अतितका पीडाहरु बगाएर लग्यो | किन नहोस पनि ,अभ फेसबुकमा साथि भएपछी अबेर रात सम्म कुरा हुने कुरा पक्का थियो |

“ कुरा त्यसो पो,तर फेसबुकमा मेरो नाम Unborn keto छ |” फेरी उनले नाम नभेटे भने,अघि सोचेको कुरा सबै ब्यर्थ जाला कि भन्ने भयले भाको कुरा सबै भने|

“आम्मामामा! खुब चटक खुब आउछ है| तर unborn भनेको जन्मेको नै छैनौ है,मतलब नुवारण पनि भएको छैन,त्यसो भए नाम चाही कसरि राखेउ नि आफ्नो ?” जब दुइ तर्फि कुरा हुन्छ,उसले मलाई बोलेर कहिले जित्नै नदिने |हुन उसंगको पहिलो भेट मै मुटु हारिसकेको मान्छे जो परे म |

“कति प्याच प्याच्च प्याच्च बोलेको,चुप लाग पत्यौरी|” अघिनै भने नि मैले ,म सोचेर हैन बोलेपछि मात्र सोच्छु | ठ्याक्कै त्यहि दोहोरियो फेरी, नसोचेर बोलि गए ,अभ रिसाउने हो कि भन्ने डर | जिन्दगि बोल्दिन कि जस्तो पनि लाग्यो |

“ माने हौ तिमीलाई, मलाई साथीलेहरुले भन्ने नाम कसरि थाहापायौ?” रिसाउछे भनेको,उल्टै मख्ख परि | कहिले सोचेको केहि पुरा हुदैन र कहिले काही नसोचेको कुरा पनि भैदिन्छ,कस्तो अचम्म है | जे होस् भगवान आज दाहिने हुनु पर्छ मेरो |

“उ त्यहाँ हेर त,कस्तो दामी है ?” उसले अलि पर रहेको स्थानलाइ संकेत गर्दै मलाई केहि कुरा देखाउन चाही तर मैले भने उसले के देखाउन चाही भनेर बुझ्न सकिन र सोधे “के छ र त्यहाँ “

हत्तेरिका पारामा उसले आफ्नु निधारमा हत्केलाले ठोक्दै भनिन् “उ त्यहाँ पर हेर त, कस्तो दामी बस्ने ठाउ,त्यहाँ गएर बसम न |”

बस्नु केवल एउटा बहाना थियो, उसको उदेश्य फोटो लिनु थियो र यो कुरा मलाई बकाइदा थाहा थियो | “बस्ने मात्र?” उसंग बोल्न केहि बेर अघि सम्म हिच्किचाउने मान्छे अभ चाही खुल्ला रुपमा बोल्न सक्ने भएको थिए | एक त मैले जे बोले पनि उ नरिसाउने र अर्को हामि दुवै छोटो समयमा नै धेरै घुलमिल भईसकेको थिएउ| त्यसैले पनि होला अभ उसंग बोल्दा कुनै संकोच बिना नै मज्जाले बोल्न सक्ने भएको म |

मैले जे भन्न खोजे,उसले पनि त्यहि बुझी ठ्याक्कै | यति घुलमिल भएपछी त्यति पनि नबुझ्ने भए त अहिले सम्म बिताएको सबै पल बेक्कार गाको जस्तै भैगोनी | “बस्ने अनि फोटो पनि लिने अलि अलि |” यहि उत्तर तर केहि फरक पारामा आशा गरेको थिए मैले तर उनीले सोचेको भन्दा निकै भिन्न र सहज पारामा उत्तर दिइन् | उसले भनेको पुराउनै पर्यो र उसले भने बमोजिम गएर केहि फोटो खिचेउ र बसेर बात मार्न लागेउ हामि | बात पनि कहाबाट के गर्ने र एउटा पछी अर्को निक्लिने र सबै जसो कुरा हासोमा सकिने |

यतिकैमा पछाडीबाट एउटा आवाज आयो “बाबु”| त्यो शब्द सुन्ने बितिकै मेरो यो मन भित्र धेरै कुराहरु एकै साथ खेल्न लाग्यो| सोच्दै थिए अभ पर्यो फसाद, फेरी को चिनेको मान्छे भेटियो? अब फेरी के सोच्ने होला,एक्लै भए त घुम्न आको भन्न नि हुने तर कन्चन संग थिए,त्यो पनि कलेजमा हुनु पर्ने मान्छे स्वयम्भु किन सोधियो भने के भन्नु मैले, घर सम्म कुरा पुग्यो भने त आमाको कुच्चो र बाबाको बेल्ट संगै खाइने भयो |

अभ पछाडी त हेर्नै पर्यो, अरु विकल्प पनि केहि थिएन | बिना कारण डराएको रैछु म पनि , पछाडी एउटा मैले नचिनेको बजे हुन्हुन्थियो र मैले पछाडी फर्केको अर्को पलमै हात थाप्दै भन्नु भयो “ बाबु १० रुपे दिनुस् न, चिया खानु पर्यो |” उहाले बोलेको शब्द कान हुदै मस्तिस्क सम्म पुग्यो तर उहाको हातको दृश्य मेरो आत्मा सम्म| हात संगै गालाको छाला चाउरी परेको थियो, अगाडिको दात पनि छैन जस्तो लाग्यो, हातमा छाला र हाड बाहेक केहि थिएन ,यसको हेर्दा सुकेको दाउरा जस्तै थियो हात, औला पनि ठाउँ ठाउमा फुटेको, कपाल पनि नामको मात्र थियो, आखामा केहि भिन्न तर औधि पिडा थियो, आखा केहि रसाएका पनि थिए र खुट्टामा चप्पल थिएन|

कति दिए चाही भन्दिन तर चिया हैन खाना खानु भनि हातमा पैसा हालीदिए | जुन खुसि बजैको मुहारमा देखे, हो त्यो खुसि जिन्दगीमा निकै कम मात्र देखिन्छ र बजैको खुसि देखेर मेरो आत्मा पनि खुसि भयो | “बाबुको जोडीको भगवानले रक्षा गरुन्|” हिड्ने बेला आमाले आपत पार्ने कुरा बोलेर जानु भयो | एकैछिनमा पाकेको अखबरे खुर्सानी जस्तै रातो पिरो भए म र क्न्चन तिर हेर्न भने सकिन |

Previous article
Next article

Latest Posts