Part 15

तर फोन हेर्दा नया नम्बर थियो, अभ यो नम्बर फेरी कसको होला,बुझ्न नै सकिन सारा संसार किन लागेको मलाई बिउझाउन| पहिले देखि मोबाइलमा भएको नम्बर भए मैले फोन न उठाउने पक्का गरिसकेको थिए तर अभ नया नम्बर भएपछी कसको हो भन्ने उत्सुकता नि बढ्यो र कहिँ कसैलाई केहि पर्यो कि भन्ने शंका पनि थपियो | निन्द्राको तालमा भएपनि फोन उठाएर हेल्लो भन्नु नै पर्ने, त्यहि अनुरुप मैले “हेल्लो” पनि भने |

“हेल्लो” उताबाट पनि मिठो स्वरमा यो जवाफ आयो | उसको बोलि सुरिलो थियो र मेरो मनमा प्रश्नको दुइता तरंग पैदा गर्यो त्यो स्वरले | पहिलो को होलिन फोनको अर्को तर्फ र दोस्रो कहिँ कन्चनले अरुलाई फोन गर्न लगाएको पो हो कि |

“को बोल्नु भएको ?” सोचमा धेरै दुबे पनि यो प्रश्न अत्ति जरुरि थियो |

“ भन्दिन !आफै चिन |” आफै चिन रे, खुबी मैले लुकिछिपी खेलेको जस्तो पो गर्छे त | फेरी आफै चिन्नलाई मा भवन पनि हैन | यसै त सोच्न भनेपछि अल्छी मान्ने मान्छे |म,अभ खान निन्द्राको तालमा कसरि सोच्नु मैले |

“कसरि चिन्नी हो र मैले?मलाई भगवान सोचेउ कि के हो ?” मनको कुरा बोलीमा उतार्न अलिकति पनि समय लागेन मलाइ |

“बन्देउन भगवान पनि |तिम्रो के जान्छ र ?” अभ चाही बडो मुस्किल अवस्थामा पुगे, उतर त उनीले हासी हासी दि तर म यता पानी पानी भए उसको उत्तर सुनेर | मैले कम बोल्न जानेको कि अर्को तर्फकी केटि पुरै सिपालु छे, यो पनि छुत्यान बाकि छ |

“परेको छैन मलाई कसैको भगवान बन्न,खुरु खुरु नाम भन|” उसको नाम पत्याउनम संग भएको अन्तिम बाटो पनि यही थियोम कि त सम्झाएर कि थर्काएर |

“बन न के,टिम भगवान म तिम्रो भक्त |” वाक्य पछी अर्को वाक्यमा,हाम्रो सम्बाद मिठो हुदै गयो तर पनि उत्सुकता भने जीवित नै थियो मनमा |के हुन उनि भनेर |

“भन्ने भए भन नत्र फोन राख्छु है म |” निन्द्राको तालमा उसको मिठो कुरा पनि बिस्तारै खल्लो हुदै गयो र मलाई उसको मिठो बोलि नपचेर उकुस मुकुस भए |

“शान हेरन, शान,यहि attitude मा नै म फिदा भएको हो|” यो वाक्य चाही मैले सुनी रहने वाक्य थियो, परजुनाले धेरै जसो भन्ने गरेको वाक्य यहि हो र मैले चिने फोनको अर्को पट्टि को क्ष भनेर |

“ए परजुना पो” ढिलो भए पनि चिने उसलाई|

“नचिनेको पो ,ठिकै छ , हामीलाई कहाँ सम्झिनु नि अभ|” मान्छे जो होस् तर चिनिन भन्दा जसले दिने उत्तर यहि हो ,अचम्म छ है |

“नया नम्बर भएर हो के |” बहाना हजार थिए तर यो जति काइदाको कुनै बहाना लागेन | साच्ची भन्नु पर्दा उसलाई सम्झेर र चिनेर के नै पो हुने हो र,तर यो भन्न नमिल्ने थियो उसको अघि |

“नम्बर नया भए पनि मान्छे त पुरानै हो नि|” उसले भनेको पनि सहि हो तर… |

“मान्छे उही भएपनि समय उही रहेन नि |” समयसंगै हामि पनि उस्तै रहिनौ ,सबै बदलियो हामि बीच,उसलाई यति चाही भन्नु थियो र भने पनि|

“के भनेको ?” थाहा छ उसले सुनी र बुझी पनि तर पनि नबुझेको जस्तो गर्दै थि, बुझ्न गार्हो के केटि हरुलाई |

“यो नम्बर चाही कसको नि ?”जब उसले नै नबुझे जस्तो गरेपछि हाम्रो बार्तालाप कतै अरु तिर मोड्नु भन्दा अरु केहि विकल्प थिएन |

“मेरो मोबाइल हरायो नि ,यो नया नम्बर लेको|” निकै लापरबाही गर्ने बानि थियो उसको,त्यसैले मोबाइल हरायो थाहपाउदा म अलिकति पनि चकित भएन | मैले थाहा पाए देखि उसले यो चौथो मोबाइल हराकी हो |

“ ठिक्क पर्यो पाइताला ,मैले खाए सुन्तला |” अलि जिस्काउदा मज्जाको पारामा मिठो तरिकाले ठुस्स पर्ने बानि थियो उसको ,त्यसैले एकछिन भए पनि जिस्किदिम जस्तो लाग्यो | मनले अरु केहि भन भन्दै थियो तर दिमागले भन्न दिएन| उनि गएपछि मेरो त जिबनबाट खुसि नै हराएको थियो,उसको जाबो मोबाइल, तर उसलाई भनिन|

“नाजिस्काउ है |” भनेको थिए नि ठुस्स पर्छे भनेर, ठुस्स परि हाली |

“अनि मेरो नम्बर कसरि पायौ|” सुन्दा अक्कडो होला प्रश्न तर मलाई थाहा पाउनु थियो कि उसले आखिर मेरो नम्बर कसरि पाई |

“तिमीले पो बिर्सेउ नि ,मलाई त मान्छे र नम्बर दुवै बरोबर याद छ |” कस्तो जिलै उनले यति भनिन् तर …….

Previous article
Next article

Latest Posts