Part 22

आज पनि केहि फरक रहेन| घर पुगेर खाना खाएपछी म किताब बोकी मोबाइल छोडी, छतमा पुगे| जब छतबाट फर्किए, केहि भिन्न देखे आफ्नो मोबाइलमा| यो यस्तो समय हो, जहाँ म ब्यस्त हुन्छु र कन्चनलाइ यो कुरा राम्ररि  थाहाछ| उनले पनि यो समयमा कहिले फोन गर्दिनन् थिइन् मलाई तर आज उनको १३ मिसकल छ र दुइ मेसेज| मेसेजमा चाडै फोन गर बाहेक केहि लेखिएको छैन| आखिर के भएछ त्यस्तो? खाजा तैयार छ घरमा तर प्राथमिकता खाजा हैन कन्चन हो अहिलेको लागि|

“ओइ के भयो तिमीलाई| कति धेरै फोन गरेकी रैछौ| मेरो याद त्यति धेरै आयो है?” हास्ने र हसाउने स्वभाव छ मेरो, जिस्केर नै गफगाफ सुरु गरे| मैले तिन वाक्य बोलेको 3 सेकेन्ड बढी भयो होला तर यो अन्तरालमा पनि कन्चनको कुनै जवाफ आएन| उसले मैले बोलेको सुनेकी त छे नि?

“ओइ के भयो? मेरो आवाज सुनेको छैन हो?”मनमा रहेको प्रश्न मनमा नै राखे भने जवाफ त पक्कै आउदैन| कन्चनलाइ नै सोधे मनमा रहेको प्रश्न| तर अझै पनि कन्चनको केहि जवाफ आएन| मेरो फोन बिग्रेको त पक्कै पनि हैन| आवाज उनको मात्र न आएको हो, उनको वरीपरिका साना तिना आवाज मज्जाले सुन्न सक्छु म| कहिले कुनै सवारीको हर्न सुन्न सक्छु भने कहिले मान्छेको गाइगुइ तर सुन्न चाहेको उनको स्वर भने मेरो कानमा परेकै छैन| कहिँ उनि रिसाएकी त हैन नि? उनीले फोन गर्दा मेरो फोन उठेन भनेर रिसाउनु त नपर्ने हो उनि| उनीलाई म के गर्दैछु भनेर बोध त अबस्य छ| यहाँ म मौनता पनि सुन्दैछु तर उनको स्वरको पर्खाइमा छु म| गल्ति मेरो हैन तर फकाउनु चाही मैले नै पर्छ| यहाँ गल्ति हजार हुन्छन सम्बन्धमा गासिएको बेला, अनि गल्ति सबै केटाको नै हुन्छ| अब कन्चनलाइ फकाउन बाहेक अरु केहि उपाए पनि त छैन नि|

“ओइ, सरि के| नरिसाउन|” आफुले नगरेको गल्तिमा यहाँ भन्दा धेरै केहि बोल्न जानिन मैले| यति भन्दा पनि कन्चनले केहि बोलिनन्| आखिर कन्चनलाइ हुन चाही के भयो, बोल्ने नहुने त त्यस्तो मैले के पाप गरेको छु र| उनको रिस मेट्न खोज्दा खोज्दै मलाई नै आक्रोशले घेर्यो र म उल्टै रिसाए कन्चनसंग|

“बोल्न मन छैन हो? ल छैन भने रिस मरेपछि, जब बोल्न मन लाग्छ, हो त्यहि बेला फोन गर्नु मलाई|” आफ्नो आक्रोश कन्चन सामु पोखेर फोन राख्न मात्र के लागेको, कन्चन रोएको आवाज आयो| हुन चाही के भयो के यो केटीलाई| बोल्न पनि बोल्दिन र अब रुन लागि| कारण थाहा भए उनलाई शान्त बनाउन सजिलो हुनेथियो तर कारण के भन्ने मलाई पत्तो छैन| अब मैले गर्न चाही के गर्ने? उनीलाई फकाउने कि बहलाउने? त्यो पनि थाहाछैन| अनेकौ पल्ट सोधे उनीलाई के भयो भनि, अनि बल्ल उन्को जवाफ आयो| जवाफ पनि भन्न नमिल्ला, जवाफको सानो अंश आयो उनि तर्फबाट| उनको हरेक वाक्य सहित उनि झनै अत्तालिन थालिन्| शब्द कम आशु बेसीछ उनको हरेको वाक्यमा|

“म अघि ब्रेड र दुध लिन बाहिर चौक गएको थिए|” यति भनेर फेरी उनि भक्क्कानिएर रुन लागिन्| उनको पहिलो वाक्यले म  के पक्का भए भन्दा, उनि मसंग रिसाएकी हैनन् तर केहि नराम्रो भएको छ उनीसंग| उनको आशु पुछ्न नसकेपनि उनको आशु रोक्न खोज्दै उनीलाई सम्झाउन लागे|

“मैले अस्ति भनेको याद छ नि है? कसैले मलाई पछ्याउदै थियो आज पनि| म पसल पुगेर ब्रेड र दुध लिएर फर्किदै थिए| आधि बाटो पुगेको मात्र थिए…..” यति भनिसकेर उनि फेरी भक्कानिएर रुन लागिन्| उनको हरेक वाक्यसंग म भित्र प्रश्न र चिन्ता उत्तिकै मात्रामा बढ्दै छ| उनको आशु रोक्न निकै मुस्किल पर्यो| उसलाई सम्हाल्न मैले बोलेको हरेक वाक्य त्यसै ब्यर्थ जादै थिए र अन्त्यमा उनको आफ्नै चेत्तनाले उनीलाई सम्हाल्यो|

“ अनि मेरो अगाडी आएर एउटा बाइक रोकियो| दुइ जना थिए बाइकमा| बाइकबाट एकजना ओर्लिएर म तिर आयो र …..” हरेक वाक्य पछी उनि भक्कानिने, उनको मनमा कति धेरै पिडा र दुखछ म महसुस गर्न सक्छु| उनीले चाहेर पनि आफुलाई सम्हाल्न सकी रहेको छैन| एकछिनमा आफै सम्हालिन खोज्छिन् तर सक्दिनन् र पुन रुन लाग्छिन्| आशु संगै उनको पिडा पनि बगेर गए हुनेनी तर आशुले पिडाको बोटलाई पानीको काम गर्दै थियो| पिडा झन् बढ्दै जादै थियो उनको|  उनको पीडाले उनीलाई भित्र भित्रै निल्दै छ|

“त्यो मान्छे म तिर आयो र मेरो अगाडी आएर रोकियो| मेरो छातीमा हात लग्यो र हात यता उता लग्न थाल्यो| मैले केहि गर्न नै सकिन| म अत्तालिए, के गर्ने भनि सोच्नै सकिन| मेरो सास नै अड्कियो, कराउन खोज्दा पनि कराउन सकिन| निकै कोशिश गरेपछि मात्र आवाज निक्लियो मेरो मुखबाट| मैले कराउने समय सम्म त्यो मान्छे मेरो अघि नै थियो| मैले कराएको सुनेर केहि मान्छेहरु म तिर आउन लागे र त्यो मान्छे फेरी त्यहि बाइक चढेर भाग्यो| मेरो शरीरलाइ मेरो खुट्टाले थाम्न नै सकेन र म भुइमा पछ्छारिन पुगे| होस् थियो तर सोच थिएन| दिमाग अनि म दुवै खालि, अब के गर्ने भनि सोच्नै सकिन| कत्तिले के भयो सोध्ने र कत्तिले त्यो केटाहरु को हो भनि सोध्न लागे| दुवै प्रश्नको जवाफ छैन मसंग, त्यसैले चुप नै बसे म| कत्तिले ति दुइलाई सराप्न पनि लागे र कत्तिले पछ्याउन पनि खोजे तर उनिहरु भागि सकेका थिए| बल जुटाएर त्यहाँबाट जसो तसो घर पुगे र तिमीलाई फोन गरेको……….|” यति भनेर उनि फेरी रुन लागिन्| म निशब्द भए, शब्द नै आएन उनको लागि| आखिर कसले गरेको होला यस्तो अनि किन गरेको होला? एउटा केटीलाई उसको इज्जत र स्वभिमान नै सबै भन्दा प्यारो हुन्छ, आज कन्चनबाट त्यो दुवै खोस्ने प्रयास भयो| मेरो आखा अगाडी शिभा हास्मी आइन्, बिन्दु ठाकुर आईन्, सरस्वती सुबेदी आइन् र अरु पनि धेरै त्यो पिडित महिला आइन् मेरो आखा अगाडी जो बलात्कारको सिकार भएका छन्|कन्चनमाथि बलात्कारको एउटा प्रयास भयो, यौन हिंसा भयो| कसले गर्यो थाहाछैन किन गर्यो थाहाछैन| अरुलाइ पर्दा फेसबुकमा सानो स्टाटस् लेखेर साहनुभुति दिने म, आज थाहापाए पिडा| त्यो सहानुभूति पिडितको पिडाको सानो अंश पनि नाझाल्काउने रैछ र पिडा कम गर्ने कुरा परको हो| कन्चनलाइ चुप लगाए बल्ल तल्ल र थप केहि प्रश्न

“त्यो केटाहरुलाई चिन्छौ तिमि?”

“नाई चिन्दिन, पहिलो पल्ट देखेको हो| अब देखे भने चाही चिन्छु|”

“कोहि संग झगडा परेको थियो? कोहि संग भनाभन् परेको थियो?”

“नाई छैन, एक जना नि कोहि त्यस्तो मान्छे छैन जोसंग मेरो झगडा परेको छ|”

“त्यसो भए को थिए होला त उनीहरु?”

“म पनि त्यहि सोच्दैछु| मैले त्यस्तो केहि गरेको पनि छैन, मसंग यस्तो हुनलाइ|”

“घरमा कसैलाई भनेउ आज यस्तो यस्तो भयो भनेर?”

“छैन, म भन्न सक्छु जस्तो लाग्छ? मसंग आट नै छैन, तिमीलाई मात्र हो भनेको|”

“बाइक नम्बर याद छ?”

“देखिन नि| त्यो केटाले मेरो छातीमा हात लाग्ने बित्तिकै मेरो आखा अगाडी अध्यारो छायो| मलाई केहि याद नै छैन त्यसपछि|”

“पुलिसको मा जाने हो?”

“ नाई नाई, फेरी घरमा थाहाहुन्छ|”

निस्कर्षमा पुग्न नै कठिन भयो| आखिर कसले गर्यो र किन गर्यो यस्तो कार्य भनि| सबै सम्भावना केलाउदा पनि कुनै एउटा ठोस नाम आएन| ति मानिसको उदेश्य के थियो भनि थाहाछैन| पुलिसको मा नजाने भनि चाही पक्का भयो| हामि दुइ बहेको यो घटना अरु कसैलाई नभन्ने भनि निस्कर्षमा पुगियो| तर…..

Previous article
Next article

Latest Posts