आखिर हामि दुबैले मोबाइल चलाएकै छैन भने कसरि हाम्रो मोबाइलबाट एक अर्कालाइ मेसेज गयो? कस्तो अचम्म| मतलव अघि कन्चनलाइ उनको बुवाको मोबाइलबाट मेसेज आएको थियो, त्यो पनि बुवाले पठाउनु भएको हैन| आखिर यो सबै कसले गर्दैछ र किन गर्दै छ? फेरी कन्चनको मोवाइल नम्बर र उनको बुवाको मोबाइल नम्बर कसरि पाए ती मान्छेले? ल कन्चनसंग केहि निउ होला हमला गर्नेहरुको, तर मेरो नम्बर पनि कसरि भेटे उनीहरुले| जति जवाफ खोज्दै गयो त्यति प्रश्न थपिदै जाने| अभिमन्युको चक्रबियु हुदैछ सबै, हामि जति निक्लिन खोजे पनि झन् फस्दैछौ|
आखिर कन्चनसंग के रिस हो त्यो मान्छेलाइ? कन्चनले एक एक पल सम्झिन लागि अतितका, कहिँ कति उनीले कसैलाई चोट पुर्याएकी त छैन, कहिँ कतै कसैको मन दुखाएकी त छैन, कहिँ कतै उसले गर्दा कसैलाई केहि नराम्रो त भएको थिएन| उनले जति कोशिस गरे पनि, कुन एउटा सतिक नाम आएन उनको दिमागमा|
“घरमा के भन्ने?” कन्चनलाइ हात र टाउकोमा चोट लागेको छ, घरमा मनको चोट लुकाए पनि यो चोट लुकाउन नमिल्ने| घरमा अब सत्य भन्ने कि फेरी झुठ थप्ने, कन्चनले निर्णय लिनु पर्नेछ|
“साथिहरुलाई जे भने त्यहि भन्ने हो, कलेज बाहिर चिप्लिएको|” उनको निर्णयलाइ मैले काट्न मिल्दैन|
कन्चनलाइ देख्ने बित्तिकै उनको मामु अत्तालिनु भयो| आमाको आखामा आशु र मुहारमा अन्धकार थपिदै गयो| आमाको माया र स्नेह कहिले कम नहुने| आमालाइ सम्हाल्न एकछिन समय लाग्यो र बिस्तारै हाम्रो झुठलाइ यथार्थ मान्नु भयो आमाले| अघि भर्खर त्यति चिन्तित आमा, अहिले भने हेरेर हिड्नु पर्दैन भनेर कन्चनलाइ गालि गर्न लाग्नु भयो| आमाको हरेक शब्दमा माया भेट्छु, चाहे त्यो “बाबु, नानि” होस् या “कुकुर, गधा”| कन्चनको कोठामा बसेर हामि फेरी सोच्न लागेउ| सुरु देखि फेरी सुरुवात गर्न लागेउ, एक एक घटना र पल एक अर्कासंग जोड्न लागेउ|
कन्चनलाइ भएको पहिलो हमला अघि उनीलाई कसैले पछ्याउदै थियो| कहिलेबाट पछ्याएको पनि टिप्न लागेउ हामीले| उनीलाई पछ्याउदै छ भने, त्यो मान्छेहरुलाई कन्चनको बारे निकै थोरै थाहाछ नत्र किन पछ्याउनु| अनि फेरी मोबाइलमा पनि मेसेज आज मात्र आयो| यदि उनीहरुले कन्चनलाई चोट पुर्याउन नै खोजेको भए, त्यो पहिले नै गर्थिए होला| किन आजको लागि पर्खिनु पर्यो? कन्चनमाथि हमला गर्नेलाइ कन्चनको बारे न्यून मात्र थाहाछ भन्ने निस्कर्षमा पुगेउ| यसको मतलब हामीले यो मान्छेलाइ खोज्न समयमा धेरै पछी जानु पर्दैन| कन्चनलाइ धेरै पहिले देखि चिन्ने भए उसंग कन्चनको बारे जानकारी पनि औधि हुनु पर्ने हो तर त्यो मान्छेले पनि एक पछी अर्को गर्दै जानकारी निकाल्दै छ|
केहि भएपनि सहयोग भयो हामीलाई अब| गएको 3 महिना देखिको एक एक घटना सम्झिन लागि कन्चनले| उनले कसैलाई गालि गरेकी थिइन् कि, कसैलाई केहि कुरामा हुन्न भनेकी थिइन् कि, कसैले उनीलाई मन पराउछ कि, उनीले गर्दा कसैको आत्मसम्मानमा ठेस पुग्यो कि, बा आमाको कुनै पुरानु रिसिबी छ कि? हो यस्तै प्रश्नमा जकदिदै गयौ हामि दुवै| हामीले जति बल गरेपनि प्रश्नहरुले हामीलाई थिच्दै गयो| हैन आखिर को हुन सक्छन के, मान्छेलाई किन अनायासै दुख दिदै छन्| अघि सम्म रिस थियो मनमा, अब बिबस छु म| नरु गएर उनीहरुको खुट्टा समाई माफी माग्दिन्छु र कन्चनलाई केहि नगर्न अनुरोध गर्न पनि तैयार छु| आखिर किन यो सबै गर्दैछन् उनीहरुले| मेरो मोबाइल बज्यो, बिस्वासको फोन रैछ|
“साथि कहाँ छौ? फोन नै गरिनौ तिमीले|” बिस्वास मेरो फोनको पर्खाइमा बसेको रैछ| उसलाई केहि भएको छैन, अहिले केहि गर्नु पर्दैन भनि झुठ बोले| यो भन्न त मन थिएन तर कन्चनको निर्णय हो यो| बिस्वासले चिनेको केटाहरु ल्याएर त्यो मान्छेहरुलाई भकुर्न मन छ तर कन्चनले मानिन| कन्चनको निर्णय मैले नाई पनि भन्न मिल्दैन, आखिर भोगेको सबै कन्चनले हो|
अघि मेरो मोबाइलमा आएको मेसेज मैले पढेको छैन, अहिले बिस्वासले फोन गरेपछी याद आयो| इनबक्स खोले र मेसेज पनि| “जति चाहन्छौ अघि पछी बस, तर कन्चनलाइ त म मारेर नै छाड्छु|” जिउ सिरिङ्ग भएर आयो यो मेसेज पछी| हातखुट्टा निदाए एकछिनलाइ, आखिर कसरि कसैले कसैको ज्यान लिने सोच राख्न सक्छन मनमा| कन्चनको मोबाइलमा पनि त मेसेज आएको थियो नि, उनको मोबाइल लिएर मेसेज खोले| “त जति सुकै मान्छे राख तेरो वरीपरि, म तलाई नमारी छाड्दिन| पहिले इज्जत रित्त्याउछु तेरो अनि तैले आफ्नो ज्यान आफै लिन्छस्|” कन्चनलाइ अन्गालो हालेर रुन लागे म हाब यो मेसेज पढे|
हैन कन्चनले कसैको के बिगारेकी थिइ, किन उनिसंग यो सबै हुदैछ| प्रहरीकोमा जाउ भन्दा पनि उनीले नाई भन्छिन| उनि प्रहरीकोमा जान चाही किन नमानेको बुझ्न सकिन मैले| उनको हरेक निर्णयलाइ समर्थन गर्न सक्दिन म तर मेरो केहि कुरा उनीले सुन्न नमान्ने| फेरी उनीलाई सम्झाउन खोज्दा उनको जहिले त्यहि एउटा वाक्य “तिमीलाई के थाहा ममाथि के बित्दै छ| तिमीलाई के थाहा प्रहरीकोमा गएपछि के के हुन्छ|” मैले कहिँ केहि बोल्ने नमिल्ने गरि उनले आफ्नो वाक्य सक्याउछे|
कोठामा बस्नु भन्दा छतमा गएर घाममा बस्ने भनिन् कन्चनले| उनको कुन चाही कुरालाइ नाई भनेको छु र मैले| हाम्रो जीवन पो अन्धकार छ, छत त घामले पुरै उज्यालो छ| हाम्रो मनमा पो चिसो पसेकोछ, छतमा शरीरले भने न्यानोपन भेट्यो| आमाले खाना ल्याइदिनु भयो हामि दुबैलाई| मन भरि कुरा खेल्दैछ, खानाको इच्छा छैन मलाई तर आमालाई नाई भन्न नमिल्ने| कन्चन र मैले खाना सकेपछी फेरी दिमागमा जोड दिने कार्य गर्न लागेउ| यत्तिकैमा कन्चनको मोबाइलमा मेसेज आयो|
“रविलाई घर ज्वाई नै राखिस् कि के हो र*डी? आफ्नै पेटिकोट भित्र राखीस् भने पनि तलाई कसैले बचाउन सक्दैन|” अपशब्द प्रयोग भएको छ त्यो मेसेजमा| अहिलेको मेसेज फेरी नया नम्बरबाट आएको हो| उनीहरुलाई म कन्चनकोमा नै छु भनि पनि थाहारैछ र मेरो नाम पनि| आखिर को हुन् उनीहरु? उनीहरु यतै छेउमा नै हुनपर्छ नत्र उनिहरुलाई कसरी थाहा भयो कि म अहिले सम्म कन्चनकोमा नै छु भनि?कन्चनलाइ सम्झाए, बुझाए , फकाए र बल्ल उनले बिस्वासलाइ बोलाउन मानी| यदि ति केटाहारु छेउमा नै छन् भने, उनीहरुलाई समातेर तह लगाउने निधो गरियो|
“बिस्वास, तिमि केटा लिएर म भएको ठाउमा आउ त,मैले तिमीलाई लाइभ लोकेसन पठाएको छु|” बिस्वासलाई फोन गरे र बोलाए उनीलाई| आज सबै घटनाहरुको जरामा पुग्ने भइयो| एक पल्ट ति केटाहरु हाम्रो हातमा परुन मात्र न|
