Part 28

हत्तारिएर कलेजबाट निक्लिए र गाडी चढेर उनि निर पुगे| कन्चनले जुक्ति लगाएकी रैछिन् र त्यो जुक्तिले यस्तो काम गर्यो कि यो सबै घटनामा कस्तो हात छ बाहिर आयो| सोच्नै नसक्ने व्यक्तिले यति ठुलो षड्यन्त्र रचेको रैछ|

म सुरु देखि सुरु गर्छु है| कन्चनको घाउ ड्रेसिङ्ग गर्नुपर्ने, मेडिकल सम्म कसरि जाने? अहिले जे घटनाहरु घट्दैछन्, ति घटना बारे केहि पनि सुइँको दिएको छैनौ हामीले कन्चनको घरमा| घरमा भन्नु पनि के भन्नु? कन्चन माथि कसैले हमला गर्दैछन् र ज्यान लिने कोसिश गर्दै छ तर कसले थाहा छैन| यहि भन्नु? कसरि भन्नु? ड्रेसिंग गर्न कसरि जानु अब? म पनि थिइन कन्चनसंग| थाहाछ ति व्यक्तिहरु वरीपरि नै छन्|

यो सबै थाहा हुदा हुदै एक्लै जानु पनि उचित हैन| एक्लै जानु भनेको आफ्नै ज्यानको माया मार्नु नै हो| बाहिर ति दुस्तहरु ढुकेर बसेका छन्, कुन बेला मौका मिल्छ र कन्चनलाइ हानि पुर्याउ भनि| कन्चन एक्लै बाहिर निक्लिनु भनेको उनीहरुको लागि स्वर्ण अवसर हो| तर नगई पनि हुन्न नि| अब के गर्ने? कन्चनले सुजिलाइ फोन गरिछन् र अहिले सम्मको एक एक घटना भानिछीन्| बाहिर केहि नभएपनि कम्सेकम दुइ जना छन्, कन्चन घायल छिन् र सुजिता एक्लैले कसरि जोगाउनु कन्चनलाइ| कन्चनले यो कदम चाल्दै छिन् भनि थाहा पाएको भए म उनीलाई रोक्थिए तर मलाई थाहा भएन|

कन्चनको उदेश्य उनीहरुसंग जोगिनु हैन रैछ| जहिलेको मानसिक तनाब र पिडा सहदा सहदै उनि वाक्क भइ सकिछिन् र उनि अब धैर्यता बाकि छैन| कन्चनको उदेश्य भनेको यो घटना पछिको मूल पात्रलाइ सामु ल्याउनु रैछ| तर कसरि? उनीले सुजिलाई बोलाउनुको कारण आफ्नो सुरक्षाको लागि हैन, तर ति व्यक्तिहरुलाई क्यामेरामा कैद गर्न रैछ| भने जतो र सोचे जति सजिलो कार्य पनि हैन यो| फेरी सुजि कन्चनको घरमा गएर कन्चन संगै बाहिर निक्लिन् भने ति व्यक्तिहरु सावधान हुनेछन् सुजीको उपस्थितिले| अब के गर्ने?

कन्चनको मुख्य जुक्ति यहि छ| उनीले सुजिलाइ घरमा नबोलाएर आफ्नो घर भन्दा केहि पर बस्न भनिछिन् र आफु एक्लै घरबाट निक्लीईन्| कन्चनको केहि पछी सुजि हिड्न लागिन्| सुजिको हातमा मोबाइल छ, जसमा क्यामेरा चालु छ, अब घट्ने घटना कैद गर्न तैयार छ त्यो क्यामेरा| कन्चनको घरबाट २००-३०० मिटर पर पुगेपछि, कन्चनको अगाडी आएर एउटा बाइक रोकियो| बाइकमा दुइ जना तर आज केहि फरक भयो, दुवै केटा थिएनन्| बाइक हुइकाउने व्यक्ति चाही केटा थियो भने बाइक पछाडी केटि थिइ|

बाइकबाट केटि ओर्ली र कन्चनलाइ केहि भनिन् र धकेली| यो सबै सुजिको क्यामेरामा कैद भयो| कन्चन  भुइँमा पछ्छारिने बित्तिकै सुजि चिच्याइन् र केटा केटि दुवै बाइक चढेर फरार भए| कन्चनलाइ थोरै चोट लागेछ तर अवस्था सामन्य छ| कन्चनलाइ भेट्ने बित्तिकै सुजिले मलाई यो सबै घटना एक एक गरि सुनाइन्| कन्चनसंग रिस पनि उठ्दै छ, आखिर कसरि उनीले यति धम्कि बीच आफ्नो ज्यान दाउमा लगाउन सक्छिन्| तर उनले यो कदम नचालेको भए, पर्दाफास पनि त हुन्थिएन|

भिडियो हेर्दै जादा, त्यो बाइकबाट ओर्लिएको केटि अरु कोहि नभएर परजुना थिइन्| खुट्टा मुनिबाट जमिन खस्कियो, आकाश आफु माथीनै खसे जस्तो लाग्यो, हावाले पनि चारै तिर बाट मेरो घाटी थिच्दै छ, जिउको हरेक भागमा काडा उम्रियो| आखिर परजुनाले यो सबै किन गर्दैछिन्? कन्चनलाइ अब मैले के भन्ने? म परजुनालाइ चिन्छु भन्नु? के परजुनासंग गएर भेटेर परजुनालाइ सम्झाउनु? हुन्न, कन्चनसंग मैले यो सत्य लुकाए भने म उनको अघि कहिले पनि सिर उठाई उभिन सक्दिन|

“यो त परजुना हो|” केहि बेर सोचे र कन्चनसंग केहि नलुकाई, मैले यति बोले|

“चिन्छौ र तिमीले?” कन्चन र सुजि दुबैले एकै स्वरमा मलाई सोधे|

“चिन्छु, म कुनै बखत उसंग सम्बन्धमा थिए|” लाजले चुर्लुम्म भएको छु कन्चनलाइ यो सबै बताउदा| परजुना मेरो अतित हो भन्नु पर्दा पनि मलाई अप्ठेरो महसुस भयो| पश्चाताप भनौ कि आत्महिनता भनौ, परजुनाले गर्दा म आफ्नै आखामा गिरे|

“त्यसो भए त्यसले किन यो सबै गर्दैछे?” सुजि आबेशमा आइन्| यो प्रश्नको जवाफ मसंग पनि छैन, सुजिलाइ कसरि जवाफ दिउ म| एउटा खाल्टो खनेर आफुलाई त्यहि भित्र दफ्नाउन चाहन्छु म|

“मलाई पनि थाहाछैन| अब उसैलाई सोध्नु पर्छ| म फोन गरेर सोध्छु|” कन्चनसंग आखा जुदाउन सकेको सकेको छैन मैले, मुन्टो निहुराएर नै यति भने र परजुनालाइ फोन लगाए|

“अहिले केहि नसोध| भेट्न आउन भन, अनि भेटेर कुरा गर्नुपर्छ|” कन्चनले एकदम सहि भनि| “दाइ, जब मान्छे आफु आफै मनबाट खालि हुन्छ नि, फोन र च्याटमा कहिले पनि कुरा पुरा हुन्न| मनको व्यथा र खुसि, फोनमा हैन भेटेर गर्नुपर्छ अनि मात्र त्यसको महत्व हुन्छ|” आकाश भाइले भन्ने गर्थियो मलाई| कन्चनले  त्यति भन्दा आकाश भाइको  वाक्य घुम्न लाग्यो दिमागमा|

“तिमि कहाँ छौ?” परजुनाले फोन उठाउने बित्तिकै मैले यति सोधे| उनीले आफु कलेजमा भएको भनि भनिन्| कति सजिलै सफेद झुठ बोलेकी परजुनाले| अरुको झुठ सुन्न मजा आउछ,जब पहिले देखि थाहा हुन्छ कि त्यो व्यक्तिले झुठ बोल्दै छ भनि| अहिले भने मलाई रिस उठ्दैछ| परजुना मेरो अघि भएको भए म मानब हैन दानब बन्थिए होला र उनको खुन पिउथिए होला|

“नभेटेको धेरै भयो, आज भेटौ न|” परजुनाको झुठ सुनेपछी उनीलाई एउटा आग्रह गरे| दुइ घण्टा पछी मात्र भ्याउने बताइन् परजुनाले र मैले नचाहादा नचाहदै पनि सहमति जनाए| अब पर्खाइ छ……..

Previous article
Next article

Latest Posts