धेरै दिन पछी संगै यसरि निस्फिक्री भएर बाहिर हिडेकी छिन् उनि| उनि खुसि छिन् तर म चाहेर पनि खुसि हुन सकेको छैन| दरबार पुगेर उनले केहि फोटो लिईन्, केहि आफ्नो केहि मेरो र केहि दुबैको| उनको मनमा खुसि छ र मेरो मनमा डर, कहिँ परजुना यतै कतै छैन नि भनि| कन्चनलिया पानिपुरी खान मन लाग्यो, मैले फेरी पनि निया भनिन र हामि दुवै पानि पुरी ठेला तिर गयौ| त्यत्तिकैमा केहि यस्तो भयो, जुन नराम्रो छ तर पनि त्यसको नतिजा राम्रो भयो| हुनचाही……..
<<>>
हुनचाही के भयो, म सबै बिस्तारमा बताउछु|कन्चनले पानीपुरीको स्वाद लिदै थिइन्, खुसि उ पनि थिइन् र म पनि| हातमा पानिपुरी लिएर उनले आफ्नो मुखमा हाल्दा, उनको आखा कति मज्जाले ठुलो हुने र उनको अनुहारमा केहि भिन्न हावभाव देखिने| एक प्लेट पानि पुरी पछी उनले चटपटे खाने भनि जिद्दी गर्न लागिन्, जिद्दी नगरेकि भए पनि मैले नाई भन्ने हैन| उनको हातमा चटपटे पर्नु मात्र भयो| उनले चटपटे हातमा लिदै गर्दा पैसा दिन भनि मैले पर्सबाट १००को नोट निकाल्दै थिए, त्यत्तिकैमा कसैले मलाई भुइमा पुर्याइदियो| पछाडीबाट कसैले मलाई ठेलेको जस्तो लागेको मात्र के थियो म भुइमा पुगीसकेछु, त्यत्तिकैमा दुइ केटा मध्य एकले कन्चनलाइ झापड हान्यो भने अर्को केटाले कन्चंको खुट्टा, टाउको र जिउमामा फलामको रडले एक एक रड प्रहार गर्यो| यो सबै घटना यति चाडै भयो कि म उठ्न पनि भ्याएको थिइन|
म उठीसक्दा केटाहरुले कन्चनलाइ चोट पुर्याईसकेका थिए र म उठ्न नपाउदा केटाहरुले मलाई फेरी पनि मलाई भुइँमा लड्ने गरि धक्का दिए र म फेरी पनि पछ्छारीए| यतिमा केटाहरु बाइक चढेर हुइकिए र म फेरी पनि आफ्नु खुट्टामा उभिन प्रयास गर्न लागे| मलाई सामान्य चोट पनि लागेको छैन तर कन्चनलाइ भने तिन पटक रड प्रहार भयो| परजुना बाहेक कसैको हात हुन सक्दैन यो सबै घटना पछाडी| कन्चन अहिले पनि आफ्नै खुट्टामा उभिएकी छिन्| अरु कोहि भएको भए, तिन रडको प्रहार पछी अचेत अवस्थामा भुइँमा लडेको हुन्थियो होला तर कन्चन कसरि अहिले सम्म होस्मा छिन्?
म हत्तारिए र गएर कन्चनलाइ अन्गालोमा कसे| अघि सम्म बलियो थिइन् कन्चन तर मेरो अन्गालोमा आउने बित्तिकै उनि कम्जोर भईन् र रुन लागिन्| आफ्नो छातीमा च्यापेर उनको टाउको सुम्सुम्याउन लागे| उनि झन् मलाई कसेर अठ्याउदै रुन लागिन्| उनि तिर एकहोरो ध्यान केन्द्रित भएछ सायद, वरीपरि मान्छेको हुल नै भेला भइसकेछ| हलमा मान्छे अनेक र मान्छे अनुसार उनीहरुको अनुमान पनि|
“ पक्कै पनि यो केटीको नै गल्ति हुनुपर्छ|” “केटाको गल्ति हो कि?” “यति सानो लुगा लगाएर हिड्छन्, अनि यस्तो त भइ हाल्छ नि|” “गुण्डा हुनुपर्छ त्यो मान्छेहरु|” “यिनीहरुले पक्कै पनि केहि गरेको हुनुपर्छ, नत्र कसैले किन अनायसै यस्तो गर्छ|” यस्ता धेरै गाइगुइ सुन्न स्कछु म भिडबाट| यति अड्कल गर्नु भन्दा, अघि त्यो केटाहरुलाइ घेरेको भए, अहिले सबै प्रश्नको जवाफ उनिहरुले भेट्ने थिए, अड्कल गर्न पर्थिएन|
“यसरि गरेर हुदैन भाइ, त्यहाँ छेउमा राख मुडामा|” आफ्नो आफ्नो अड्कल सकिएपछी हुल मध्य कसैले यति भने र सबैले हो हो भनि सहमति जनाउन लागे| कन्चनलाइ छेउको कुर्ची तानेर त्यहाँ राखे र उनको आशु पुछ्न लागे|
“भाइ पानिले मुख धोईदेउ|” कसैले पानीको बोतल दिदै कन्चनको अनुहार धोईदिन आग्रह गर्यो| म अत्तालिएको छु, मान्छेको हुल अनि जीवनमा पहिलो पल्ट घटेको घटना| भिडले भने अनुसार नै गर्न लागे|
“माया, हस्पिटल जाम हिड|” म अत्तालिएको थाहा पाए भने झन् कन्चनलाइ के महसुस होला, भिडबाट पर हुने निहुमा मैले कन्चनलाई हस्पिटल जाने प्रस्ताभ गरे|
“नाई दुखेको छैन, घर जाउ|” मेरो आग्रह कन्चनले मानिन र घर जाने भनि आफ्नो निर्णय सुनाइन्|
“हुन्न हुन्न, टाउकोको चोट, जे पनि हुन सक्छ| हस्पिटल लाग्ने पर्छ उनीलाई|” भिडबाट कसैले यति भन्दा, अरु सबैले हो हो थप्न लागे| मेरो इच्छा पनि हस्पिटल जानु नै हो, अब कन्चनले पनि मान्नै पर्ने भयो|
“ति दुस्त केटाहरुको थिए बाबु?” भिड बीच अर्को आवाज आयो| आवाज हैन प्रश्न आयो| अब को थिए भन्नु मैले? साचो कुरा भन्न मिल्दैन र बहना बनाउन म खप्पिस छैन| “थाहाछैन” यस बाहेक केहि भन्न जानिन र यति भनेर चुप बसे| भिड मध्य कसैले ट्याक्सी बोलाइसकेको रैछन्, कन्चनलाइ ट्याक्सीमा नै हस्पिटल लग्नु पर्ने भयो| कन्चन ट्याक्सीमा बस्नको लागि मैले ढोका खोलेको मात्र के थिए, पछाडीबाट आवाज आयो|
“के हुदैछ यहाँ?” पछाडी फर्केर हेरेको ३ प्रहरी रैछन्| मैले केहि बोल्न नपाउदै भिडले नै एक एक घटना अर्थाए प्रहरीलाइ| प्रहरीमा उजुरी पहिले नै हाल्नु पर्ने होला तर हामि चुप बसेको थियौ| आज समय परिस्थितिले प्रहरीलाइ हामी सामु पुर्यायो| भिडले जे प्रश्न गरेका थिए, त्यहि प्रश्न आयो प्रहरीबाट पनि “को हुन् उनीहरु?चिन्नु हुन्छ?” भिडलाई मेरो जवाफ जे थियो, प्रहरीलाइ पनि त्यहि जवाफ दिए,”थाहा छैन|” भनि|
“हजुर चिन्ता नलिनुस्, हामि समात्छौ उनिहरुलाइ|” प्रहरीले यति भन्दै हाम्रो नाम र नम्बर टिपे र हामीलाई हस्पिटल जान भने| त्यो केटाहरु कस्ट देखिन्छन, कुन बाइकमा आएका थिए, के लाएका थिए, यो सबै जानकारी भिडले नै दियो| हस्पिटल पुगेर आकस्मित कक्षमा लगियो कन्चनलाइ| अवस्था नाजुक हैन, कन्चन हिड्न पनि सक्छिन र हिडेर नै पुगेकी हो उनि ट्याक्सीबाट| तर भित्रि चोट कहिँ परेको छ भने उपचार शिघ्र हुनुपर्छ भनि अकस्मात कक्षमा लागेको हो उनीलाई| २ घण्टा जति हस्पिटलमा बसेपछी, कन्चनलाइ केहि नभएको भनि पुस्टि भयो र हामि घर गयौ हस्पिटलबाट|
“सर, केटाहरु समातिए| हजुरहरु हनुमानढोका आउनु पर्यो|” कन्चनको घरमा हुदा, प्रहरीको फोन आयो र हामि हनुमानढोका पुगेउ| त्यहाँ पुगेर हामीलाई ति दुइ केटा सामु लगियो र हामीले अनुहार पहिचान गरेउ| प्रहरीले हुलिया प्रस्ट थाहा नभएको मानिसलाइ कसरि समाते? यो प्रश्न मनमा राख्न सकिन र प्रहरीलाइ गरे|
