Part 20

सनिराको यो जवाफ पछी मौनता छायो| पंकजले किन भनि प्रश्न गरेन तर पंकजको प्रश्न उनको अनुहारले गर्दै थियो| त्यो प्रश्न पंकजको अनुहारमा देख्न सकिन्छ| तर अब बचन बद्ध भएको छ पंकज, त्यसैले उ केहि बोलन| पंकज पनि शान्त र सनिरा पनि| अब फेरी बार्तालाप कसले सुरु गर्छ?
***
“कति छिटै एक घण्टा बितेछ नि है पंकज|” सनिराले पंकजलाइ नामले बोलाउदा पंकज गदगद हुन्छ खुसिले| भन्छन नि, त्यो एक व्यक्तिको स्वरमा आफ्नो नाम सुन्दा आफ्नै नामसंग माया बस्छ|
“अब हामि जाने हो?” पंकज मख्ख छ तर सनिराले अघि भर्खर दिएको कसम उसको दिमाग वरीपरि अझै पनि घुमिरहेछ| आखिर किन पंकजको प्रश्नबाट सनिरा त्यसरी पन्छिन खोजेकी?
“ जाने त हो तर पहिले मामुलाई फकाउछु है| हामि कलेजको बुक किन्न भनि जान लागेको है|” यति चाही सजिलै बुझियो कि सनिरा किताब किन्न पक्कै पनि जान लागेकी हैन| तर जान चाही कहाँ लागेकी?
“ जान चाही कहाँ जाने हो?” पंकजले आज मात्र यो प्रश्न तिन पल्ट गरिसक्यो तर जवाफ एक पल्ट पनि पाएको छैन| बिचरा पंकज, कति अझै पर्खिनु पर्ने हो अझै उसले|
“ Mo:mo: खान जाने| इन्डियामा कहिँ मिठो buff momo नपाउने के|” सत्यनारायण पुजाको प्रसाद ग्रहण गरेपछी मासु त्यो पनि राँगाको? पहिलो पल्ट केहि यस्तो हुदैछ होला | माया र युद्धमा जे पनि जायज छ सुनेको होला सबैले, आज देखिदै पनि छ|
घडी हेर्ने हो भने, ५ मिनेट पनि लागेन सनिरालाइ मामुलाई फकाउन| सत्य जे हो त्यहि भनेकि भए, मामुले जान दिनु हुन्थिएन| उनले झुठको सहारा लिई| सनिराको घरबाट दुवै लागे momo खानको लागि Kathmandu valley momo| यो ठाउ पंकजले नै रोजेको हो| पंकज धेरै पटक पुगेको छ यो ठाउमा र यो ठाउको momo को स्वाद उसको मुखमा अहिले सम्म पनि बाकि नै छ| पंकजलाइ मन पर्ने भन्ने बित्तिकै सनिरालाइ मन नपर्न पनि सक्छ|| बस् पंकजलाइ यहि डर छ| सनिरासंग पहिलो पटक यसरि बाहिर आएको हो पंकज| यो पलमा रमाउदै छ उ तर सनिरालाई खल्लो हुने हो कि भनेर केहि चिन्तित पनि छ| पंकजलाइ यहाँको झोल momo मन पर्ने तर सनिराले पंकजसंग सोध्न जरुरि ठानिन| एक प्लेट झोल म:म: र एक प्लेट साधेंको म:म:, यति सनिराको रोजाइमा पर्यो|

“यहाँ अलि time लाग्ने रैछ है पंकज|” पंकजलाइ जे डर थियो त्यहि भयो| सनिरालाइ यो ठाउ मन पर्ने हो कि हैन भनि सोच्दै थियो र सनिराको यो प्रश्न| अब के चाहियो र पंकजलाइ अझै तनाबग्रस्त बनाउन|
“पर्खाइको फल मिठो हुन्छ नि त ग्वाच|” पंकजले यो ठाउको बचाउमा बडो मजाको जवाफ दियो| यो जवाफको पहिलो शब्द देखि अन्तिम शब्द सम्म पनि पंकज मुस्कुराउदै नै थियो|
“ हावा| पर्खाइको फल कहिले मिठो हुन्न| खुब जान्ने|” सनिराले पंकजको खुवा जस्तो मिठो जवाफलाइ अमिलो जवाफले काटिन् तर किन? सनिरालाई पंकजको जवाफ मन नपरेको हो कि उनि जिस्किदै हो?
“ कसले भन्यो हुदैन| हेरत यो पल कति रमाइलो छ| अहिले दुवै कति खुसि छौ| यो पनि मेरो दुइ बर्षको पर्खाइको फल हो|” जति सुकै रिसाएको मान्छे होस् या खुसि भएको| रिसाएको मान्छेको मन जित्ने जवाफ हो  यो अनि खुसि रहेको मान्छेको मन पटक पटक जित्ने जवाफ हो यो| अब त सनिरासंग कुनै जवाफ हुन्न होला पन्कज्को यो जवाफ काट्नलाइ|
“तिमीलाई मात्र रमाइलो लागेर हुन्छ यो पल? मलाई पनि रमाइलो लाग्नु परेन? खै मलाई त रमाइलो लागेको छैन|” नसोचेको जवाफ आयो सनिराबाट| आखिर अचानक किन बदलियो सनिराको स्वभाव? अघिसम्म खुसि थिइन् उनि तर अचानक यो परिवर्तन किन? त्यस्तो के बिषयमा चित्त बुझेन सनिरालाइ?

पंकजले नचाहिने र भन्न नहुने केहि भनेको पनि छैन| उसले जिस्किएर केहि भावना ब्यक्त गरेको हो जुन कदापि आपत्तिजनक छैनन् किन कि सनिराले पहिले पनि जिस्किएर पंकजसंग मायाको कुरा गरेको थिइ| सनिरालाई मायाको कुरा गर्न हुने र पंकजले नहुने भन्ने त पक्कै पनि हैन| सनिरा रिसाउनुको कारण अरु केहि त हैन नि? तर अरु केहि भए पनि के हो? अहिले सम्म उनिहरु बीच केहि चर्काचर्की पनि परेको छैन| पंकजले केहि बोल्न जानेन पनि र सकेन पनि| कति खुसि थियो पंकज अघि सम्म अत्र अहिले भने माहोल फेरियो| पन्कज्को ओठमा शब्द र मुस्कान हुनुपर्ने थियो तर सनिराको जवाफले उसको आखाको डिलमा आशु छन्| त्यो भिजेका आखा सनिराले देख्दिनन्| पंकजले केहिँ बोलेन|

“के भएको के तिमि? जिस्केको पनि बुझ्दिनौ? मलाई रमाइलो लागेको छैन किन किन मलाई एकदम रमाइलो लाग्दैछ| त्यसै उल्लु भन्छु तिमीलाई|” सनिराले यति भनेपछि पन्कज्को अनुहारमा मुस्कान फेरी फिर्ता आयो| सनिराले निकै भिन्न हद समर गएर जिसकीइन्|
“एउटा कुरा सोधौ?” momo र सनिराको प्रश्न संगै संगै आयो| पंकजसंग नाई भनि प्रतिकार जनाउनलाइ आट पनि छैन र मन पनि| उसले हुन्छ भन्यो र momo को एक डल्लो आफ्नो मुखमा हुल्यो|
“तर तिमि रिसाउने पो हो कि|” सनिराबाट पंकजले प्रश्नलो अपेक्षा गरेको थियो तर प्रश्न हैन अरु केहि आयो| पंकज रिसाउछ कि भनि उनलाई प्रश्न सोध्न डर लागेछ| त्यस्तो डर मान्ने गरि सनिराले के प्रश्न सोध्न लागिन् पंकजलाइ?
“सोध के! म रिसाउन्न! किन भने मलाई रिस उठ्ने त्यस्तो तिमीले केहि सोध्दिनौ| अनि म रिसाएपनि तिमीले मलाई फकाई हाल्छौ नि|” पंकजको यो जवाफले सनिरालाइ पक्कै पनि सहज महसुस हुनुपर्छ अब|
“ है छ नि……..

Previous article
Next article

Latest Posts