अहिले केहि लाज लागेपनि पंकजको मन हलुङ्गो भयो| सनिराले अहिले थाहा नपाएकी
भए पनि एकछिनमा थाहा पाई हाल्थीन्| आखिर दुवै संगै पंकजको बाइकमा घर जाने त हुन्| पंकजले
आफैले भन्नु परेको भए उसले कसरि भन्थियो? पंकजले नभनेपनि सनिराले आफै भएपनि देख्थिन्
बाइक चढ्दा| पछिको अप्ठेरो अहिले नै हल भयो| पंकजलाइ एकछिन लाज लागे पनि अहिले
सामान्य छ सबै| कलेज बिदा भयो र साथिहरुले बाइक सम्म जसो-तसो गरि पुर्याए पंकजलाइ|
बाइकमा बसेपछि अब कसलाई के मतलब| पाइन्ट च्यात्तिएको पनि कसैले देख्दा पनि
देख्दैनन्| अरु दिन चिया वा momo को लागि पंकज र सनिरा कहिँ बस्थिए तर
आज सिधै सनिराको घरमा रुक्यो पन्कज्को बाइक|
“ जुम भित्र| म तिम्रो प्यान्ट सिउछु, अनि जाउ|”
सनिराले प्रस्ताभ राखिन्, स्वीकार्ने कि नकार्ने पन्कज्को इच्छा हो अब|
“पर्दैन, जान्न म| लाज लाग्दैन र मलाई?” सनिराको प्रस्ताभलाइ पंकजले नकार्यो| हुन
त हो| सनिराले प्यान्ट सिउदा उसले प्यान्ट खोल्नु पर्छ र लाज लाग्नु स्वाभाविक नै
हो नि| ल लगाउनलाइ अरु कुनै लुगा होला त्यो बेला सम्म तर सनिराको घरमा अरु पनि छन्
नि, झन् सबैले थाहा पाउदा त लाजले मर्थियो होला|
“किन? Boxer लगाएको छैनौ र?हाहाहा” पंकजलाइ लाज
लाग्दैछ कि नाई उसलाई थाहाछ तर सनिरालाई चाही लाज लागेको छैन यति बोल्दा| बोल्ने
मान्छेलाइ लाज नलागे पनि सुन्ने पंकजलाई चाही झनै लाजले घेर्यो|
“किन? मलाई boxer बिना हेर्न इच्छा छ हो?” पंकज पनि पछि परेन र लाज पचाएर जवाफ दियो|
बोल्ने मान्छेहरुलाई लाज नलागेपनि, पढ्ने मान्छेलाई चाही लाज लागिसकेको हुनुपर्छ|
कति सम्म नकचरो भएका पंकज र सनिरा दुवै|
“लाज नभएको नकचरो| चुप लाग अनि घर जाउ|” सनिरालाइ बल्ल लज्जा महसुस भयो| सनिराआफ्नो
घर भित्रानी पंकज आफ्नो घर तिर लाग्यो|
हामि दोस्रो घटनाबाट निकै पर गएको महसुस हुदैछ है? त्यस्तो केहि हैन, पहिलो घटना र दोस्रो घटना एक हफ्ताको अन्तरालमा घटेका हुन्| कलेज भरिनै सनिरा र पंकज जोडी हुन् भन्ने छाप छ| कलेज भरिनै भन्न नमिल्ला, स्नातक तहको प्राय सबैले त्यहि सोच्छन| बिधार्थी मात्र हैन शिक्षक बीच पनि यो हल फैलिएको छ|
एकदिनको कुरा हो, पंकज कलेज आएको थिएन| सनिरालाइ पनि नजाउ नै भन्दै थियो उसले तर सनिरा राजि भइन| पंकजको एउटा साथि बाहिर जादै थियो, त्यसैले उसलाई एयरपोर्ट पुर्याउनको निम्ति उ कलेज नगएको हो|यस्तो पहिलो दिन हो जब सनिरा र पंकज संगै छैनन् कलेजमा| नंग र मासु जस्तो सम्बन्ध पनि अलग्गिने रैछन्| खाली समयमा उनीहरको ग्रुपमा रहेको केटा जति सबै बास्केटबल खेल्न भनि गए अनि सनिरा र अस्मिता ब्याडमिन्टन खेल्न| हफ्ता दिन मात्र बाकि छ, त्यसैले तैयारीमा लागेका छन् सबै|
कक्षाबाट निक्लिदा सबै खुसि नै थिए तर सनिराको अनुहारमा त्यो खुसि छैन अहिले| के भएछ? सनिराको अनुहारको निराश्ता प्रस्ट देखिन्छ| सनिरालाइ सन्चो भएन कि भनेर सबी प्रश्न गरे तर सनिराले सन्चै रहेको बताएपछी अब कसैले केहि सोध्ने कुरा नि भएन| अझै पनि सनिराको मुहारको चमक फर्किएको छैन| सबैले प्रश्न गर्न लागे के भयो भनि? सनिरा केहि बोलिन्? “कसैले केहि गर्यो हो?” जब निकेशले यो प्रश्न गर्यो, सनिरा रुन लागिन्| आखिर हुन चाही के भएछ? उनि रुदै मात्र थिइ तर के भयो भनि भनिन|
“+२ को बिरालो आखे फुच्चेले जिस्कायो|” सनिराले केहि नभनेपनि
अस्मिताली कारण खोलिन्| अस्मिताले भनेको केटालाइ चिन्न सजिलो छ, आखा निलो छ|
“के गर्यो?” सौगात जंगियो र सौगात संगै
चन्द्र पनि आवेगमा आयो|
“हामि ब्याडमिन्टन खेल्दै थियौ| cork एउटा केटा निर गयो| सनिराले cork
माग्दा उनीहरुले हाम्रो कि ब्याडमिन्टनको भनि जिस्काए|” अस्मिताले यति भन्ने
बित्तिकै सौगात र चन्द्रको रिसले सिमा पार गर्यो| उनीहरु उठेर निक्लिन लागेको थिए
तर पाएनन्| सनिरा र अस्मिताले सम्झाए उनीहरुलाई| साम्य भए उनिहरु र सनिरा पनि
सामान्य हुदै थिइन| कलेज सकियो र सबै जना घर जान भनिबाहिर निक्लिए| पंकज नभएकोले,
सनिरालाइ आज अस्मिताले स्कुटरमा पुर्याइदिइन्|
सनिरा र अस्मिता त्यहाबाट निक्लिए र केटाहरु चिया पिउन लागे| चिया पिउनु बहाना हो, उनीहरुको दिमागमा अरु केहि चल्दै छ| +२ को बिदा 30 मिनेट ढिलो हुने, उनीहरु +२ को बिदा पर्खेर बस्दै थिए| जब त्यो केटा कलेज परिसरबाट बाहिर निक्लियो तब सबैले सम्झाउन लागे त्यो केटालाइ तर त्यो केटा केहि शंकी रैछ| आफ्नो गल्ति स्वीकार्न चाहेन| सौगातले आफ्नो रिसलाइ नियन्त्रण गर्न सकेन र हात हाल्यो| त्यसपछि यो झगडाले कुरा सवरूप लियो| त्यो केटाको साथीहरु पनि समाबेश भए र चर्का-चर्की भयो र हात खुट्टा चल्न लागे| सर्टको ताक कत्तिको टुटे र नाकको नाली पनि फुटे| यहाँ पंकजको प्रेमिका जिस्कायो भनेर झगडा हुदैछ तर यो न पंकजलिया थाहाछ न सनिरालाइ| झगडा त्यहि दिन सकियो तर कलेजमा खबर पुगेछ|
झगडा कहाँबाट, के कारणले सुरुभएको खोज्दै जादा सनिरालाइ जिस्काएको कारणले झगडा सुरु भएको थाहा भयो| सनिरा र पंकज जोडी हुन भनि छाप परेको छ शिक्षक सामु| भोलि पल्ट कलेज पुग्ने बित्तिकै पंकजलाइ बैठक कोठामा बोलाइयो| पंकजले झगडा सुरु गरेको भन्ने ठम्याई थियो शिक्षकहरुको| पंकजलाइ पनि झगडाको बारे शिक्षकले भनेपछी मात्र थाहा भएको हो| पंकज आफै तिन छक्क छ यो सबै सुन्दा| हिजो आफु कलेज न आएको बतायो पंकजले| पंकजले सत्य बोल्दै छ तर सत्य हरेक पल सत्य हुदैन| के भयो थाहा छ? हाजिरी मगाइयो र त्यसमा पंकज हिजो कलेज आएको भनि जानकारी छ| धेरै जान्ने भएपछी फसिन्छ|
त्यो ग्रुपमा कोहि कलेज नआउदा, हाजिरी पुर्याउनलाइ साथिहरुले आफैले हाजिरी गरिदिन्थिए| त्यसैले हो पंकज हिजो कलेज आएको देखिएको| आफुले नगरेको गल्तिमा फस्यो पंकज| साथिहरु पाएको नै हो उसले| उसको लागि लडे पनि र उसलाई फसाए पनि| आफुले नगरेको गल्ति स्वीकार्यो पंकजले नत्र साथिहरु फस्ने स्थिति छ| पंकज पढाइमा अब्बल भएकोले पहिलो गल्ति भन्दै माफी पनि पायो| हो यो पल पनि कहिले बिर्सिदैन पंकज|
सनिरासंगको दुइटा घटना पनि यत्तिनै मजाको छ| पहिलो..
