“ex? पंकजको ex?” सनिरा चकित भइन् र यसमा केहि नौलो छैन| सनिरालाइ बिस्वास गर्न गाह्रो भयो कि पंकजले यो बिषयमा सनिरालाइ केहि भनेकै छैन|
“ तिमिलाइ केहि भनेको छैन पंकजले? सुन्ने भए म भन्छु|” अब
फेरी यो के चटक हो अस्मिताको| पंकज
आफै सोचमा गयो, आखिर उसलाई नै थाहा नभएको उसको भूपू मायालु को
हुन भनि|
“पंकजले त भनेन| अब तिमि नै भन|” यो
स्वकृति मात्र हैन पंकज प्रति गुनासो पनि हो| सनिराले
गुनासो पोख्दै छिन् कि पंकजले उनिबाट कुरा लुकायो भनि| प्रियंका जिकिर गरेको थियो पंकजले सनिरासंग| तर अब त्यो पनि सत्य हो कि झुठ भनि सनिरा आफैलाई
प्रश्न गर्न लागिन्|
“पंकजले स्कुलबाट नै
एउटा केटिलाइ माया गर्थियो| उनि अर्कै स्कुलमा पढ्ने, अन्जना हो उनको नाम| माया मात्र हैन अत्तिनै माया गर्थियो| यति धेरै माया गर्थियो कि उसलाई सम्झिदा दुनिया
भुल्थियो| पंकजको लागि त्यो केटि भगवान जस्तै थियो तर
मुर्ति चाही पंकज आफै थियो|” अस्मिताले छोटो भाग स्क्याइन र यता पंकज
तनाबग्रस्त भयो| ex को कहानी भनेको भनि, कही अस्मिताले पंकजको सनिरा प्रतिको मायाको जिकिर
नगरुन् भनि|
“के भनेको पंकज
मुर्ति रे? बुझ्ने गरि भन न|” सनिरा
पन्कज्को कहानी थाहा पाउन कति उत्सुक छिन् भनि उनको यो प्रश्नले थाहा हुन्छ| आत्तुरता छ उनले सोधेको प्रश्नमा अनि उनको बोल्ने
शैलीमा|
“ अनि अन्जना अगाडी आउने बित्तिकै पंकज केहि बोल्न नै सक्थिएन| अनि भएन र मुर्ति?” अस्मिताले
सुरु गरेको कहानीमा, सनिराको प्रश्नको जवाफ चन्द्रले दियो| यो कहानी अस्मिता अनि चन्द्र दुबैलाई थाहारैछ| यसको मतलब, यो
कहानी पंकजको नभई उनिहरु दुइको कुनै साथिको हो| तर
बुझ्न नसकेको कुरा, सनिरालाइ किन झुक्याउदै छन् र मुर्ख बनाउदै छन्|
“झन् एक दिन त के
भएको भन्दा, मोमो खादै थियो पंकज| अन्जना पनि त्यहि मोमो खान पुगिन्| पंकजलाइ झन्डै हस्पिटल लग्नु परेको मोमो सर्केर|” बिशालले पनि थप्यो अब| आखिर यो कहानी कसको हो अनि यसलाई पंकजको भन्दै
सनिरा अघि सुनाउदै छन्|
“त्यो त केहि हैन| एकदिन त्यो केटीको हातले पंकजको हात छोइयो| पंकजलाइ ज्वरो आइदिरा, तिन दिन उठेन ओछ्यानबाट|” बिशाल पछी अब सौगातको पालो| पंकज चुप छ र मन मनै हास्दै पनि छ, सबै मिलेर सनिरालाइ उल्लु बनाएको देख्दा| फेरी उ आफै पनि सोचमा छ, यो कस्तो कहानी हो जुन सबैलाई थाहाछ तर पंकज र
सनिरालाइ थाहाछैन|
“ यो सबै छाड| माया कसरि बस्यो नि दुवैको?” सनिरालाइ जलन भएछ क्यारे| यस्ता रोमान्चक र मिठा पललाइ उनले महसुस नगरी
बेवास्ता गर्न खोज्दै छिन् र सिधै मुख्य बिषयमा पुग्न खोज्दै छिन्|
“एस.एल.सी पछी तिन
महिना बिदा| पंकज र अन्जना बुटवलमा एकै ठाउमा bridge course गर्न लागे| अनि
त्यहि तिन महिना संगै बिताउदा माया बस्यो दुबैको|” निकेशले
यति भन्यो र संनिरा चुप भइन् र सोच्न लागिन् केहि| सबै
एक अर्कालाइ हेर्दै मन मनै हास्दैछन् र सनिरालाइ वरी परि के हुदैछ केहि थाहाछैन| पंकजले आखै आखाले इशारा गर्दै “के हो? गर्न
चाही के गर्दै छु तिमिहरु?” जस्तै प्रश्न सोध्दै थियो अरुसंग र सबैले पंकजलाइ
एकछिन चुप बस्न इशारा गर्दैछन्|
“तर पंकज एस.एल.सी
पछी काठमान्डौ गएको हैन तिन महिनाको लागि?” सनिराको
यो प्रश्न मानौ कुनै चुटकिला हो| सबै हास्न लागे| सनिरा जिल्ला परिन् र अकमक्क भइन्| जब सबैको हासो रोकियो, अनि रहस्य खुल्यो| यो
कहानी साजनको रैछ| अहिले सम्म पंकजलाइ मुख्य पात्र बनाएर जुन कथा
भनिदै थियो, त्यसको मुखय पात्र साजन रैछ| त्यसैले र रैछ, सधै
मकै भुटे झैँ बोल्ने मान्छे अहीले शान्त थियो| एक
शब्द चुसुक्क बोलेको थिएन साजनले|
सबैले मिलेर सनिराको
मन चोर्दै थिए| सनिरा एकछिन सबैसंग ठुस्स परेर बसीन् र सबै फेरी
हास्न लागे| “तिमिहरु कोहि नबोल मसंग|” सनिराले यति भनेपछि एकछिन सम्म केहि नै बोलिन्|
“किन रिसाएको के तिमि| पंकजलाइ पनि थाहा थिएन यो साजनको कहानी हो भनि, तर उ रिसाएको छ?” अस्मिताले
फकाउन खोजिन् सनिरालाइ|
“थाहा होस् या नहोस्| दुधको साक्षि बिरालो छौ सबै जना| म कसैलाई बिस्वास गर्दिन|” सनिरा ठुस्स मात्र परेकी हैन रैछ, साच्चिकै रिसाएकी नै हो| फेरी उसंग रिसाउने जायज कारण पनि छ| मान्छेको भावनासंग यसरि खेल्न मिल्छ र? पंकजसंग झन् धेरै रिसाएकी हुनु पर्ने उनि, किन भने पंकज;आइ
जति उनि कसैलाई विश्वास गर्दिनन् तर
पंकजले पनि साथिको साथ दियो| फेरी यति धेरै
रिसाउनु पर्ने जरुरि पनि देख्दिन म, ठट्टा
मजाक साथि भाइले त गर्ने हो| जे होस् कलेजबाट
निक्लिदा सबै सामान्य भइसक्यो र कसैको मनमा केहि गुनासो छैन|
“ दामी लेख्दै रैछौ | अरु पनि छ अहिले?” पंकज र सनिरा दुवै सनिराको घर गए र घर पुग्ने बित्तिकै सनिराले पंकजको बयान गर्दै पंकजको अरु रचनामा पनि रुची देखाइन्|
“छ तर त्यति राम्रो छैन|” पंकजलाइ अप्ठेरो महसुस हुदैछ| अहिले सम्म कसैले पनि उसको कलाको खुलेर तारिफ गरेको छैन|
“मैले राम्रो नराम्रो भनि उल्लेख गरे र? मैले र छ कि नाई सोधे| राम्रो छ कि नाई म पढेर भन्छु|” सनिराले यति भन्दा पनि पंकज अझै हिच्किचाउदै थियो तर सनिराले ढिप्पी गरेपछी उसले एउटा पाना निकालेर दियो सनिरालाइ| पानाको माथि पट्टि घडी लेखिएको थियो| यसरि भन्नु भन्दा, पढ्नु ठिक होला, हैन र?
<<
घडी
“तिमीलाई कसरि भुल्न सक्छु, जब म हरेक पल हरेक ठाउँमा तिमीलाई पाउँछु | विस्वास लागेन तिमीलाई ? ल यहि घडी हेर, आफ्नो अतित देख्छु र हाम्रो मायालाई भेट्छौ यसमा | हाम्रो भेट पनि समयको खेल नै थियो नि | तिमि हुँदा समय पनि सहि थियो | पहिलो दिन पहिलो केहि महिना, कति छिट्टै बित्यो, मानौ हाम्रोवरिपरी सबै सेकेन्डको सुइ जस्तो छिट्टो चल्दै थियो | समानतामा रमाउदै थियेउ हामि त्यो पल | जब एक अर्काको भिन्नता थाहा पाउदै गयेउ, हाम्रो सम्बन्धको गति कम हुदै गयो जस्तै मिनेटको सुइ | जब कल्पनाको संसार बाहिर पनि यथार्थको संसार छ थाहा भयो, तब जिन्दगि नै घण्टा जस्तो भयो | जिम्मेवारी र असमझदारीको बोझले सम्बन्ध दुर्त गति बाट सुस्त गतिमा गयो | मेसेज आदान प्रदान, फोनमा बोलचाल, अनि भेटघाट सबैको गति घन्टाको सुइ जसरि कम हुदै गयो | अब घडीको सुइ जस्तै हामि जहिले घुमी फिरी एउटा स्थानमा पुग्थेउ र त्यहि एउटा बिषयमा मात्र बहस हुने |
अनि हेर त्यो पेन्डुलम, यस्तै भयो हाम्रो सम्बन्ध | हामी न यताको भयेउ न उताको | जहिले एउटी बिषयमा बहस हुने | सबै भुलेर एक पाइला अगाडी बढे जस्तो हुन्थ्यो तर नचाहदा चाहदै पनि फेरी पछाडी आइन्थ्यो र त्यहि एउटा गल्तीलाई मुद्दा बनाइ बहस सुरु हुन्थ्यो |
जहिले समय संग रिस मर्छ भन्दै केहि सुल्झाउन नै खोजेनौ है हामीले ? समयसंगै रिस मर्यो मरेन थाहा छैन तर माया चै मर्दै गयो |
अत्ति भयो भनेर, घडी नै रोकिदिए मैले र सोचे अब घडी संगै समय र हाम्रो झगडा पनि रोकियो र सबै ठप्प भयो | तर मुर्ख म, घडी रोकिदैमा न समय रोकिने रैछ न मान्छे नै | त्यसैले तिमि अघि बढेछौ र म अहिले पनि जहाँको त्यहि छु, यो भ्रममा कि सबै रोकिएको छ र सबै ठिक हुन्छ |
तिमीले भन्ने गर्थेउ नि, समयले सबै घाउ निको पार्छ, होला त भनि सहि समय पर्खिदै बसे | जब घडी लै नियाले तब एउटा प्रस्न सोध्न मन लाग्यो तिमिलाइ ‘प्रिये तिमि आफै भन्देउ न, समय ले कसरि सबै घाउ निको पार्छ जब समय बताउने घडीमा नै सियो हुन्छ त्यो पनि एउटा हैं तीनवटा |”
>>
यति पढ्ने बित्तिकै …
