नया ठाउ अनि नया बातावरण| सुरुका केहि दिन अरुसंग भिज्न गाह्रो हुनु स्वाभाविक हो| पुस्तकालय ठुलो छ र दुइ बेग्ला बेग्लै तालिका छ दुइ समुह कर्मचारीको| एक चोटीमा २१ जना कर्मचारीमा काम गर्छन र सनिरा दोस्रो समुहमा छिन् जसको तालिका दिउसोको हो| सनिरा किताब फिर्ता बुझ्ने काम गर्थिन्| उनको काम भनेको तोकिएको मितिमा किताब आएको छ कि नाई जाचेर, त्यहि अनुसार किताब फिर्ता लिनु हो| कामको भार भने बाडिएको छ, कहिले पानि पिउने फुर्सत हुदैन भने कहिले मकैको दाना गनेर बस्न मिल्ने गरि फुर्सत हुने| खालि समयमा सनिराले मकै गन्ने त हैन, पुस्तक पढेर बस्छिन्| सुरु सुरुमा एक हफ्तामा एउटा किताब पढेर सक्ने, पछी पछी दुइ दिनको एउटा किताब पढेर भ्याउने| किताबमा नै रमाउने भएर, उनलाई किताब बाहिर के हुदैछ खासै केहि थाहाछैन| साथि छन् तर नुन जस्तै, चाहिए जति मात्र प्रयोग हुने|
सनिराको समय यसरि नै सहज रुपमा कट्दै छ| किताबमा रमाउने गर्छिन्, पात्रसंग रमाउने गर्छिन्, पात्रको खुसिमा उनि खुसि हुन्छिन, पात्र उदास हुदा उनि पनि उदास हुन्छिन| कथाले चाहेको जस्तो मोड लिएन भने उनको मन खल्लो हुन्छ र कथामा सोचेको पुगे उनि पनि हर्षित हुन्छिन| एउटा कथा पुस्तकमा सकिन्छ तर पनि उनि भने पात्र संगै बाची रहन्छिन| पंकज र उनको यो स्वभाव उही छ| कहिले कहिले किताबमा यति सम्म डुब्छिन् कि वरीपरिको के हुदैछ उनलाई केहि पत्तो हुदैन| मान्छेले दुइ तिन पल्ट बोलाउनुपर्छ अनि मात्र उनि फिर्ता आउछिन् यो संसारमा| किताब पढ्दा कहिले नंग टोक्ने, कहिले कलम टोक्ने, कहिले आफ्नै कपालमा लगाउने क्लिप टोक्ने र कहिले औलाले कपाल खेलाउने| यो बेहोरा चाही केहि अनौठो छ सनिराको|
उनि मग्न भएर किताबमा हराएको बखत, उनलाई हेरेर उनिमा डुब्ने छ कोहि त्यो पुस्तकालयमा| किताब घर लगेर पढ्ने, ओछ्यानमा पल्टेर किताब पढ्ने बानि थियो कौशिकको| तर जब सनिरालाइ उसले देख्यो, पहिलो भेटमा नै सनिरा मन परिन् उसलाई| कौशिकको बास नै पुस्तकालयमा हुन लाग्यो| उनको आखाले अहिले सम्म सनिरा जस्ती सुन्दर केहि देखेकै थिएन| इन्द्रेणीको सप्तरंगीमा सजिन लाग्यो उसको मन| सामान्य रुपमा एउटा सामान्य मान्छेको आखा एक मिनेटमा १५ देखि १२ पल्ट झ्मिकिन्छ तर सनिरालाइ देखेपछि कौशिकको आखाले झ्मिकिन बिर्सियो र एक टकले हेरी रहयो सनिरालाइ| सनिराको आखाँ, आखाको सुन्दरता बढाउने गाजल देखि चुम्ने आकान्क्षा राखेको सनिराको ओठ पनि नियालेर भ्यायो कौशिकको आखाले| कौशिकको आखाले मजा लुट्दै थियो र मन शान्त हुदै थियो तर उसको हात सनिरालाइ छुन नपाएर जलनमा छ, ओठ तद्पिदै छ, अन्गालो रित्तो भएको छ र कान सनिराको आवश सुन्न कौतुहुल छ| सनिराको मायाको जालोमा यसरि फस्यो कौशिक जसरि मछुवाको जालोमा माछा|
उसलाई सनिरासंग बोल्ने मन छ तर बोल्न सकेको छैन उ| बोल्ने नसकेपछी आफुले जे सक्ने त्यहि गरेर बसेको छ, सनिरालाइ हेरेर| हेरेर चित्त बुझाएको पनि धेरै नै भयो, नबोली भएन उसलाई सनिरासंग| बोल्ने आट नभए पनि इच्छा छ र इच्छा संगै जुक्ति पनि| जुक्ति अर्थकर छ कि नाई परिणामले बताउछ| फेसबुक र मोबाइलको जवानामा कौशिक चिठ्ठीमा फर्कियो| औलाले मोबाइलमा मेसेज लेख्न छाडेर कलमले कागजमा केहि कोर्न लाग्यो| चिठ्ठी भन्न पनि मिल्दैन| एक वाक्यलाइ चिठ्ठी कसरि भन्ने हो? यसरि बुझौ, कौशिकले सनिरालाइ मेसेज गर्न खोज्दै छ तर कागजमा लेखेर|
फेरी सिधै कागज सनिराको हातमा दिएन उसले| उसले संदेश लेखेको कागज पुस्तक भित्र राख्ने निधो गर्यो| पुस्तकालय ठुलो थियो र सधै सधै त्यहि किताब पाइने सम्भावना निकै कम हुन्छ| कौशिकले यस्तो किताब रोज्नु पर्छ जुन कसैको रोजाईमा अनापरोस्| तर अब कुन किताब कसको रोजाईमा पर्दैन भनि कसरि थाहा पाउनु उसले? पुस्तकालयमा बिभिन्न प्रकारको पुस्तक पाउने| कुनै घर लग्न मिल्ने र कुनै नमिल्ने| घर लग्न नमिल्ने र त्यहि बसेर पढ्नु पर्ने पुस्तक रोज्यो कौशिकले र एउटा एउटा पुस्तक हेर्यो| केहि मिहिनेत पछी उसले एउटा पुस्तक भेट्यो जुन अहिले सम्म पनि कसैले लिएको छैनन् पढ्नको लागि| यानी अन्तिम पानामा त्यो पुस्तक कसैलाई जारि भएको कुनै जानकारी छैन|
त्यहि किताब रोज्यो र बेलुका किताब
फिर्ता गर्न जादा किताबको दोस्रो पानामा राखिदियो कागज| सनिराले हेर्छे कि भनि आश
गरेको हो कौशिकले तर यति राम्रो चिज यति सजिलै कहाँ पाइन्छ| हात चाट्नलाइ मह
काड्नै पर्छ, मोही पिउनलाइ मन्थन गर्नै पर्छ, त्यसरीनै अझै केहि थप मिहिनेत नगरी
कहाँ हुन्छ| पहिलो पल्ट पुस्तक फिर्ता दिदा कौशिकले लेखेको थियो “तोमार नाम कि? ” सनिराको मामाघर कलकत्ता, अनि कौशिक त्यहाँको स्थानीय| उसले
सनिरालाइ बेन्गाली सोची बेन्गाली भाषामा नै संदेश लेख्यो|
भोलिपल्ट कौशिकले फेरी उही पुस्तक आफ्नो नाममा जारि गरायो र हत्तार हत्तार त्यो
कागज हेर्यो| कागज जहाँको त्यहि थियो, कसैको आखा परेको छैन सायद त्यसमा| कि कागज देखेर पनि मतलब
नगरेको हुन सक्छ कसैले| कसैको मतलब छैन फेरी कौशिकलाइ मात्र सनिराले हेरिन् कि नाई
चासो छ उसलाई| केहि जवाफ न आएपनि उसले फेरी हिजैको कागजमा अर्को एक वाक्य थप्यो “तुमी
निजेर नाम नाबोल्लेयो चोल्बे ठीक आछे|
तुमी कोथाए थाको आमा के बोल्ते पारो?”
दिन बित्यो र फर्किने समयमा फेरी पुस्तक फिर्ता गर्यो सनिराले जवाफ फर्काउछिन्
भन्ने आशाले|
फेरी भोलि आयो र फेरी पनि केहि जवाफ छैन| हार मान्न चाहेन उसले र तेस्रो लाइन “तुमी कि करो सेटा तो बोल्ते पारो” लेख्यो त्यो कागजमा| तेस्रो पछी चौथो लाइन “तुमी पोढ़छो? कोन ग्रेडे? भनि लेख्यो| अनि चौथो पछी पाचौ लाइन “तुमी जेने बुझे रिप्लाई दिछोना कि तुमी आमार पेपर आखोन ओब्दी देखोनी?” भनि लाख्यो| तर पनि जवाफ आएन| “आखा छैन? मेसेज लेखेको देखिनौ? रिप्लाई गर्नु पर्दैन?” यस्तै केहि भन्न मन थियो होला कौशिकलाइ तर सनिरा अगाडी पुग्ने बित्तिकै उसको बोलि र बोल्ने आट दुबैले कट्टुमा मुत्ने| आइतबारबाट सुरु भएको यो शिलशिला आज शुक्रबार सम्म चल्यो तर केहि जवाफ आएन सनिराबाट| आज पनि एउटा मेसेज अझै वाक्य थप्यो त्यो कागजमा र कागज पुस्तकमा हालेर फिर्ता दियो| यो सहित छ वटा संदेश या वाक्य लेख्यो कौशिकले सनिराको लागि| अन्तिम वाक्य हो “आम्रा बोंधु होते पारि?”
कौशिकले यति बोल्ने कोशिश गर्दा पनि केहि जवाफ पाएको छैन| सनिराले कौशिकले लेखेको कागज नदेखेकी हो कि देखेर पनि जावफ नदिएकी? यो प्रश्न कौशिकको मनमा मात्र हैन पाठकको मनमा पनि छ| यसको जवाफ…
