Part 43

कौशिकमाथि आत्महत्याको सोच हावी हुदै थियो र सनिराले त्यसलाई रोक्दै थिइन्| कौशिकलाई सम्झाई बुझाइ गरि सुत्न पठाइन् सनिराले र आफु पनि सुत्न तैयार भइन्| बिहान सनिराको  आखाँ खुल्छ कलेजको लागि तैयार हुन्छिन उनि| कलेज पुग्नु अगाडी कौशिकलाइ फोन गर्छिन्| हिजो कौशिकको हालत ठिक थिएन अनि उ मानसिक रुपमा पुरै टुटेको थियो| कौशिकलाइ अहिले कस्तो छ भन्ने प्रश्नको जवाफ खोज्दै छिन् सनिरा|

कौशिकको फोन उठेन| कौशिक मस्त निन्द्रामा छ| पिडा र रक्सी बरोबर पिएको थियो कौशिकले| दुबैले अहिले सम्म छाडेको छैन उसलाई| सनिराको फोन आएको थाहापाएन| सनिराले पनि यसो सोचिन्, कौशिक ढिलो सुतेको थियो र रक्सिको मातमा होला अहिले सम्म| त्यसैले सनिराले पनि एक पल्ट भन्दा धेरै फोन गरिन| सनिरा कलेज पुगिन् र उनको नजर notice-board मा गयो|  हफ्ता दिन पछी परिक्षा रैछ उनको| सनिरा कलेज पछी घर गइन्  र घरपछी पुस्तकालय| कौशिकको निन्द्रा 3 बजे मात्र खुल्यो र कौशिकले आफ्नो मोबाइलमा सनिराको मिसकल देख्यो|

सनिराले कौशिकको फोन उठाइन| हफ्ता दिन पछी परिक्षा रहेकोले सनिराले दुइ हफ्ताको लागि बिदा लिदै छिन् पुस्तकालय बाट|त्याह कारणले अरु दिन भन्दा आज निकै ब्यस्त छिन् सनिरा, त्यसैले कौशिकको फोन उनले नउठाएको|  कौशिकले पनि एक पल्ट भन्दा धेरै फोन गरेन| कारण चाही उसलाई घर जान ढिलो भएको छ| कौशिक हिजो पनि घरमा केहि नभनेर निक्लिएको थियो, अनि बिहान मामुले अनेकौ पल्ट फोन गर्नु भएको थियो| कौशिकले मामुको पनि फोन उठाएको थिएन, उठाउनलाइ फोन आएको थाहा पाउनु पर्यो नि| कौशिक आफ्नो घर पुग्यो अनि सनिरा पनि आफ्नो|

परिक्षाको चिन्ताले निकै सताएको छ सनिरालाइ| जसरि पनि परिक्षामा उत्तीर्ण हुनुछ| परिक्षामा प्रथम हुने उनक्नो कहिले इच्छा पनि थिएन र पढाई पनि त्यति गतिलो छैन उनको| तर उत्तीर्ण चाही हुनुछ उनलाई| घर पुग्ने बित्तिकै खाना पकाउदै मोबाइलमा गित बजाइन् र पढ्न लागिन्| मोबाइलमा गितको आवाज भन्दा धेरै notification को आवाज आउन लाग्यो| कलेजको साथिले whatsapp मा group बनाएका छन् र त्यहि group मा अमेसेज आउदै छ उनलाई| यसले गर्दा उनको पढाइमा ध्यान केन्द्रित भएन र उनले मोबाइल साइलेन्टमा हालिन्| खाना खाइसकेपछी अरु दिन मोबाइल चलाउने मान्छे, आज भने पढ्दै छिन् उनि| रातको २ बजे निन्द्रा लाग्यो उनलाई| मोबाइल चलाउनलाइ मोबाइल खोज्दा मोबाइल त उनले भान्साबाट ल्याएकी पनि रैनछ|

भान्सामा गएर मोबाइल ल्याइन् उनले र अनलक गरिन्| मेसेज त थियो नै र मेसेज जत्तिकै मिसकल थियो कौशिकबाट| मोबाइल साइलेन्टमा अनि भान्सामा, सनिराले एक पल्ट पनि फोन आएको थाहा पाइन| उता कौशिकलिया भने सनिराको याद निकै नै आउदै थियो र त्यहि कारणले उसले यति धेरै पल्ट फोन गरेको हो| सनिराको फोन नउठेसी कौशिकलाइ फेरी बेग्लै चिन्ता हुन लाग्यो| “कहि सनिराले जानी जानी फोन  नउठाएको त हैन भनि सोच्न लाग्यो उसले| कौशिकको प्रेम प्रस्ताभले गर्दा कहि सनिरा उ बाट टाढा हुन खोज्दै त छैन नि? मायाको आशमा कौशिकले कहिँ सनिरालिया मित्रको रुपबाट पनि गुमाएको त हैन नि? मान्छे व्यस्त भए एक चोटी फोन उठाउदैन, दुइ पल्ट फोन उठाउदैन तर सनिराले ५ घण्टा देखि फोन उठाएकी छैन|” यहि नै सोच्दै थियो कौशिकले|

सनिराले कौशिकलाइ फोन गरिन्| सनिरालाइ गुमाएकी भन्ने चिन्ताले कौशिक अहिले सम्म पनि सुत्न सकेको थिएन| सनिराको फोन घन्टी बज्न नपाउदै उठ्यो र बोल्न लागे दुवै| कौशिकलाइ थोरै रिस पनि उठेको थियो र धेरै चिन्ता लागेको छ| तर कौशिकले केहि जिकिर गरेन सनिरासंग| सनिराले पनि आफु पढ्दै गरेकोले फोन आएको थाहा नपाएको भनि भनि कौशिकलाइ| कौशिकले जति खोजे पनि आफ्नो मनलाई दिलासा दिन सकेको छैन| अहिले सम्म सनिराले यसरि पढेको कौशिकलाइ कहिले थाहाछैन| आज अचानक नै किन पढ्नु परेको? कौशिकको मनमा यहि प्रश्न थियो|

रात बित्यो र बिहान भयो| कौशिक १ बजे तिर पुस्तकालय पुग्यो तर सनिरालाइ देखेन| एकैछिन कहिँ निक्लिएकी होलिन् सोच्यो र पर्खेर बस्यो| एक घण्टा पर्खेर बस्दा पनि सनिरालाइ नदेखेपछी सनिरालाइ फोन  गर्यो उसले र कहाँ हो भनि सोध्यो| सनिराले पुस्तकालयबाट २ हफ्ताको लागि बिदा लिएको भनि कौशिकलाइ भन्न बिर्सिएकी थिइन्| कौशिकलाइ रिस उठेर आयो| आखिर सबै कुरा भन्ने मान्छेले यो कुरा कसरि भन्न भुलिन् भनि कौशिक रिसाएको हो| कौशिकले कारण सोध्यो र सनिराले परिक्षा आउदै गरेको भनि भनिन्| कौशिक अब चाही ढुक्क भयो कि सनिराले उसलाई बेवास्ता गर्दैछिन्| मनमा अनेकौ कुरा खेलाए पनि कौशिकले सनिरालाइ चाही केहि भनेन|

२ हफ्ता यसरि नै बित्यो| सनिरा र कौशिक बीच कुराकानी पनि निकै कम भएको छ| सनिराले कौशिकलिया बेवास्ता गरेकि हैनन् तर कौशिकको मनमा त्यहि छ| त्यहि सानो कुरा खेलाउदै बस्यो कौशिक १४ दिन सम्म र आफ्नो मनमा घाउ बनायो|  कौशिक निश्चित भयो कि सनिरा जानी जानी उसंग पर हुदैछिन्| अनि कौशिकलाइ यो हुन दिनु थिएन| सनिरालाइ प्रेमिकाको रुपमा नपाएपनि, सनिरा सधै भरि साथिको रुपमा कौशिकको वरी परि रहुन् भनि कौशिकको इच्छा छ| तर सनिरा कौशिकको मित्रताबाट पर जादै छिन् भन्ने सोच हाबी हुन लाग्यो कौशिकको मगजमा| यस्तो हुन दिनु छैन कौशिकलाइ र जसरि पनि सनिरासंग पहिले जस्तै नजिकिनु छ उसलाई|

त्यसैले पनि हो कौशिकले सनिरालाइ केहि भनेन र सनिराको परिक्षा सकिन प्रतिक्षा गरेर बस्यो| सनिराको परिक्षा सकिएको भोलि पल्ट घरमा कौशिकको मामुले सनिरालाइ भेट्ने खोज्नु भएको छ भन्दै घर लग्यो सनिरालाइ| घर पुग्दा कोहि थिएन घरमा र कौशिकले मामु सब्जी किन्न जानु भएको छ भनि भन्यो| सनिरालाइ अहिले सम्म पनि केहि गडबड छ भनि शंका लागेको थिएन र उनि सोफामा बस्दै थिइन्| कौशिक उनको छेउमा आएर बस्यो र सनिरासंग बोल्न लाग्यो| बोल्दै जादा कौशिकले बिस्तारै सनिरालाइ ठाउ ठाउमा छुन लाग्यो र सुरुसुरुमा सनिराले सामान्य नै लिईन् यसलाई| जब बिस्तारै कौशिकको हात सनिराको बिभिन्न अंगमा पुग्न थाल्यो  सनिराले प्रतिकार गरिन्| कौशिकले सनिराको मुख आफ्नो हातले थुन्यो र भन्यो “घरमा कोहि छैन| हल्ला गर या जे गर कसैले सुन्दैन| धेरै बल लगाइस् भने मारीदिन्छु| अनि यहाँ भन्दा बाहिर कुरा पुर्याइस भने बेइजत पनि तेरै हुन्छ र ज्यान पनि जान्छ|”

कौशिकले यति भनेपछी सनिरा त्रसित भइन्| सनिराले जति प्रतिकार गर्न नखोजे पनि उनके मनले दिएन र प्रतिकार गर्छिन् र कौशीकले फेरी पनि हप्काउछ उसलाई| सनिरा यसरी लुटीईन् कौशिकद्वारा| प्रेमको पुजारीले, उसले पुज्ने  भगवानको बस्त्र उतार्यो र बलात्कार गर्यो| त्यो दिन सनिरा 3 पल्ट लुटीईन्| यो सुरुवात थियो| कौशिकले भिडियो पनि बनाएको रैछ| त्यहि भिडियोको सहाराले जहिले चाहयो लुट्दै गयो सनिरालाइ| उसले सनिरालाइ जम्मा एकप्लट लुट्यो| जब पहिलो पटक सनिराको अस्मिता लुटियो, त्यहि बेला जिउदो लास भइन् सनिरा| हाड छ, छाला छ, मासु छ, प्राण पनि छ तर सनिरा छैन सनिरा भित्र| नेपाल नफर्किने बेलासम्म अनेकौ पल्ट कौशिकको ओछ्यानमा जिउदो लास बनि सनिरा| रुनलाइ आशु पनि सुकीसक्यो|

जब नेपाल फर्की सनिरा,  अनि त्यहाँ पछिको कहानी सबैलाई थाहा नै छ| कौशिकबाट छुटकारा महसुस भयो उनलाई तर त्यो गलत सोच रैछ उनको| कौशीकले फेरी पनि फोन गर्न लाग्यो सनिरालाइ| जहिले फोन गरेर सताउने र मानसिक तनाब दिने| कहिले भिडियो सबैलाई देखाउछु भन्ने कहिले के | सनिराले महेश भनि नाम सेभ गरेको मान्छे कौशिक नै हो| स्नातकको अन्तिम परिक्षा पछी सनिरा इन्डिया जान्छिन्| किन थाहा छ?

Previous article
Next article

Latest Posts