“क्षितिज, त्यो बाकस झिकन|” दराज माथिको बाकस तिर औला ठड्याउदै
क्षितिजलाइ मैले बाकस झिक्न भने|
“एका-बिहान किन झिक्नु पर्यो| पछी झिकौला|” त्यो बाकसमा केहि रहस्य छ र त्यो
जान्नु छ मलाइ तर क्षितिजलले पछी भनि टार्न खोज्दैछ| हुन त हो, सुर्य पनि उदाएको
छैन| उसलाई निन्द्राले अहिले सम्म छाडेको छैन र म उसलाई ओछ्यान छाड्न भन्दैछु|
“ आज हामि जाने हो थाहा छ नि? दराजबाट चाहिने सबै सामान झिके| अब यहि बाकस मात्र
हेर्न बाकि छ| आज यहाँबाट हिडेपछी कहिले फर्किदैनौ हामि| सबै हेर्नु परेन?” यति
भन्ने बित्तिकै क्षितिज उठ्यो र मुड़ोमा चढेर बाकस निकाल्यो|
“बाकस मात्र ठुलो रैछ तर कति हलुको|” यति भन्दै बाकसलाइ ओछ्यानमा राख्यो
क्षितिजले|
बाकसमाथि धुलोको छुट्टै मोटो तह नै जमेको छ| हातले टकटक्यान खोजेको, हातमा धुलोको पन्जा नै बन्यो र धुलोको कण नाकभित्र छिरेर दुवै हाछ्यु गर्न लागेउ| क्षितिजले बाकस बाहिर लगेर धुलो टकटकाएर भित्र ल्यायो| बाकस खोल्न खोजेको ताला छ| क्षितिजले केहि बल गरेर ताल्चा तोड्न खोज्यो तर उसको बल पर्याप्त भएन| तरकारी चलाउन चम्चाले कहाँ हुन्छ र| हतौरा कहिँ भेटिएन, ढुंगाले ताल्चा फोडियो| फोटोको एल्बम, आमाको पुरानो घडी, भगवानको एउटा मुर्ति, केहि चाबी र एउटा लालपुर्जा छ बाकसमा| एक पछि अर्को गरि सबै फोटो हेरेउ, घडी हातमा लगाए, मुर्ति छेउमा राखेर लालपुर्जा हेर्न लागेउ| नेपालथोकमा जग्गा र घर भएको उल्लेख छ लालपुर्जामा|
नेपालथोकमा हाम्रो पुरानो घर भएको याद छ| हजुरबुवा त्यहाँको जमिन्दार, त्यहाबाट अहिलेको गाउमा बसाइ-सराइ गर्नु भएको हो| बा-आमाले त्यो घर बेचीसक्नु भयो भनि ठानेको थिए मैले| बुवासंग अन्तिम भेट पनि नेपालथोकमा नै भएको थियो| त्यहाँको घर बेच्छु अनि तिर्थ जान्छु भन्नुहुन्थियो| तर तिर्थबाट कहिले फर्किनु भएन बा-आमा| मैले सोचे भन्दा निकै नै धेरै पैसा भइसकेको छ मसंग| नेपालथोकको घर अहिलेलाइ नबेच्ने निधो गरे| पोखरा फर्किनु अघि एकपल्ट नेपालथोक जान मन लाग्यो|
“क्षितिज, हामि नेपालथोक जाने नि|” क्षितिजले हुन्छ भनोस् या हुन्न भनोस्, त्यहाँ जसरि पनि पुग्नु छ मलाई| क्षितिजलाइ फकाउनु परेपनि फकाउछु, खुट्टा नै ढोग्नु परे भने पनि ढोग्छु| नेपालथोक जान मनलाग्नु पछाडी कारण केहि छ| त्यो सपना मैले त्यसै देखेको हैन लाग्छ मलाई| त्यो सपनाको केहि अर्थ छ र त्यहा मलाई केहि भन्न खोजिदै छ| नत्र सधै आखा अगाडी रहेको बाकसलाइ कहिले बिचार गरिन मैले, अनि त्यो बाकस अचानक किन सपनामा आयो? अनि त्यो बाकस भित्र छ लालपुर्जा| यहाँ केहि न केहि जोडिएको अबस्य छ| तर के? हो यहि प्रश्नको जवाफ खोज्न नेपालथोक जानुछ| क्षितिजको सहमति सहित नेपालथोकको लागि हिडेउ हामि|
रातभरि सुतेको छैन, यात्रा समय भरि नै क्षितिजको काधमा टाउको राखी निदाए म| पोखरा जाने बित्तिकै आफ्नै कार लिने भनि सोचीसकेको छौ हामीले, अब केहि दिन हो यसरि हिड्ने| चौकबाट लगभग १५ किमी भित्र छ हाम्रो घर| पुरै डाडामा एउटा मात्र घर हाम्रै हो| यहि घर जस्तै बनाउन खोजेको पोखराको घर पनि| यो सबै बेचे पनि त्यति धेरै मुल्य आउदैन, कम्सेकम याद बाकि हुन्छ भन्ने सोच आयो मनमा| नेपालथोक 4 बजे पुगेपनि, घर पुग्न ९ बज्यो|
बाटोको थकान अनि २ घण्टा हिडेको पनि| क्षितिज पुग्ने बित्तिकै भुसुक्क भयो तर मलाई निन्द्रा लागेन| बसमा निदाएकोले हुन सक्छ या हिजै जस्तो बेचैनी फेरी पनि हुदैछ मलाई| यहाँ आउनु मेरो जीवनको नै ठुलो गल्ति महसुस हुन लाग्यो| क्षितिज निदाएको छ र म ओछ्यानमा बसेको छु| पुरै डाडामा एउटा मात्र घर, डर लाग्न लाग्यो| झन् हिजोको सपना सम्झिदा झन् तर्सिन लागे म| कहिले किरा कराएको आवाज आउछ र कहिले चरा, हरेक आवाजले मेरो सातो लग्न खोज्छ| आखा चिम्लिन पनि डर लाग्दै छ अनि खोल्दा पनि| २:३० मा मोबाइलको चार्ज सकियो र चार्जर अर्को कोठाको ब्यागमा छ| अर्को कोठासम्म जाने पनि हिम्मत छैन| प्रश्नको जवाफ खोज्न आएकि म, डरमा घेरिए| मोबाइलमा गित सुनेर बसेको थिए र डर केहि कम थियो, अब मोबाइल छैन| क्षितिजलाइ अंगाले र सिरक ओढेर सुत्न खोजे| निदाउन त निदाए तर फेरी पनि तर्सिएर बिउझिए| समय भएको छ 3:०३|
अहिले पनि निन्द्रा खुलेको हैन म तर्सिएर बिउझिए| हिजो जसरि नै डर लाग्ने सपना देखे| म अहिले जुन कोठामा छु, सपनामा पनि म यहि थिए| बाकसबाट निक्लिएको एल्बम हेरेपछि म मेक-अप गर्न लागे| गाजल लगाएर भ्याए र पाउडर लगाउदै थिए| अचानक छतबाट आवाज आयो आमाको| “नानि, यहाँ हेर्| यो कागले कति दुख दिएको|” आमाले यहि भनेर चिच्याउदै हुनुहुन्थियो भित्रबाट| पाउडर लगाई सकेर मात्र म छतमा पुगे| त्यहाँ पुगेपछि मैले केहि यस्तो देखे, बयान गर्न मुस्किल पर्छ मलाई|
छतमा काग नै काग छ| मैले कागको शंख्या गनिन तर छत नै कालो देखिएको छ कागले गर्दा| कागले गर्दा छत नदेखिने भएको थियो| मैले ढुंगा र लठ्ठीले कागहरु भगाए र जब कागहरु उडे, छतमा मासुको टुक्रा नै टुक्रा छ| छतमा मासु कहाँबाट आयो फेरी! कहिँ खुट्टा राख्ने ठाउ पनि छैन, चारैतिर मासु मात्र छ| आमालाइ खोज्नको लागि भएपनि त्यहि मासु माथि टेकेर अगाडी बढे| थोरै अगाडी पुगेपछी आमालाइ देखे| तर आमाको जिउ छैन, भुइमा टाउको मात्र छ| “छोरी किन ढिलो आएकी? हेर् त कागले मेरो मासु सबै खायो|” त्यो काग झुमिदै गरिएको र यहाँ छरिएको मासु आमाको पो रैछ| म रुन लागे, आमा अब मेरो सामु हुनुहुन्न भनि| तर जिउ नभएर पनि आमा कसरि बोल्दै हुनुहुन्छ?
“बाबा खै?” भनि सोधे मैले| आमाले छतबाट मुनि करेसाबारीमा हेर्न भन्नु
भयो| धुवा आउदै थियो करेसाबारीबाट| त्यहाबुवाको लास छ चिहान माथि र कसैले आगो
लगाउदै छ बुवाको लासमा| बुवाको लासमा आगो लगाउने मान्छे र मैले हिजो सपनामा देखेको
मान्छे उही हुन्| मैले कति चिच्याए र गालि गरे त्यो मान्छेलाइ तर अपनी त्यो
मान्छेले सुनेन| सुनेको भए पछाडी फर्किएर हेर्थियो| तर त्यो मान्छेको हो? उसको
हातमा केहि छ, किताब जस्तो केहि छ| तर किताब नै हो कि अरु केहि थाहाछैन| त्यो
मान्छेलाइ त्यसै छाड्दिन भनि म तल जान लागेकी थिए, आमाले फेरी
बोल्नु भयो| “तैले यो के हालत गरेकी आफ्नो? मुख भरि किन खरानी घसेकी? अनि आखामा
लाली हो कि रगत?” मेरो मुखमा अहिले के छ मतलब थिएन मलाई| मलाई त्यो मान्छेलाइ
समात्नु थियो| हातमा बलियो दाउरा लिएर म त्यो मान्छे तिर बशे| म त्यो मान्छेको ठिक
पछाडी थिए र दाउराले त्यो मान्छेलाइ हान्न मात्र के लागेकी थिए| त्यो मान्छेले
आफ्नो हातमा रहेको बस्तु म तिर फ्याल्यो| मैले दाउरा फ्यालेर त्यो बस्तु समाते| किताब
सोचेको, हैन रैछ, ऐना रैछ| त्यहा मैले आफ्नो अनुहार देखे, मेरो आखाबाट रगत आउदै छ
अनि अनुहार भरि खरानी छ| त्यो अनि अर्को अचम्म कुरा, त्यो ऐनमा जुँगा पनि बनाएको
छ| ऐना हेरीसकेपछी मैले अगाडी हेरेको मात्र के थिए, त्यो मान्छेले म माथि हमला गर्यो
र मेरो निन्द्रा खुल्यो| त्यो मान्छेको अनुहार अहिले पनि हेर्न पाइन मैले तर म
तर्सिएको छु| लाग्दैछ त्यो मान्छे सपनाबाट निक्लिएर बाहिर आएको छ र यतै कतै वरिपरी
छ| जवाफ खोज्न आएको, थप प्रश्नको भुमरीमा अल्झिए| म संगै क्षितिज पनि बिउझियो|
“के भयो? किन रोएकी?” क्षितिजको यो प्रश्नले मात्र मलाई थाहाभयो कि म सपनामा रुदै
थिए| म त्रसित छु, सपनामा जे देखे त्यो क्षितिजलाई भन्नु कि नभन्नु भनि सोच्न
लागे| एकछिन सम्म सोचे अनि……
