उस्ता उस्तै प्रकृतिको सपना देख्दैछु म तिन दिन देखि, जसमा कसैले मेरो बा-आमालाइ मार्छ, अनि मेरो पनि ज्यान लिन खोज्दै छ| यो सपनाको कुनै अर्थ छैन र मेरो भ्रम हो भनि कसरि पत्याउ म?
काठमान्डौ देखि पोखराको यात्रा, सुतेको भनेको एकछिन पनि छैन| निन्द्रा अत्ति नै पारेको तर सपना याद आउछ र निदाउन सक्दिन म| अहिले सुतेर १० बजे तिर उठ्न सके सजिलो हुनेथियो नत्र दिउसो भरि काममा हिड्नु छ, गाह्रो हुन्छ सुतिन भने| जति कोशिश गरेपनि निन्द्रा छेउछौ पर्न मान्दैन| घडीको सुइको रफ्तार पनि सुस्त छ| निन्द्रा नलागेपनि समय चाडै बितोस् चाहेको तर चाहेको यति सजिलै पुरा नहुने| क्षितिजलाइ मासु खान मन लागेर, उ खानासंगै मासु बनाउदै छ| क्षितिजले जति मिठो मासु कसैले पकाउन जान्दैन| निन्द्रा नलागेपछी मेरो आखा टि.भी मा छ र हात रिमोटमा| बिरालोले बच्चा सारे जसरि नै म च्यानेल बदलिदै छु| कुनै च्यानेलमा पनि केहि खास देख्दिन|
च्यानेल बदलिदै गए र एउटा च्यानेलमा गएर टक्क रोकिए| टिभीमा चल्दै गरेको दृश्य र मेरो जिन्दगिको घटना केहि हद सम्म मिल्न पुग्यो| कुनै केटाले म जस्तै सपना देख्दो रैछ र उसले पनि मान्दो रैछ उसको सपनाको केहि अर्थ पक्कै छ| झाक्री बोलाएर उसले आफ्नो जवाफ पायो| यति देखिसक्दा, झाक्रीकोमा जाने निधो गरिसके मैले| मेरो सपनाको कुनै अर्थ होस् या नहोस् तर मनमा रहेको प्रश्न र दुबिधा मेट्नु छ| झाक्री कहाँ भेटिन्छन सबै जानकारी बटुले र क्षितिज सामु पुगे| मैले केहि भन्नु अगाडी नै उसले मेरो हातमा भातको थाल राखिदियो| खाना खाएर भन्नु या खाना खानु अघि भन्नु उही हो लाग्यो र खाना खाएपछि भन्ने सोच गरे|
“क्षितिज, हामि झाक्रीको मा जाने नि? जहिले पनि त्यहि सपना सोचेर
बस्न सक्दिन म| हरेक पल त्यहि सपना आउछ मेरो आखा अगाडी| केहि नगरी बस्यो भने म
पागल हुन्छु|” मन भित्र रहेको मान्छेलाइ आफ्नो मनको कुरा भने|
“ किन जानु पर्यो झाक्रीकोमा? मैले भने नि, यो सबै तिम्रो दिमागले रचेको सपना हो|
त्यहाँ गएर केहि हुन्न| जति कम सोच्छौ त्यो बारे, त्यति सपना कम
हुदै जान्छ|” म कति डराएको छु अनि कति तनाबमा छु भनि बुझ्नु पर्ने हो क्षितिजलेतर
उसले नै यस्तो भन्दा आखाको डिलमा आशु जम्यो|
“ केहि होस् या नहोस् तर मनको शान्ति त हुन्छ नि| बरु बनको बाधले खाएको ठिक, मनको
बाधले खानु भन्दा|” क्षितिजलाइ मन होस् या नहोस्, मलाई जसरि पनि जानुछ झाक्रीकोमा|
अहिले सम्म उसलाई फकाउदै छु, एकछिनमा म आफै रिसाउछु अनि केहि लागेन भने रोइदिन्छु|
“ल हुन्छ तर तिमीलाई झाक्रीकोमा लग्न डर लाग्यो|” क्षितिजले मेरो मनको भाव बुझ्यो
र सजिलै मान्यो| तर उसलाई झाक्रीसंग डर चाही किन लाग्छ? त्यहि डर लाग्ने भएर उसले
सुरुमा नजाने भनेको त हैन नि?
“डर चाही किन?” मैले आफ्नो मात्र सोचेर हुन्न, यदि उसलाई त्यहा जान गाह्रो लाग्छ
भने म एक्लै जान्छु|
“ यति राम्री छौ तिमि| तिमीलाई खिर खुवाइदियो भने मेरो बिजोग भएन?” क्षितिजले आखिर
यो कस्तो कुरा गर्दैछ? के यो जिस्किने बिषय हो? के यो जिस्किने बेला हो? उसलाई
मेरो पिडा मजाक भएको छ| सबै चिजको एउटा समय हुन्छ र यो समय जिस्किने हैन| मेरो
पारा तातेर आयो तर क्षितिजमाठो रिस पोख्न मन लागेन| उसले मेरो न्याउरो अनुहार देखेर
मलाई नै हसाउनको निम्ति यस्तो भनेको हो सोची मनमनै माफी दिए क्षितिजलाइ| माफी दिएको
हो तर रिस मरेको छैन|
“ ल पहिले झाक्रीको मा जाने, अनि मालपोत अनि त्यसपछि कार लिनलाइ|” क्षितिज सामु
एउटा योजना पेश गरे र उसले पनि सहमति जनायो| ठेगाना अघि नै खोजिसके, पुग्न मात्र
बाकि छ|
सजिलै झाक्रीकोमा पुगियो| त्यहाँ पुग्ने बित्तिकै, मैले तिन दिनकै
सपना भने झाक्री सामु| भन्नु पर्ने सबै भने र मैले आफ्नो कुरा सक्ने बित्तिकै,
क्षितिजले “यो केहि हैन, उसको दिमागको खेल हो भनि सम्झाई दिनु|” भनि भन्छ झाक्रीलाइ| अघिको
रिस अहिले सम्म पनि मरेको थिएन, अब दोब्बर भयो| जब क्षितिजले नै भन्नु छ भने म
यहाँ किन आएको? क्षितिजलाइ रिसाएर हेर्न लागेकी थिए, त्यत्तिकैमा झाक्रीले केहि
बोले र म रोकिए|
“ सबै सपनाको अर्थ हुन्छ| तिम्रै दिमागले रचेको भएपनि, किन रच्यो
भन्ने कारण हुन्छ| अनि नानीको यो सपना उनको दिमागको मात्र उत्पत्ति हैन, बाहिरी
शक्ति पनि सामेल छ| नानु तिम्रो बा-आमाको अकाल मृत्यु भएको हो?” झाक्रीले मेरो रिस
पनि कम गरे र मनमा आश पनि जगाए| उनले मेरो मेरो बा-आमाको मृत्युको अड्कलन गरेको
सहि छ|
“हो| दुर्घटनामा परेर मृत्यु भएको हो|” झाक्रीको प्रश्नको जवाफ सत्यमा
दिए|
“ कि त्यो दुर्घटना नहुन सक्छ, त्यसैले तिम्रो बा-आमाको आत्माले शान्ति पाएको छैन|
या उहाले तिमीलाई कोहिबाट या केहि बाट बचाउन खोज्दै हुनुहुन्छ|” मलाई जवाफ चाहिएको
थियो तर यस्तो जवाफ पाउछु भनि चिताएको पनि थिइन मैले|
“ कसरि थाहा पाउँन सकिन्छ आखिर यो सपनाको बास्तबिकता र उदेश्य के हो भनि?” यो
सपनाको सोच लिएर म सधै भरि डरमा बाच्न सक्दिन| उपाय सोध्दै छु|
“बा-आमको श्राद कसले गर्छ?” झाक्रीले अरु केहि जानकारी लिदै छन् मबाट|
“ कसैले पनि गर्दैन| म एक्ली सन्तान हो| बुवा पनि एक्लो छोरा हो अनि मामुको माइत
तिर कोहि हुनुहुन्न| उहा हरुको लास पनि भेटिएको थिएन दुर्घटना पछी|” यो सपनाको
अर्थ थाहापाउन म जुन मूल्य तिर्न पनि तैयार छु र जुन जानकारी दिन पनि तैयार छु|
मेरो जवाफ सुनेर झाक्री केहि बेर सोचमा बिलि भए|
“ कति भयो मृत्यु भएको?”
“९ महिना|”
“ तिमीले पुर्खौली घर गएपछि मात्र यो सपना देखेको हो?”
“हो| अनि तिन देखि देख्दैछु|”
“ आज मासु खाएको छौ?”
“बिहान मासु भात खाएको हो|”
“त्यसो भए आज पुजा गर्न मिल्दैन|”
“के को पुजा?”
“तिम्रो बा-आमाको आत्मालाई मोक्ष प्राप्त भएको छैन| श्राद र पुजा गर्नु पर्छ| भोलि एउटा बाहुन खोजेर
श्राद गर्नु पर्छ अनि बेलुका पुजा| आजको रात तिमीलाई गाह्रो हुन सक्छ , भोलिको
पुञ्ज पछी सबै सामान्य हुन्छ| तिमि यो आफ्नो सिरानी मुनि हालेर सुत, सपनामा केहि
त्यस्तो देख्दिनौ|” झाक्रीले कालो कागजमा बेरिएको एउटा सानो पोको हालिदिए मेरो
हातमा र हामि त्यहाबाट निक्लियौ|
झाक्रीले मन हलुको बनाए पनि क्षितिजसंगको रिस अहिले पनि मरेको छैन|
