“ मलाई लाग्छ… हैन हिजो देखि,….हैन हैन तिमीले आफ्नो सपनाको बारे
जे पनि भनेउ नि| कसरि भनौ के?” क्षितिजले जे भन्न खोज्दै छ, त्यो उस्ले
भन्न सकेको छैन| क्षितिजको यो हावभावले मेरो मनमा प्रश्नको बाढी| आखिर उसले मैले
देखेको सपना बारे के भन्दैछ? के उसलाई पनि मलाई
जस्तै हुन लाग्यो? के उसले पनि मैले जस्तै सपना देख्न थाल्यो? मैले आज सपना देखिन
किन कि झाक्रीले भनेको उपाय अपनाएको थिए तर के मेरो साटो उसले सपना देख्यो? हिजो
सपना नदेखेपनि टाउको भारि भएको छ र क्षितिजले कुरा पुरा भन्न नसकेको देख्दा, मनमा
पनि प्रश्नको भार बढ्यो|
“के भयो भन त| तिमि संग भन्ने कुरा धेरै छ तर केहि भन्न सकेको छैनौ| एकछिन लामो
सास लेउ, अनि भन|” क्षितिजले के भन्न खोज्दै छ त्यो जान्नु छ मलाई र उसले भन्यो
भने उसको मन पनि हलुको हुन्छ|
“ ल म सुरु देखि भन्छु है| तिमि सुन मात्र| I am sorry. मलाई थाहाछ
तिमीलाई मसंग रिस उठेको छ|हिजो बिहान देखि नै रिसाएकि छौ तिमि मसंग| म मान्छु
गल्ति मेरो थियो तर मैले तिम्रो मन दुखाउछु भनेर त्यस्तो भनेको हैन| मैले जे भने,
भन्ने तरिका गलत थियो अत्र तात्पर्य हैन| तिमि बिहान अत्तालिएको थियौ अनि झाक्रीको
मा जाउ भन्दै थियौ| मैले पनि अत्तालिएर लु अहिले जाउ भनेको भए झन् तिमि
अत्तालिनथियौ| बरु एकछिन मसंग रिसाउदा, तिम्रो दिमागमा म मात्र थिए र सपाना भुलेउ
तिमीले| तिमि डर पुरै मेटिएको थिएन अनि मसंग रिस पनि उठेको थिए, त्यसैले खिर भनेर
मजाक गरे तिमीलाई हसाउन तर तिमि झन् रिसायौ| अनि हामि झाक्रीकोमा हुदा पनि तिमीलाई
म संग रिस उठेको थियो| त्यो पल नजानेर तिम्रो मन दुखाएको हो| अनि जब हामि घरको
लागि सामान हेर्न गएका थियौ नि| त्यो बेला जानी जानी मैले केहि सामान नछानेको हो|
पहिलो कुरा मलाई यस्तो केहि आउदैन, घर कसरि सजाउने भनेर| त्यहाँ मैले जे बोले पनि
गलत नै बोल्थिए अनि तिमीलाई झन् रिस उठ्थियो म जिस्किए भनेर| त्यसैले म चुप भएर
बसे| मैले हिजै माफी माग्नु पर्ने हो, ढिलो भयो अहिले| I am sorry
मेरो माया|” हिजो सम्म क्षितिजसंग रिस उठेको थियो तर मैले अहिले सबै भुलिसकेको
थिए| क्षितिजले म रिसाएको पनि थाहा नपाउनेरैछ भनि झन् रिसाएकी थिए हिजो तर आज रिस
मरीसकेको थियो| क्षितिजले अहिले यो सबै भनिसक्दा, मलाई आफुसंग
रिस उठेर आयो| क्षितिजले मेरो भलाइ सोचेर, मलाई तनाब कम होस् सोचेर यो सबै गरेको
रैछ र म भने सिक्काको एउटा पाटो मात्र हेर्दै थिए| क्षितिज्ले मलाई शब्द बिहिन
बनायो, उसलाई दिने मसंग जवाफ छैन| मैले केहि नबोलेपछि, उसले सोच्यो मेरो रिस अझै
मरेको छैन र मलाई फकाउने थप प्रयास गर्न थाल्यो| उसको हरेक शब्दले मलाई नै
आत्मग्लानी महसुस गराउदै थियो| मैले केहि बोल्न नसकेपनि उसलाई चुप लगाउन त सक्छु
नि|
क्षितिज बोल्दैनै छ र मैले उसलाई आफु तिर तानेर उसको ओठ चुमे| उसले आफ्नो हात मेरो टाउको पछाडी लग्यो अनि म माथि पल्टिएर मेरो पनि ओठ चुम्न लाग्यो| मेरो ओठको सबै रस चुसीसकेपछी, उसको ओठ भ्रमणमा लाग्यो| मेरो ओठ पछी उसको ओठको भ्रमण मेरो गाला हुदै पुरै अनुहार भ्याएर घाटीमा पुग्यो र घाटीबाट छाती हुदै कम्मर सम्म चुम्यो उसले मलाई|उसको ओठ र हात दुवै स्वतन्त्र छन् र मेरो पुरै शरीर कब्जा गर्ने जमर्कोमा लागी परेको छन्| माया गर्ने मान्छेलाई न लाज हुन्छ र न डर हुन्छ| हामि फेरी पनि नवजात शिशु जस्तै नांगिएका छौ र एक अर्कामा तृप्त छौ| माया यस्तो चिज हो, जसले मान्छेलाइ नंग्याउन पनि सक्छ र पुरा पनि बनाउन सक्छ| अहिले हामी पुरा हुदैछौ| अघि सम्म टाउको दुखेको थियो तर अहिले क्षितिजको मायाको दबाई र सुइले त्यो दुखाईको बसाइ सराइ भयो|
मायामा समय गएको पनि थाहा नहुने| ५ बजे उठेको हामि, ९ बजिसकेछ| ११ बजे धामीकोमा पुग्नुछ| म चिया बनाउन भान्सा तिर लागे| दुध तत्ताउन राखेर, भान्सामा के के सामान छैन हेर्न लागे| यता दुध तात्नु र क्षितिज नुहाउन जान तैयार हुनु संगै संगै भयो| चिया खाएर जाउ पाक्न लाग्यो भनेको, उसले मानेन| दुध ग्यासबाट निकाल्दै मात्र थिए, क्षितिज चिच्यायो र तर्सिएर मेरो हातबाट दुधको भाडो खस्यो| दुधको भाडो भुइँमा खस्यो र केहि छिटा मेरो पैताला पनि पर्यो| क्षितिज आत्तिएर चिच्याएको हो र त्यहा पक्कै पनि केहि भयो| म दौडेर त्यता जान खोज्दै थिए, त्यत्तिकैमा क्षितिज आफै निक्लियो|
“के भयो किन चिच्याएको?” क्षितिजको अनुहार भिजेको छ, पानीले हो कि पसिनाले| मैले उसलाई प्रश्न गरे उ आत्तिएको देखेर र उ तर्सिएको पनि छ|
“वासरूमको ऐना| तिमीले भनेको जस्तै त्यहा जुँगा कोरीएको छ|” क्षितिजले भक्भक्किएर बल्ल बल्ल यति बोल्यो| वसरुम गएर हेरेको साच्चिकै, त्यहा ऐनामा जुँगा कोरिएको छ| ऐनामा कालो रंगको जुँगाको आकृति मज्जाले देखिन्छ| आखिर यो कसरि हुन सक्छ? मैले सपना पनि देखेको छैन आज| अनि हामीले ढोकामा ताल्चा लगाएको हामीलाई बकाइदा याद छ| बाहिरबाट कोहि आएर यस्तो गर्न सक्ने कुनै सवाल नै छैन| त्यसो भए यो आकृति कसरि बन्यो ऐनामा? गाउबाट सरु भएको सपनाले यहाँ सम्म नै मलाई पछ्याउदै छ| त्यो सपना संगै आत्माले पनि मलाई पछ्याउदै त छैन नि? प्रश्नहरु फेरी वर्षायामको घास सरि उम्रिन लागे मनमा| यो सबै प्रश्नको जवाफ झाक्रीसंग छ|
झाक्रीकोमा गइहाल्ने भनि भन्न लागे क्षितिजलाइ| उसले पनि सहमति जनायो
र यत्तिकैमा उसले आफ्नो आखाँ मेरो खुट्टामा पुर्यायो| दुधको छिटा परेको थियो, फोका
उठेछ| घ्युकुमारी र टुथपेस्टको लेप लगाएर हामि झाक्रीकोमा जानको लागि घरबाट
निक्लियौ| आजको दिन फेरी एउटा ट्याक्सी छैन| ट्याक्सी चालक सबै हड्तालमा रैछन|
भाडा, भबिस्य र सुरक्षा, तिन बिषयलाइ लिएर आन्दोलनमा उत्रिएका रैछन| कहिले
मिटरमा गुड्न नमान्नेले भाडाको बिषयमा बोल्न मिल्ला र? बाकिको दुइ मागको बारे केहि
जानकारी छैन, चित्त नबुझेको कुरामा मन मनै टिप्पणी गरे| बस चढेर झाक्रीकोमा पुगेउ
र वसरूमको घटना सुनायौ हामीले|
“नानि हिजो एउटा सानो गल्ति भयो तर त्यसले केहि असर पारेन| मैले त्यो ताबिज एउटा
हैन दुइटा दिनु पर्ने थियो, बाबुको लागि पनि| तिम्रो ताबिज नै शक्तिशालि रैछ र
बाबु पनि तिम्रो छेउमा, धन्न उहालाई केहि भएन| नत्र उहाको ज्यान पनि जान सक्थियो|
हिजो त्यो ताबिजले गर्दा, तिम्रो सपनामा कब्जा गर्न नसकेपछि आत्माले बलहिन महसुस
गर्यो| उसलाई आफ्नो अस्तित्व र उपस्थिति जसरि पनि पेश गर्नु थियो तिम्रो सामु,
त्यसैले त्यो ऐनामा आकृति कोरेर गयो| तीमिले डराउनु पर्दैन, आजको पुजा सकिएपछी सबै
ठिक हुन्छ|” झाक्रीले यति भनेपछी क्षितिज र मेरो ,दुबैको सात्तो गयो| क्षितिजलाइ
धन्न केहि भएन भनि खुसि हुनु पर्ने हो तर के हुन सक्थियो सम्झिदै खुसि हुन सकेको
छैनौ| झाक्रीले बुवा आमाको बारेमा केहि सोध्यो, जस्तै नाम
बस्ने स्थान आदि इत्यादि| पुजा र श्राद
दुवै सकियो र झाक्रीले एउटा थैली दियो हामीलाई| “यो थैली खोला नत्र तालमा
सेलाइदिनु|” झाक्रीले यति भनेपछि हामि तालबाराही पुगेउ र थैली सेलायौ|
त्यहाँबाट गाडीको शोरुम जानु छ| ट्याक्सी चालक हड्तालमा| बसमा जानु अप्रने| बसमा
भिड त्यस्तै र अनेकौ मान्छेको अनेकौ कुरा|
मैले महिला सिट पाए र क्षितिज उभिदै छ| मेरो छेउको सिटमा भएको अन्तिले मसंग
गफ गर्न सुरु गर्नु भयो र उहाको केहि कुरा पनि चित्त बुझेन मलाई| चाहेको भए उहासंग
बिब्बाद गर्न सक्थिए तर गरिन| क्षितिजले यो ले मलाई चित्त नबुझेको कुरा मज्जाले
बुझीसकेको थियो| त्यसैले झर्ने बित्तिकै उसले मलाई सम्झाउन लाग्यो||
“परजुना, आज म तिमीसंग खुसिछु| तिमीलाई अघि चित्त नबुझे अपनी तिमि चुप लागेर बसीदियौ| कहिले काही के हुन्छ भन्दा, हाम्रै आखा अगाडी हामीलाई चित्त नबुझ्ने केहि घटना घटी रहेको हुन्छ तर हामीले त्यसमा गर्न सक्ने केहि हुदैन| हामीले गर्न सक्ने भनेकै आखा चिम्लिने हो र त्यो घटनालाइ स्वीकार्ने या मन मनै त्यो घटनालाइ रोके झैँ कल्पना गर्ने| हामीले सबैको सोच बदलिन पनि त सक्दिनौ| उनीहरुको सोच बदलिन खोज्ने हो तर बदलिएन भने हामि खिन्न भएर बस्न पनि मिल्दैन| उनीहरु आफुलाई सहि सोच्छन अनि तिमि आफुलाई| तिम्रो निम्ति उनीहरुले आफ्नो सोच बदलिनु पर्छ भन्ने पनि छैन अनि तिमीले उनीहरुको लागि आफ्नो सोच बदलिनु पर्छ भन्ने पनि छैन| यदि पुरै संसारलाइ तिमीले आफुले चाहेको रंगमा रंगिन सक्दिनौ भने, तिमीले आफै त्यहि रंगको चस्मा लगाउनु नै उचित हुन्छ| हो यो भ्रम हो तर तिम्रो मनलाइ शान्ति मिल्छ|” क्षितिजले मलाई सम्झाउन खोजेको एक एक कुरा बुझे मैले| उसलाई केहि थाहाछैन सोचेको, उ म भन्दा ज्ञानी रैछ|
कारको सोरुम पनि पुगियो| आफ्नै नया कार, एउटा सपना साकार भयो मेरो| घर पुगियो र सुत्ने तरखरमा| दिनको सुरुवात मनमोहक थियो, अनि त्बयहि नै जारि रहयो दिनभर नै| सानो तिनो खाल्डा थिए तर पन्छिएर अघि बढेर यहाँ सम्म पुगियो| बल्ल सुरु भयो असली परिक्षा अनि असली युद्ध…………
