“मैले उपाय सोचे|”
क्षितिजले यति भन्ने बित्तिकै, माया र आशा संगै आशु भरिएको आखाले मैले उसलाई हेरे|
मेरा आखा रसाएको
मलाई नै पत्तो छैन| आखा चिम्लिएर खोल्दा, गालामा आशुको थोपा खस्यो र म रुदै गरेको
मलाई थाहा भयो| आशु हातले पुछ्दै क्षितिजलाइ उपाय सोधे|
“ तिमीलाई म यहाँ एक्लै छोड्न सक्दिन| हामि संगै काठमान्डौ जाने|”
“ के के न उपाय भन्छ होला सोचेको, संगै काठमाण्डौ जाने पनि उपाय हुन्छ? म पनि संगै
काठमाण्डौ जान्छु भनेर अघिनै सोचेको थिए तर फेरी अर्को सोचले त्यो सोचलाई|”
“ के त्यस्तो सोच आयो फेरी तिमीलाई?”
“तिमि पो आफ्नो घर जान्छौ| त्यहाँ न मेरो घर छ न आफन्त नै छन्| म कहाँ बस्नु?”
“ परजुना, पहिले मेरो पुरै कुरा सुन| म अहिले कहाँ छु?”
“कस्तो पागल जस्तो प्रश्न सोधेको? पोखरामा छौ, कहाँ हुनु?”
“ म हैन तिमि पागल जस्तो जवाफ दिदैछौ| मैले घरमा अहिले goa मा छु भनेको छु है?”
“goa छौ भनेको छौ, यसले कसरि हाम्रो समस्याको हल गर्यो?”
“ अनि म goa मा किन छु?”
“तिमि सबै कुरा एकैचोटी भन्नलाइ के लिन्छौ?”
“किन हत्तारिन्छौ? पहिले मेरो प्रश्नको जवाफ देउन|”
“ business गर्न| भयो? अब पनि प्रश्न गरेउ भने म तिम्रो कपाल
भुत्ल्याईदिन्छु|”
“मेरो idea सुनेपछि, तिमीले कपाल भुत्ल्याउने हैन मेरो ओठ चुम्छौ|”
“ पहिले भन न| idea काम लाग्ने रैछ
भने तिम्रो ओठ चुम्ने मात्र हैन, तिमीले जे माग्छौ त्यहि दिन्छु अनि त्यहि मान्छु|”
“ तिमि मेरै त हो, तिमिसंग अरु के माग्नु मैले परजुना|”
“हेर तिमि जिलेबी जस्तै कुरा नाघुमाउ| उपाय के हो त्यो भन|”
“ मेरो उपाय पनि जिलेबि जस्तै गुलियो छ नि त| ल भन, तिमि मेरो को हौ?”
“ जा भन्दिन| अघि देखि सिधै उपाय नभनेर मलाई प्रश्न गरेको गरेई मात्र छ| मसंग नबोल
जाउ|”
“परजुना, यो अन्तिम प्रश्न हो| ल जवाफ देउ, तिमि मेरो को हौ?”
“म तिम्रो माया हो| अनि तिमि मेरो संसार|”
“ हैन, तिमि मेरो secretary हौ|”
“मतलब? के भन्छौ के तिमि? मैले तिमीले भनेको बुझ्न छाडी सके|”
“ तिमि मेरो secretary बनेर मेरो घर जाने भनेको| भएन अब?”
“ कस्तो राम्रो उपाय, तालि बजाउ? कि मेडल लगाइदिम?”
“किन? तिमीलाई उपाय मन
परेन?”
“ तिमि अनि तिम्रो उपाय,दुवै काम नलाग्ने? यति बेर मेरो दिमाग यस्तो वहियात उपायको
भरमा चाट्दै थियौ?”
“ के खराबी छ मेरो उपायमा? ले एउटा खराबी भन|”
“ एउटा खराबी हैन, तिम्रो उपाय नै वहियात छ| घरमा तिम्रो business को बारेमा मलाई केहि सोध्नु भयो भने? अनि
यति छोटो समयमा नै तिम्रो business यति राम्रो चल्यो कि तिमीले secretary पनि राख्न सक्ने भयौ? अनि फेरी अर्को
पालि देखि मेरो भरमा business छाडेर तिमीलाई बेला बेला घर बोलाउनु भयो भने?”
“ मैले यो त केहि सोचेको नै थिइन त|”
“सोच्ने काम तिम्रो हैन, छोड म नै केहि सोच्छु|”
“तिमि होटेलमा बस्न मिल्दैन परजुना?”
“अनि ७ दिन एक्लै म होटेलमा बस्नु?”
“कसले एक्लै भन्यो? म दिउसो पो हुन्न, बेलुका त जसरि पनि आइहाल्छु नि|”
“बल्ल तिमीले राम्रो कुरा गरेउ| अनि दिउसो म साथिकोमा जान्छु, बेलुका तिमी मलाई
लिन आउनु|”
“ बेलुका पनि तिमि साथीकोमा नै बसे हुन्न? यति बेर देखि किन दिमाग खर्च गरेको
हामीले| पहिले भन्नु पर्दैन परजुना?”
“ एक दिन दुइ दिन पो बस्छ, ७ दिन कसरि बस्नु साथिको मा? अप्ठेरो हुन्न मलाई?”
“ल हामि संगै जाने| त्यहा पुगेपछि तिमि नै निर्णय गर, साथीकोमा बस्छौ कि होटेलमा| कहिले जाने
हामि?”
“ अर्को हफ्ता जाम्ला नि| एक महिना छ भनेको हैन?”
“ हुन्छ| तर त्यति लामो बाटो कार चलाउन सक्छौ?”
“ तिम्रो दिमाग tubelight जस्तै झुप झुप आउने जाने हुने रैछ| कसले भन्यो हामि गाडीमा जाने?”
“ अनि के मा जाने त?”
“ ल तिमीले गरे जस्तै प्रश्न सोध्दै जवाफ दिएर तिमीलाई दुख दिन्न| तिमि अहिले goa मा छौ, तिमि यहाँ बाट गाडीमा अज्ञान
मिल्दैन| फेरी तिमीलाई लिन एयरपोर्टमा आउनु हुन्छ होला तिम्रो परिवार| यहाँबाट
प्लेनमा जानु हुन्थियो तर आन्तरिक उडान र बिदेशी उडान कक्ष अलग छ| अब एउटा मात्र
उपाय छ|”
“के उपाय?”
“ उपाय पनि हो अनि मौका पनि| हामि पोखरामा नै छौ दुइ महिना देखि| कहिँ घुम्न पनि
गएको छैनौ हामि| बरु हामि goa घुम्न जाउ| अनि त्यहाबाट काठमाण्डौ जाउला| सबै समस्या यहिबाट
समाधान हुन्छ|”
यसरि goa घुम्न जाने योजना तैयार भयो| एकदम छोटो समयमा तैयार भएको यो योजना, एउटा सानो बाधा आयो| प्लेनमा जाने हो भने पहिले काठमाण्डौ पुग्नु पर्छ र त्यो गर्न मन छैन| अहिले सम्म ट्रेन चढेको छैनौ दुवै| बुटवल हुदै सुगौली जाने अनि त्यहाबाट मुम्बई| मुम्बईमा एक दिन बस्ने अनि त्यसपछि goa| समस्याको आयु समाधान नेभिटिने समय सम्म हो| जब समाधान भेटिन्छ, समस्या समस्या रहदैन| समस्याको समधान खोज्दै खोज्दै सामने मौका नै भेटियो|
ट्रेनको सफर, नया अनुभव बटुल्न दुवै उत्सुक छौ| सफर रोमान्चपूर्ण थियो तर थकानले जिउ पाकेको केरा जस्तै गलेको छ| योजना अनुरुप, ५ दिनको भ्रमणमा, २ दिन यात्रामा बित्यो, १ दिन थकान बीच goa मा, अब बाकि दुइ दिन| मुम्बई हुदै आउने योजना थियो सुरुमा तर केहि कारणबश पुरा भएन| आजको दिन क्षितिज्को परिवारको लागि अनि हाम्रो घरको लागि सपिंग गर्ने अनि भोलि दिउस भर goa घुम्ने मन बनायौ हामीले |
बल्ल सुरु हुन जादैछ हाम्रो goa को बसाइ|
