मैले यति भनेपछि उहाले यो बिषयमा केहि बोल्न नै जान्नु भएन| कफी सकीएपछी,उहाको बाइकमा हामि हिलपार्क तिर लागेउ| उहाले बाइक रोक्नु भयो र हामि त्यहाबाट भर्यांग चढ्न लागेउ| शनिबार भएपनि आज भिड चाही निकै कम थियो,अरु साधारण दिन भन्दा पनि कम| अलि राम्रो अनि एकान्त ठाउ हेरेर दुइ जना नै गएर बसेउ| एकछिन सम्म एक अर्कालाई हेरेर नै बसेउ हामि दुवै जना| भन्नु पर्ने दुबैले धेरै थियो तर न उहाले भन्न सक्नु भयो न मैले,ओठ चुप भएको दिन आखा बोल्थिए, तर आज आखा पनि एक अर्कालाइ नियाल्न ब्यस्त छ| आफ्नु दुवै हातले उहाको एउटा हात समाएर उहाको काधमा ढल्किए म र आखा चिम्ली निकै कुरा कल्पना गर्न लागे|
“गएको केहि दिन देखि निकै परिवर्तन देख्दै छु त मा|”
“सकारात्मक कि नकारात्मक?”
“खै थाहा छैन तर परिवर्तन भने छ|”
“जीवन भनेकै परिवर्तन हैन र?सधै एउटा भयो भने त जीवन पनि मुर्तिमा के फरक भयो?झन् मुर्ति पनि समय संगै खिइदै जान्छ|परिवर्तन नहुनु चाही चिन्ताको बिषय हो,परिवर्तन हुनु चाही हैन |”
“तर पनि किन हो,मलाई अलि अजिब लाग्दै छ त भित्रको परिवर्तन|”
“अचम्म लाग्ने के परिवर्तन देख्नु भयो हजुरले?”
“पहिले भन्दा फरक भएकी छस्,अलि भिन्न भएकी छस्|”
“कस्तो फरक देख्नु भयो म मा?के भिन्न पाउनु भयो म मा?”
“खै,के भन्नु|”
“हेर्नुस् भन्ने भए सिधा भन्नुस नत्र यो कुरै नगर्नु|”
“पहिले भन्दा नजिकिन खोजेकी छस्,पहिले भन्दा धेरै ख्याल राख्न खोज्छस् मेरो,सानु सानु कुरामा रमाउन खोज्छस्,केहि कुरामा चित्त नबुझे पनि केहि भन्दिनस्|”
“अनि राम्रो हैन त?म खुसि हुन सिक्दै छु|”
“तर खुसि बाहिर मात्र भएर के गर्छस्,भित्रि मनबाट खुसि छस्?”
“हजुर संग के झुठो बोल्नु,कहिले पो झुठो बोलेकी छु र मैले,फेरी हजुर जस्तो कुरा लुकाउन पनि आउदैन मलाई| मलाइ थाहा छैन हाम्रो सम्बन्ध कहा सम्म पुग्छ,मलाई थाहा छैन हामि पछी गएर संगै हुन्छौ कि नाई,मलाई थाहा छैन संगै भएपनि खुसि हुन्छौ कि नाई,त्यसैले अहिले संगै हुन खोज्दै छु,अहिले खुसि हुन खोज्दै छु,जहिले सम्म सक्छु संगै हुन खोज्छु अनि खुसि पनि, त्यसैले हो|”
“म पनि केहि कुरा भनौ?”
“अहिले भन्नु हुन्छ र?सहि समय आयो? साइत हेर्नु पर्छ कि?”
“नरिसान,तलाई के लाग्छ,म तलाई ,आय गर्दिन?म पनि तलाई त्यतिकै नै माया गर्छु जति त मलाइ गर्छस्| फरक यति छ,कुनै बेला म जिकिर गर्न सक्दिन,कुनै बेला जिकिन गर्न मिल्दैन अनि कुनै बेला जानी जनै जिकिर गर्न खोज्दिन| तैले अहिलेको बिस्वास्लाई चिनेको छस् तर तैले आज भन्दा 4 बर्ष अघि बिश्वास के थियो तलाई थाहा छैन|”
“मैले कति थाहा पाउँ खोजे तर हजुरले भन्नु भयो?भन्नु भएन,किन कि हजुरलाई मन लागे भन्नु हुन्छ,मन नलागे भन्नु हुन्न| जहिले सहि समय आएपछि भन्छु भन्नु हुन्छ,समय सहि गलत हुन्न के,समय लाइ आफैले सहि बनाउने हो|”
“मैले भन्न खोजेर पनि भन्न नसकेको भए? अतितका घाउ हरु फेरी बल्झिन खोज्दा पिडा कस्तो हुन्छ तलाई के भनु?”
“सम्बन्ध भनेको खुसि साट्ने मात्र हैन,दुख बाड्ने पनि हो| जव हजुरलाई नै बिस्वास छैन मैले हजुरको दुख बुझ्न
सक्छु भनि,यो सम्बन्धको औचित्य नै के रहयो|”
“म मान्छु गल्ति मैले धेरै गरे तर अब सच्याउन खोज्दै छु|”
“हजुरलाई जे मन लाग्छ गर्नुस्,आज हजुर यस्तो कुरा गर्दै हुनहुन्छ,भोलि फेरी अर्कै रुप देखिन्छ हजुरको| आजको कुरा के गर्नु,अहिले को एकछिनमै हजुर बदलिनु हुन्छ| अचानक हजुरको मुड अफ हुन्छ,अनि न् मेरो फोन उठ्छ न मेरो मेसेजको रिप्लाइ आउछ|अनि फेरी बोल्न मन लाग्छ,अनि फेरी आउनु हुन्छ|म हजुरको खेलौना जस्तै बनाउनु भएको छ हजुरले ,मन लागेको बेला कोरी बाटी गरेर रकहने,रिस उठेको बेला आखा नदेखी सबै भताभुङ्ग बनाउने|”
“त्यस्तो केहि हैन,चाहिने नचाहिने सोचेर नबस्,म यता उताको कुरा गर्दिन|चाहिं कुरा भन्छु,मैले तलाई अस्ति बर्षाको बारेमा भने है|……………….”
यसपछि बिस्वासले मलाई आफ्नु अतितको एक एक पलको बारेमा भन्दै जानु भयो| कसरि बर्षासंग उहा कहिले सम्बन्धमा गासिनु नै भएन,कसरि बर्षा संग पर भएपछी उहा एउटा
नया सम्बन्धमा गास्सिनु भयो| न्या सम्बन्धमा गासिए देखिको सुख,दुख, एउटा एउटा सानु कुरा भन्दै जानु
भयो उहाले| एउटा कुरा अचम्म लाग्यो,कसरि फेसबुकबाट 3 दिनमा बसेको माया 4 बर्ष सम्म टिक्यो,टिक्न त टिक्यो तर कसरि त्यो
सम्बन्धको अचानक अन्त्य भयो| उहाले सबै कुरा भन्नु भयो तर तीनवटा प्रश्नको उत्तर चाही दिनु भएन| पहिलो “उहाको सम्बन्धको
अन्त्य किन भयो,किन त्यो केटीले अचानक उहासंग
सम्बन्ध अन्त्य गरि”,दोस्रो “उहा हस्पिटलमा भर्ना हुनु भयो तर हस्पिटलबाट कसरि
बुटवल सम्मको यात्रा तय भयो|”, तेस्रो “अनि त्यो
केटीको नाम के हो?”|
यो तिन प्रश्नको उत्तर खोज्दा
उहाले मलाइ कसम दिनु भयो र मैले उहालाई कर गर्न नै मिलेन|
उहाको अतितको यात्रामा यति डुबेछु, २ बजेको पत्तो भएन| घरबाट मामुले फोन गरेसी मात्र समयको खयाल भयो| मामु हरु तैयार हुन थाल्नु भएको,ठेक्का 3:३० मा मेरो अफिस पुग्छु भनेर फोन गर्नु भएको | बिस्वास र म पनि हिल पार्क बाट बाहिरियौ र “निर्भाना रेस्टुरेन्ट” गएर केहि खाजा अनि कफी भनेउ,अनि चुरोट पनि,मेरो लागि पनि चुरोट|
“तैले चुरोट छोडेको हैन?”
“छोडेको हो तर यसो सोचे, चुरोट भन्दा बिषालु हजुरको माया छ| चुरोटले मर्छु मर्दिन थाहाछैन,तर हजुरको मायाले मार्छ मलाइ| त्यसैले मर्नु नै छ भनि,मर्नु अघि खुलेर बाचेर मर्छु|”
खाजा पनि सकियो र तिन पनि बज्यो,बिस्वासले मलाई अफिस अगाडी छोड्नु भयो र म बाबा आमालाई पर्खिन लागे| बुवा आमा नआउने बेला सम्म बिस्वास पनि म संगै बस्नु भयो|
