Part 58

अभ यो सबै आफ्नु घर लाग्न पनि नमिल्ने, के गर्ने होला त?यसको उपाए चाही पहिले देखि नै लगाएको थिए मैले, मैतीदेवी बस्ने एउटा साथीकोमा लगेर राखे अघि किने जति सबै गिफ्टहरु| आखिर निष्ठाको घर पनि डिल्लीबजार नै थियो, नजिकै पनि हुन्छ र नया ठिमीबाट नै बसमा बोकेर नि हिड्नु नपर्ने| यो पालिको भ्यालेन्टाइन गज्जबको हुने भयो, प्रियसी पनि छिन्,प्रियसीलाई दिनलाई गिफ्ट र समय पनि, बाकि थियो मात्र कुन ठाउमा कति बजे भेट्ने भनि टुंगो लगाउन| त्यो पनि कति नै बेर लाग्ने कुरा हो र, राति उसको फोन आउने बित्तिकै पहिलो काम नै यहि भयो, भेट्ने समय र स्थान टुंगो लगाउने| मैतिदेबी चौकमा भेट्ने कुरा भयो र त्यहाँ पछी कहाँ जाने भन्ने कुरा चाही न उसले टुंगो लगाउन सकी न मैले, त्यसैले भेटेपछिको लागि छोडियो यो चाही| अभ भेट्ने चाही कति बजे? अभ यो कुरा पनि टुंगो लगाउनु पर्ने |

“म पुग्न चाही कति बजे पुग्नु पर्ने?” उसले आफै केहि नभन्ने, यो पनि मैले नै बुझी माग्नु पर्यो|

“म ८:४५ मा हिड्छु घरबाट,अनि ९ बजे सम्म पुग्छु, हजुर पनि त्यहि त हो|” उ पो १५ मिनेटमा पुग्छे, मलाई पुरै १ घण्टा लाग्छ ठिमीबाट पुग्न|

“हुन्छ, घरमा चाही के भनिस्?” बुझ्न मन लाग्यो उसलाई चाही बहाना बनाउन आउछ कि नाई भनेर|

“के भन्नु र , मामु दिउसो भरि अफिसमा हुनु हुन्छ, केहि भन्नु पर्दैन मैले, मात्र ५ बजे घर पुगे पुग्छ|” कति सजिलो उनको घरमा, न कसैको इजाजत लिनु पर्ने न् कसैलाई सफाई दिनु पर्ने|

“मतलब त र म, ६ घण्टा संगै बस्न पाउने भयौ?” म भित्रको खुसि मेरो बोलीमा प्रस्ट महसुस गर्न सक्दि हो उसले|

“नाई,कसले भन्यो र ?मनमा ज् आयो त्यहि है |” सधै जस्तो उसको कुरा बुझ्न, मलाई थप एकपल्ट गार्हो पर्यो|

“मेरो साथि पनि आउछे म संग, म एक्लै आउने हैन नि|” अघि सम्म म भित्रको खुसि,उसको यो एक वाक्यले गर्दा खोइ कहाँ बिलायो बिलायो|

“को साथि नि?” कवाबमा बन्न लागेकी हड्डीको नाम थाहा त हुनै पर्यो मलाई पनि|

“मेरो जिग्री सृष्टि के, कति नाम कुरा गर्छु त हजुरसँग उसको बारेमा |” नाम सुनेको हो,अनि निष्ठाले सृष्टिको बारेमा गर्ने सबै कुरा पनि सुनेको नै हो तर मलाई सृष्टि निष्ठा संगै आउने कुरा पटक्कै मन परेन|

“हुन्छ”, तिमीहरु दुवै जना आउनु |” मन नलागे पनि हुन्छ भन्नै पर्यो, मेरो हुन्नले फेरी भेट्ने कुरा नै सकियो भने अर्को तनाब|

“कस्तो ठुस्केको हजुर! जिस्केको हो मैले?” मेरो बोलीबाट उसले सायद बुझी मेरो मनको कुरा, फेरी कत्रो जिस्केकी उसले, मन चोर्न निकै सिपालु यो केटि|

“अनि के नचाहिने कुरामा जिस्केको त गु, त कस्सम गु होस्, छेरौती होस्|” म उनि संग केहि रिसाए तर मिठो पारामा|

“अनि हजुर गुको वरी परि उड्ने, गुइए किरा|” उसले पनि बडो मज्जाले जवाफ फर्काइ |

दिनहरु पनि कति चाडै बितेको, भेट्ने दिन पनि आयो| आज भ्यालेन्टाइनडे,अरुलाई भ्यालेन्टाइन होला,मेरो लागि निष्ठासंग भेट्ने दिन हो आज| निकै बिशेष भन्छु आजको दिनलाई, ६ बजे नै बिस्तरा छोडे र तैयार हुन लागे|

Previous article
Next article

Latest Posts