“किन? कन्चनसंग छौ त| म किन चाहियो|” परजुनाको रिसले सिमा पार गरेछ, उनको अवाज र बोल्ने शैलीले प्रस्ट पार्यो|
“भेट्ने कि नभेट्ने?” म रिसाए भने उनि नरम हुन्छे भन्ने आश छ, त्यहि गरे|
“कहाँ भेट्ने?” सोचे बमोजिम, परजुन नरम भइन् र भेट्न तैयार भइन्|
“अघि मैले तिमीलाई देखेको ठाउमा नै भेटौ न |” अघि भर्खर देखेको हो परजुनालाइ, त्यही भेट्न उचित ठाने|
“पर्दैन| म यहि छु पछाडी| हेरत|” परजुनाले यति भन्ने बित्तिकै मैले पछाडी हेरे र परजुना म भन्दा केहि परको दुरीमा छिन्| म उ तिर बढे र उनि तिर आउन लागिन्| भेटेर उनीलाई अन्गालोमा कसे र एकछिन उनलाई आजाद हुन दिन आफ्नो अंगालोबाट| उनको रिस केहि भएपनि शान्त होला भन्ने आश हो, उनले पनि प्रतिकार गरिन मैले उनलाई अन्गालोमा कस्दा| बिस्तारै उनलाई आफ्नो अन्गालोबाट पर पारेर उनको आखामा हेर्न खोजे| यत्तिकैमा उनले केहि भनिन्|
“ल भन किन भेट्न खोजेको?” उसको रस केहि भएपनि कम भयो होला सोचेको तर उनको रिस अहिले पनि चरम सिमामा छ| उनको बोलीमा यो प्रस्ट छ|
“भेट्न पनि कारण चाहिन्छ र?” जति सक्यो त्यति समय परजुनालाइ आफु तिर भुलाउनु छ, त्यसैले मैले चाहिने नचाहिने टुक लगाउदा गफ गर्दैछु|
“ कारण र परिस्थिति बुझ्न छोडीसके मैले|” परजुनाले के भन्न खोजेकी मैले बुझिन|
“बुझिन नि| के भनेको?” जति सक्यो यो बार्तालाप लम्ब्याउनु छ मलाई|
“केहि हैन, कन्चनलाइ एक्लै पठायौ त| कता पठायौ?” मेरो कोशिश परजुनाको ध्यान कन्चनबाट हटाउनु तर अहिले पनि परजुना कन्चनको बारे नै सोच्दैछे|
“अहिले तिमि र म मात्र छौ, हामि छौ| किन कन्चनलाइ ल्याउदै छौ बिचमा?” म जे गर्दै छु गल्ति गर्दै छु, जे बोल्दै छु थाहाछ तर परजुनाले जे गर्दैछे त्यो पनि सहि हैन नि|
“ कन्चन बिचमा आएकी, तिम्रो अनि हाम्रो बिचमा| बल्ल तिमीले बुझेउ यो कुरा|” परजुनाको मनको रिस र बिख बिस्तारै अलि अलि गरेर निक्लिदै छ| बोल्दै हामि ताल छेउमा पुगेउ|
“एकछिन ताल घुमौ न डुंगा चढेर|” अर्को प्रस्ताभ राखे मैले परजुना सामु|
“ किन कन्चनसंग घुमेर पुगेन?” मैले जति प्रयास गरेपनि, परजुनाले कन्चनको बारे सोच्न छाडेको छैन|
“यहाँ म तिमिसंग भेट्न आएको हो, तिमिसंग समय बिताउन आएको| तर तिमि यो समय पनि कन्चनलाइ दिन्छौ भने मेरो भन्नु केहि छैन| ल म गए|” यो मेरो अन्तिम हतियार हो, यसले असर गरेन भने अरु केहिले पनि असर गर्दैन परजुनालाइ|
“सरि| म टिकेट लिएर आउछु|” परजुनाले यति भन्दै टिकेट लिन गइ र मैले दाइलाई मेसेज गरे कहिँ कतै केहि भएको छ कि भनि| दाइहरु अहिले सम्म कोठा पुग्नु भएको रैनछ, कन्चनको फोन अफ छ र उनको मोबाइलको चार्जर खोज्दै हुनुहुदो रैछ| सकेसम्म दिउसो भर म परजुनासंगै बस्छु र उनको ध्यान आफु तिर केन्द्रित गर्छु भनि दाइलाई जानकारी दिए| परजुना पनि टिकेट लिएर आइपुगिन्|
“एक घण्टाको लागि लिए है|” परजुनाले यति भनिसक्दा मनलाई सुकुन महसुस भयो, एक घण्टा भएपनि अब कन्चन माथि हमला हुदैन भनि|
“ कुन डुंगामा जाने हामि?” परजुनाले टिकेट लिएकी, त्यसैले उनलाई प्रश्न गरे|
“ जुनमा गएपनि हुन्छ, डुंगा चलाउन आउछ नि तिमीलाई?” कस्तो प्रश्न हो फेरी, डुंगा चलाउन माझि दाइलाइ आए भइहाल्यो नि, मलाई किन आउनुपर्यो|
“आउछ पनि र आउदैन पनि| तर किन? ,माझि दाइले हैन र चलाउने?” परजुनाको प्रश्नको जवाफ दिदै उनलाई पनि प्रश्न गरे|
“हैन हामि दुइ मात्र हो| मसंग समय बिताउने भनेको हैन तिमीले| किन माझि दाइलाई बिचमा ल्याउनु|” परजुनाले यति भन्दा म खुसि हुनु कि चिन्तित, खै थाहाछैन मलाई|
सकी नसकी, जानी नजानी डुंगा केहि पर पुर्याइयो दुवै मिलि| यस बीच केहि गफ हुदै गए, केहि पहिले बिताएको पलको सम्झनामा, केहि बकम्फुसे गफ र केहि मौनता| यसरि नै १० १५ मिनेट कट्यो| दिमागमा एउटा जुक्ति आयो| एक घण्टा नभई हामि यहाँ अझै केहि थप समय काट्नु पर्छ भनि| तर भर्खर १० १५ मिनेट बित्यो र बोल्ने सबै सम्बाद सकिए जस्तो लाग्छ, २ घण्टा के गर्नु?
गफै गफमा परजुनाले “धन्न तिमीले फोन गरेउ र यस्तो रमाइलो भयो|” भनिन्|
“धन्न तिमि र पोखरामा संगै छौ र यस्तो रमाइलो भयो|” केहि भिन्न तरिकाले बोल्दैछु म परजुनासंग| हामि बोल्ने शैली कुनै प्रेम जोडीको जस्तै भइसकेको छ| थाहाछ यो मैले गलत गर्दैछु, म परजुनाको भावना संग खेल्दै छु| तर कसैको जीवन बचाउनु छ ,त्यसैले म कसैको भावनासंग खेल्न पछी परिन|
“ मलाई पोखरामा भेट्दा यस्तो खुसि छौ र तिमि?” दोधारमा पार्ने प्रश्न हो यो, तर यहाँ कसैको जीवन जोगाउनु छ| म झुठ बोल्न पछी पर्दिन अब|
“खुसि नभएको भए अहिले तिमिसंग हुन्थिए होला? केहि सोधौ तिमीलाई?” परजुनालाइ मख्ख पार्दै म केहि जानकारी लिन खोज्दै छु|
“ मलाई केहि सोधौ भनि तिमीले सोच्नु पर्छ र?” धन्न परजुनाले मैले सोचे जस्तै जवाफ फर्काइन्|
“तिमि कहिले आएको पोखरा?” मेरो यो प्रश्नले के नतिजा निम्ताउछ थाहाछैन| फेरी पनि कहिँ परजुनाले कन्चनको वरिपरी गएर कुरा गर्न थालिन् भने मेरो अहिले सम्मको मिहिनेत पानीमा जानेछ|
“हिजो तिमीले मलाई देखिनौ र?” हिजो मैले परजुनालाइ नै देखेको रैछु, त्यो मेरो भ्रम हैन रैछ|
“तिमि नै पो थियौ| म त झ्याप भएर हो कि हैन भएको थियो|” सत्य नै बोले परजुनासंग|
“तर म पोखरा छु भनेर कसरि थाहा पायौ?” एक पछी अर्को गरि, मेरो हरेक प्रश्नमा ठुलो जोखिम छ र त्यो जोखिम म लिदैछु|
“कन्चन र तिम्रो मोबाइल ट्रयाक गरेर|” परजुनाले यति भनिसक्दा म शब्द बिहिन नै भए| आखिर कोहि कुन हदसम्म जान सक्छ, बदलाको भावनाले गर्दा|
शब्द बिहिन म, म संग सोध्नलाइ न कुनै प्रश्न छ न बोल्न लाइ कुनै वाक्य| परजुनाको फोटो खिचिदिन्छु भनि उसंग बहाना बनाए र फोटो खिचेको नाटक गरेर दाइलाई कन्चनको मोबाइल ट्रयाक हुदैछ, अँ नगर्न भनि मेसेज गरे| मैले गर्न सक्ने भनेको मात्र यति हो, यसै बीच परजुनाको केहि फोटो पनि खिचे| डुंगाबाट ओर्लिए पछी चाही के गर्ने? यो प्रश्नले हरेक पल मेरो दिमागको वरिपुरी फन्को मार्दैछ|कसरि चाही परजुनालाइ आफुसंग ब्यस्त राखौ, यति मात्र सोच्दैछु म| फोटो खिच्ने बेला समय पनि हेरे मोबाइलमा, ४५ मिनेट बितीसकेछ| १५ मिनेटमा किनारामा पुग्नु सम्भव छैन|
“जम्मा १५ मिनेट बाकि छ हाम्रो समय|” परजुनालाइ बाकि रहेको समयको जानकारी दिए|
“अब के गर्ने?” परजुनाले यहि प्रश्न गर्छिन् भनेर मैले जवाफ पनि तैयार पारेको छु|
“तिमीले लिएको टिकेटमा नम्बर होला, हामि अझै एक घण्टा थप्ने भन न फोन गरेर|” यहि हो मैले तैयार पारेर राखेको जवाफ|
मैले भने जसरि नै हामीले एक घण्टा समय थपेउ र एक घण्टाको लागि म ढुक्क भए| यति समयमा कन्चन हस्पिटल पुगीसक्छिन् र हस्पिटलमा उनि सुरक्षित हुन्छिन| तर हस्पिटल पुगेर मात्र भएन, मुख्य कार्य अझै नि बाकि नै हुन्छ| त्यसैले मैले जसरि भएपनि परजुनालाइ दिन भर आफुसंगै राख्नु पर्छ| परजुना र म कुनै प्रेम जोडी जसरि नै चल्दै, हास्दै र बोल्दै समय काट्दै छौ| गफ गर्दा गर्दै परजुनाले मेरो अनुहारमा पानि छ्यापिन्| पहिलो पल्ट उनले त्यसो गर्दा मैले केहि प्रतिकार गरिन| जब दोस्रो पल्ट उनले पानि छ्यापीन् , मैले पनि हत्केलामा पानि लिएर उसलाई छ्यापे| यहि कार्य अबको १० मिनेट सम्म चल्यो र दुवै पानीमा निथ्रुक्क भएर भिजेउ|
“तिमीले गर्दा म पुरै भिजे|” परजुनाले नै पानि छ्याप्नसुरु गरेकी हो र दोष चाही मलाई लगाउदै छिन्|
“ त्यस्तो है| तिमीले गर्दा हो सबै| म पनि भिजे अनि तिमि पनि|झन् दिनभर तिमिसंग बिताउछु सोचेको, भिजेको लुगा लिएर कहाँ घुम्नु अब?” आफुलाई लागेको दोष मैले परजुना तिर नै सारे|
परजुनाली उनकै कोठामा गएर पहिले लुगा फेर्ने आग्रह गरिन्| मैले नचाहदा नचाहदै पनि त्यो आग्रह स्विकार्नु पर्यो| त्यहाँबाट सिधै हामि उनि बसेको होटेल पुगेउ र त्यसपछि उनको कोठा| उनले मलाई एकजोर लुगा दिएर आफु एक जोर कपडा लिएर वाशरुम गइन्| एउटा अर्को प्रश्न आयो दिमागमा फेरी| आखिर परजुनासंग केटाको लुगा किन छ? उनले मलाई फेर्न भनेर जुन कपडा दिएको थिइन्, त्यो केटाको कपडा हो| आखिर यो कपडा कसको हो? प्रश्न बीच नै मैले लुगा फेरे र परजुनालाइ पर्खिन लागे| परजुना आउने बित्तिकै उनलाई बेगनास ताल जाने भनि आग्रह गर्छु सोची बस्दै छु| कारण एक मात्र छ, ताल अलि पर छ र समय सजिलै बित्छ यात्रामा| परजुना कपडा फेरेर आइन्|
“मलाई त भोक लाग्यो, तिमीलाई छैन?” ऐले केहि आग्रह गर्नु अघिनै उनले यति भन्दा मैले नाई भन्न पनि पाइन र प्रश्न सोध्न पनि पाइन| एक प्लेट फ्राई राइस र एउटा पिजा मगाइयो र त्यहि खाइयो पनि|
“तिमीले मलाई दिएको लुगा चाही कस्को हो नि?” मनमा रहेको प्रश्न फेरी पनि उनि सामु राखे, सहि गरे कि गलत थाहाछैन|
“मेरो बोइफ्रेन्डको|” ब आज यो दोस्रो पटक हो उनले मलाई चकित बनाएकी| जब उनको बोइफ़्रेन्ड छ भने उनले कन्चनलाइ किन यति दुखे दिएकी? अनि बोइफ़्रेन्डको कपडा यहाँ छ भने बोइफ़्रेन्ड कहाँ छ? केहि रहस्य छ यहाँ पक्कै पनि| म केहि समय चुप नै बसे| चुप बसे भन्दा पनि के बोल्ने भनि चाल नै पाइन|
“चिन्ता नलेउ| बोइफ्रेन्ड अहिले यहाँ छैन, भोलि बिहान मात्र आउछ|” यति भन्दा उनि सिरक भित्र पसिन् र मलाई हेरेर मुस्कुराउन लागिन्|
“हामि घुम्न जाने हैन?” उनको आखा र मुस्कानमा केहि अर्कै भाव छ, जुन मैले बुझीसके| मलाई न उनलाई झुठो आश देखाउनु छ न नै उसलाई कन्चन सामु जान दिनु छ| त्यसैले कोठाबाट निक्लिने जुक्ति गरे|
“डुंगा चलाएर म थाकेकी छु| एकछिन आराम गरौ अनि मात्र जाने नि घुम्न|” उनले यति भनेर थप जिद्दी गर्न लागिन् र मैले सहमति जनाउनै पर्यो| उसले जिद्दी गरेर नै मलाई ओछ्यानमा पुर्याई र मेरो अन्गालोमा कस्सिएर मसंग गफ गर्दैछीन| गफै गफमा उनले मेरो ओठ चुमिन् र मलाई अझै कस्सिएर अन्गालोमा कस्न लागिन्| म यो स्थितिबाट निक्लिन खोजे तर परजुनाले “कन्चन कहाँ छिन् मलाई थाहाछ” भन्ने बित्तिकै मैले उनलाई साथ दिन बाध्य भए र मैले आफ्नो मायालाइ बचाउन आफ्नो आत्मालाइ मारे| परजुनाले भनेको एकछिनको आराम उनले बेलुकाको ७ बजे सम्म मेरै अन्गालोमा रहेर बिताइन्| परजुना खुसिछे यी सबै कार्य गरेर तर म आफै भित्र पिल्सिएर तड्पी तड्पी मर्दैछु| कन्चनको ज्यान जोगाए होला मैले तर उनको बिस्वासको हत्या गरे| कन्चनले आजको घटना थाहापाइन् भने म उनीलाई केहि जवाफ दिन असामर्थ्य हुनेछु| परजुना मेरो अन्गालोमा कसिएर पनि खुला भइ उड्दै छे र म खुला छु तर पनि सोचहरुमा कैद छु|
“ओइ, आइपिल चाही किनीहाल्नु पर्छ है| नत्र पछी गाह्रो हुन्छ|” परजुनाले अन्गालोबाट निक्लिदै यति भनि|
“हो हो, नत्र कन्चन जस्तै तिमि पनि प्रेगनेन्ट………” आफ्नो वाक्य यत्तिमै रोके मैले| बोल्न नहुने कुरा बोले| ए भगवान| थुक्क छ म माथि, जे कुरा परजुनालाइ थाहानहोस् भनेको, त्यहि कुरा म आफैले परजुनालाइ भने| कस्तो दिमाग होला मेरो, म कति सम्म मुर्ख भएको| खुकुरी लिएर आफैलाई छिनाउन मन लाग्यो| मैले यति भन्ने बित्तिकै परजुना ओछ्यानबाट निक्लीई र लुगा लगाएर कोठाबाट बाहिर गइन्| उनको आबेस उनको अनुहारमा झल्किदै थियो| कोठा परजुनाले बाहिरबाट लक् गरेर गएकी रैछे| अब के गर्नु मैले? के गर्न लागेकी हो परजुनाले? केहि सोच्न नै सकिन| शुन्य भए म र शुन्य भयो मेरो दिमाग|
