आजको साझ रमाइलो नै हुदैथियो तर रमाइलो भुत भयो र बादबिबाद बर्तमान| क्षितिजले थप भन्दै गयो परिवारको बारेमा| गएको एक घण्टामा, मैले क्षितिजको परिवार भएर बाचे| लाग्दै छ, म अहिले त्रिसरामा हैन क्षितिजको घरमा छु| मसंग पुरै परिवार अहिले हुनुहुन्छ| अनि मलाई सबैले आफ्नो बारेमा आफै नै भन्दै हुनुहुन्छ| कसलाई के मन पर्छ, के मन पर्दैन, कसको रुची के हो, कसको स्वभाव कस्तो छ, सबै नै थाहाहुदै छ| क्षितिजले दिदिको बिहे अर्को बर्ष भन्दै थियो, तर उसले किन यो कुरा मलाई आज सम्म भनेको थिएन?
“ दिदिको बिहे अर्को बर्ष भनेको हैन तिमीले? अनि किन मलाई अहिले सम्म
नभनेको यो कुरा?”
“ मलाई पनि काठमाण्डौ गएपछी थाहाभयो| अनि हामि काठमान्डौ जादा, हामि बीच के के भयो
याद नै होला तिमीलाई|”
“ अनि बिहे चाही अर्को बर्ष भनि पक्का भइसकेको हो र?”
“लगभग पक्का भने हुन्छ| तिन जना दिदिको नै boyfriend छ| म त अहिले देखि
नै भिनाजु भन्छु| तिन जना नै अमेरिकामा हुनुहुन्छ| अर्को बर्ष तिनजना दिदिको बिहे
एकै पल्ट गर्ने कुरा हुदैछ| अब हेरौ के हुन्छ|”
“अनि दिदिहरुको बिहे सक्किने बित्तिकै हामि बिहे गर्ने है|”
“दिदिको बिहे सकिएको एक बर्ष पछी मात्र हामि बिहे गर्ने|”
“किन एक बर्ष पछी? दिदीको बिहे एक बर्ष पछी, अनि त्यसको एक बर्ष पछी मात्र बिहे?
भनेपछी अझै दुइ बर्ष पर्खिनु पर्छ हामीले? तर किन?”
“ बिहे भनेको खास हुन्छ र जीवनमा एकपल्ट
मात्र हुन्छ| भिनाजुहरु एक महिनाको लागि आउनु हुन्छ आफ्नो बिहेको लागि| अनि फेरी अमेरिका
फर्किनु हुन्छ बिहेपछी| त्यस्को एक वर्षमा मात्र फेरी भिनाजु आउनु हुन्छ नेपाल|
दिदि भिनाजु बिना कसरि बिहे गर्ने हामि?”
“ झन्दै म रिसाई सकेको, पहिले बुझ्ने गरि भन्नु पर्दैन? I love you क्षितिज|”
“ love you too परजुना| अहिले बिहे भनेर यस्तो खुसि छौ, बिहे पछी के के हुन्छ केहि
बुझेकी छौ? जीवनमा कति बदलाव आउछ तिमीलाई के थाहा?”
“के हुन्छ र? हामि अहिले जस्तै संगै नै हुन्छौ| त्यस बाहेक के हुन्छ र?”
“तिम्रो बुद्धि-बंगारा आएको छैन हो? कि तिमि अहिले सम्म पनि बच्चा नै छौ? भाडाकुटी खेल्दा खेरिको बिहे हो र अहिले को
बिहे?”
“ मैले नराम्रो पक्ष केहि देखेको छैन| ल मान्छु मैले सोच्न सकिन होला| तिमि
भन्देउन त| के के मुश्किल आउछ? के के बदलाब हुन्छ?”
“ अहिले पो तिमि मेरो मात्र छौ परजुना| बिहे पछी हाम्रो सम्बन्ध अझै गाढा हुन्छ र
मजबुत पनि तर… तर बिहेपछी तिमि मेरो मात्र बुढी हुदिनौ| अनेकौ सम्बन्धमा
जोदिन्छौ| अहिले तिमि जे छौ, त्यहि हुन पाउदिनौ| खुसि नहुने हैन, खुसि हुन्छौ तर
खुसिको रुप परिवर्तन हुन्छ| हामि परिवारसंग जति पर बसेपनि, परिवार जहिले हामि नजिक
नै हुन्छ| अनि नया सम्बन्ध संगै नया जिम्मेवारी र परिवारको इच्छा पनि थपिन्छ| केहि
यस्ता इच्छा, जुन सजिलै पुरा गर्नेछौ तिमीले अनि त्यो इच्छा पुरा गर्दा तिमि पनि
खुसि महसुस गर्नेछौ| केहि यस्ता इच्छा
हुन्छ, जुन तिमीलाई मन नपर्ने हुन्छ| तीमीलाई त्यो इच्छा पुरा गर्न निकै मुश्किल
हुन्छ र पुरा गरेउ भने पनि आफ्नो मन मारेर पुरा गर्छौ तिमीले| यस्तै कति कठिनाइ
आउछ, तिमीलाई त भाडाकुटी खेलेको जस्तै हुदै छ|”
“मैले पुरा गर्न नसकने परिवारको इच्छा? कस्ता इच्छा?”
“ धेरै हुन्छन| तिमीलाई यो नै भनेर कसरि भनौ|”
“ धरै मध्य एउटा भन न|”
“ हामि बुढा-बुढी हुन्छौ बिहेपछी| मामु बाबालाइ पनि हजुरआमा हजुरबुवा बन्ने इच्छा जाग्छ|
ल यो इच्छा पुरा गर्न सक्छौ?”
“ अहिले नै नभए पनि ५ ६ बर्ष पछी त हामीले पनि सन्तानको बारे सोच्नु पर्छ| मलाई
चाही आमा हुन मन छैन र? मलाई सन्तान हुर्क्याउन मन छैन| यो त तिमीले कस्तो छेउ न
टुप्पोको कुरा गर्दै छौ क्षितिज|”
“ मैले तिमिलाइ इच्छा छैन भने र? पछी गएर यस्तो हुनसक्छ भनेर तिमीलाई भनेको पो त|
पछी गएर चित्त नबुझ्ने नहोस् भनेर|”
“ यो संसारमा सबै क्षितिज हुन्छन र मेरो चित्त बुझाउनलाइ| तिमीले मेरो चित्त बुझाए
जस्तै, म पनि सबैको चित्त बुझाउछु| “
“अनि सबैको चित्त बुझाउदा बुझाउदै आफै खुसि भइनौ भने नि| के गर्छौ परजुना?”
“ तिमि हरेक बखत मेरो चित्त बुझाउछौ क्षितिज| यसको मतलब तिमि मसंग खुसि छैनौ?”
“ल भयो म तिमिसंग बोलेर जित्न सक्दिन| म हारे, भयो हजुर?”
“मसंग हारेर मलाई नै जितेको छौ| अरु के चाहियो र तिमीलाई| घर जाने हैन?”
रातको ११ बजिसकेको छ, घर जाने बेला हुदैछ| गफ संगै रक्सिको चुस्की
पनि निकै लिएको छौ हामीले| अझै केहि बेर यहि बस्यो भने,, मेरो आक्जा भोलि कहाँ
खुल्छ मलाई आफैलाइ थाहाछैन| खुसि र दुखले मदिराको नशालाइ बढाउने कार्य गर्दो हो
नत्र म कुर्चीबाट उठ्ने बित्तिकै लड्ने थिइन होला| नभन्दै, मलाई आफु कुर्चीबाट
उठेपछी केहि याद नै छैन| भोलि बिहान ओछ्यानमा निन्द्रा खुल्यो र यहाँ कसरि आए भनि
सोच्न लागे| हिसो मैले होस् गुमाए पछी के के चटक गरे भनि भन्न लाग्यो क्षितिजले|
“ तिमि त हिजो हिड्ने नसक्ने भयौ नि| तिमीलाई बोकेर ट्याक्सी सम्म लगे मैले| कम
गाह्रो भएको हैन मलाई| घर बस्यो, खायो, निकै मोटाएकी रैछौ तिमि| बल्ल बल्ल लगे
तिमीलाई ट्याक्सीसम्म| हिड्न नसक्ने भएको थियौ सोचेर बोकेको हो तिमीलाई, भरे त ब्याग
बिर्सिए भन्दै हिड्दै भित्र गयौ तिमि| हिड्दै मात्रै पनि हैन,
दगुर्दै| मलाई दुख मात्र दिएकि रैछौ|”
“अनि , अनि .. त्यसपछि के भयो?”
“त्यसपछी के हुनु| ट्याक्सीको दाइलाई तिमीले जिस्काएर| दुबैलाई हसाउदा हसाउदै
झन्डै बेहोस् बनाएकी तिमीले| ट्याक्सीको दाइको नाम गणेश थियो अनि दाइ मोटो पनि
हुनुहुन्थियो| तिमीले त दाइलाई, यो ट्याक्सी त हजुरलाइ मुसा जस्तै भएको छ है भन्दै
जिस्कायौ|”
“अनि , अनि .. त्यसपछि के भयो?”
“ अब त के भन्नु| के भनौ म अब! भनौ कि नभनौ| तिमीले भन्न लायक पनि छाडिनौ नि| हामि
घर भित्र पस्ने बित्तिकै, तिमीले मसंग के के गरेउ गरेउ| मलाई कहिँ मुख देखाउने
लायक छाडिनौ| मैले नाई नाई भन्दै थिए तर आम एक्लो पुरुषको आवाज सुनिदिने कोहि भएन|
म…”
“जे पायो त्यहि| बरु तिमीले चाही मेरो फाइदा उठायौ होला| मलाई त होस् पनि थिएन, के
थाहा तिमीले के के गरेउ|”
“उल्टै मलाई पो दोष| मलाई अहिले भन्न लाज लागेर मात्र हो नत्र सबै भनिदिन्थिए|”
“ मैले हिजो लगाएको मोजा त मेरो खुट्टामा नै छ| खुब, मैले त्यस्तो
केहि गरेको छैन| झ्याप थिए भन्दैमा, जे पनि भन्दिने है क्षितिज|”
“त्यो त तिमीलाई चिसो लाग्ला भनेर हो नि| गल्ति गरेर पन्छिन खोजेको हेरन|”
“ ल भन त मैले के गरे तिमीलाई? तिमीलाई
ओछ्यानमा लडाए हो? अनि यसरि तिमिमाथि चढेर तिमीलाई चुम्न लागे हो? अनि के गरे?
तिम्रो पुरा शरीर यसरि नै चुमे हो? अनि तिम्रो हात यसरि नै अठ्याएर, ……..|” म
जे जे भन्दै थिए, त्यहि नै गर्दै गए क्षितिजसंग| आज केहि भिन्न तरिकाले माया गरेउ
हामीले| शरीरको तृष्णा मेटिएपछी, हामि एक अर्काको अन्गालोमा आराम गर्न लागेउ|
“ तीमिले यहि खोजेको हैन? हिजो नि तिमीलाई मुख देखाउने लायक छाडिन र आज पनि| अब
सधै यसरि नै गर्छु| तिमि मेरो मात्र हो, अरुले नहेरोस् भनि तिमीलाई यस्तो
गरेको मैले|” क्षितिजले सुरु गरेको मजाकलाइ, मैले अझै एक कदम अगाडी लगे|
कसैले भनेको सुने थिए, मनको भोक मेटला , तनको भोक मेटला तर बाच्नलाइ चाही खाना नै
चाहिन्छ| हामि दुवै मिलि खाना पकाउन लागेउ| खाना खाएपछी थोरै आराम र स्विमिंग गर्न
लागेउ हामि|
“क्षितिज, धेरै भयो हामि पैदल घुम्न नगएको| एकछिन माथि सम्म घुम्न जाम न|”
बेलुका ५ बजे घुम्न निक्लियौ हामि| घरबाट १० मिनेटको दुरीमा कसैले एखी बेच्न
राखेको थियो| ऐला रैछ| दुबैलाई चाख्न मन लाग्यो र dew को ठुलो बोतलको
एक बोतल ऐला किनियो अनि त्यसको साथै छोइला, भुटान र मोमो पनि| पशुपति जादा
सिन्द्राको ब्यापार भनेको यस्तै त होला नि|
घर फर्किदा ६:३० भएको छ| ७ बजे, हामि दुवै, एउटा एउटा गिलास लिएर बस्यौ र
खानेकुरा तताउन राख्यौ…
