निकै कम्जुर र एक्लो महसुस भयो| चित्त दुखाउने मान्छेको अगाडी आशु बगाएर आफुलाई झनै कम्जोर देखाउनु र साबित गर्नु छैन| बसेको ठाउबाट उठे, छतबाट आफ्नो कोठामा गए| कोठा पुग्नु अगावै, आखामा आँशुको बहाब सुरु भइसकेको| मैले मनलाई थाम्न खोजेपनि मनले आशु थाम्न सकेन| कोठाको ढोकामा केहि रिस पोख्न पुगे| ढोका लगाउदा ढोका भित्तामा ठोकियो, भित्तामा ठोकिएको आवाज निकै ठुलो नै छ| ओछ्यानमा पल्टिए र सिरानीमा अनुहार गाडेर रुन लागे| म निसहाय छु, चाहेर पनि आफ्नो मन थाम्न सक्दिन अनि आशु रोक्न सक्दिन| मेरो भावनाहरु मेरै बसमा छैनन्|
मैले मेरो परिवार, मेरो आमा-बुवा गुमाईसकेको छु| मेरो जीवन या मेरो परिवार, अहिलेलाइ क्षितिज नै हो| उसलाई नै मैले आफ्नो संसार सोचेको थिए तर आज उसले नै मेरो संसारलाइ म बाट नै पर बनाइदियो| मलाई जे भन्दा पनि रिस मात्र उठेको थियो, चित्त दुखेको थिएन| तर जब उसले मलाई अनाथ भन्दै बचन लगायो, त्यो बचनले मेरो चित्त दुख्यो| रिसले म भित्र आक्रोसको उत्पत्ति हुन्थियो र म आबेशमा आएर झन् आक्रमक हुन्थिए| क्षितिजको बचनले मलाई कम्जोर बनायो, मलाई तल गिरायो र मलाई शक्ति बिहिन बनायो|
एकछिन सम्म निरन्तर रोए र जब आशुसंग मनको पिडा पनि थोरै बग्यो अनि
अघिको घटना फेरी सम्झिन पुगे| गल्ति त मेरो पनि थियो नि| क्षितिजले आफुलाई बलियो
देखायो र मैले आफुलाई कम्जोर बनाएर यहाँ आए| आबेश र रक्सिको मातको मिश्रणले गर्दा
क्षितिजले यस्तो भनेको हो| उसको मनसाय थिएन मेरो यसरि चित्त दुखाउने| हृदयले अहिले
पनि क्षितिजको पक्ष लिन खोज्दै छ| म उसलाई यति माया गर्छु, उसले अहिले आएर
माफी माग्यो भने सबै भुली उसलाई अंगाल्ने थिए र उसलाई माफी दिने थिए| आखिर क्षितिज
बाहेक मेरो को नै छ र यो दुनियामा| गल्ति मेरो पनि थियो| उसले माफी माग्यो भने म
पनि उसंग माफी माग्छु| यस्तै सोच बीच थप केहि समय ओछ्यानमा नै बित्यो तर क्षितिज
माफी माग्न आएन| सायद उसलाई आफ्नो गल्तिको महसुस भएको छैन| उसले आफ्नो गल्ति छ भनि
स्वीकार्न नचाहेको पनि हुन सक्छ| मेरो मन पो कमलो छ र उसलाई माफी दिन तैयार छु| उ
अहिले पनि आफ्नै ढिप्पीमा अडिक होला र माफी माग्ने जरुरत पनि सोचेको छैन| म पनि
कस्तो मुर्ख, कस्तो मान्छेसंग आश गरेर बस्दैछु|
मन भारी छ र आखा भिजेको| क्षितिजसंगको झगडा र पुराना यादहरु एकपछी अर्को गर्दै आखा
सामुने चलचित्र झैँ देख्न लागे म| यत्तिकैमा आवाज आउछ, बाहिर कोहि छ| पक्कै पनि
क्षितिज छतबाट मुनि झरेको हुनुपर्छ| अब उ आउछ अनि माफी माग्छ भनि माफी दिन तैयार
बसेको थिए| माफी त दिन्छु तर एकछिन रिसाए जस्तो गर्छु, एकछिन उसले
फकाउछ अनि मात्र उसलाई अन्गाल्छु सोचेर उ कोठा आउनु अघि नै ब्ल्यान्केट ओढे| पाइला
निकै बिस्तारै चल्दै थियो, एकछिन सम्म पर्खिए तर अहिले सम्म पनि क्षितिज मेरो
कोठामा आएन| केहि मिनेटको अन्तरालमा, भान्साबाट आवाज आउछ| भाडा भुइँमा राखेको आवाज सुने| क्षितिजले
माथिबाट प्लेट ल्याएको हुनुपर्छ| प्लेट राखेर मलाई फकाउन आउछ भनि प्रतिक्षामा छु| गिलासमा
पानि भर्दै गरेको आवाज आयो, पानि पिउदै छ| पानि पिएर यहाँ आउछ अनि माफी माग्छ
सोच्दै छु| फ्रिज खोलेको आवाज आयो र त्यसको केहि बेरमा बियरको बिर्को खोलेको आवाज
आयो छिस्स्स……| क्षितिज यहाँ आउछ र माफी माग्छ भनि सोच्नु मेरो मुर्खता हो|
बियरको बिर्को खोलेको आवाजले मेरो सबै आश र अनुमानलाइ बगाइदियो| पाइलाको आवाज फेरी
सुरु भयो तर पाइला पर जादैछ|क्षितिज फेरी पनि छतमा जादै छ| मेरो कोमल मन फेरी पनि
कठोर बन्न पुग्यो| अघि सम्म मनमा थोरै भएपनि माया थियो तर अब आक्रोश मात्र छ|
“ एउटा हद हुन्छ नि| जहिले त्यहि एउटा कुरा जहिले त्यहि एउटा कुरा| तारा झार्ने र
चन्द्रमा जुरोमा सजाइदिने कल्पना मिठो हुन्छ| तर बिहे भनेको सम्बन्ध जोड्नु मात्र
हैन, केहि खुसिको त्याग र बलिदान
पनि दिनुपर्छ| कहिले नबुझ्ने भइ यसले| न यसले बुझ्ने भइ न मैले बुझाउन सक्ने भए|
अनि फेरी उसलाई नै बिहे गर्न हतार छ| बरु म घर फर्किन्छु| यो मान्छेसंग जीवन
बिताउन सक्दिन…….|” क्षितिज आफुसंग नै बोल्दै छ| उसको पनि म प्रति केहि गुनासो
छ जुन उसले आफुलाई नै पोख्दै छ| उसको रिस, निरास्ता र गुनासो अझै सम्म पनि सकिएको
छैन नत्र उसले केहि भिन्न सोच्थियो या व्यवहार गर्थियो होला| उसले चाल्दै गरेको
पाइलाको आवाजसंगै उसको आवाज पनि सानो हुदै गयो र केहि बेरमा हरायो| सायद क्षितिज
छतमा पुग्यो|
अघि सम्म नानाथरी सोच्दै गरेको दिमाग, अहिले शुन्य भइदियो, खालि भइदियो| क्षितिजसंगको अघि झगडाले चित्त छिया छिया भएको थियो| क्षितिजको बर्बराउदै गरेको आवाजले त्यो छिया छिया भएको चित्तलाइ जलाउदै छ| केहि गल्ति मेरो छ, म माफी माग्न तैयार छु| तर उसले आफ्नो गल्ति के हो भनि बुझेको पनि छैन| आमा बाबाको याद आउन लाग्यो, र शुन्य भएर फेरी पनि रुन लागे| म थोरै रिसाएको भए पनि आमा बाबाले फकाउनु हुन्थियो, मनाउनु हुन्थियो| मेरो इच्छालाइ ओठबाट निक्लिने बित्तिकै पुरा गरिदिनु हुन्थियो| मेरो आशु देख्दा आफै पनि मसंग बसेर रुनु हुन्थियो| तर अहिले बाबा आमा मसंग हुनु हुन्न, अनि म एक्लो भएकी छु| आजबाट मेरो र क्षितिजको सम्बन्धमा ठुलो फाटो आएको छ| आखाको गाजललाइ आशुले बगाएको छ, आखा बिझाउन लाग्यो| दराज भित्रबाट आफ्नो झोला निकाले, झोलाबाट टिस्यु पेपर| मेरो आखामा आशु रोकियो र केहि बेरमा क्षितिज पनि बैठक कोठामा आएको चाल पाए| कुन बखत निदाए पत्तो भएन|
बिहान निन्द्रा खुल्यो तर टाउको र आखाको पटल, दुवै भारिछ| हिजो घन्टौ रोएको थिए, टाउको दुख्नुको कारण यहि हो| टाउको दुखेकोले आखा खोल्न पनि मुस्किल भएको छ| टाउको दुखेर फुट्न मात्र बाकि छ| केहि बल गरेर ओछ्यान बाट उठे, औषधि खोजे र औसधि खाए| खुल्ला हावाले टाउको हलुको बनाउछ कि भन्ने सोच छ तर छतमा जानलाइ बैठक कोठा हुदै जानु पर्छ| बैठक कोठामा क्षितिज छ, उसको अनुहार हेर्न मन छैन| एक घण्टा जतिको अन्तरालमा टाउको दुखाइ कम भयो र शरीरले खाना माग्दै छ| बाहिर नगई भएन| कोठाबाट बाहिर निक्लिए|
क्षितिज छैन त बैठक कोठामा| अर्को कोठामा हुनुपर्छ| के हो के यो|
बियरको बोतल फुटेको देखे| क्षितिजले नै हुनु पर्छ| हिजो मात्तिएको तालमा उसको
हातबाट खस्यो होला| बर्बराउदै सिसा सफा गर्नलाइ कुचो लगाए| आफैलाई मात्र एक कप कफी
बनाए र कफी लिएर छतमा पुगे| नभन्दै हावाले टाउको निकै हलुङ्गो बनायो|हिजोको
पानिले स्विमिंग पुल फोहोर भएको छ| स्विमिंग पुलको शौकिन म हो,
क्षितिज हैन| खाना बाहिरबाट मगाएर, स्विमिंग पुल सफा गर्न लागे| खाना एक्लैलाइ
हैन, क्षितिजको लागि पनि मगाएको छु| म उ जस्तो कठोर र स्वार्थि छैन| १२ बज्न
लाग्दा, खाना आयो| खाना भान्सामा राखे र नुहाउन गए| नुहाई सक्दा पनि क्षितिज अहिले
सम्म उठेको छैन| म पो छिट्टै निदाएकी थिए, क्षितिज पो कुन बेला निदायो| उसको
अनुहार हेर्न मन छैन तर माया बाकि छ हामि बीच| उसलाई बोलाउन कोठा गए तर कहिँ पनि
भेटिन उसलाई| न कुनै कोठामा छ, न टवाइलेटमा नै छ, न छतमा नै छ, न
बगैचामा नै छ र न घरको वरीपरि| आखिर क्षितिज कहाँ छ त? फोन गर्छु, फोन लाग्दैन|
मोबाइल अफ छ क्षितिजको| मेसेज गरे तर मेसेज पनि डेलिबर भएन| म नि:सहाय भएको छु| मेरो
रिस चिन्तामा परिणत भयो| मैले गर्न सक्ने सबै गरे| मैले गर्न सक्ने भनेको बेला
बेला उसलाई फोन गर्नु मात्र हो| त्यहि नै गर्दै थिए | फोन गर्दै चिन्ता गर्दै रात
पर्यो|
क्षितिजले हिजो बर्बराएको वाक्य गुन्जिन
लाग्यो कानमा “बरु म घर फर्किन्छु| यो मान्छेसंग जीवन बिताउन सक्दिन…….|”
के साच्चिकै क्षितिजले हाम्रो समबन्धको अन्त्य गरेर आफ्नो घर फर्किएको हो? के
हाम्रो पहिलो झगडा नै अन्तिम झगडा हुन पुग्यो| भित्ताले खाउला जस्तो गर्यो र कोठामा
बस्न सकिन| छतमा गए अनि मनमा पिडा र आखामा आशु लिएर जल्न लागे| सबै गल्ति आफ्नै
जस्तो लाग्न थाल्यो| गगन आफु माथि खस्छ कि भन्ने भ्रम हुन लाग्यो| छतमा पनि बस्न
सकिन| बैठक कोठा पुगे| सोफाको चेपमा एउटा कागज देखे| कागज भिजेको छ| क्षितिजले
फुटाएको बोतलको बियरले भिजेको हुनुपर्छ यो कागज| पढ्न मिल्ने कुनै अक्षर छैन| केहि
कोशिश गरे र एउटा वाक्य पढ्न सफल भए| “तिमि सधै खुसि” यति मात्र पढ्न सके| कागजको
अन्त्य तिर फेरी पनि केहि शब्द पढ्न सफल भए “ हामि संगै हुन सकद……. ………
बिर्सिदेउ|” शब्द पूर्ण थिएन तर भाव बुझे मैले| क्षितिज घर फर्किएको नै हो|
पिडा असहाय भयो ….
