Part 28

आज आइतबार, कलेजको पहिलो दिन| निकै आकन्क्षा लिएर पुगेको छु| आकन्क्षा नहोस् पनि किन, तालिम त्यति राम्रो हुदैछ| कलेज त, झनै रमाइलो हुनुपर्छ र हुन्छ पनि| तर डर लाग्छ, केहिबाट अनि कसैबाट अपेक्षा राख्न| पुरा नभयो भने, मन मात्र खिन्न हुन्छ| पिडा र निरास्ता संग मेरो पुरानो र घनिष्ट नाता छ| पिडाको डरले अब रमाउन छाड्दिन म| कलेजको पहिलो दिन, केहि नया साथि बने| कलेजमा बिधार्थी मात्र हैन, पशु पनि आउने रैछन| त्यसैले त केहि बोका पनि भेटिए|

केटा र केटि बोल्नु गलत हैन| केटाले केटिलाइ जिस्काउनु पनि गलत हैन| तर सबैको केहि हद हुन्छ| हदमा रहेर जिस्काउदा, नराम्रो लाग्दैन| तर यदी हद नै छैन भने, रिस उठ्नु स्वाभाविक हो| तर एकदिनमा यो मान्छे यस्तो छ भनि भन्न पनि मिल्दैन| म गलत हुन सक्छु| कसैको धेरै बोल्ने बानि हुनसक्छ| कोहि बोल्दा धेरै जिस्किने हुन सक्छन| समय संगै नै मान्छे चिनीन्छन| पहिलो दिनमा अरुलाई दाज्नु हुन्न| धेरै दिन देखि भिडमा पनि एक्लै हुदै थिए| आज धेरै दिन पछी, भिडको हिस्सा भएको छु अनि एक्लो पनि छैन म| कलेजको क्यान्टिन, कलेजको कक्षा, कलेजको साथि, अनि कलेजको माहोल, यी सबै रमाइला छन्| यसरि नै बित्यो पहिलो दिन| कलेजबाट सिधै तालिम पुगे| तालिमबाट भाउजुलाइ  लिएर होटेल पुगे|
“मैया, हामि घर नगएर किन यहाँ आएको?”
“भाउजु, यहाँ मेरो कपडाहरु छ| त्यहि लिन आएको|”
“तिम्रो घर यहि हैन र? मैले त यहि होला सोच्दै थिए| तिमि अहिले सम्म होटेलमा बस्दै थियौ?”
“ भाउजु घर यहाँ हैन, पामे भन्दा अलि माथि हो| साथि होटेलमा बस्दै थियो, त्यसैले उसलाइ साथ दिन म पनि उसंगै यहाँ बस्दै थिए|” भाउजुसंग केहि सत्य लुकाए| उहालाई सत्य भन्न मन नलागेको हैन तर यदि मैले सत्य भने म आफ्नो आशु रोक्न सक्दिन| अनि मलाई रोएको देखे भने, भाउजु पनि रुनु हुन्छ| एक को अतितले धेरै रुवाउछ, र अतित सम्झेर रुनु छैन मलाई| होटेलबाट भाउजुकोमा गयौ| दाइले खाना बनाएर राख्नु भएको छ| दाईको गुण म कसरि बिर्सिनु|

सम्बन्ध बनाउन र अघि बढाउन, पैसा हैन आत्मियता र भावना चाहिन्छ| पोखराले मलाई सम्बन्धको महत्व सिकाउदै छ| दाइ भाउजुको बाट सिधै घर पुगे| हफ्ता दिन पछी घर पुग्दै छु| आफ्नै घरमा पाहुणा भएको छु| घरबाट पर बस्ने निर्णय एकदम सहि रैछ| यदि घरमा नै बसेको भए म याद बीचमा बस्थिए होला| होला हैन हो नै| यदि कोहि जीवनमा नै छैन भने, उसको यादमा बाच्नुको औचित्य के? अहिले घरमा म मात्र छु, न कसैको याद छ न कसैले दिएको पिडा| मात्र म छु| अनि मसंगै छ, बर्तमानको खुसि अनि भबिस्यको आशा| यो हफ्ता यसरि नै बित्यो| शुक्रबारको दिन, बेलुकाको समय, दाइको घरमा खाना खादै छु|

“दाइ, भोलि हजुरहरु मेरो घर आउनु पर्छ|”
“किन नि बहिनि?”
“ म यहाँ आउदा, किन भनेर सोध्छु? खुरुक्क मेरो घर जाने हो भोलि|”
“तिम्रो घर चाही कता हो यहाँबाट?”
“दाइ, कहाँ कता केहि भन्दिन| भोलि जाने हो, अनि हेर्ने हो|”
“अनि नभने पछी हामि कसरि आउनु?”
“म लिन आउछु नि दाइ| हजुर बिहान तैयार भएर बस्नु| भोलि मेरो घरमा बस्ने सबै|”
शनिबारको दिन, बिहानै दाइलाइ लिन गए| शनिबारको दिन, घरमा रमाइलो| परिवारसंग शनिबारको दिन, घरमा संगै बसेर रम्नुको आनन्द कस्तो हुन्छ, म कसरि बयान गरौ| परिवारको महत्व त्यसलाई मात्र थाहा हुन्छ, जसले आफ्नो परिवारलाइ माया गर्छ या त्यसलाई जसको परिवार नै हुदैन| सुरुमा बा- आमा, त्यसपछि रबि अनि क्षितिज| मैले आफ्नो परिवारको धेरै नै सदस्य गुमाईसके| फेरी परिवार भन्नलाइ रगतको नै नाता हुनुपर्छ भन्ने हुन्न| दाइ र मेरो पनि रगतको नाता हो र? तर पनि मेरो परिवार हुनु भएको छ| रम्न डर लाग्दैन तर डर गुमाउन लाग्छ| मैले जिन्दगिमा यति मान्छे गुमाई सके, अब अरु कसैलाई गुमाउने शक्ति छैन|
“मैया, तिमि यहाँ एक्लै बस्छौ हो? बाबा मामु कहाँ बस्नु हुन्छ?” भाउजुको यो प्रश्नले अतितको पिडा फेरी बल्झायो| अतितको घाउलाइ अब अझै मौका दिन सक्दिन म, म जति कम्जोर बन्छु, यसले मलाई त्यत्तिनै सताउछ| बरु बलियो भएर सामना गर्छु अनि घाउलाइ शक्तिमा परिणत गर्छु|

“ मेरो बाबा मामु हुनुहुन्न| उहा बितीसक्नु भयो|” मेरो जवाफ पछी मौनता छायो| भाउजुले केहि बोल्नु भएन, उहालाई ग्लानि भयो सायद| भाउजुले केहि नबोलेपछी,मैले नै भाउजुलाई एक एक भन्न लागे|बाबा मामुको बारे भने, अनि क्षितिजको बारे भने| अरु पनि थुप्रै कुरा हुदै थियो र भाउजुले पनि कुराहरु खोल्न लाग्नु भयो|
“बहिनि थाहाछ, लंका हनुमानले जलाएको हैन नि| हनुमान यसै बदनाम छ|” भाउजु र म गफ गर्दै छौ, दाइ कुन बखत आउनु भयो थाहा छैन| दाइ पनि हाम्रो कुरा सुन्दै हुनु हुन्थियो? तर दाइले भन्न के खोज्नु भएको, किन हनुमानको जिकिर गर्दै हुनुहुन्छ?
“किन नि दाइ?” नबुझेको कुरा सोधे दाइलाई|
“पक्कै लंकामा, भाउजु र नन्द बस्दै गफ गर्दै थिए| अनि चिया बसाएर बिर्सिए, पुरै लंका जल्यो|” दाइले यति भन्ने बित्तिक्कै याद आयो, हामीले चिया बसालेका थियौ| चिया पाकेर, उम्लिएर, अब भाडोमा चिया नै बाकि छैन| भाडा कालो हुन मात्र बाकि छ|

दिउसो दाइ, भाउजु, नानी र म घुम्न लाइ निक्लियौ| सबैको लागि कपडा लिएउ, हामीले| दाइ भाउजुले नाई भन्दै हुनु हुन्थियो तर मेरो ढिप्पी अघि दाइको केहि लागेन| बेलुका बाहिर नै खाना खायौ र घर फर्किदा दाइहरुलाई उहाको घर छाडेर म आफ्नो घर पुगे| आजको दिन यसरि नै बित्यो| भाउजुले दिउसो भनेको एउटा कुरा अहिले सम्म पनि मलाई याद छ| भाउजुहरु गाउ छाडेर यहाँ आउनु भएको रैछ| दाइ बाहुन अनि भाउजु दमाइ, घरमा बिहेको लागि मान्नु भएन छ| मायाको अगाडी दुनिया हार्छ या दुनियाको अघि माया हार्छ, तर उहाहरुले मायामा आफ्नै दुनिया बनाउदै हुनुहुन्छ| दाइ गाउको स्कुलको शिक्षक, स्नातक गर्नु भएको रैछ इन्गिशमा| फल फलेको हाँगो जहिले झुकेको हुन्छ भन्थिए हो रैछ| मायाको लागि दाइ भाउजुले के के गर्दै हुनुहुन्छ| उहाहरुलाई केहि चाहिएको छैन, मात्र एक अर्काको साथमा रमाउदै हुनुहुन्छ| नत्र कोहि, सरकारी जागिर छाडेर, एउटा सानो पसलमा चिया बेचेर बस्छ| गाउ छाडेर पोखरा आउनु भएको ८ बर्ष भएछ| दाइको बहिनि पनि रैछिन्| त्यसैले मलाई बहिनि जस्तै माया गर्नु हुन्छ| सुरुका दिन धेरै दुख भोग्नु भएको रैछ| अहिले पनि दुख कम छैन तर दुखलाइ भुल्ने माया छ| उहाहरुले माया खोज्नु भयो, माया पाउनु भयो| म यहाँ मायाको लागि कति तड्पिए तर माया मेरो भाग्यमा लेखेको छैन| अतित सम्झिएर दुखि हुने हैन, खुसि हुनुपर्छ| भाउजुले मलाई आज सिकाउनु भयो|

पार्लरको तालिम सकियो| केहि दिनको कसरत, अनि हामीले पार्लरमा काम पनि पायौ| सोचे जस्तो गरि जीवन चल्दै छ मेरो| पार्लरमा काम गरेको एक महिना भयो| धेरै पाठ सिक्दै छु, केहि पार्लरको अनि केहि जीवनको| भाउजुले यहाँ काम गर्न लागेपछी, उहा हरुको आर्थिक स्थिति केहि सुधार भएको छ तर पनि उहाहरुको दुखको दिन गएको छैन| पोखरा सहर, खर्च उत्तिकै, छोरीको शिक्षा, कसरि पुगोस्| तर पनि खुसि नै हुनुहुन्छ उहाहरु| उहाहरुको खुसि देखेर, म पनि खुसि छु| आफुमा बिस्वास गर्नु पर्छ, भगवान पनि झुक्छ भन्छन, हो यही हुदै छ| हामि काम गर्दै गरेको पार्लर बिक्रीमा छ| एउटा सोच आयो, दाइ भाउजुले सहमति जनाउनु भयो भने, मैले पार्लर किन्ने सोच बनाए| काम सकेर भाउजु र म उहाको घर पुगेउ|
“ दाइ| हजुर र भाउजु संग केहि सल्लाह गर्नु छ|” घर पुग्ने बित्तिकै, दाइ र भाउजुलाइ संगै राखेर सल्लाह सुरु भयो| दाइले “भन” भन्नु भयो तर सुरु कहाबाट कसरि गरौ केहि सोच्न सकिन|
“भाउजु, हामि काम गर्दै गरेको पार्लर बिक्रिमा छ| म के सोच्दै छु, हामि त्यो पार्लर मिलेर चलाउ| अनि पार्लर माथिको तल्ला पनि भाडामा छ| त्यहाँ चाही दाइले होटेल गर्नुहुन्छ| हाम्रो पार्लरमा आउने मान्छेलाइ चिया, कफी र नास्ता दाइले नै ल्याइदिनु हुन्छ| अनि अरु मान्छे पनि आउछन्| चल्ने ठाउ छ|” मनको कुरा दाइ सामु राखिदिए|
“भने जस्तो सजिलो छ? हामिसंग त पैसा पनि छैन| कसरि किन्ने पार्लर? कसरि चलाउने होटेल?” दाइले यो भन्नु हुन्छ भनि मैले पहिले नै सोची सकेको थिए|
“ मसंग छ नि त| दाइ बहिनि मिलाएर चलाउनु पर्छ|” मसंग जवाफ तैयार छ|
“ म यो गर्न सक्दिन बहिनि| बहिनिको पैसा चलाउनु भनेको नर्कमा जानु हो|” दाइ स्वाभिमानी हुनुहुन्छ, उहाले मान्नु हुन्न म पक्का थिए| केहि समय लाग्यो तर मनाएर छाडे दाइलाई| भोलि पार्लर किन्ने अनि होटेल पनि संचालन गर्ने भइयो|

योजना अनुरुप पार्लर र होटेल सुरु भयो| पार्लर भाउजुले हेर्न लाग्नु भयो अनि होटेल दाइले| सोचे जसरि नै चल्न लाग्यो होटेल अनि पार्लर| दाइ र भाउजु भएपछी म ढुक्क भए| दिउसो भर म पार्लरमा नै हुन्छु अनि बेलुका घर आएर कलेजको नोट| म अल्छी भएको भन्नु कि खै के भन्नु| पार्लर जान मन लाग्न छाड्यो| भाउजुले नै सबै हेर्न लाग्नु भयो| दिउसो भरि फ्लिम हेरेर बस्न लागे अनि उपन्यास पढ्न लागे| अनि बेलुका भयो कि लेक छेउ| बार पुगेर केहि बोतल बियर अनि ट्याक्सी चढेर घर| स्कुटर कलेज जानलाइ मात्र काम लाग्छ अनि कारको त केहि काम नै छैन| मल पाएको चाल नपाएको| एकदिनको कुरा हो, सधै जस्तो बार पुगे साझमा| रोलिंग स्टोनमा बसेर बियर पिउदै थिए| त्यत्तिकैमा…

Previous article
Next article

Latest Posts