“तिमीले आफु कसरि लेखक भए भनेउ तर तिमि लेखक हो अनि तिमि कसरि लेखक भएउ बाहेक आफ्नो बारेमा केहि भनेको छैनौ|” मेरो मनमा रहेका धेरै प्रश्नहरु मध्य यो पहिको प्रश्न|
‘ मेरो बारेमा अरु के जान्न मन छ?” सुबोधको यो जवाफ, मेरो लागि एक गिलास पानि खोज्दा कुवा भेटे झैँ भयो|
“ सबै| तिमि जति भन्न सक्छौ, सबै थाहा पाउनु छ|” मैले मनको भाव लुकाउन चाहिन|
“ किन म माथि किताब लेख्न लागेउ कि के हो?” केहि अरु जावफको अपेक्षा थियो उबाट|
“किताब लेख्ने काम तिम्रो हो तर तिमि राम्रो छौ यसमा| मेरो लागि तिमि किताब हो, तिमिलाइ बुझ्नु छ|” उसको संगतले मज्जाले जवाफ फर्काउन सक्ने भएको छु म|
“ Don’t judge a book by it’s cover. थाहा छ नि? सुरुको पहिलो पाना जति बाकि पुरै किताब रोमान्चक नहुन सक्छ| बिचमै वाक्क लागेर निदायौ भने नि?” उसले मेरो परिक्षा लिदै हो? किन जिलेबी जस्तो कुरा गर्दै छ के उ|
“ पढ्न लागे पछी, नसक्याई छाड्ने मान्छेमा पर्दिन म| पढ्न लागेपछी, सिउँडीलाइ पनि मखमल जस्तै कोमल पाउछु म|” आज जसरि पनि उसको परिवार अनि उसको जीवनको बाकि पाटोको बारे जान्नु छ|
“ कहाँबाट सुरु गरौ भन?” उ भित्रको लेखकले हार मान्यो र सुबोध बोल्दै छ मसंग|
“ सुरुमा परिवार, अनि तिम्रो साथि, अनि तिम्रो गर्लफ्रेन्ड अनि बाकि सबै|” मैले यति भन्दा पनि उसले अब जिलेबी जस्तो गफ गर्यो भने चाही उसलाई भुतालिदिन्छु|
“ हाम्रो घर टोखामा छ| ग्राणडी हस्पिटल थाहा छ? त्यो भन्दा अलि कति पर| दिदिको जन्म भएपछी हामीले घर किनेको रे| त्यसभन्दा पहिले हामि बुढानिलकण्ठ बहालमा बस्थिएउ| दिदिको जन्म भएको दुइ बर्षमा मेरो अर्को दिदि जन्मिनु भयो र त्यहि बर्ष हजुरबुवा अनि हजुर आमा बित्नु भयो| साथिको लै लै मा लागेर भन्ने कि बुवाको आफ्नो निर्णय हो, बुवाले स्कुल खोल्नु भयो| पहिलो दुइ बर्ष स्कुलमा घाटा नै भयो बुवालाइ| यसै बीच मेरो दाइको जन्म भयो| समय संगै स्कुलबाट फाइदा हुन लाग्यो| सबैले दाइको जन्म शुभ रह्यो भनि भन्न लागे| दाइ ६ बर्षको हुनु हुन्थियो| अनि माइली दीदी ८ बर्षको| श्रावनको महिना, मामु र जेठी दिदि मामाघर जानु भएको थियो| स्कुलमा पिकनिकको प्लान बन्यो, पुरै स्कुल पिकनिक जाने भए| स्कुलबाट पिकनिकको लागि दोलालघाट जाने भएछन| मेरो दाइ चन्चले स्वभावको हुनु हुन्थियो रे| पिकनिक गएको बेला, सबैको आखा छलेर दाइ अनि दिदि खोला छेउ जानु भएछ| त्यो अन्तिम पल्ट हो बाबाले दाइ अनि दिदिलाइ देख्नु भएको| खोलाको छालले दिदि अनि दाइ, दुबैलाई बगाएर लगेछ| दाइ दिदीको शव पनि भेटिएन छ| कति दिन तलास जारि राखीएछ तर पनि शव कहिँ भेटिएन| मामुलाइ सम्हाल्न निकै गाह्रो भएको थियो| नहोस् पनि किन, आफ्नो सन्तान गुमाउदा कसलाई दुख हुदैन| परिवार नै शोकमय भएको थियो| मामु जिउदो लास हुनु भएको थियो| बाबाले पनि स्कुल बेच्नु भयो| स्कुल हुदा सम्म बुवालाइ पनि यादले गाह्रो बनाउने| जेठी दिदि मात्र हुनुहुन्थियो हाम्रो परिवारको सन्तान| दिदिलाइ एक पल पनि आफुबाट पर राख्नु हुन्थिएन कसैले| यो सबै भएको ३ बर्षमा मेरो जन्म भयो| मेरो जन्म संगै घरमा फेरी पनि खुसि फर्केर आयो| सबै फेरी पनि खुसि हुदै गए| पहिले जस्तै सबै सामान्य हुन सक्दैन तर हालत बदलिन त सक्छ| दुखलाइ भुल्न नसकेपछी दुखसंग बाच्न सिक्नु पर्छ| मेरो परिवारले पनि आफुलाइ ढाल्दै गए| बुवाले यत्तिकैमा गलैचाको ब्यापार सुरु गर्नु भयो|
यता मैले चाही परिवारको पुरै माया पाउन लागे| घरको एउटा मात्र छोरो अनि कान्छो सन्तान पनि| पहिले नै ठुलो हादसा बाट गुज्रिएको हाम्रो परिवारको नगिना हुन पुगे म| सबैको मायाले मलाई पुल्पुलेको छोरा बनायो| मेरो शब्द ओठबाट निक्लिने बित्तिकै मेरो इच्छा पुरा हुने| मैले चाहेको सबै इच्छा पुरा हुन लाग्यो, चाहे त्यो सहि होस् या गलत| झन् दिदि एस.एल.सी पछी अस्ट्रेलिया गएपछि, सबैको माया बढ्न लाग्यो| १२ वर्षको उमेरमा मैले पहिलो पटक चुरोट तानेको थिए| बुवा चुरोट पिउनु हुन्थियो, उहाकै चुरोट लुकेर मैले सल्काएको हो| त्यहाँबाट मलाई चुरोटको लत लाग्यो| एकदिनको कुरा हो, मैले चुरोट स्कुलको प्यान्टमा नै बिर्सिएछु| मामुले प्यान्ट धुने बेला चुरोट भेटाउनु भएछ| भेटाउनु भएको पनि हैन, सेतो प्यान्ट पुरै पहेलो भएपछी थाहा पाउनु भएको| मैले डरले प्यान्ट झन्डै मुतेको तर मामुले केहि भन्नु भएन|मामुले त्यो बेला मलाई एक झापड हान्नु भएको भए सायद म अहिले चुरोटबाट पर हुन्थिए होला| “सबै चिजको उमेर हुन्छ अनि यो तेरो चुरोट पिउने उमेर हैन| बाबालाई भने भने तेरो छाला निकाल्दिनु हुन्छ, त्यसैले भन्दिन| फेरी पनि थाहा पाए भने चाही तलाई बाबासंग बचाउन सक्दिन|” मामुले यति भनेर त्यो घटना त्यहि दबाउनु भयो|
चुरोट सुरुवात थियो, चुरोट पछी गाजा अनि त्यपछि रक्सि| दस कक्षा पुग्दा सम्म, म कुलतमा फसी सकेको थिए| घरको त्यहि एउटा कोठामा कैद हुन लागे| म के गर्दैछु कसैलाई पनि थाहा नहुने| भट्टी भएको थियो मेरो कोठा| उमेर अघि छोराको निधन हेर्न सक्ने शक्ति कुनै बाउ आमामा हुन्न| अनि म अहिले जे गर्दै छु, त्यो मृत्युको गन्तब्यमा पाइला चाल्नु जस्तै हो| ११ पढ्दाको कुरा हो, म ७ दिन घर गइन| कारण त्यहि रक्सि अनि लागु औषध| रक्सि सम्म परिवारले पनि पचाएका थिए तर लागु औषध सबैलाई असहय भयो| सातौ दिन, मलाई त्यो हालतमा देख्दा बुवा आमाको आश र सपनाको संसार सबै चक्नाचुर भयो| मलाई सुधार केन्द्र पठाइयो| तिन महिना त्यहा बसेपछी मात्र मैले जीवनको महत्व बुझे| मैले लागु औसधसंग आफ्नो नाता तोडी दिए| रक्सि पनि १२ सम्म कहिले पीइन| चुरोट चाही चाहेर पनि छाड्न सकेको थिइन| कुलतबाट पर भए तर कुनै राम्रो बानि अपनाएको भने थिइन| मोबाइल अनि ल्यापटपमा फस्दै गए| परिवारको कति आश थिए मबाट तर मलाई केहिको मतलब थिएन| यसरि नै म परिवारबाट अनि परिवार मबाट पर हुदै गए| यहाँ पछी मेरो लेखकको यात्रा सुरु भयो| बाकि त तिमीलाई मैले भनि सकेको छु|” सुबोधले आफु लेखक हुनु अघिको सबै पल म सामु राख्यो| मेरो मन यत्तिमा पनि बुझेको छैन| उ यहाँ कसरि आयो, लेखक भएपछी उसको जीवन कस्तो छ, उसको जीवनमा कोहि छ कि नाइँ, यो सबै उसले भन्न बाकि छ|
“ तिमि लेखक कसरि भयौ अनि त्यो अघि के के भयो थाहा भयो| तर तिम्रो जीवन यति मात्र त हैन नि| मलाई हरेक पाटो जान्नु छ|” म अझै उत्सुक भए उसको उसको बारे जान्न| मैले यति भन्नु अनि समयले फेरी खेल खेल्यो| बार बन्द हुने बेला भएछ| सुबोधसंग रहदा, समय बितेको पत्तो नहुने| उसको शब्द र उसको उपस्थिति, दुबैमा जादु छ|
“छुट्टिने बेला भयो त कान्छी|” उसले पहिलो पल्ट मलाई कुनै नाम वा सर्वनामले सम्बोधन गर्दै छ| उसको साथ कम थियो र, उसले ज्यान लिन यो अर्को अस्त्रको प्रयोग गर्नु पर्ने|
“छुट्टिनु न छुट्टिनु त हाम्रो हातमा छ हैन र? छुट्टिने इच्छा छैन भने, नछुट्टीदा पनि भयो नि|” उसंग छुट्टिन मन छैन र मैले यो भाव लुकाइन|“ म संग धेरै बस्नु हुन्न| पहिले भनेको छु है|” उसको यो कस्तो जवाफ आयो फेरी|
“किन र? तिमिसंग धेरै बस्यो भने के हुन्छ र?” जे बुझिन त्यो उसलाई सोध्दै छु|
“किन कि………
