“ आमाको आशुको पाप लाग्यो भन्दै थियौ तिमि| कसरि?” सुबोध सामु आफ्नो प्रश्न राखे|
“सुरुबाट सुरु गरौ भने कफी हैन बियर नै पिउनु पर्छ अब| आज हैन, भोलि सबै भन्छु म|” उसले जवाफ नदिन खोज्दै छ|
“मैले अघि के भने तिमीलाई? म हरेक किताब एक बसाइमा सक्याउछु| तिमि पनि मेरो लागि किताब नै हौ, तिमीलाई नबुझी तिमीलाई जान दिन्न|” उसले जति नाइँ भने पनि, आज म सके जति जिद्दी गर्छु| जसरि पनि उसको कहानी थाहा पाउनु छ|
उसले आफ्नो काहानी भन्न सुरु गर्यो:
<<>>“हामि यो बिषयमा पहिलो अनि अन्तिम पल्ट चर्चा गर्दै छौ| आज पछी तिमीले यस बिषयमा बोल्न खोजेउ भने, सायद हामि कहिले बोल्दैनौ त्यसपछि| आज भन्दा, ११ महिना, ३ दिन पहिले, दिउसोको एक बजेको थियो| रात भरि लेखेको थिए, त्यसैले दिउसो एक बजे निन्द्रा खुलेको थियो| लेखे अनि फेसबुकमा हालेर सुत्न गए| मलाई के थाहा, मैले हिजो राति जे लेखे, त्यो रचनाले मेरो जीवनको काया पल्टीदिन्छ| आफुलाइ मन लागेर लेखेको रचना, धेरै पाठकलाइ मन परेछ| लाइक अनि कमेन्ट पनि उल्लेखनीय शंख्यामा आएको थियो| धेरै जस्तो कमेन्ट “ राम्रो छ, nice| यस्तै आएका थिए| केहि कमेन्टमा गालि थियो भने केहिमा सुझाब| यी सबै कमेन्ट बीच, एउटा कमेन्ट निकै भिन्न थियो| निकै नै भिन्न| मैले जे लेखेको थिए त्यसमा सबैले सहमति जनाएका थिए तर यो कमेन्ट लेख्नेले आफ्नो कमेन्टमा असहमति जनाएका थिए| उनको असहमति जनाउने तरिकाले मलाई सोच्न बाध्य नै बनायो, के मैले हिजो सहि लेखे भनेर| कमेन्ट हान्ने साथीको नाम थियो “Prasna khadka|” त्यो कमेन्ट रिप्लाई नगरी चित्त बुझेन र कमेन्ट हुदै हाम्रो बोलचाल मेसेजमा हुन लाग्यो| निकै गहन गफ गर्थियो साथीले| बानेस्वर बस्ने रैछ साथि| एउटा रचनाबाट मैले एउटा राम्रो साथि भेटे भने हुन्छ| उसको नाम प्रश्न भए पनि, उसंग जवाफ भने सबै छ|
साथीको एउटा बानि चाही अचम्मको, जुन बेला पनि अनलाइन नै हुन्थियो साथि| एकदिन ताजुब लागेर सोधे के गर्छौ हरेक पल अनलाइन बसी भनेर र उसको जवाफ सधै जस्तो दिल जित्ने थियो| “ मान्छे चिन्दै छु| हरेक मान्छेको मुल्य हुदो रैछ बुझ्दै छु|” साथिसंग एकदिन संगै बसेर रक्सि पिउन चाही मन थियो, उसलाई पनि पिउनु मन पर्ने| कुनै केटीले “तिम्रो गर्लफ्रेन्ड छ? भनि सोध्दा सामान्य लाग्छ| तर केटाले यहि प्रश्न गर्दा केहि अप्ठेरो महसुस हुने रैछ| साथीले पनि मलाई यो प्रश्न सोध्दा, एकछिन उल्लि बिल्ली भए र जवाफ दिन सकिन| उसंग बोल्दा म लेख्नलाइ एउटा नया बिषय भेत्थिए| उसलाई भेटेर धन्यबाद भन्नै पर्ने थियो| एकदिनको कुरा हो, उसले मेरो नम्बर माग्यो र मैले केहि नसोची आफ्नो नम्बर दिए|
साझको बखत, कोठामा रक्सि पिउदै थिए, त्यत्तिकैमा एउटा नम्बरबाट फोन आयो| फोन आउदा निकै अचम्मित हुन्छु म किन कि मेरो नम्बर भएका मान्छेहरुलाई औलामा गन्न सकिन्छ| फोन उठाए र उताबाट एउटा स्वमधुर आवाजमा “हेल्लो सुने|” मायाँ र मोहको मिश्रण थियो उसको आवाजमा| एन्सेलको नेटवर्क स्वर्गमा पनि टिप्छ कि के हो, नत्र अप्सराले कसरि फोन गर्दै छिन| यस्तै सोच्दा सोच्दै मैले हेल्लो भन्न बिर्सिएछु या आफैमा टोलाउदै थिए|
“हेल्लो| मेरो आवाज सुनेको छैन कि नबोलेको हो?”टोलाएर बसेको थिए, उसको बोलिले फेरी पनि होसमा ल्यायो|
“आवाज सुनेको छु मैले| हजुर को बोल्नु भयो?” अप्सरा बोली भएको उनको नाम जान्न मन लाग्यो|
“चिन्नु भएन र मलाई?” यदि मैले चिनेको भए मैले को हो भनि किन सोध्थिए त?
“कसरि चिन्नु| न तिमीलाई चिने न तिम्रो आवाजलाइ|” जे हो त्यहि नै भन्दै थिए मैले उसलाई|
“कसरि चिन्नु हुन्छ त? पहिलो पल्ट फोनमा बोल्दै छौ हामि|” जब उसलाई थाहा थियो मैले चिन्दिन भनेर, त्यसो भए किन चिन्नु भयो भनि सोध्नु मलाई|
“थाहारैछ त चिन्दिन भनेर| ल भन को हो तिमि|” मैले सुरुको प्रश्न अझै पनि जारि नै राखे|
“फोनमा पो पहिलो पटक बोलेको हो| फेसबुकमा त पहिले पनि बोलेको छौ नि हामि| त्यति सजिलै बिर्सिने मान्छे जस्तो लाग्दैन तपाई|” आखिर को हुन् उनि? हालसालमा कोहि केटिसंग फेसबुकमा बोलेको मलाई याद नै छैन अनि उसले कसरि भन्न सक्छिन कि हामि फेसबुकमा बोल्छौ भनि| कि पहिले बोलचाल हुन्थियो होला अनि अहिले बोलचाल बन्द भएको हुन सक्छ| तर मेरो नम्बर कसरि पाइन् उनले? फेरी अर्को प्रश्न उब्जियो मेरो मनमा|
“मेरो नम्बर कसरि पायौ?” मलाई केवल जव्वाफ चाहिदै छ, त्यसैले हरेक वाक्यमा प्रश्न समेट्दै छु|
“ तिमीले मलाई साच्चिकै नचिनेको हो?” उसले यसरि भन्दा अब फेरी सोच्न बाध्य भए उनको बारेमा| आखिर उनि को हुन सक्छिन? कोहि चिनेको साथीले जिस्किदै त हैन नि? धेरै कोशिश गरे तर उनि को हुन् भनि ठम्याउन सकिन|
“ ल चाडै भन तिमि को हो नत्र मैले फोन राखे|” अघि सम्म जति उत्सुक थिए उनको बारे थाहा पाउन, अहिले उत्सुकता सबै मेटिदै गए|
“म प्रस्ना| अघि आफैले नम्बर दिने अनि अहिले यसरि थर्काउने?” यो वाक्यले मलाई अहिले सम्मको नै सबै भन्दा ठुलो झट्का दियो| उसको नाम प्रश्न हो भनि, उ केटा हो सोचेको थिए र त्यहि ढंगमा बोल्दै थिए| तर नाम प्रश्न हैन प्रस्ना पो रैछ अनि जसलाई म केटा सोच्दै थिए उ केटि पो रैछिन्| फेरी कसैको प्रोफाइल खोलेर हेर्ने बानि छैन, यो बानीले पनि मलाई फसाएको चो|म यो सबै सम्हाल्न नसक्ने स्थितिमा थिए| बिस्तारै उभ्रिए र कुरा गर्न लागे|
मैले उसलाई केटा सोच्दै थिए भनि उसलाई भन्दा, उ हासेर मुर्छा पर्न मात्र बाकि थियो| सुरुका केहि दिन अप्ठेरो भए पनि हाम्रो बातचित झन् घनिष्ट हुदै गयो र उनले मलाई प्रेम प्रस्ताभ राखिन्| मैले हुन्छ भन्नु पर्ने कि हुन्न केहि सोच्न नसकेपछी मैले उसको प्रेम प्रस्ताभ स्वीकारेको थिए| अहिले सम्झिदा यो मेरो जीवनको नै ठुलो गल्ति हो जस्तो लाग्छ| सम्बन्ध सामान्य नै जादै थियो र एकदिन अचानक उनको फोन आउछ| उसको अमेरिकाको भिसा लागेछ| उसको लागि खुसि थिए म| हामी बीच माया र सहमति भरपुर् थियो, त्यसैले त उ अमेरिका गए पछी पनि हाम्रो सम्बन्धमा केहि बाधा आएन| झन् हाम्रो माया गहिरिदै गयो| उ अमेरिका गएको पहिलो दुइ महिना कति चाडै बित्यो| जब मुटु एक आपसमा जोडिएका हुन्छन, दुरीको अस्तित्व नै हुदैन| उसले मलाई अमेरिका आउनु भनि कति आग्रह गरिन् तर मलाई नेपाल बसेर नै नेपालि साहित्यको लागि केहि गर्नु थियो अनि अमेरिका जानु भनेको भाडा कुटी खेलेको जस्तै सजिलो छैन| बच्चाको खेल हो र, जीवनको निर्णय हो| यो हफ्ता भरि उसको परिक्षा छ र आफु अनलाइन न आउने बताइन् उनले| मैले नाइँ भन्न पनि मिल्दैन| भबिस्य बनाउने गएको मान्छेको मार्गमा बाधा बनि कसरि उभिनु म| तर उ एक हफ्ता पछी पनि अनलाइन आईन| एक हैन, दुइ हैन, तिन हफ्ता सम्म पनि अनलाइन न आएपछि मलाई उनको चिन्ता लाग्न थाल्यो| अनि यत्तिकैमा मेरो एउटा साथीको बिहेको फोटो देखे फेसबुकमा, बेहुली चाही प्रस्ना|”
<<<>>>
सुबोधले यति भनेर सक्यो, मेरो आखामा आशु छ तर उसले आफ्नो आखामा आशु आउन दिएन| कि यो पिडाले उसलाई पोल्न छाडी सक्यो कि उसले आशु लुकाउन मज्जाले सिकीसक्यो| कति धेरै प्रश्न छन् मेरो दिमागमा| मलाई सबै प्रश्नको जवाफ चाहिन्छ| प्र्स्नाले त्यसो गर्नुको कारण सोध्न मन छ सुबोधलाइ|
“प्रस्नाले……..” मैले आफ्नो वाक्यको पहिलो शब्द मात्र उच्चारण गरेको थिए, उसले मलाई नबोल्न भनि इशारा गर्यो र आफ्नो डायरी लिएर हामि बसेको ठाउबाट गयो| “कहाँ जान लागेको? नजाउ| बस|” यस्तै केहि भनि उसलाई रोक्न मन छ तर मैले रोकिन| उसले केहि महिना अघि जुन पिडा भोगेको थियो, त्यो पिडा अहिले फेरी ताजा भयो| त्यहि एउटा घटनाको सिकार दुइ पल्ट भयो उ| उसलाई एकान्तमा केहि समय चाहिएको छ र त्यो हक उबाट छिन्ने मेरो कुनै अधिकार छैन|
सुबोध होटेलको गेटमा पुग्दा, मैले…..
