Part 53

होटेल कस्तो हुनेछ भने मैले? बाकि छ| ल भन्छु है त| जग्गाको वरीपरि बार लगाउने| जग्गा हैन, होटेल| होटेलको वरीपरि बार लगाउने| पर्खाल लगाए भने सुन्दरता खोसिन्छ, बाँसको बार हाल्ने निधो गरियो| होटेलको सुन्दरता, होटेल भित्रबाट मात्र हैन, होटेल बाहिरबाट पनि देखियोस्, बाँसको बार हाल्नुको मुख्य कारण| होटेल भन्नाले एउटा ठुलो भवन बनाउने, धेरै कोठा बनाउने, यस्तो योजना छैन हाम्रो| होटेलको भरि नै बगैचा हुन्छ| होटेलमा बगैचा हैन, बगैचामा होटेल हुनेछ|  ८ वटा सानो सानो कटेज बनाउने, हरेक कटेजमा दुइटा कोठा हुन्छ| हरेक कटेज एक अर्काबाट पर्याप्त दुरीमा हुन्छ|  होटेल बिचमा स्विमिंग पुल हुन्छ| स्विमिंग पुलको  एक पट्टि बार हुन्छ, एक पट्टि रेस्टुरेन्ट हुन्छ, एक पट्टि गेमिंग जोन हुन्छ अनि एक पट्टि एउटा भवन| अतिथि अनुसारको कोठा हुनेछ| जसलाई कटेजमा बस्न मन लाग्यो कटेजमा बस्ने छन्| अनि हरेक कटेजमा बार्बी-क्यु अनि क्याम्प- फायरगर्न मिल्ने सुबिधा| जसलाई कटेजमा बस्न मन लाग्दैन, उसको लागि पनि कोठा हुनेछ| कटेजमा बस्न मन नपर्नेलाइ, भवनमा सुबिधा युक्त कोठा हुनेछ| हाम्रो होटेल ताल छेउमा हुन्छ, ताल अनि सुर्य अस्ताएको सुन्दर दृश्यको मजा पनि लिनै पर्छ| होटेलको पश्चिम तिर एउटा सानो ब भवन, यो भवनमा एउटा कोठा हुदैन| यहाबाट तालको र सुर्य अस्ताएको सुन्दर दृश्य हेर्दै गफ गर्न मिल्छ अनि गफ संगै मदिराको मजामा लुप्त हुन मिल्छ| यहि हो हामीले सोचेको ढांचा| मैले मुख्य मुख्य जानकारी मात्र उल्लेख गरे यहाँ, अरु धेरै साना साना जानकारी छन्, त्यो हेर्न अब हजुरहरु मेरो होटेल नै आउनु पर्छ|
बिहान देखि होटेलको ढांचा कल्पना गर्दै थियौ| समय अहिले 4 बाजी सक्यो, बेलुकाको| सुबोध र म सिधै पार्लर पुगेउ, पार्लरमा भाउजुलाइ हाम्रो ढांचा बयान गरेउ| भाउजुलाइ पनि आत्तिने मन पर्यो| दाइलाइ फोन गरे, दाइले केहि थप सुझाव दिनु भयो अनि त्यसपछि बधाई दिनु भयो| जग्गा भोलि नै पास गर्ने भइयो, अब बाकि रहयो होटेलको नक्सा बनाउ | होटेलको नक्सा बनाएर रुजु गराउन हफ्ता दिन लाग्यो| हफ्ता दिन पछी होटेलको काम धमाधम सुरु भयो| सबै मैले चाहेको जस्तै हुदै छ र यो होटेल मेरो सपना भएको छ| त्यो सपना जुन पुरा हुदै छ| होटेल बनाउन सोचे भन्दा केहि धेरै पैसा लाग्ने भयो| लगभग २० % प्रतिशत धेरै| आफ्नो शेयर सबै बेच्नु पर्यो|
होटेल बन्दै छ अनि होटेल संगै मेरो र सुबोधको सम्बन्ध पनि निर्माण हुदै छ| उसले आफ्नो किताब प्रकाशनको हरेक योजना भन्दै गयो| किताब प्रकाशन पछी उसको योजना के छ त्यो पनि भन्यो| उसले अतितका निकै पल राख्यो मेरो सामु| मैले पनि अतितका पल राख्दै गए उ सामु| हामि बर्तमानमा रमाउदै, भबिस्य बुन्दै छौ| हाम्रो सम्बन्ध सुन्दर अनि मजबुत  हुदै छ| समयसंग सम्बन्धमा मिठास भरिनु सामान्य हो| बिस्वास नभई सम्बन्ध अघि बढ्दैन| बिस्वास पनि छ हाम्रो सम्बन्धमा| हाम्रो जोडी यस्तो छ, पानिले देख्यो भने उसलाई पनि जलन हुन्छ, फ्रिज भित्र भएको बरफ पनि पग्लिन्छ, मैनबत्तिमा आगो सल्काउनु पर्दैन त्यसलाई पगाल्न| हाम्रो सम्बन्ध त्यस्तो छ| 

सम्बन्धलाइ प्रमाणित गर्न “आइ लब यु|” सम्बादको प्रमाणपत्र देखाईरहनु पर्दैन| यो चाही प्रमाणित भएको छ| हामि सम्बन्धमा छौ अनि संगै पनि छौ तर पनि अहिले सम्म हामीले जिकिर गर्न “आइ लब यु”  भनेका छैनौ| हामि सम्बादमा माया जिकिर गर्दैनौ, हामि मायालाइ महसुस गर्छौ|  उ मसंग हुनु भनेको नै मेरो लागि माया हो| भने नि हाम्रो सम्बन्ध भिन्न छ| भिन्न अरु केहि पनि छ| अहिले सम्म पनि हामीले शरीर सम्भोग गरेका छैनौ| एक अर्कालाई चुमेका छौ, शरीर संग खेलेका छौ तर यौन सम्पर्क अहिले सम्म भएको छैन| मौका नमिलेको भन्ने कि के भन्ने, तर चुम्बन भन्दा अगाडी बढ्न जानीनौ हामीले| सम्बन्धको एउटा नया आयाम भनौ यसलाई| मायामा यौन सम्पर्क नै चाहिन्छ भन्नेलाइ हामि गलत साबित गर्दै छौ| निकै भिन्न छ हाम्रो सम्बन्ध|  

कति छिटै समय बित्ने| होटेल बनाउन लागेको २ महिना भएछ| होटेलको सबै काम सकियो र अन्तिम चरणमा छ|  अबको हफ्ता दिनमा पाहुनाको लागि खोल्न मिल्छ होटेल| म खुसि छ, यति खुसि छु कि, यति खुसि छु कि, खुसि छु| खै ब्यक्त गर्न जानिन| गएको दुइ महिना, मेरो जीवनको उत्कृस्ट महिना रहयो| गएको दुइ महिनामा मेरो जीवनमा जीवन थियो| केहि लक्ष्य थियो, केहि चाहना थियो, त्यसैले समय बितेको विदित भएन| होटेल बन्न लागेको खुसिलाइ, म अनि सुबोध आज लेक छेउमा गएर मनाउने निधो गरेउ| भाउजुलाइ नभेटेको पनि दुइ हफ्ता भइ सकेको छ| भाउजुले पार्लर पुरै हेर्नु हुन्छ, अनि म होटेलमा ब्यस्त| दुवै ब्यस्त, भेट हुन पनि मुस्किल| आज जसरि पनि भेट्छु भाउजुलाइ| भाउजुलाइ भेटे अनि त्यसपछि बार पुगेउ| बार पुगेउ, अनि रम्न लागेउ|
“केहि दिन पछी हाम्रो होटेलमा पनि यसरि नै मान्छे आउछन| अनि हामि पनि त्यहि रमाउन मिल्छ|” मेरो शब्द अनि आवाज, दुबैमा हर्ष छ, मात्र हर्ष| हाफ्नो होटेलमा मान्छे रम्दै गरेको कल्पना गर्दै, म झन् धेरै रम्दै छु| सुबोध पनि मसंगै कल्पना गर्न लाग्यो| सबै मेरो दुश्मन छन्, कल्पनाको संसारमा  रम्न पनि दिदैनन्| मोबाइल बज्यो मेरो, होटेल सम्बन्धि फोन| उठाउनै पर्ने छ| यहाँ आवाज ठुलो छ, बाहिर निक्लिए फोन गर्नलाइ| म भित्र आउदा क्षितिज हास्दै छ| क्षितिज मात्र हैन, अरु पनि हास्दै छन्| के भयो त्यस्तो| क्षितिजलाइ सोधे, “के भयो?” भनि|

“ एउटा केटि निकै नै झ्याप थिइ| धेरै रक्सी पिएकी थिइ| उसको बोइफ्रेन्ड पनि उसंग थियो| उ पनि त्यत्तिकै झ्याप थियो| दुवै गएर स्टेजमा नाच्न लागे| नाच्दै थिए नाच्दै थिए, त्यत्तिकैमा दुबैले एक अर्कालाई चुम्न लागे| दुवै चुम्दै नै थिए, केटीले केटाको अनुहार भरि वाकी|” क्षितिजले यति भन्न पनि पाच मिनेट लगायो| उ हास्दै थियो, बोल्न सकेको थिएन| उसले यति भनेपछी, मैले पनि आफ्नो हासो रोक्न सकिन र म पनि हास्न लागे| आज रम्न भनि हिडेको, दिल खोलेर रामियो|

होटेल निर्माण सकियो| कोठाको सजावट देखि होटेलको सजावट सबै सकियो| होटेलको बिज्ञापन पनि ठाउ ठाउमा पुग्यो| होटेल उद्घाटनको लागि तैयार छ अब| होटेलको सुरुको दिनमा नै मान्छेको उपस्थिति निकै राम्रो छ| नेपाली अनि बिदेशी, दुवै पर्यटकको उपस्थिति छ| हाम्रो होटेल सबैलाई मन पर्यो|  होटेल चालु भएपछी हामि घर पनि गएका छैनौ| हामि होटेलमा ब्यस्त पनि छौ अनि रम्दै पनि छौ| ब्यस्त हुदा पनि रम्न सकिने रैछ| यो हाम्रो लागि नया अनुभव हो| दिउस भरि हाम्रो काम भनेको, सबै ठिक छ कि नाइँ भनि बिचार पुर्याउने| सुबोध चाही लेख्छ दिउसो भरि, उसको किताब पनि अन्तिम चरणमा छ| अनि बेलुका आफ्नै बारमा, बाकि संग रमाउने|

घर जाने खयाल नै आएको छैन मेरो मनमा| मैले चटक्क माया मारे भने पनि हुन्छ| होटेलबाट २०० मिटरको दुरीमा छ घर तर पनि जान मन नलाग्ने| मन नलाग्ने भन्दा पनि हामि यहि रम्दै छौ| तर आज सुबोधले घर जाने मन गर्यो| उसलाई यहाँको माहोलले वाक्क बनायो सायद| म पो रम्दै छु, मसंगै उ पनि रम्नु पर्छ भन्ने हुन्न नि| आज हामि घर गयौ| लग भाग ३ हफ्ता पछी| घरमा फेरी धुलो जमेको छ|  आज सफा गर्ने शक्ति पनि छैन अनि मन पनि| घर सफा गर्नलाइ एक जना मान्छे खोज्दा राम्रो हुन्छ भनि सोच बनाए तर सुबोधले हुन्न भनि स्विकारेन मेरो यो योजनालाइ| बरु भोलि हामि आफै मिलि सफा गर्ने भनि भन्न लाग्यो| मैले सहमति जनाए| बितेका केहि दिन देखि हामि संगै थियौ तर पनि ब्यस्त थियौ| भोलि एकदिन, हामी संगै हुन्छ अनि एक अर्कालाइ समय दिन्छौ| यो पनि तय गरियो|

रात पर्यो, केहि पेग रक्सी र सुत्ने तैयारी| यत्तिकैमा सुबोधले मलाई अँगालो हाल्यो र मेरो मुटुमा छुरा घोप्यो| शब्दको छुरा|  

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts