“केहि सोधौ?” सुबोधले अनुमति लिदै छ, मलाई प्रश्न सोध्नु अगाडी| यसको केहि जरुरत छैन अनि उसले अनुमति लिई रहनु पनि पर्दैन| मैले उसलाई यहि कुरा सम्झाए|
सुबोध: “ तिम्रो बाबा आमा कहिले अनि कसरि बित्नु भएको?”
सुबोधको यो प्रश्न जायज हो तर मलाई यो प्रश्नको जवाफ दिन थोप्पो पनि मन छैन| मेरो जीवनमा जो नया व्यक्ति आउछ, सबैले यहि प्रश्न गर्छन| त्यहि एउटा प्रश्नको जवाफ कति दिनु मैले| सुरुसुरुमा जवाफ दिन गाह्रो हुन्थियो, बाबा आमालाइ सम्झिने बित्तिकै आशु आउथियो| शोकमा भएको बखत कसैले मेरो घाउ कोट्याएको महसुस हुने| मनको पिडा ओठमा ल्याउदा कति गाह्रो हुन्छ भन्ने भोग्नेलाइ मात्र थाहा हुन्छ| अहिले भने मेरो भावनामा परिवर्तन आएको छ| अहिले बाबा आमाको बारेमा कसैले सोध्यो भन्ने भन्न पनि वाक्क लाग्छ| त्यहि एउटा कक्षामा अनुत्तीर्ण भएर बारम्बार परिक्षामा त्यहि एउटा प्रश्नको जवाफ दिएको अनुभूति हुन्छ| प्रगति केहि हुने हैन, मात्र सम्झिने मात्र| बाबा आमालाई अनादर गरेको हैन तर केहि यादलाइ नासंझिदामा नै राम्रो हुन्छ चाहे त्यो याद राम्रा नै किन नहोस्| म बारे रुची गरेर, सुबोधले निकै थोरै प्रश्न गर्छ| थोरै प्रश्न मध्य यो पनि एउटा प्रश्न हो| यसको जवाफ दीईन भने, सायद उसले अरु कुनै प्रश्न सोध्दैन| जवाफ दिनै पर्छ मैले| मैले सुबोधलाइ सबै भने|
सुबोध: “ अनि तिम्रो घर पहिले देखिनै पोखरामा हो? कि पुर्खौली घर अर्कै ठाउ हो?”
सुबोधबाट अर्को प्रश्न आयो| यो प्रश्नको जवाफ दिन मलाई केहि आपत्ति छैन| मैले मेरो पुर्खौली घर बारे भन्न लागे| बाबा- आमा पहिले त्यहि बस्ने अनि म चाही भक्तपुर बस्थिए पनि बताए| बाबा आमाको मृत्यु पछी मैले गाउको सबै घर जग्गा बेचेको अनि यहाँ घर किनेको, नेपालथोकमा अझै पनि एउटा पुर्खौली घर छ, यहाँ ब्युटी पार्लर छ| म काम केहि गर्दिन, कलेज नामको लागि मात्र जान्छु| मन लागे जे पनि गर्छु अनि मन लागेन भने केहि नगरी महिनौ बस्छु| अहिले एउटा होटेल पनि खोल्ने बिचारमा छु| यतै नजिकै जग्गा खोज्दैछु| सबै ठिक र्रहयो भने केहि दिनमा होटेल पनि खुल्नेछ| दाइ-भाउजुलाइ कसरि चिने, अनि मेरो जीवनमा उहाहरुको महत्व के हो सबै भने| यस्तै सबै कुरा सुनाए उसलाई|
सुबोध: “पार्लर छ अब होटेल पनि सुरु गर्ने भन्छौ| कसरि भ्याउछौ?”
म: “पार्लर भाउजुले हेर्नु हुन्छ| म निस्फिक्री छु पार्लरको लागि| मैले हेर्नु पर्ने भनेको होटेल मात्र हो, त्यो पनि म्यानेजर हुन्छ|”
सुबोध: “अनि यति ठुलो घरमा एक्लै बस्छौ, डर लाग्दैन?|”
म: “अहिले सम्म लागेको छैन| तर अब जे पनि हुन सक्छ| तिमिसंग बस्न आटेकी छु, राति तर्साउदिनौ नि?”
सुबोध: “यो प्रश्न मैले गर्नु पर्ने हो| मलाई तर्साउदिनौ नि?”
म: “खुब है? तर्साउने काम तिम्रो हो, मेरो हैन| कहिले आफ्नो अनुहार ऐनामा हेरेको छौ?”
सुबोध: “जहिले हेर्छु, राम्रै देखिन्छु| बरु तिम्रो खुट्टा देखाउ त|”
म: “मेरो खुट्टा? किन?”
सुबोध: “तिमि किच्कंदी हो कि नाइँ पक्का हुनु पर्यो| नत्र राति मलाई खाइदियौ भने?”
म: “खुब है| तिमीलाई खानलाइ मैले रात नै पर्खिनु पर्छ? अहिले नै खाइदिन सक्छु|”
घर पुरै फोहोर भएको छ, दुन्ग्दुंग गनाउने भएको छ| दुवै मिलि सफा गरेउ र धेरै दिन पछी घरमा नै खाना पकाएर खायौ दुबैले| उसको लेखमा मात्र हैन, उसले पकाएको खानामा पनि मिठास छ| रातको १० बजीसक्यो| दुवै थाकेका छौ| उसको अँगालो अनि मायामा लिप्त भएर निदाउन मन छ| उ ओछ्यानमा पल्टिएको छ, अनि डायरीमा केहि लेख्दै छ|
“मसंग तिम्रो लागि गिफ्ट छ|” सुबोधको लागि मसंग केहि बिशेष छ| मेरो उपहार देखे पछी उसको प्रतिक्रिया कस्तो आउने हो| उ खुसि हुनु पर्ने हो र चकित पनि| तर मैले सोचे जस्तो प्रतिक्रिया आएन भने नि? उ जावफ दिनु अघि नै चकित भयो| “मेरो लागि? के हो त्यस्तो? कहिले लियौ?” उसको जवाफ मैले सोचे अनुरुप छैन, मैले सोचे भन्दा निकै बिशेष छ उसको प्रतिक्रिया|
उसलाई कसरि सम्झाउ, सबै उपहार किन्नु पर्दैन| उसको हातमा एउटा कागज राखिदिए| त्यहि कागज जुन अस्ति उसको डायरीबाट खसेको थियो| अहिले सम्म त्यो कागज दिएकी थिइन मैले, सहि समयको पर्खाइमा थिए अनि आज हो त्यो सहि समय| “कहाँबाट पायौ? म खोज्दा खोज्दा हैरान भएको थिए|” उसको यो प्रश्न स्वाभाविक हो| मैले उसलाई उसको प्रश्नको जवाफ दिए| उ निकै खुसि छ, निकै नै खुसि| म उसको छेउमा गए र अनि उसलाई अंगाले| उसलाई अंगाले र उसलाई चुम्न लागे| आफ्नो ओठ उसको ओठमा लगएर बिसाउदै, बिस्तारै आफ्नो ओठ चलाउन लागे| उसलाई ओठ पाकेको आप जसरि चुस्न लागे र ओठ पछी उसको अनुहार भरि चुम्न लागे| दुवै पागल सरि एक अर्कालाइ चुम्न लागेउ| एक अर्काको शरीर संग चुम्न लागेउ| हामी दुबैको हात एक अर्काको शरीरको भ्रमणमा छ| झट्ट याद आयो, मैले लुगा फेरेको छैन, दिउसै लगाएको लुगा अहिले सम्म लगाएकी छु| पसिना गनाएको छ, दिउसो काम गरेको पसिना| हुन त यसले केहि असर नपर्नु पर्ने हो तर आफैलाई अप्ठेरो लाग्यो|
लुगा फेर्न भनि वासरुम गए, र पानिले जिउ पनि पखाले| मैले धेरै समय लिएको हैन, ३ मिनेटको अन्तरालमा सबै गरि भ्याए| अब म तैयार छु, पूर्ण रुपमा सुबोध अघि आफुलाई समर्पण गर्न| वासरुमबाट आफ्नो कोठा पुगे, कोठा जादा सुबोध निदाईसकेको छ| कोहि कसरि निदाउन सक्छ यस्तो पलको मध्यान्नमा? उसको शरीर र मनले सुत्न कसरि अनुमति दिन सक्छ उसलाई सुत्न| थाकेको छ बुझ्छु, तर अहिलेको पलले त्यो थकानमा पर्दा हाल्नु पर्ने| रिस उठ्यो उसंग, तर रिसाएर के गर्नु? उ निदाईसक्यो र म यता तडपीदै छु, अनि मायाको तृष्णा मेटिएको छैन| रात पूर्ण तड़प अनि अधुरो प्यासमा नै कट्यो|
बिहान भाउजुको फोनले नै निन्द्राबाट निकाल्यो| भाउजुले होटेलको लागि जग्गा भेट्नु भएछ| त्यहि हेर्न जानको लागि फोन गर्नु भएको| भाउजुलाइ आधा घण्टामा पुग्छु भनेर फोन राखे| सुबोध कहाँ छ? मेरो छेउमा छैन त| हिजो यहि थियो| बाहिर होला| हो रैछ बाहिर छ उ| कफी पिउदै छ| मेरो लागि पनि कफी बनाइदियो| उसलाई जग्गा हेर्न जाने भने अनि उ पनि तैयार भयो| जग्गा राम्रो छ र होटेलको लागि पनि उपयुक्त हुन्छ| मेरो घरबाट अलि पर, पामेमा नै, अनि लेक छेउको जग्गा| मन नपर्नुको एउटा कारण छैन| जग्गा पक्का गरियो र घर फर्कियौ | अब बाकि छ त्यहाँ होटेल बनाउन|
होटेल कस्तो बनाउने भनि म अनि सुबोध सल्लाह गर्न लागेउ| होटेल कस्तो बनाउने भनेर चाही निकै राम्ररि सोच्नु पर्ने छ| जग्गा मन पर्यो, तर त्यति धेरै जग्गा किन्ने योजना थिएन मेरो| जग्गा मन पर्यो र सोच बदलिए| २ रोपनी जग्गा किन्ने सोच थियो, अहिलेको जग्गा ४ रोपनी छ| जग्गाको भाउ महँगो हैन तर सोचे भन्दा धेरै भयो जग्गाको भूभाग| जग्गा किनेपछी मसंग करिब १ करोड 50 लाख मात्र बाकि हुन्छ| त्यसमानै होटेलको सबै काम सक्याउनु पर्छ| होटेल कस्तो बनाउने भनि पनि पक्का भयो| केहि मेरो सुझाब अनि केहि सुबोधको| यसरि तैयार भयो होटेलको ढांचा| बाकि छ भाउजु अनि दाइलाई हाम्रो ढांचा बयान गर्न|
