Part 57

सुबोध गयो तर मैले हाम्रो क्षनिकको बिछोड यस्तो हुन्छ भनि कल्पना गरेको थिइन| मैले सोचे भन्दा निकै भिन्न छ अहिलेको पल| बिहान निन्द्रा खुल्छ, निन्द्रा खुलेपनि ओछ्यान छाड्ने छैनौ हामि| ओछ्यानमा नै रहेर चित्त नबुझे सम्म एक अर्कालाई अंगाल्ने छौ अनि एक अर्काको आखामा हराउने छौ| बेला बेला एक अर्कालाइ चुम्ने छौ अनि मायाको गफ गर्ने छौ| समय बिस्तारै बिस्तारै बित्दै गएको दुबैले चाल पाउने छौ| बाताबरणमा रहेको मायालाइ, हत्तारको भावले ओझेलमा पारिदिनेछ अनि हामि दुवै तैयार हुन लाग्नेछौ| हामि अब घरबाट एयरपोर्ट, हाम्रो कारमा पुग्नेछौ| बाटोमा कुनै यस्तो पल हुनेछैन, जहाँ मैले उसको हात थामेको हुन्न| कहरेक पल, मेरो आखा बाटोमा तर ध्यान सुबोधमा हुने छ| सुबोधसंग छु सोच्दै मुस्कुराउने छु तर फेरी उ मसंग हुदैन भन्ने सोचले दुखि तुल्याइदिन्छ|  यत्तिकैमा हामि एयरपोर्ट पुग्नेछौ| एकछिन एयरपोर्टमा संगै बस्ने छौ, जहाँ शब्द जरुरि हुने छैन मनको भावना ब्यक्त गर्न|  उसको जाने बेला हुन्छ र हामि दुवै अँगालोमा कसिने छौ| यो पल निकै गाह्रो हुने छ, अहिले सम्मको गाह्रो पल| मैले आफ्नो भाव, आशु, अनि निरास्ता सबै लुकाउनु पर्नेछ| उ बोर्डिंगमा पुग्छ र अन्तिम पल्ट फर्किएर मलाई हेर्नेछ| मैले यस्तो सोचेको थिए, आजको पल यस्तो हुन्छ भनि| तर….

तर बेवकुफ म| सुबोध भन्दा निन्द्रा प्यारो भयो| बेफिक्री भएरकसरी सुत्न सक्छु| यो सोचले गर्दा भए पनि मेरो निन्द्रा समयमा खुल्नु पर्ने हो| सोचेको केहि पुरा भएन, अब आत्मग्लानीको माझ बाच्ने त हो नि| माने मेरो निन्द्रा आफै खुलेन, म बिउझिन, तर सुबोधले त उठाउनु पर्ने हो नि| एक अन्तिम पल्ट उसलाई म संग बोल्ने मन लागेन? जानु अघि बिदा माग्न पनि जरुरि ठानेन उसले? जानु अघि उसलाई पनि केहि भन्नु थियो होला नि, तर उसले मलाई किन बिउझाएन?  कहिँ मलाई भन्दा उसलाई धेरै गार्हो त हुदै थिएन नि, हाम्रो क्षनिकको बिछोडले?  कहिँ उसले आफुलाइ थाम्न सक्दिन भनेर त मलाई न उठाएको हैन नि? जे होस्, मलाई यो पल चाहिएको छैन| उ जानु अघि उसलाई भेट्नु थियो, चाहे त्यसको मुल्य चुकाउदा पिडा मात्र मेरो भागमा किन नपरोस्| भेट नभएर के भयो र, उसलाई फोन गर्न मिलिहाल्छ नि| उसलाई हिजो भर्खर मैले मोबाइल उपहार त्यसै दिएको हैन| चाहेको बेला बोल्न मिलोस् भन्ने चाहना, या स्वार्थ, जे भने पनि हुन्छ|  उसलाई मोबाइल दिनुको कारण यहि हो|

मेरो फोनमा चार्ज रैनछ| स्विच अफ नै भएको छ| मोबाइल चार्जमा हालेर, वासरुम गए| हिजो सम्म ऐनामा जुन चेहेरा देख्थिए, त्यो चेहेरा खुसि थियो, मुस्कुराउथियो मलाई देख्ने बित्तिकै, तर त्यो चेहेरा अहिले उदास छ अनि पिडामा छ| म त्यो चेहेरालाइ हसाउन खोज्छु तर उ जबर्जस्ति मात्र हासिदिन्छ| हासेको पनि हैन हासेको जस्तो गर्छ अनि हासोमा पनि पिडा मात्र छ| माया लाग्यो त्यो चेहेराको अनि ऐनाबाट आखा हटाए| होटेल जानु छ, काम धेरै छ, तैयार भए| तैयार भइसक्दा मोबाइल पनि चार्ज भएको छ| धेरै हैन, ४० प्रतिशत चार्ज पुग्यो| सुबोधको मोबाइलमा फोन लगाए, पहिलो घन्टी गयो र अचम्म| सुबोधको फोन घरमा नै बज्दैछ| सुबोध गएको छैन? मेरो लागि उसले फ्लाइट छाड्यो? फोन बाहिर बजेको सुन्ने बित्तिकै, म बैठक कोठामा पुगे|

बैठक कोठामा सुबोध छैन, उसको फोन मात्र छ| अन्जानमा उसको फोन छुटेको हो कि उसले जानी जानी फोन छाडेको हो? जानी जानी किन उसले फोन छाड्ने हो र? पक्कै पनि उसको निन्द्रा ढिलो खुलेको हुनुपर्छ| हिजो नशामा च्रुर्लुम्म थियो, ब्याग प्याक गर्ने मौका मिलेको थिएन| बिहान भ्याएन होला अनि हत्तारमा याद नै भएन होला फोन छुट्यो भनि| भाउजुले दिएको उपहार पनि यहि छ| यो पनि छुटेछ| गल्ति मेरो हो, मैले हिजै सबै सामान ब्यागमा हालिदिनु पर्ने हो| म उसंग समय बिताउन मग्न थिए, यहाँ कति कुरा बितीसकेछ| उसको कपडा पनि धेरै थिएन, मुस्किलले तिन जोड हुनुपर्छ| त्यस मध्य पनिएउटा प्यान्ट यहि छुटाएको छ| धन्न डायरी लग्यो, नत्र बहुलाउथियो उ| यसरि यहाँ सोचमा अल्झिएर हुन्न, होटेलमा धेरै काम अड्किएका छन्|

तैयार भए होटेल पुगे| होटेलमा मान्छेको आवत जावत बढेको छ| अहिले भएको कोठा पर्याप्त छन् तर यहि कोठा एक महिना पछी पर्याप्त हुने छैन| अहिले नै निर्माण गर्नु पर्ने  भनेको रेस्टुरेन्ट हो| रेस्टुरेन्ट छ, तर त्यसको क्षेत्रफ़ल बढाउनु छ| खाजा खाने, मदिरामा मस्त हुने मान्छेहरुको शंख्या बढेको छ| त्यसैले पनि रेस्टुरेन्ट बिस्तार गर्नु पर्ने भएको हो| रेस्टुरेन्ट संगै, २ कोठा भएको 4 वटा कटेज, अनि लेकको रमणीय दृश्यको मजा उठाउनको लागि केहि बिशेष गर्न मन छ| त्यहि अनुसार नक्सा तैयार भयो| आजको दिन नक्सा बनाउनमा नै बित्यो| नक्सा पास हुन र काम सुरु गर्न थप केहि दिन लाग्नेछ| तर यो मेरो टाउको दुखेको बिषय हैन, सबै ठेकेदारले गर्नेछ| सबै कार्य सक्याएर भाउजुलाइ भेट्न पार्लर पुगे| पार्लरको लागि सामानहरु ल्याउनुछ भन्नु हुन्थियो भाउजुले| पार्लर पुग्दा नानि अनि भाउजु संगै थिए| नानि रुदै थिइ| भाउजुले झपार्दै हुनुहुन्थियो नानिलाइ| के भएछ फेरी!  
म:”के भयो भाउजु?”

भाउजु: “हेर्नुस् न मैया| मोबाइल चाहियो भनेर जिद्दी गर्दै छे| कहाँ बाट ल्याएर दिनु यसलाई मोबाइल?”
म: “मसंग एउटा मोबाइल छ भाउजु| त्यो हजुर चलाउनु अनि नानीलाइ हजुरको दिनु|”

भाउजुले नाइँ नै भन्दै हुनुहुन्थियो तर मैले उहालाई मोबाइल दिएर नै छाडे| सुबोधको लागि किनिदिएको मोबाइल भाउजुलिया दिएको हो| भाउजुले कहिले के माग्नु हुन्न, अनि मैले दिदा पनि आनाकानी गर्नु हुन्छ| आज मौका मिलेको छ, मैले मोबाइल भाउजुलाइ दिनुको कारण यहि हो| सुबोध अब एक महिना पोखरा आउदैन, त्यो बेला सम्म उसले अर्को मोबाइल किन सकेको हुन्छ| मैले दुइ पल्ट सोच्नु परेन यो निर्णय लिनु अघि| पार्लरको काम सकेर भाउजुको घर पुगियो|

सधै जस्तो खाना नखाई भाउजुले फर्किन दिनु भएन| खाना खाएर म आफ्नो घर फर्किए| धेरै दिनपछी घरमा एक्लै बस्दै छु| या यसरि भनौ, धेरै दिन पछी एक्लै भएपनि घरमा बस्दै छु| खाना खाइसके, बाकि केहि काम छैन| के गर्नु अब? मैले गर्ने भनेको प्रतिक्षा हो अब| ९ बजे सम्म सुबोधको फोन पर्खिए तर उसको फोन आएन| घरमा एक्लै रहेर पर्खिनु अनि होटेल गएर पर्खिनुमा धेरै फरक छ| यहाँ घरमा एक्लै बस्नु भनेको, आफ्नो दिमागलाइ आफु माथि हावी हुन दिनु हो| यो हुन दिनु हुन्न| होटेल पुगे| रक्सि पिउदै सुबोधको फोनको प्रतिक्षा गर्न लागे| १ बज्यो,  होटेलको बार बन्द हुने समय भयो| घर जान मन छैन तर होटेलमा कोठा खालि छैन| घर जानै पर्ने भयो| घर पुगे र रातको ३ बजे सम्म सुबोधको फोन पर्खिएर बसे तर उसको फोन आएन| कुन बेला निदाए पत्तो छैन तर बिहान निन्द्रा खुल्दा सम्म पनि उसको फोन आएको छैन|

मनमा एउटा हैन अनेक प्रश्न छन्| कुनै सकारात्मक छैनन्, सबै नकारत्मक मात्र छन् मेरो यो सोचहरु कुनै पनि सत्य नहुन्| डर बीच घेरिएर हातमा मोबाइल लिए अनि… 

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts