यत्तिकैमा ताम्राकारको, ताम्राकार हैन, सगुन ताम्राकारको “हेल्लो पुजा” बज्यो| सुरेन्द्र जी र म दुवै यो गित गुण गुनगुनाउन लागेउ| हाम्रो स्वर राम्रो हैन तर यो पल निकै सुन्दर छ| कोहि अन्जानसंग जीवनको पलहरु सातिदा, त्यो अजनबी पनि आफ्नो लाग्ने रैछ| मन पनि कति अचम्मको हुने, कसैलाई आफ्नो बनाउन निकै थोरै समय लिन्छ, अनि त्यहि मान्छेलाइ भुलाउन, पुरै जीवन पर्याप्त हुदैन|
सुरेन्द्र: “सर, म गित गुन गुनाउदै छु तर हजुर गीतमा डुब्दै हुनुहुन्छ| केहि बात पक्कै छ|”
म: “छ तर खास छैन|”
सुरेन्द्र: “यो पलमा जे पनि खास बनिदिन्छ| हजुर कहानी भन्नुस, आफै खास बनिदिन्छ|”
म: “ प्लस टु पछिको बिदा, जसो तसो कट्यो| कहिले घुमेर, कहिले के गरेर| साला भातमा ढुंगा परेको छ, सागमा कपाल परेको छ, टाउकोमा जुम्रा परेको छ, कपालमा छाय परेको छ, चिया नुन परेको छ र दालमा चिनी परेको छ| जिन्दगिमा सबै नराम्रो कुरा परिसक्यो तर लभ कहिले परेन| मेरो जिन्दगि, के भन्नु मेरो जिन्दगि, कहिले यादको सहाराले कट्ने, कहिले मातको सहराले कट्ने अनि कहिले हातको सहाराले| हाहाहा| स्नातकमा भर्ना भइसक्दा पनि मनले चाहेको कोहिसंग माया बसेको थिएन|
प्लस टु पछी मेरो बानिमा धेरै परिवर्तन आएको छ| पहिले पाएँ मन लगाएर पढ्ने हैन म तर पढ्ने बानि पनि छुटेको थियो| जहिले घुम्ने अनि साथिहरुसंग रम्ने बानि| किताबसंग नाता टुटेको जस्तै भएको थियो| यति महिना रमाउनमा ध्यान दिएको, पढ्न मन कसरि लागोस्| पढ्न मन नलागेको हो तर कलेज जान भने मन नभएको हैन| कलेज जानु थियो तर पढ्नु थिएन|
स्नातकमा यो हुन्छ, त्यो हुन्छ, यस्तो हुन्छ, त्यस्तो हुन्छ, के के सुनेको थिए| त्यसैले पनि कलेज जानु नै पर्ने थियो| एउटा गर्लफ्रेन्ड हुन्छ, हरेक दिन गर्लफ्रेन्डसंग भेट्ने, हरेको दिन हात समाई हिड्ने, मन लागेको बेला मौका मिलाएर चुम्ने, कहिले कुन डाडा र कहिले कुन मन्दिर पछाडी घुम्न जाने| यस्तै धेरै कुरा गर्न पाइन्छ भनि सुनेको थिए| परिवार र आफन्त बीच पनि छुट्टै इज्जत हुन्छ आफ्नो| यो पनि नसुनेको कहाँ हो र| कलेज जाने मेरो बाध्यता पनि हैन र चाहना पनि हैन, स्वार्थ हो| त्यसैले पनि कलेज जान मन थियो|
कलेजको पहिलो दिन, केहि नया साथि बने र आखा भने केटि खोज्न लागि परेको थियो| सबै भन्दा राम्रो केटि को छ भनि खोज्दै थियो आखाँ| जो राम्री देख्यो, जो राम्रो लाग्यो, जसलाई मनले चाहयो, उसलाई आफ्नो बनाउने सोच| त्यसैले आखा खोजिमा व्यस्त हुन लाग्यो| स्नातकमा खुल्ला पन्छी भएर उड्न पाइन्छ सोचेको तर त्यस्तो नहुने रैछ| म पहिलो बर्षमा थिए, दोस्रो बर्षको छात्र हरु हाम्रो पर्खाइमा बसेका थिए| हामि कुन बेला भर्ना हुन्छौ र हामीलाई रयागिंग गरौ भनि पर्खेर बसेका थिए| पहिलो दिन सारांस: कक्षा कोठा, चमेना गृह अनि केटीलाइ हेर्दै, यसरि नै दिन गयो| यस बाहेक केहि भएन पहिलो दिनमा| दोस्रो दिन, तेस्रो दिन अनि पहिलो हफ्ता यसरि नै बित्यो| केहि खास भएन अनि खोइ खास भेटिएनन्| पहिलो बर्ष पनि यसरि नै बित्न लाग्यो| कलेजमा केहि खास नभए पनि, कलेज बाहिर चाही विस्फोटक नै थियो| कलेज भित्र भन्दा कलेज बाहिर मेरो बास धेरै हुन्थियो|
परिक्षा आउने समय भयो, केहि महिना बाकि छ| पढेको केहि थिइन्| कलेज बाहिरको चिया पसल, चलचित्र मन्दिर, साथिको घर, कलेजको भलिबल खेल्ने ठाउ, अनि निकै घुम्ने ठाउ, सबै ठाउ गइन्थियो तर कलेजको कक्षा नजाने| पास हुनु पर्ने नत्र फेरी घरबाट धेरै धम्कि आएको छ| मेरो स्वतन्त्रता खोसिएला भन्ने पिर| एउटा पढ्ने बिधार्थी खोजेर, उसको नोट लिनु पर्ने थियो तर कोसँग| फेरी नोट लिएर पनि हुन्न, पढ्न मन लाग्नु पर्यो अनि मैले बुझ्नु पनि पर्यो| नोटले खासी उभो लागिदैन जस्तो लाग्यो|
“उ त्यो केटि हेर त| तलाई पास हुनुछ भने, त्यो केटीलाई तैले हाम्रो भाउजु बनाउनु पर्छ| अनि मात्र त पास हुन्छस|” साथीले एउटा केटीलाई देखाउदै भन्यो| अहिले सम्म कसरि मैले यो केटिलाइ देखेको थिइन| केहि अघि देखेको भए, उ मेरो गर्लफ्रेन्ड अनि साथिको भाउजु भइसक्थी| मलाई त्यति मन पर्यो उनि, अनि त्यो पनि पहिलो नजरमा नै| थाहा छैन के खास थियो तर खास थियो उनीमा| साथीले परिक्षाको लागि उनलाई मायामा फसा भनेको थियो तर म आफै उन्को मायामा फसे|
“नाम थाहा छ उनको?” साथीलाई प्रश्न गरे|
“पुजा| पुजा खड्का|” साथीको जवाफ पछी मेरो दिमागमा केहि उपाय आयो| पुजाको अगाडी गए र उनि अक्बक भइन्| अहिले सम्म नबोलेको मान्छे, उनको अगाडी गएर उभिएको थिए, उनको यो हावभाव पनि गलत हैन| उनको मुहारमा हेरे अनि मुस्कुराए म, उनि भने पुरै पसिना पसिना भएकी थिइन्||
“हेल्लो पुजा, के छ मैया….” मैले उनको सामु बोलेको पहिलो वाक्य| यो सुरुवात थियो| उनिसंग साथि बन्न र सम्बन्ध जोड्न त्यति सजिलो थिएन तर असम्भव के छ र| यहाँबाट हाम्रो माया बसेको| त्यसैले निकै खास लाग्छ यो गित|”
मैले आफ्नो कहानी भनिसक्दा, मेरो मुहारमा मुस्कान पनि थियो अनि आखा रसाएका पनि| कति चाही डुबेछु अतितमा| सुरेन्द्र जी ले पनि बुझ्नु भयो सायद त्यसैले गित बदल्नु भयो| गित संगै सुरेन्द्र जी को अनुहारको भाव पनि बदलियो|
म: “ के भयो सुरेन्द्र जी? मिठो मुस्कान छ त अनुहारमा|”
सुरेन्द्र: “ आज भाग्यले नै हजुरलाइ भेटेको हो| नत्र हाम्रो जीवनसंग मिल्ने, एक पछी अर्को गरि कसरि गित बज्दैछ!”
सुरेन्द्र जी को कहानी सुन्न मन लाग्यो| आजको सफर नै कहानीमा छ| कहिले मेरो कहानी कहिले उहाको| साच्चि गीतको गायक “भरत सितौला” अनि गितको बोल छ “
