सुरेन्द्र: “मेरो कहानी त हैन यो, मैले चिनेको भाइको कहानी हो| फेरी अघि बजेको गितसंग मिल्ने कहानी पनि हैन तर भन्न मन लाग्यो| केहि याद आयो हजुरको कथा सुनेपछी| भाइको नाम निदेश बर्तौला| धेरै अघिको घटना पनि हैन| 4 ५ महिना भयो होला| भाइ अहिले काठमाण्डौमा बस्छ| काठमाण्डौ बस्न लागेको २ बर्ष हुन लाग्यो| हेर्दा खाइलाग्दो छ अनि मान्छे पनि राम्रो| ज्यान मोटो भए पनि, केटिको आखामा पर्ने अनुहार| कसैको ज्यान बोशोले भरिएको हुन्छ तर उसको ज्यान ज्ञानले भरिएको छ भन्दा हुन्छ| उसले यति धेरै किताब पढेको छ, यति धेरै किताब पढेको छ, उ आफै सानो पुस्तकालय हो| हिड्न, डुल्न सक्ने पुस्तकालय| जहिले किताबमा रम्ने मान्छे, उसको रुची दर्शनशास्त्रमा छ| थोरै लेख्छ पनि चाहिने बोल्छ| उसको ज्यान जस्तै उसको बोलिमा पनि भार छ, जे बोल्छ गहकिलो बोल्छ| अहिले सनात्क पढ्दै छ, दोश्रो बर्ष हो उसको|
प्याज नखाने बाहुन खोज्न सजिलो हुन्छ होला तर फेसबुक नचलाउने केटा केटि भेट्नु मुस्किल छ| निदेश भाइ केहि फरक छैन| उसको पनि मन छ, उसको पनि चाहना छ| उसले एकदिन एउटा कविता हालेको थियो फेसबुकमा| “रस र rush” थियो कबिताको शिर्षक| कविता राम्रो थियो तर बुझ्ने मान्छे थोरै| उसले आफ्नो लागि लेख्ने गर्थियो, त्यसैले उसलाई मतलब छैन यस्तो कुराको| त्यो कबिताको कमेन्ट बक्समा एउटा कमेन्ट आएको थियो| कमेन्ट यस्तो थियो कि, निदेशको ध्यान तान्न सफल रहयो त्यो कमेन्ट| सुरुमा कमेन्ट अनि कमेन्ट गर्ने मान्छे, दुवैको प्रभाव बढ्न लाग्यो उसको जीवनमा| मुला कस्तो जवाना आयो, क्षन भरमै मेसेज कमेन्ट बाट मान्छे चिनिने| हाम्रो पालामा, हाम्रो सोच भन्दा धेरै परको परिस्थिति हो यो|
कमेन्ट हान्ने नानिको नाम नितु थियो| पुरा नाम नितु मैनाली| फेसबुकमा चाही “नितु शर्मा”| साची निदेश भाइको नाम पनि फेसबुकमा चाही “Need ace” थियो| दुबैलाई एक अर्का मन पर्छ कि नाइँ थाहाछैन तर दुबैलाई पुस्तक अत्तिनै मन पर्छ| दुवै पढ्नको सौखिन| जिउनलाइ सास हैन पुस्तक भए हुने दुबैलाई| दुबैको रुची उही भएपछी, दुवै एक अर्काको रुची बन्दै गए| दुवै किताब अझै पनि पद्थिए तर एक अर्काको मेसेज पनि उत्तिकै पढ्ने| किताब पढ्दै जाने अनि आफुलाई मन परेको कुरा लेखि पठायो| अचम्मको सम्बन्ध छ दुबैको| यहाँ सम्म कि उनीहरुलाई एक अर्काको पुरा नाम पनि थाहा छैन र जान्ने चाहना पनि छैन| उनीहरुलाइ एक अर्काको साथ नचाहिएको हैन तर खै के भन्नु| उनीहरुको जीवन सब्जी हो भने, माया नुन जस्तै थियो, स्वाद अनुसार चाहिने| यसरि नै चल्दै गयो उनीहरुको सम्बन्ध|
एक अर्कालाइ चिनेको तिन महिना हुदा पनि भेट्ने कुरा कसैले गर्दैनन् त| निदेश भाइ ठमेलको पल्पसा क्याफेमा बसेर कफी र किताब दुबैको मजा लिदै थियो| महिनाको एकपल्ट त्यहाँ पुगेको नै हुन्छ निदेश भाइ| निदेश भाइ यस्तो मान्छे हो जो फ्लिम पनि एक्लै गएर हेर्न सक्छ,जाबो क्याफे एक्लै जानु नौलो हैन उसलाई| नौलो कुरा के हो भने, त्यो दिन क्याफेमा उ एक्लै थियो र त्यहि बेला कोहि उसको अगाडी आयो| अरु कोहि नभएर नितु हो| भाग्यको खेल अचानक भेट भयो र भेटेको दिन खास रहयो| रातको ९ बजे सम्म संगै थिए उनीहरु| एक अर्कालाइ छाडी जान मन दुबैलाई थिएन|
एउटा होटेल बुक गरे र संगै बस्ने भए त्यो रात| भेटेको पहिलो दिनमा नै रात संगै बिताउने| किताबमा यति शक्ति हुन्छ थाहा भएको भए, म जहिले ठमेलमा कथा पढेर बस्थिए| हाहाहा| रात भरि… हजुरको शब्दमा भन्नु पर्दा सर, खात भाच्चिने गरि, पसिना बग्ने गरि र जिउ गर्ने गरि हल्लिए उनिहरु रात भर| तन्ना बिचरा, साढेको लडाईमा बाछा सरि भयो| बिहान उठ्दा११ बजेको, दुवै घर जान हत्तरिएको| दुवै नग्न अवस्थामा नै थिए, निदेशको हातमा नितुको कालेको आइडी कार्ड पर्यो| उसले त्यहाँ नितुको नाम देख्यो “नितु मैनाली|”
“तिमि मैनाली पो हो?”
“अह, किन र?”
“म बर्तौला हो|”
दुवै बीच मौनता छायो| त्यो पल के भयो मलाई थाहा छैन सर तर मैनाली र वर्तौला सहगोत्र हुन्| सहगोत्रीमा बिहे हुन्न| दाजु बहिनि परेछन्| उनिहरुले छुट्टिने निर्णय कसरि लिए थाहाछैन, कति गार्हो भयो उनीहरुलाईथाहा होला तर सैया बन्नु पर्ने मान्छे भैया भयो| हाहाहा| मुला निदेश भाइ, अहिले आफ्नो मुला आफै समाएर बस्नु परेको छ| हजुरको जस्तै पिडा पर्यो उसलाई पनि|”
सुरेन्द्र जी को कहानी, उहाको भाइको पिडा| हास्नु कि रुनु बनायो| दुरुस्त मसंग मिल्ने| चिया पनि सकियो र सोच्ने समय पनि| फेरी पनि कारमा चढेर, हाम्रो यात्रा सुरु भयो| यत्तिकैमा ताम्राकारको…
