साच्चि गीतको गायक “भरत सितौला” अनि गितको बोल छ “ओ रिया|” गीतको बोल निकै मन पर्छ मलाई|
““साझँको बेला छतमा बसेर
साझँको बेला छतमा बसेर
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया””
सुरेन्द्र: “ गाउबाट काठमाण्डौ आएपछी, सुरु देखि नै एउटा कोठामा बसेको थिए म| घरभेटि हैन मेरो काका जस्तै हुनु भएको थियो| त्यहि कोठामा बसेको लगभग ३ बर्ष भएको थियो| उहाको घरमा केहि मिठो मसिनो पाक्दा, एक बटुको मेरो कोठामा पनि आउथियो| कहिले बटुकोमा दाल आउने, कहिले सब्जी अनि कहिले अचार| कहिले सिकार आउने अनि कहिले गुन्द्रुकको झोल| कोठा हैन घर भएको थियो| घरभेटिको एउटा छोरा अनि एउटा छोरी| छोरा ५ मा पढ्ने अनि छोरी ३ मा| बेला मौकामा जब परिक्षा नजिक हुन्थियो, उनीहरु मेरो कोठामा पढ्न पनि आउथिए| यस्तै थियो हाम्रो सम्बन्ध| कहिले कोठाको भाडा ढिलो हुदा पनि, “बाबु संग पैसा भएन भने मलाई भन|” भनि उल्टै सहयोग गर्न खोज्नु हुन्थियो| ३ बर्ष एक पल्ट पनि केहि अप्रिय घटना भएको थिएन|
दिउसो भरि काममा हुन्थिए| त्यसैले कोठा दिउसो भरि खालि नै हुन्थियो| गाउबाट एउटा साथि आयो|बिहान उसलाई लिन कलंकी पुगे| हाम्रो गाउमा २ तल्ले भन्दा माथिको घर थिएन| म 4 तल्ले घरको चौथो तल्लामा बस्थिए| यसरि बेला मौकामा कोठामा साथि आउदा पनि कहिले केहि भन्नु हुन्थिएन घरभेटिले| काठमाण्डौमा पाहुना गनाउँछन् रे भनि सुनेको थिए| घरभेटीले चप्पल गन्छन् भनि पनि सुनेको थिए तर हाम्रो घरभेटि त्यस्ता थिएनन्| साथिलाइ भरोसा गरेर, दिउसो उसलाई कोठा छाडेर गएको थिए, आउदा बिजोग भएछ|
दिउसो उसले आफ्नो केहि साथि ल्याएको रैछ| मलाई सोध्नु पनि आवश्यक ठानेन उसले| साथी ल्याएकोमा मलाई केहि आपत्ति थिएन तर रक्सि पनि ल्याएको थियो| दिउसो भरि रक्सि पिएछन् अनि दिउसो भरि रमाएछन्| यहाँ सम्म पनि केहि आपत्ति थिएन मलाई| रमाउन बन्देज हैन तर अरुलाई दखल पुग्नु भएन नि| रक्सि पिउदै हल्ला पनि गरेछन्, अनि अपशब्द पनि त्यत्तिकै बोलेछन्| भित्ताको त कान हुन्छ, झन् उनिहरु ढोका खोल्दै बोल्दै थिए| बोल्दै हैन हल्ला गर्दै थिए| रक्सि पनि जीउले थाम्ने जति पिउनुपर्छ, उनीहरले कोठाको झ्यालबाट बान्ता पनि गरेछन| तर भाडा धुने ठाउमा पुरा बान्ता थियो| उनीहरुले गर्दा त्यो घरमा बस्ने सबैलाइ दखल पुग्यो| साथीले यति मात्र काण्ड गरेको हैन| केटि पनि बोलाए छ र झन् थप लफडा सुरु| कामबाट म कोठा फर्किदा यति काण्ड भइसकेको थियो| मलाई फेरी केहि थाहा थिएन, कोठा पुगेपछी मात्र थाहा भयो|
निकै सोझो घरभेटि| यति हुदा पनि केहि बचन लगाउनु भएन| “आज बाबुको साथिहरु आउनु भएको रैछ| अलि खुल्ला र भिन्न मान्सिकताको हुनुहुदो रैछ| बाबु उहाहरु निको मान्छे लागेन मलाई|” यति मात्र भन्नु भयो| उहाले केहि नभने पनि, मलाई आफै शर्म महसुस भयो| साथीले यस्तो गर्न नहुने हो| उसको गल्तिले मलाई लाजको पोखरीमा डुबायो| घरभेटिलाइ देख्दा जहिले परिवार जस्तो लाग्थियो, तर टाउको झुक्न थालेको थियो| उहालाई हेर्न पनि मुस्किल भएको थियो| उहाले केहि नभने पनि मलाई निकै गाह्रो भयो| नहुने गल्ति भयो, सच्याउन मुम्किन छैन तर पश्चाताप गर्न सक्थिए| कोठा सर्ने निर्णय गरे| यो निर्णय मेरो लागि मुस्किल थियो अनि मनले नचाहेको कदम थियो| घरभेटि पनि निराश थिए, कोठा नसरे हुन्छ जस्तो गर्नु भएको थियो तर मलाई ग्लानिको भाव थियो|
कोठा सर्नु पर्दा निराश थिए म| धेरै याद जोडिएको थियो| ३ बर्ष बिताएको थिए मैले त्यो कोठामा| आफ्नो जीवनको ३ बर्ष| धेरै अमुल्य पल बिताएको थिए त्यो कोठामा| जीवनमा सुखद पल धेरै थिएन, तर जति थिए त्यहि कोठाको खातमा गदगद भएर जिएको थिए त्यो पल| निराश हुदा पनि त्यहि कोठाको चार भित्तामा आफुलाई कैद गर्थीए| एउटा नया संसार थियो त्यो कोठा मेरो लागि| यहाँ सम्म कि, नया कोठामा सर्दा पनि, झुक्किएर कहिँ काही पुरानै कोठा पुग्थिए| घरभेटि संग सम्बन्ध अहिले पनि पहिले जस्तै राम्रो थियो| कोठा बदलिएको हो, मन हैन अनि सम्बन्ध पनि हैन|
नया कोठाको पहिलो केहि दिन निक्कै खल्लो रहयो| खल्लो रहेको भन्दा पनि, मैले नै खल्लो बनाएको हो| सुर्य उदाउने बित्तिकै कोठाबाट निक्लिन्थिए अनि अनि बेलुका सुत्न मात्र पुग्थिए| त्यसैले पनि केहि रस थिएन त्यो कोठामा| नया कोठामा एक महिना यसरि नै बित्यो होला| जहिले परिवर्तनबाट भागेर सकिदैन, परिवर्तनलाइ स्विकार्नु पनि पर्छ| त्यहि गर्ने निधो गरे| कोठामा सक्दो समय बिताउने कोशिस गर्दै गए अनि नया अनुहार र मान्छे चिन्दै गए| मेरै छेउको कोठामा एउटा भाइ पनि बस्थियो| निकै राम्रो गित गाउने अनि गितार पनि त्यत्तिकै मजाको बजाउने| जहिले साझमा छतमा उसंग बसेर, केहि मेरो गफ हुन्थियो, अनि केहि उसको गित| उसको गित सुन्न अरु केहि मान्छे पनि जम्मा हुन्थिए र एउटा भेला जस्तै हुन्थियो|
पल्लो घरमा कोहि कोठा सर्दै थिए| कोहि नया मान्छे आउदै थिए| थिए हैन, एक जना मात्र हो| उनको नाम जेसिका थियो| साझमा जुन भेला हुन्थियो, त्यसमा उनको पनि उपस्थिति हुन्थियो| संगै त हैन तर पल्लो छतमा| म एउटा छतमा अनि उनि अर्को| कहिले आखा जुध्ने अनि कहिले एकअर्काको मुहारमा एकअर्काको लागि हासो आउने| यसरि नै मित्रता सुरु भयो| सबै गित सुन्न ब्यस्त हुने अनि हामि एक अर्काको गफमा| यसरि हामि बीच एउटा सम्बन्धको सुरुवात भयो| मेरो जीवनको पहिलो सम्बन्ध…..”
बडो मिठो मुस्कानको साथ सुरेन्द्रजीले उहाको कहानी सक्याउनु भयो| उहाको मुस्कानले थाहा हुन्छ कि कति मिठास भरिएको थियो उहाको सम्बन्धमा| अहिलेको माहोल, वातावरण र मिजास नै यति मिठासपूर्ण भएको थियो तर एउटा भिन्न गित बज्यो जसले सबै बिथोल्यो| मेरो आखा अगाडी अतितमा पलहरु एक्कासी आए र डेरा जमाएर बसे| एउटा गीतमा कति तागत छ भनि बल्ल महसुस भयो| गीतको बोल”
