फेरी पनि कोहि साथि कहाँ गए कोहि कहाँ, अनि म फेरी पनि हिजो जस्तै, ६ तल्ला माथि बसेर, चुरोट सल्काउदै छु इस्मीको याद फेरी पनि आयो| उ पनि यतै हुनुपर्छ| उसलाई फोन गरौ कि? फेरी उनले के सोच्ने हो? मैले सहयोग गर्न खोजेको हो तर उनले गलत सोचे भने? यस्ता सोचहरु फेरी पनि दिमागमा आउन लागे| हिजो जस्तै फेरी पनि फोन नगर्ने निर्णय गरे| पठाओ पनि खोल्न मन छैन| आफ्नै सोचमा हराउन लागे फेरी पनि|
८ बज्न १५ मिनेट बाकी छ, सुजनको फोन आयो, उसको फोनले मलाई आफ्नो सोचको संसारबाट बाहिर तान्यो| “साथि, चुरोट छ? क्यान्टिनमा सकिएछ|” सुजनलाइ पक्का थाहा छ कि म छतमा छु भनि| दुवै उही प्रोजेक्टमा काम गर्ने अनि संगै चुरोट तान्ने साथि, यति पनि थाहा नभयो भने त के को साथि भन्नु|
“छ, तिमि आउने कि म आउ?” मेरो लागि दुवै उही हो, त्यसैले उसलाई नै रोज्न मौका दिए| उ आफै माथि आउदैछ| आयो, चुरोट सल्कायो, अनि कुन बेला घर जानी भनि सोध्न लाग्यो|
सुजन चुरोट पिउनको लागि मात्र यहाँ आएको हैन भनि बुझे मैले| उसको बोल्ने शैलीमा यो भाव प्रस्ट थियो| उसले मनमा केहि भावना थुनेर बोल्दै छ, उसले बोल्न चाहेको केहि अरु हो अनि बोल्दै केहि अरु छ| सोध्न जरुरि ठानिन, म आफ्नै सोचमा हराएको थिए, अरुको भावनालाइ अनायासै किन घोच्नु यदि त्यसमा कुनै चासो छैन|
“हिजोको लिफ्टको केटि को हो?” सुजनको मनमा यो प्रश्न पो रैछ| “कुन केटि” भनि सोध्न कर लाग्यो| सिधै चिन्छु भन्न उचित लागेन|
“लिफ्टमा तिमीलाई हेरेर हास्ने अनि तल पुगेर तिम्रो बाइकमा चढ्ने|” सुजनले सबै बिचार गरेको रैछ, उसले सबै हेरेको रैछ| मैले उसलाई ढाटेको काम लागेन|
“किन र?” सुजनको आशय नबुझी जवाफ दिनु ठिक हुन्न लाग्यो| कहिँ उसले चिनेको मान्छे पो परेको हो कि| फेरी मैले दिएको जवाफ उसलाई चित्त नाबुझ्यो भने|
“ सधै घर जादा देख्छु त्यो केटीलाई| बुलेट लाग्छे मलाई| तिमीले चिनेको भए नम्बर देउ न भनेर| कस्तो च्वाक है|” सुजनको जवाफले थोरै जलन भयो मलाई| किन दिनु मैले उसलाई नम्बर!
“ जति च्वाक भए पनि के गर्छौ केटा, बिहे भइसक्यो उनको|” किन थाहा छैन, तर झुठ बोले| जलनले मलाई झुठ बोल्न बाध्य बनाएको हो कि, मेरो पनि केहि स्वार्थ छ यसमा| यो मैले बुझेको छैन तर झुठ बोले र यसमा मलाई कुनै ग्लानि महसुस भएको छैन|
“ हो र! तिम्रो नातेदार हो र?” सुजनको यो प्रश्न, बडो गाह्रो प्रश्न| मैले झुठ बोल्नै पर्छ र साथीको बुडी भनि झुठ बोले| निर्धक्क र निडर भएर, लाज पचाएर सजिलै झुठबोले मैले| थोरै सोच्नु पनि परेन मलाई झुठ बोल्न, ओठमा पहिले देखि बास गरेको जस्तो झुठले|
एउटा चुरोट सकियो र अर्को चुरोटको मजा लिदै छौ हामि| मेरो ओठ हजारौ चुरोटको चिहान हो| मेरो मस्तिस्क हजारौ सोचको चिहान हो| मेरो हृदय, हजारौ यादको चिहान हो| अनि जीवन, धेरै सपनाको चिहान हो| चुरोटलाइ ओठको चिहानमा जलाउदै, मोबाइल चलाउदै छु| मेरो मोबाइलको स्क्रिनमा एउटा नया नम्बर देखियो र फोन आउदैछ| मैले नम्बर चिने, इस्मीको नम्बर हो| सुजन छेउमा छ, फोन उठाउन अप्ठेरो लाग्यो| फोन न उठाउ पनि कसरि, फोन उठाए|
“कहाँ छौ?” इस्मीले हेल्लो नभनेर सिधै कहाँ छौ भनि सोधीन्| उनको फोनको मतलब, उनि पनि टावरमा छिन्, उनको घर जाने बेला भयो, त्यसैले उनले फोन गरेकी|
“हिजो जहाँ थिए, त्यहि छु| किन र?” उनले किन फोन गरेकी भनि थाहा हुदै हुदै पनि केहि थाहा नभएको गरि जवाफ दिए|
“ पठाओमा कसैले एसेप्ट गरेन, कहिँ तिमि यतै छौ कि भनेर हो|” सत्य यहि हो तर यहि वाक्यलाइ उनले राम्रो तरिकाले भन्न सक्थिन् नि| सत्यलाइ सजाएर पस्किदा, सत्यले बिझाउदैन तर यसरि पस्किदा, काडेतारले झैँ बिझाउछ| उनले सत्य बोलेकोमा पनि मनले खुसि हुन रुचाएन|
“ यदि तिम्रो कहिँ जानु छैन अनि मिल्छ भने, मलाई गाह्र सम्म पुर्याईदिन्छौ?” करिब दुइ सेकेन्ड कसैले केहि नबोलेपछी, उनले आफै एउटा आग्रह गरिन्| मैले हुन्छ भने|
“जाउ यार, तिमीलाई मन परेको केटीलाइ घर सम्म पुर्याइदिनु पर्यो|” सुजन संगै छ, उसलाई आफु जानु पर्ने बताए| उसले केहि काम बाकि रहेको र पछी आउछु भनि छुट्टियो मसंग| लिफ्टमा नै भेट भयो इस्मी र मेरो|
“ तिम्रो कहिँ अरु ठाउ जानु पर्ने काम त थिएन नि है? तिम्रो प्लान छ कि नाइँ केहि नसोची फोन गरे| अप्ठेरो त लागेको छैन नि तिमीलाई|” इस्मीलाइ कसरि भनौ म, मलाई अप्ठेरो हैन खुसि लाग्दै छ|
“ हामि पुग्ने उही ठाउ हो| के को अप्ठेरो हो| निर्धक्क भएर फोन गर्दा हुन्छ|” मेरो सबै भन्दा ठुलो कमजोरी यहि हो, कुन बेला के बोल्नु पर्छ थाहा छैन|
“अनि तिमि बिजी भएउ भने नि?” इस्मीको प्रश्न, यो प्रश्नको जवाफ दिन मलाइ गाह्रो पर्नेछैन|
“बिजी रैछु भने बिजी छु भन्छु|” मलाई जवाफ दिन निकै सजिलो भयो|
“ आज मलाई पनि घर गएर खाना खान मन छैन| तिमीले खाजा खाइसकेको हो र?” इस्मीको यो प्रश्नको जवाफ के दिने भनि सोच्न लागे| सत्य बोलेर उनिसंग समय बिताउने मौका खेर फ्ल्यान मन लागेन र छैन भने| यस पछी हामि दुवै खाजा खानको लागि, कहिँ जाने भयौ| तर कहाँ जाने निश्चित भएको छैन| उसलाई नै ठाउ रोज्न भनि जिद्दी गरे र अन्तिममा उनले, “रेड- मड” जाने भनि पक्का गरिन्|
मैले बाइक स्टार्ट गरे, उनि मेरो बाइक पछाडी बसिन् र सधै जसो हाम्रो बीचमा ब्याग राखिन्| रेड मड पुग्न ५ मिनेट पर्याप्त भयो| उनले एउटा म:म: अनि लस्सी भनि र मैले आफ्नो लागि चिकेन रोल र एक्स्प्रेसो मगाए|
“ तिमिलाइ हेर्दा त्यस्तो लाग्दैन नि|” इस्मीले मेरो मन चोरेर केहि भन्न खोज्दै छिन्, के कसो मलाई केहि थाहा छैन तर केहि चाही पक्कै छ|
“मलाई हेर्दा कस्तो लाग्दैन? म कस्तो देखिन्छु र कस्तो छैन?” उनले सरल तरिकाले केहि भन्न खोज्दै छिन् र मैले त्यसलाई जटिल बनाइदिए|
“ मान्छे
