Part 5

“ मान्छे मिजासिलो गफ गर्छौ तर कफी किन यस्तो तितो पिउछौ?” के के न होला भनि सोच्दै थिए, उनि जाबो यस्तो प्रश्न गर्छिन्|
“ जे शुद्ध हुन्छ, मान्छेलाइ जीवनमा त्यो जहिले तितो लाग्छ|” ठिक यहि जवाफ मैले, आज भन्दा केहि महिना अघि, अरु कसैलाई पनि दिएको थिए|
“मतलब?” हो यहि जवाफ, यसरि नै, मैले आज भन्दा केहि महिना अघि, अरु कोहिबाट सुनेको थिए| पुराना यादहरु, हैन तिता यादहरु, आखा अगाडी आउन खोजे तर मैले त्यसो हुन दिन|
“ तिमिले मगाएको कफी, अनि यो मैले पिउने कफीमा के फरक छ थाहा छ? मैले पिउने कफी, थोरै देखिन्छ र कफीको शुद्ध अवस्थामा छ| यसमा केहि मिसाइएको छैन, त्यसैले पनि तितो स्वाद आउछ| तिमीले पिउने कफी, म अहिले जे पिउदै छु, त्यसमा दुध अनि स्वाद अनुसारको चिनी मिसाइएको छ, त्यसैले यसको तितोपन तिमिलाइ महसुस भएको छैन|” जवाफ पहिले देखि तैयार थियो मसंग, मात्र ओठमा अल्याएर शब्दको रुप दिनु पर्यो मैले|
“ अनि अघि के जीवनमा भनेको? कफी भन्न सक्थियौ नि|” उनिबाट नसोचेको जवाफ आयो| इस्मीको यो जवाफको जवाफ के दिने मलाई थाहा छैन| सोच्नु पर्छ मैले एकछिन| सोच्नलाइ समय चाहिन्छ अनि त्यो समय मैले चुरोट सल्काउने बहानाले आर्जित गरे|
“ तिमीले नबुझेको हो, तिमीलाई पकाएर दिएर मात्र नहुने, चपाएर दिनु पर्ने रैछ| तिमीलाई कसैले सिधै तिम्रोआखा अनि त्यसको गाजल नराम्रो भन्दा रिस उठ्छ, उसको त्यो बचन तितो लाग्न सक्छ तर यदि कसैले तिमिलाइ, तिम्रो आखा राम्रो छ तर अर्को गाजल लगायो भने झन् राम्रो देखिन्छ भन्यो भने तिमि मख्ख हुन्छौ| यो बचनमा अझै पनि तितोपन छ, तर त्यो तिमीले भुल्छौ| यहि हो जीवन| बुझेउ?” थोरै भूमिका बनाए अनि थोरै सत्यता मिसाए, यसरि उनलाई उनको प्रश्नको जवाफ दिए| आखा छेउमा आएको कपाललाइ, औलामा बतार्दै, कान पछाडी लगेर अड्काइन् उनले, अनि मुस्कुराइन्| मेरो जवाफ उनलाई मन पर्यो भन्ने प्रमाण  हो यो|
“चुरोट चाही किन? नपिउदा हुदैन?” इस्मीको यो प्रश्नले, अहिले बर्तमान भएपनि अतितमा बाचे जस्तो महसुस गरायो| यहि प्रश्न मलाई केहि महिना अगाडी, मलाई अरु कसैले गरिसकेको छ|
“यसको जवाफ छैन मसंग| म पनि यसको जवाफ खोज्दै छु|” मेरो जवाफ यहि हो| केहि महिना अगाडी केहि भिन्न जवाफ दिएको थिए तर अहिले फेरी त्यहि जवाफ फर्काउन मन लागेन| त्यसैले भिन्न अनि नया जवाफ तैयार पारेको हो मैले|

“ केहि मिठो जवाफ पाउछु भन्ने आशमा थिए तर खल्लो बनायौ तिमीले| मलाई पनि एउटा चुरोट देउ|” अचम्मको कुरा गर्दैछिन् इस्मीले| मलाई किन चुरोट पिउछौ सोधी, अहिले आफै चुरोट माग्दै छिन्| बुझ्न सकिन उसको मनको भाव| दिन्न पनि भन्न सकिन र किन भनि पनि सोध्न सकिन|
“ चुरोट किन पिउछौ भनि प्रश्न पनि गर्छौ अनि आफै चुरोट सल्काउन पनि खोज्छौ| केटीलाई बुझ्न गाह्रो हुन्छ भन्थिए, हो रैछ|” चुरोटको बट्टाबाट एक खिल्ली चुरोट निकाल्दै, चुरोट र जवाफ संगै नै दिए उनलाई| मलाई उपयुक्त लागेको जवाफ दिए तर उनको प्रतिक्रिया कस्तो आउने हो|
“मैले यो हैन, तिमिले सल्काएको चुरोट मागेको| त्यहि देउ|” एउटा नया खिल्ली सल्काउन दिएको उनलाई, मेरै खिल्ली चाहिने रे| इस्मिलाई अनि उनको शब्द, दुवै बुझ्न झनै गाह्रो हुन लाग्यो|

“जुठो खायो भने….” आफ्नो वाक्य पुरा पनि गर्न पाइन मैले| उनले मेरो हातबाट सल्किएको चुरोट खोसिन् अनि निभाईन्| 

“मैले चुरोट तान्न मागेको हैन|” उनको क्रियाले झनक्क रिस उठेको थियो, उनको शब्दले त्यो रिस कम गर्ने थोरै पनि कोशिश गरेन| अरु कसैले यसरि नै मेरो चुरोट निभाउदै, यहि शब्द भनेको भए के गर्थिए, मलाई आफैलाइ थाहा छैन| पहिलो पटक यस्तो हुदै छ मसंग| इस्मीले यति भन्दापनि मैले आफुलाई सम्हालेर बसेको छु, आफुलाई भन्दा पनि आफ्नो रिसलाइ|

“अनि किन मागेको त?” मैले प्रश्न गर्न बाहेक अरु केहि गर्न सकिन|

“देखिनौ किन भनेर? कि फेरी हेर्न मन छ?” उनले यसरि हासेर जवाफ दीईन्, मेरो रिस मर्नु पर्ने हो तर मलाई झनै रिस उठ्यो|
“ तर किन भाचेको मेरो चुरोट?” म हैन मेरो रिस बोल्दै छ|
“ म यस्तै नै छु| जसले मेरो प्रश्नको जवाफ दिन सक्दैन, उसले मेरो अघि चुरोट पिउन पाउदैन| पहिले जवाफ देउ, तिमि चुरोट किन पिउछौ?” इस्मीको यो जवाफमा कुनै रस छैन तर पनि मेरो रिस मर्यो|
“मतलब अब तिमीलाई भेट्दा, मैले चुरोट पिउन मिल्दैन?” अहिलेको प्रश्न मैले गरेको हो, मेरो रिसले हैन| इस्मीको अनुहारमा हेरेर मुस्कुराउदै प्रश्न सोधे मैले|
“ मैले त्यस्तो भने? जवाफ देउ, चुरोट पिउ|” उनले यति हकले मलाई चुरोट पिउनबाट रोक्दै छिन्, मानौ हामि बीच कुनै पुरानो सम्बन्ध छ|

खाजा, कफी अनि गफ, ९ बज्यो| रात धेरै भइसक्यो| एक्लै नबस्ने भएको भए, मेरो घरबाट पनि फोन आउथियो होला र उनको घरबाट पनि| गफ र खाजा, दुवै सकिएपछी, समय पनि सकिएको जस्तै भयो| बिल कति भयो भनि प्रश्न गरेउ| बिल हाम्रो अगाडी छ तर पैसा कसले तिर्ने भनि हामि बिबाद गर्न लागेउ| उनलाई जित्न दीन मैले|

“आज म तिर्छु, अर्को पालि तिमि  तिर्नु|” बिल तिर्ने मेरो प्रयास यस्तै छ|

“ अर्को पालि भेटिन्छ भन्ने के छ र?” इस्मीको जवाफ भन्ने कि प्रश्न, जे भएपनि यहि हो|
“असार महिना, पानि पर्छ नै, भेट हुन्न भनि  विश्वास गर्न सक्दिन|” जे मनमा छ, त्यहि नै जवाफ दिए|
“ खुब जानेको छौ है| ल तिमि तिर तर अर्को पालि म दिन्छु|” इस्मीले यति भनेपछी मैले आफ्नो क्रेडिट कार्ड दिए वेटर भाइलाइ|
“सर, हाम्रोमा कार्ड मेसिन बिग्रिएको छ| क्यास पेमेन्ट गर्नु पर्ने हुन्छ आज| सरि सर|” वेटर भाइले दुबिधामा पार्यो मलाई| पर्समा १३० रुपे छ अनि बिल ७१० को| अब के गर्ने? इस्मी मेरो अनुहारमा हेर्दै हास्न लागिन्| मुसु मुसु हास्दै छिन्|
“मैले अघि देखि भन्दै थिए, म तिर्छु भन्दै| हेरेउ भगवानले पनि त्यहि चाहनु हुदो रैछ|” इस्मीले यति भन्दै १००० को नोट राखिन् बिलमा| एकछिनमा फिर्ता पैसा आयो| उनले फिर्ता आएको एक पैसा पनि फिर्ता लिईन, सबै टिप्स दीईन्| टिप्स म पनि दिन्थिए तर त्यति धेरै चाही हैन| रेड- मडबाट निक्लिएर मैले बाइक स्टार्ट गरे| 

मैले बाइक स्टार्ट गर्नु र उनको फोन आउनु संगै भयो| उनले हातले “एकछिन” भन्दै संकेत गरिन् र फोनमा बोल्न लागिन्| “ल म भर्खर हिड्न लागेको| १० मिनेटमा पुग्छु|” इस्मीले बोलेको अन्तिम वाक्य मात्र सुने मैले| यति भनेर उनले फोन काटिन्, पानि रोकिएको थियो, रेनकोट लगाउनु परेन| उनि मेरो बाइकको पछाडी आएर बसिन्, अनि सधै जस्तो हाम्रो बीचमा आफ्नो ब्याग राखिन्| यसरि घरको यात्रा सुरु भयो| क्याम्पस गेट अघि पुगेका थियौ, बाटोमा खाल्डो रैछ| यो बाटो नहिडेको युग भएको छ, त्यसैले पनि थाहा नभएको हो मलाई| खाल्डो मतलब मान्छे अट्ने हैन, तर त्यस्तै पर्यो भने बाइक लड्ने खाले| हाम्रो बाइक त लड़ेन तर ठुलो झट्का महसुस भयो|मैले चाहेर खाल्डोबाट बाइक लगेको हैन भनि मलाई थाहा तर उनलाई के थाहा| उनले के के सोचिन् होला| त्यो खाल्डोबाट बाइक जादा, त्यो झट्का यस्तो थियो, जसले गर्दा उनको शरीर मेरो शरीरमा टासिन पुग्यो| उनको स्तन मेरो ढाडमा जोतियो|  उसको स्तनको स्पर्श मेरो ढाडले महसुस गर्यो तर मैले जानी जानी त्यस्तो गरेको हैन| यसमा मैले कुनै मजा पनि लिएको हैन| मलाई उल्टै डर लाग्दैछ, इस्मीले के सोचिन् भनि|
“सरि|” मैले आफ्नो गल्ति स्वीकारेको भन्नु कि मलाई ग्लानि रहेको महसुस गराएको| मैले इस्मीसंग माफी मागे|
“ गल्ति गर्ने…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts