Part 3

कोहि साथि कहाँ गए कोहि कहाँ, अनि म फेरी पनि हिजो जस्तै, ६ तल्ला माथि बसेर, चुरोट सल्काउदै छु| अनायसै सोचमा हराउने गरेको छु एक्लै हुदा| कहिले के को सोचमा कहिले के को| अहिले काठमाण्डौ सहरको बारे सोच्दै छु|

अचम्म लाग्छ यो काठमाण्डौ सहर| 

पानि नपर्दा जता त्यतै धुवा र धुलो बाहेक केहि हुन्न| पानि पर्दा, शितल हुन्छ, बातावरण रमणीय हुन्छ तर जता त्यतै हिलो पनि हुन्छ| मुसलधारे पानि परोस् या प्रचण्ड घाम, कहिले चित्त नबुझ्ने मेरो| बरु पानि पर्दा, नगरकोट या अरु कुनै पहाड तिर पुगेर, आगो ताप्दै, मासु चपाउदै, रक्सि पिउन मजा आउछ| न हिलोले पिरोल्ने न घामले|

शंखमुल जस्तो भिड हुने ठाउमा बसेर, सोचमा चाही नगरकोट पुगीसके म| अचम्म छ यो सोच्ने शक्ति र बानि| पानि रोकिएन भने रातभर यहि बस्ने कुरा आउन्न| इस्मीको याद आयो| उ पनि यतै हुनुपर्छ| उसलाई फोन गरौ कि? फेरी उनले के सोच्ने हो? मैले सहयोग गर्न खोजेको हो तर उनले गलत सोचे भने? फोन नगर्ने निर्णय गरे| एक चोटी पठाओ चाही खोल्ने भए|

फोन आउदा त्यति मोबाइल भाइब्रेट हुन्न जति पठाओ अन गर्दा| बाढी नै आउछ एकछिन| मेरो मोबाइलको स्क्रिनमा, हिजोको नाम फेरी देखे मैले, “इस्मि इस्मी”| एसेप्ट गर्नलाईअर्को पल लागेन मलाई| रिक्वेस्ट देख्ने बित्तिकै एसेप्ट गरे| हामि बीच केहि खास छैन तर पनि खै, मन खुसि भयो उनको रिक्वेस्ट देख्दा| किन मन यस्तो संबेन्दनशिल हुन्छ, खुसि हुन र दुखि हुन कहिले कारण चाहिदैन तर कहिले ढुंगा सरि कठोर बनिदिन्छ|

फोन गरे इस्मीलाइ अनि “कहाँ छौ?” भनि सोधे|
“को हो र?” ला मैले पो उनलाई चिनेको हो, उनले हैन नि| म पनि कस्तो लाटो, उनले मलाई चिन्छिन् भनि कसरि ढुक्क हुन सक्छु म|

“म पठाओबाट|” इस्मीको प्रश्नको जवाफ दिन बाहेक अरु केहि व्याख्या गर्नु जरुरि ठानिन| एकछिनमा भेटे भने उनले आफै चिन्लिन् भन्ने आश छ|

“शंखमुल टावर थाहा छ है, त्यहि तल आउनु न| कति टाइम लाग्छ?”  इस्मीले फोनको अर्को तर्फबाट जवाफ दीईन्|

“१ मिनेट, म छतमा छु टावरको|” यति भन्दा पनि उनले चिनिन भने चाही मैले धेरै सोच्ने रैछु भनि प्रमाणित हुन्छ| मेरो पो उनि पहिलो राइड थिइन्, उनले म जस्तो धेरै भेटिसकेकी छिन्|

“ए तिमि पो, ल हुन्छ आउ न त| म पनि निक्लिए|” धन्न उनले चिनीन् तर म के पक्का छु भने, उनलाई मेरो नाम थाहा छैन नत्र उनले मेरो नाम भन्थिन् पक्कै पनि|

हातमा चुरोटको ठुटो छ, अन्तिम सर्कोको मजा अझै पनि लिन मिल्छ| अन्तिम सर्को ताने र चुरोटको ढुटोलाइ पाइलाले कुल्चीए अनि लिफ्ट तिर बढे| कसैले मलाइ सोधेको थियो, “आफैले सल्काउछस्, आफैले अन्तिम सर्को सम्म तान्छस् र आफैले अन्तिममा कुल्चिन्छस् पनि| पाइलाले कुल्चिनु किन, त्यसै मिल्काई दिए हुन्न?”

“चुरोटको नियतिमा नै त्यहि लेखिएको छ, अरुलाई सन्तुष्टि दिन आफु जल्छ| यदि त्यो चुरोट मेरो हातबाट जलेको छ भने, त्यसलाई म अन्तिम सर्को सम्म तान्छु तर अन्तिम सर्को पछी पनि चुरोट जल्दै नै हुन्छ| यदि मैले त्यसै त्यो ठुटोलाइ फ्यालिदिए भने, त्यो अझै जल्ने छ, बरु मैले कुल्चियो भने त्यसको पिडा सक्किने छ|” यहि जवाफ दिएको थिए मैले|

लिफ्टसम्म पुगे| लिफ्ट भुइँ तल्लामा छ| मैले बटन थिचेपछी लिफ्ट माथि आउने क्रममा छ र यहि क्रममा लिफ्ट दोस्रो तल्लामा रोकियो, दोस्रो पछी चौथो तल्ला अनि त्यसपछि छैठो तल्लामा| लिफ्टको ढोका खुल्छ, मैले पहिलो अनुहार देखेको भनेको इस्मीको हो| हामीले एक अर्कालाइ देखे पछी थोरै मुस्कुरायौ| तर लिफ्टमा इस्मी मात्र थिइन| 

“माथि पो थियौ तिमि|” अफिसमा मसंगै काम गर्ने अर्को साथि पनि छ लिफ्टमा, उसको नाम सुजन|

“पानि पर्दै थियो, त्यसैले छतमा बसेको थिए|” यति जवाफ दिदा सम्म हामि भुइँ तल्लामा पुगेउ| पार्किंगबाट बाइक निकाले र इस्मी बाहिर थिइन्| उनि म तिर आइन्, मेरो बाइकको पछाडी चढीन्, अनि फेरी पनि हाम्रो बीचमा आफ्नो ब्याग राखिन्|

“ कस्तो अचम्म है| पहिलो पटक एउटा मान्छे दुइ पल्ट भेटे मैले पठाओमा|” इस्मीको यो वाक्यमा रमाउनु कि दुखि हुनु भनेर सोच्न मुस्किल पर्यो| उनले मलाई याद गरेकी छिन् भनि खुसि हुन खोज्छु तर उनले म हैन पठाओ भनि सम्बोधन गरेकोले खुसि हुन सकिन|

“म पनि त्यहि सोच्दै छु| त्यो पनि लगातार दुइ दिन भेटिएको| धेरै दिन पछी, लगातार दुइ दिन पठाओ चलाउदैछु म|” म दोधारमा छु| दोधारमा छु, इस्मीसंग कसरि बोलौ भनि| खुलेर, उनको सामु आफुलाई खुल्ला किताब बनाउ कि उनलाइ पठाओको यात्री जस्तो व्यवहार गरौ| त्यहि दोधार बीच मेरो यो जवाफ आएको हो|

“अघि भेटेको साथि,  तिम्रै अफिसमा काम गर्ने हो?” उनलाई म प्रति चासो भएको हो कि, अरु केहि बोल्ने बिषय नभेटेपछी उनले यो प्रश्न गरेकी हुन्| जे होस्, बोलचाल अघि लग्ने माध्यम भेटियो|
“ हो, प्रोजेक्ट पनि उही हो| उ चाही….” आफ्नो काम बारे थप भन्न मन थियो तर रोकिए| म के गर्छु भनि मलाई मात्र उत्सुकता लाग्न सक्छ तर उनलाई यो कुराले वाक्क बनाउन सक्छ| त्यसैले पनि रोकिएको हो म|
“ घरमा को को हुनुहुन्छ?” इस्मीको प्रश्न| इस्मिको प्रश्ननले उ प्रति आकर्षित छिन् भनि झल्काउन कुनै कसर बाकि छाडेन|

“म, मामु, बाबा, अनि बहिनि| तर म यहाँ एक्लै बस्छु| मामु बाबा गाउमा, बहिनि बुटवलमा छिन्|, नर्स पढ्दै छिन्|” उनले परिवारमा कति सदस्य छन् सोधेकी थिइन्, मैले भने एक एक बताए, को कहाँ छन् भनि|

“ यहाँ एक्लै पो बस्छौ? अनि यति खेर गएर खाना कसरि बनाउछौ?” म प्रति उनको रुची, उनको प्रश्नमा एक पछी अर्को गरि देखिदै छ|
“ बेलुका खाजा खाएर आउछु अनि किन पकाउनु पर्यो खाना| कहिले काही अत्तिनै भोक लाग्यो भने चाही चाउचाउ खान्छु|” मैले यत्तिमा आफ्नो जवाफ सक्याए| मैले आफ्नो जवाफ पछी उनलाई प्रश्न गर्न सक्थिए तर मैले राम्रो मौका गुमाए|
“अनि बिहान चाही?” एक पछी गरि उनले यति प्रश्न गर्दै छिन्, मानौ उनि अमेरिकी सैनिक अनि म आतंककारी|

“बिहान अफिसमा नै हो|” केहि चाखलाग्दो गफ होस् भनेको, तर मैले त्यस्तो गर्न जानिन| उनको प्रश्नको एक भन्दा अर्को चाखलाग्दो र रमाइलो जवाफ दिनु पर्ने मैले तर मेरो जवाफ रस चुसेको आपको आठी जस्तै छ| न कुनै रस छ न कुनै स्वाद| एकछिन मौनता छायो, हामि बीचको बार्तालाप ओइलाउदै छ, यसमा रस भर्ने जिम्मा मैले लिनु पर्छ अब|

“ को को बस्छौ तिमि चाही?” जडिबुटीबाट लोकन्थली पुग्दासम्म, मैले जति सोचे पनि, मात्र यति प्रश्न गर्न सके| “एक्लै बस्छु|” उनले यति मात्र भनेर आफ्नो वाक्य सक्याईन्|

थोरै गफ मेरो बारे अनि थोरै गफ उनको बारे, यसरि नै उनको घरको गेट अगाडी पुगेउ| आजको सफर यसरि नै सकियो| पैसा लिन मन थिएन तर उनले जबरजस्ती गरेर हातमा राखीदीइन् पैसा| लिनै पर्यो| आजको दिन अझै 4 घण्टा बाकि थियो, तर केहि खास रहेन| घर पुगेर केहि बेर फेसबुक, थोरै यु-ट्युब, निदाए नै|

बिहान उठ्दा मौसम सफा छ| घाम चर्को नै छ| अफिस पुगे र अफिस सधै जस्तो नै रहयो| बेलुका म:म: खानको लागि होटेल पुगेउ साथिहरु|  म:म: खाएर होटेलबाट निक्लिने बित्तिकै फेरी पनि पानि पर्यो र फेरी पनि शंखमुल टावर नै फर्किनु पर्यो| फेरी पनि कोहि साथि कहाँ गए कोहि कहाँ, अनि म फेरी पनि हिजो जस्तै, ६ तल्ला माथि बसेर, चुरोट सल्काउदै छु… 

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts