“भन्दैछु| केहि बोल्ने हैन बिचमा| उसको घरमा थाहा थियो मेरो बारेमा| हाम्रो सम्बन्ध बारे उसको घर अनि हाम्रो साथीलाई मात्र थाहा भएर नहुने| मेरो घरमा थाहाथिएन| मेरो घरमा भन्नु सजिलो काम थिएन| मेरो बिहेको कुरा प्लस टु पछी नै सुरु भएको थियो| मलाई त्यो बखत बिहे गर्नु थिएन| ब्याचलर सकिएपछी मात्र बिहे गर्छु भनेर जिद्दी गरेको थिए घरमा|
कसैले पी मान्न तैयार हुनुहुन्थिएन| जसरि भएपनि मेरो बिहे गरिदिने कुरा गर्दै हुनुहुन्थियो| बरु बिहे पछी पढ्नु भनि| बिहेपछी पनि केटाले पढ्न दिन्छ भन्दै हुनुहुन्थियो| हुनेखाने खान्दानको विदेश बस्ने केटा| परिवार मेरो शुभ चिन्तक नै हो, मेरो भलाई नै सोच्नु भएको थियो सबैले तर मैले त्यहाँ ब्यापार देखे| १९ बर्ष कि थिए म, अनि केटाको उमेर ३१ बर्ष| त्यहाँ भबिस्य रामो होला तर बर्तमान नि| त्यहि पनि कारण हो मैले बिहे गर्न नखोज्नुको|
रिसाए, घुर्काए, थर्काए तर जसरि पनि जिद्दी गरे र आफ्नो बिहे रोकेको थिए| त्यसरी बिहे रोकेर कलेज पढ्न गएको थिए म, अब फेरी बिहे गर्छु भनि कसरि भन्नु घरमा| सोच्न लागे| बिहे नगरी निश्चल जान्न भन्दै थियो| उसलाई हाम्रो सम्बन्धमा बिस्वास नभएको हो कि समयमा, बिहे नगरेर गयो भने सम्बन्ध अन्त्य हुन्छ भन्थियो| त्यसैले पनि बिहे गर्नु पर्ने थियो|
मसंग दुइ विकल्प थियो| पहिलो घरमा सम्झाउने दोस्रो संजोकलाइ सम्झाउने| घरमा सम्झाउनु मुस्किल हुन्छ भनेको थिए, त्यसैले यो बिकल्प रोजाईमा नपरोस् भनेको तर निश्चललाइ सम्झाउन झनै गाह्रो| उसले बुझ्न चाहेन नत्र मैले प्रयाश नगरेको हैन| रातमा छतमा गएर, तारा गन्दै, जुनको उज्यालोमा उसको ठाउमा आफुलाई राखी हेरे| उसले गलत भनेको थिएन| उसले जे भन्दै थियो सहि थियो| यदि बिहे गरेर गयो भने, म पनि चाडै अमेरिका जान पाउछु अनि संगै हुनेछौ हामि| नत्र अर्को दुइ बर्ष पर्खिनु पर्ने|
फेरी बिहे भएपछी, मन यता उता बरालिदैना| केहि जिम्मेवारी हुन्छ अनि केहि साइनो पनि| बिहे अघिको सम्बन्ध दुइ जनाको हुन्छ, बिहे पछी दुइ परिवार सम्बन्धमा गासिन्छन्| दुइ जनाको सम्बन्ध तोड्न या छुट्टिन सजिलो हुन्छ, तर दुइ परिवारको सम्बन्ध टुट्न या तोड्न त्यसको सजिलो हुन्न| किन कि त्यो सम्बन्ध हामिबाट सुरु भएको भए पनि, बिहेपछी त्यो सम्बन्ध हाम्रो नभएर परिवारको हुन्छ| तयसैले पनि बिहे गर्न खोजेको हप उसले|
मैले बुझे उसको कुरा तर घरमा कसरि भन्नु मैले| घरमा के भन्नु हुने हो फेरी| अस्ति भर्खर त्यत्रो कसर लगाएर बिहे नगरेको| सोच्न लागे| आमा एक्लै हुनुहुन्थियो भान्सामा, त्यहि मौका मिलाएर आमालाई भन्न खोजे तर सकिन| बुवा टिभी हेर्दै हुनुहुन्थियो, बुवालाइ पनि भन्न सकिन| भाउजु र दाइलाई पनि भन्न सकिन| निश्चल आफै आउछु भन्दै थियो, मलाई त्यस्तो गर्नु थिएन|
आट गरे, बेलुका खाना खाने बेला, सबै भान्सामा हुनुहुन्थियो| सबै खाना खादै हुनुहुन्थियो| त्यहि बेला मैले मनको सुर्के थैली खोले अनि सबै बताए सबैलाई| सोचे भन्दा सजिलो भयो, निश्चल अनि उसको परिवारलाइ भेट्न खोज्नु भयो| भोलि पल्ट नै निश्चल आयो मेरो घरमा अनि बिहेको कुरा पनि पक्का भयो| लहरा तान्दा पहरा तानिन्छ, धेरै मान्छे बोलाउनु पर्छ बिहेको लागि तर त्यसको लागि समय कम थियो| मन्दिरबाट बिहे सक्याउने भइयो| त्यहि अनुसार बिहे सकियो| म खुसि अनि हाम्रो परिवार पनि|
निश्चल अमेरिका उड्यो केहि दिन पछी| उ अमेरिका गएको ३ बर्ष हुन लाग्यो| बुढो बिनाको घर, मन नलाग्ने रैछ बस्न| निश्चलसंग बिहे पछी मैले धेरै समय बिताउने मौका नै पाइन| निश्चलको माया संगै उसको परिवारको लागि माया बढ्दै जाने हो तर… म त्यो घरको बुहारी हो अनि त्यो परिवार पनि मेरो हो तर परिवारले मलाई रोके जस्तो लाग्यो| निश्चलले मैले नभने पनि बुझेको थियो यो कुरा| त्यसैले उसले घरमा कुरा मिलाएर मलाई काठमाण्डौ बस्ने व्यवस्था मिलायो|यो घर किनेको पनि ६ महिना भयो| उसले घरमा भनेको छैन| मेरो भिसा लागेपछी भन्ने भनि पर्खेको छौ| त्यसैले पनि हो म यहाँ बसेको, एक्लै| अबको केहि महिनामा मेरो पनि भिसा आउनु पर्ने हो| ६ महिना जति मा आउछ भन्थियो निश्चलले| हेरौ के हुन्छ|” इस्मीले केहि पनि बाकि नराखी सबै सुनाएकी हो मलाई| उनले अहिले सम्म मसंग केहि लुकाएकी हैन र लुकाउन खोजेकी पनि हैन भनि बुझेको थिए मैले| ढिलो बुझे तर बुझे| त्यहि पनि मेरो मनमा धेरै प्रश्न थियो| त्यो प्रश्नको भार बोकेर म आफ्नो कोठा फर्किन सक्दिन थिए|
“अनि मसंग यसरि किन नजिकियौ|” उनले हाम्रो बारेमा के सोचेकी थिइन् थाहा थिएन मलाई तर मैले उनलाई आफ्नो मनको रानी सोचेको थिए| प्रश्न सोध्न बाध्य भए|
“म यहाँ एक्लो थिए| कोहि साथि छैन भने पनि हुन्छ| अनि तिमिलाइ भेटे| पठाओ पहिले पनि चढेको थिए तर उनीहरुको नियत राम्रो थिएन| जब तिम्रो बाइकको चक्का खाल्डोमा पर्यो, त्यो बेला तिमीले सरि भनेको थियौ| तिम्रो यो कुरा मन पर्यो| फेरी हाम्रो भाग्य,दिनकै भेट हुन लाग्यो| तिमि मेरो साथि हो, यस्तो साथि जो संग म आफु हुन सक्छु| जसलाई मैले मनको कुरा भन्न सक्छु| तिमि मेरो साथि हौ तर धेरै महत्व बोक्छौ तिम्ले मेरो जीवनमा| तिम्रो नियत अनि हाम्रो सम्बन्ध, निश्चल छ, जहाँ कुनै स्वार्थ छैन| छ त केवल, एक अर्काको लागि सम्मान अनि स्नेह|” इस्मीको जवाफले मेरो चित्त बुझेको थियो| मैले यो बिषयमा अरु केहि प्रश्न गरिन| भोलि भेट्ने भनि म आफ्नो कोठा फर्किए|
उनको अगाडी सामान्य तरिकाले पेश आएपनि
