“ कलेजमा चिनेको मैले उसलाई….” इस्मीको कथाको सुरुवात भयो| उनले अरु केहि अझै नै भन्दै थिइन् तर मैले बिचमै रोके उनलाई|
“मतलब लभ म्यारेज|” मेरो यहि प्रश्नको कारण रोकिएकी हुन् उनि|
“तिमि ऋषि धमला हो? के प्रश्न गरेको? मलाई बोल्न देउ खुरुक्क|” मेरो प्रश्नको यस्तो जवाफ आउला भनि मलाई के थाहा| मैले चुप लाग्ने बाचा गरेपछी उनले आफ्नो कहानी सुरु गरिन्|
“हामिले एक अर्कालाइ कलेजमा भेटेको| bbs पहिलो बर्ष, म आफ्नो साथिहरुसंग क्यान्टिनमा थिए| बास्केटबल कोर्टको छेउमा नै क्यान्टिन थियो| क्यान्टिनमा बसेर, खाजाको मजा लिदै बास्केटबल खेलेको पनि हेर्न मिल्ने| खेल्न न आएपनि बास्केटबल खेलेको हेर्न निकै मजा आउने| त्यसैले पनि ब्रेकको तिस मिनेट क्यान्टिनमा नै हुन्थियौ हामि| खेल्न पनि मन लाग्ने तर केटाहरु साढे जसरि खेल्थिए, कहिले आट आएन बास्केटबल कोर्ट छिर्ने|
त्यो दिन केहि भिन्न रहयो| ब्रेक पछिको क्लास खालि, टिचर न आउनु भएको| क्यान्टिनमा हुदा नै थाहा पायौ हामीले| सबै केटाहरु क्लास तिर गए, बास्केटबल कोर्ट खालि| हामीले कार्ड दिएर बास्केटबल रिसेप्सनबाट लिएउ| आएपनि न आएपनि, बास्केटबल खेल्न लागेउ| ६ जना केटि मिलेर, बास्केटबलको हरेक नियम तोडेको हुनुपर्छ हामीले| बास्केटबल हातले मात्र हैन, खुट्टाले, निधारले, के के ले खेलियो खेलियो|
एकछिन खेलेको केटाहरुको हुल आयो| उनीहरुलै पनि थाहा भएछ, टिचर न आउने हुनु भयो भनि| केटाहरुलाइ अप्ठेरो भयो केहि बेर, चुप लागेर हामि खेलेर बसेको हेरी रहे| तर एकछिन पछी उनिहरु पनि आए मिलेर खेलौ भन्दै| हामीले नाइँ भनिनौ| दुइवटा टिम बनाइयो, ३ ३ जना दुइटा टिममा अनि बाकि केटा| हामि त्यहाँ खेल्न हैन रम्न गएको थिअयु|
केटाहरु हामिसंगै खेल्दै थिए, मलाई डर पनि लागेको थियो| उनीहरु जंगिएर खेल्ने हुन् कि भनि डराएको थिए तर त्यस्तो केहि भएन| बरु हामीले उनीहरुको बेहाल परेको थियौ| हामीलाई खेल्न नआउने अनि हाम्रो नङ्ग पनि लामो| कहिले उनीहरुको हातमा लाग्ने अनि कहिले घाटीमा| कहिले बल खोस्न खोज्दा मान्छेलाइ धक्लिने हामि अनि कहिले उनीहरुले बल लग्न खोज्दा उनीहरुलाइ समाईदिने|
सबै ठिकै नै थियो तर एक चोटी मैले बल खोस्न खोज्दा एउटा केटाको सर्ट च्यातियो मेरो नंगले अनि घाउ नै भयो| रगत बगेको थिएन तर रगत देखिएको भने अबस्य थियो| हाम्रो खेल त्यहि रोकियो| उसको हातमा ब्यान्डेज लगाउनु पर्ने| त्यहाँबाट उसको नाम थाहा भयो| “निश्चल” हो उनको नाम| त्यहाँबाट नै हाम्रो चिनजान सरु भयो| त्यो दिन कफीको लागि संगै बाहिर गयौ| हामि दुइ मात्र हैन, अरु साथि पनि थिए|
दिन बित्दै गयो, अनि हामि नजिकिदै गयौ| साथिहरु चाहीन छाड्यो हामीलाई, कफी पिउन जाने बेला| गफ संगै मन पनि मिल्दै गयो| केहि समय लाग्यो, काग भाग २ महिना, त्यसपछि हामि सम्बन्धमा गासियौ| सम्बन्धमा के कस्तो गफ हुन्छ र के हुन्छ बाकि भनि तिमीलाई थाहा छ, त्यो भन्दिन| जे होस् खुसि थियौ हामि| दुवै जना खुसि थियौ| bbs को फर्स्ट यियर पनि सकियो|
साथिलाइ मात्र हैन, उसको परिवारलाइ पनि थाहा भयो हाम्रो सम्बन्ध बारे| परिवारलाइ थाहा हुने बित्तिकै जिम्मेवारी बढेको महसुस भयो मलाई| सम्बन्ध झनै मजबुत भयो| अब यो सम्बन्धमा हामि मात्र हैन, परिवार पनि छ| मैले भने आफ्नो परिवारलाइ केहि भनेको थिइन| उससंग जस्तो हिम्मत थिएन मसंग अनि समय पनि सहि हैन मानेको थिए मैले|
“नेपालमा केहि छैन| म मौका मिल्ने बित्तिकै बाहिर जान्छु” भन्थियो उसले| नभन्दै बिबिएस दोस्रो बर्षमा हुदा उसको डिभी पर्यो| उ यति खुसि भयो, खुसिको सिमा नहुने रैछ| मसंगै थियो निश्चल, अब उसले यो खबर सुन्यो| मान्छे थिए वरीपरि तर पनि केहि ख्याल नगरी, पोखरा बसपार्क अगाडी उसले मलाई अंगाल्यो| हामि त्यहाँ बस पर्खिएर बसेको थियौ| म लाजले भुतुक्क अनि उ खुसिले हुरुक्क|”
इस्मी बोल्दा बोल्दै रोकिन्| किन थाहा छैन, तर उनि चुप लागिन्| के भयो भनि सोध्न मन थियो तर अघि बोल्दा गालि खाएको थिए,बोल्न डर लाग्यो|
“अल्छी त लागेको छैन नि?” इस्मिले प्रश्न गरिन्|
“म निदाए र?” भिन्न तरिकाले जवाफ दिए उनको प्रश्नको|
“हैन त्यहि पनि सोधेको|” उनले औपचारिकताको लागि मात्र प्रश्न गरेकी भनेर बुझे मैले|
“भिसा लागेपछी के भयो?” म उत्सुक थिए|
“हाम्रो सम्बन्धमा अहिले सम्म केहि बाधा आएको थिएन| मलाई के थाहा, केहि दिनमा सबै बदलिने वाला थियो भनि..|” इस्मी बोल्दै नि थिइन् तर मैले फेरी पनि रोके| “किन? के भयो?” मुखबाट आफै निक्लियो यो प्रश्न|
“भन्दैछु| केहि बोल्ने हैन बिचमा| उ….
