Part 19

इस्मीको कुरालाइ काट्दै “त्यस्तो हैन| मिठो छ, नमिठो हैन तर तिम्रो तारिफ लायक म:म: यो हैन अरु हो| म:म: मात्र हैन, अरु पनि मिठो खानेकुरा, यहाँ भन्दा अरु ठाउमा मिठो पाउछ|”

सुरु भयो अब हाम्रो घम्साघम्सी| कहाँको खानेकुरा मिठो भनि| उनि आफ्नो कुरामा अडिक अनि म| उसले सबैले सुनेको ठाउको ना लिदै थिइन् अनि मैले कसैले नसुनेको ठाउको नाम| खानेकुराको व्याख्या स्वादले गर्छ अनि स्वाद चाख्नेले| हामि दुवै स्वाद चाखी सकेको मान्छे, हामि झन् ढिप्पी गर्न लागेउ|

“तिमि ५ वटा ठाउ लग, म पाच वटा ठाउ| ४००० भन्दा धेरै खर्च गर्न मिल्दैन सबै मिलाएर|” दुवै यो सर्तमा राजि भयौ| मलाई लोकल टेस्ट मन पर्ने, उनलाई पो मन नपर्ने हो कि भनि सोच पनि आएको थियो| तर सर्त लागिसकेको थियो, पछी हट्न नमिल्ने|

पहिलो दिन, उनले एयरपोर्टको सेकुवा कर्नर लगिन्| त्यहाँ उनले रोजेको होटेलमा उनले रोजेको सेकुवा मगाइयो| मैले पहिले पनि भनेको हो, सेकुवा नमिठो हैन तर यो भावमा अरु ठाउमा मिठो पाइन्छ| उनले कस्तो लाग्यो सोध्दा मैले भोलि भन्छु भने| बिल ११०० को थियो, उनले नै तिरिन्|

दोस्रो दिन मेरो पालो, मैले नाखिपोट पुर्याए उनलाई| त्यहाँको पार्क सेकुवा, चाख्नेलाइ मात्र थाहा छ, स्वाद कस्तो छ भनि| इस्मीले पनि यसरि स्वाद लिदै खादै थिइन्, संतुस्तीको आभास भयो मलाई| “कस्तो लाग्यो?” इस्मीलाइ प्रश्न गरे, उनले “मिठो” भनि जवाफ दिइन्|

“हिजोको मिठो कि आजको?” यहि सोध्न मन थियो, मैले सोध्नु अघि नै उनले भनिन्, “आज सम्मको बेस्ट सेकुवा|” मन सन्तुस्ट भयो| १३०० को बिल, सोचेको भन्दा अलि धेरै थियो|

“२०० फाइदामा छु म|” मेरो जितमा उनले खुसि हुने बहाना खोजिन्|

नया ठाउ लग्ने पालो उनको थियो| हाम्रो सर्त अनुसार, 4 दिन सम्म हरेक दिन केहि नया खाने कुरा खानु पर्छ, पाचौ दिन, जे खाए पनि हुन्छ| दोस्रो दिन उनले मलाई रोल खुवाउन स्यानको कत्ति रोल खुवाउन लगिन्| मलाई एकदम मन पर्ने स्यानको कत्ति रोल, त्यहाँ मैले सहजै आफ्नो हार स्वीकारे| “मेरो पनि बेस्ट हो यो|” यहि जवाफ दिए उनलाई अनि उनले ७३०को बिल तिरिन्|

भोलि पल्ट मेरो पालि| भक्तपुर लगे उनलाई| गठ्ठाघरमा मिठो बार अनि खाजा सेट पाउने| पैसा पनि सस्तो| उनलाई त्यो ठाउ पनि मन पर्यो| अहिले सम्म मेरो २ जित अनि उनको एक| बिल पनि ३७० मात्र| आज इस्मीलाइ खुसि हुने मौका दीईन मैले|

“आज म फाइदामा छु है|” इस्मीलाइ गिज्याउन पछी परिन|

पालो अब इस्मीको| उनले मलाई बानेस्वरको नै “crust pizza” लगिन्| पिजा नमिठो हैन, मिठो थियो| तर पेट जति भरियो, त्यसको दुइ गुणा पैसा सकियो| १५१० को खाना अनि त्यसमा १३% भ्याट अनि १०% सर्भिस चार्ज| बिल आउदा आयो,१९०० चानचुनको| इस्मीको बजेट लगभग सकियो| मुस्किलले ३०० बाकि| इस्मीले ढिलो थाहापाइन्| उनले कस्तो लाग्यो भनि प्रश्न पनि गरिन|

“मिठो है|” उसलाई उदास देख्न मन थिएन, उनलाई खुसि बनाउन भए पनि प्रश्न गरे|

अब फेरी पालो मेरो| उनलाई पाटन तिर लगे| त्यहाँ नेवारी खाजा घरमा, खाना सक्ने गरि खाने कुरा मगाइयो| सबै नेवारी खाने कुरा| छोइला, कचिला, मोमो, साधेको मासु, जिब्रो, सबैको स्वाद लिदै रमायौ हामि| बिल भनि रहनु पर्दैन होला तर जम्मा ११०० को बिल|

“मैले हार खाए|” उनले आफै हार स्विकारिन| उनि दुखि थिन|

“हार नमान| भोलि एउटा ठाउ लग्छु, त्यहाँको ससेज मिठो छ|” इस्मीलाइ यति भन्दै झनै खुसि बनाए| भोलिपल्ट भने झैँ मैले उनलाई ससेजको लागि लागे| उनलाई त्यो पनि मिठो लाग्यो| हाम्रो सानो कहानी यहि सकियो, जुन खानामा थियो| खानाले स्वाद दियो, तर यो 4 दिनमा हाम्रो सम्बन्धमा पनि स्वाद भरियो| एक अर्कालाइ बुझ्न सजिलो भयो| के मन पर्छ के मन पर्दैन थाहाथियो तर अझै गहिराइ बाट चिनियो एक अर्कालाई| थाहाछ हाम्रो भबिस्य एक अर्का बिना छ तर पनि एक अर्कामा समर्पित हुदै बर्तमान बिताउदै थियौ|

“तिम्रो बुढी भाग्यमानि| कति मिठो खाने कुरा खान पाउछे|” उनले जिस्किदै भनि|

“तिमिलाइ भाग्यमानि हुन मन छ?” उनीसंग जिस्किने हक छ मसंग, त्यसैले पछी परिन|

“अर्को जुनीमा ल|” उनलाइ जिस्किन कुनै रुची थिएन|

हामि घर फर्कियौ| घर फर्किदा लोकन्थलीमा पुगेको थियौ, बाटो खालि नै थियो| अगाडी ट्याक्सी रोकिएको थियो| ट्याक्सी चालकले अचानक ढोका खोल्यो| हामि केहि इन्चले मात्र ठोकिनबाट रोकियौ| मैले समयमा नै ब्रेक हनन भ्याएको थिए| नत्र दुर्घटना निश्चित थियो| इस्मी पछाडी थिइन्, मैले सक्दो आफुलाई नियन्त्रणमा राखेर, ट्याक्सी ड्राइभरलाइ हप्काए| त्यहाबाट त्यसरी नै अघि बधेउ|

“ गल्ति ड्राइभरको थियो, तिम्रो हैन| त्यहि पनि किन नुन खाएको कुखुरा जस्तो तिमि?” इस्मीको यो प्रश्नको जवाफ के दिनु मैले? “तिमि भएर|” भन्न पनि नमिल्ने| कारण फेरी उनि नै हो|

“के मुख लाग्नु त्यस्तोसंग..” के बोले मलाई आफै याद छैन|

इस्मी: “कफी पिउने हो?”

इस्मीको यो प्रश्न पछी हामी कफी पिउन, चारदोबाटोको v4 लाउन्ज पुगेउ| त्यहाँ बसेर कफी गफमा रमेका थियौ, त्यहि बेला पछाडीबाट कसैले मेरो ढाडमा कसैले पिट्यो| सिलिन्डर थियो, तर म तर्सिए|

“मुजी, तर्साउछस्!” इस्मी अगाडी छिन् भनेर बिर्सिए| भन्न नहुने शब्द हैन मुजी तर इस्मीको अघि पहिलो पटक भन्दै थिए| बोलेपछी याद आयो, इस्मी अघि छिन् भनि| बोल्ने बित्तिकै आफ्नो गल्ति महसुस गर्दै जिब्रो टोके| सिलिन्डरको मुखमा हेर्छु, उ पनि म तिर हेर्दै छ| उ चुप छ तर उनको अनुहार हेर्दा मैले के थाहा पाए भने, उनले मलाई “थुक्क मुला, बेइजत भयो हैन?” भन्दै छ मन मनै| म लाजले भुतुक्क| डर पनि लागेको थियो| इस्मीले के सोच्दी हो, के भन्ने हो भनि| म उनको अनुहारमा हेर्न खोज्छु तर सक्दिन, हिम्मत छैन| यहि चल्यो केहि बेर|

“क

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts