“भन्नाले, cute, sexy, beautiful, म कस्तो लाग्छु?” इस्मीले अचानक यो प्रश्न किन गर्दैछिन भनि मैले बुझ्न सकेको थिन| केहि त अबस्य भएको छ जसले यो प्रश्नको सिर्जना गर्यो| मसंग जवाफ नै थिएन| सोचमा हराए, जवाफको खोजिमा हैन तर इस्मिको सवालको मुहानको खोजीमा| आखिर उनलाई के ले गर्दा त्यो प्रश्न सोध्न उत्प्रेरित गर्यो|
“भन न भन|” मैले सोचेर सकेको थिइन, अझै पनि नै सोच्दै थिए| यस्तो अवस्थामा जवाफ कसरि दिनु मैले| मैले जवाफ बाहेक सबै बिषयमा दिमाग खियाउन भ्याएको थिए तर जवाफको बारे केहि सोचेको थिन|
“के भनु अभ?” सोच्ने समय थप्ने कोशिशमा जवाफ दिए|
“जे लाग्छ, मेरो बारेमा जे सोच्छौ, त्यहि भन| म तिमीलाई कस्तो लाग्छु?” इस्मीले मेरो समय थप्ने प्रयास माथि पानि हालीदिन्|
“राम्री छौ| यो भन्दा अरु के भनु?” दोधार मन लिएर उनलाई जवाफ दिए|
“ राम्री छु भनेर तिमीले भनि राख्नु पर्दैन, मलाई आफै थाहा छ| म कस्तो लाग्छु त्यो भन|” इस्मीले झन् अप्ठेरोमा पारिन् मलाई|
“ भने त, राम्री लाग्छौ|” म संग यो बाहेक अरु केहि जवाफ थिएन|
“ म sexy छैन त्यसो भए? राम्री मात्र छु?” फेरी इस्मीको कस्तो प्रश्न हो यो? यो यस्तो प्रश्न हो, जसको सहि जवाफ नै छैन| खुट्टामा बन्चरोले हान्नु कि चक्कुले, दुवै गर्दा दुख्छ, यो प्रश्न पनि त्यहि हो|
“ राम्री मान्छे sexy हुन्न र?” के सोचेर जवाफ दिए मलाई आफै थाहा छैन|
“ सिधा जवाफ देउ| तिमीलाई म राम्री लाग्छु कि sexy?” म जति त्यो प्रश्नबाट भाग्न खोज्दै थिए, इस्मी त्यो प्रश्नको साथ मेरो बुइ चढ्दै थिइन्|
“मलाई दुबैको अन्तर थाहाछैन, मलाई तिमि राम्री लाग्छौ, त्यति मात्र थाहा छ| राम्री पनि मुहार हैन मनले|” धेरै प्रयास पछी बल्ल एउटा ढङ्गको जवाफ दिन सफल भए|
“ तिम्रो साथीलाई त म sexy लागेछु|” इस्मीले के भन्दै छिन् मलाई आफैलाई थाहाथिएन|
“मतलब?” फेरी पनि अनबिज्ञ भएर प्रश्न गरे|
“मतलब तिमी वासरुम जादा, तिमीले मोबाइल यहि छाडेको थियौ| मतलब त्यहि बेला तिम्रो साथीले मेसेज गर्यो| मतलब मैले मेसेज देखे| मतलब देखे भन्दा पनि हेरे| मतलब उसले “क्या sexy रैछे|” लेखेको थियो| मतलब मैले त्यो मेसेजको मतलब बुझे| मतलब उसले sexy भनेको रैछ| मतलब तिम्रो साथिले मलाई sexy सोच्दो रैछ| मतलब तिम्रो साथिको सोमत छैन| मतलब तिमि जस्तै रैछ तिम्रो साथि| मतलब तिमिहरु दुवै उस्तै रैछौ| मतलब एउटा मुखले जे पायो त्यो बोल्ने अनि अर्को लेखेर पठाउने|” इस्मीले यति पल्ट मतलब शब्दको प्रयोग गरिन्, मैले सबै कुरा प्रस्ट बुझे| मतलब शब्द बाहेक भनेको भए पनि बुझ्थिए तर उनले मलाई र्याखर्याख्ती पार्ने मौका कसरि खेर फ्याल्थीन्|
फेरी सिलिन्डर के भएको| के मेसेज पठाएको त्यस्तो| उसलाई थाहा थियो त म इस्मीसंग छु भनि| म घर फर्किने बेला सम्म पर्खिन सक्थियो नि| धन्न उसले “छम्मा” भन्ने शब्दको प्रयोग गरेको थिएन| नत्र उसको मुखमा जिब्रो हैन यो शब्द झुन्दिएको हुने| फेरी म पनि के भएको| इस्मीको अगाडी, मोबाइल, त्यो पनि अनलक भएको अवस्थामा छाडेर कस्सरी म वासरुम पुग्न सक्थिए| मेरो पनि गल्ति छ| अब इस्मीलाइ के जवाफ दिने भनि फेरी पनि सोच्न लागे| जवाफ दिने कि माफी माग्ने, त्यो पनि छुट्टयान गाह्रो पर्यो मलाई|
“सरि|” माफी मागे इस्मीसंग| उनको मन दुखेको थियो र कारण म थिए| माफी माग्नु नै उचित थियो|
“सरिले मात्र हुन्छ?” इस्मी रिसाएकी छैनन् भनि पक्का भए|
“अनि के त?” बल्ल निर्धक्क भइ जवाफ दिए या भनौ प्रश्न सोधे|
“अनि अब अर्को पनि गिफ्ट थपियो| ३ वटा भयो|” इस्मीको जवाफले धेरै नै हलुङ्गो महसुस गरायो मलाई| धेरै नै कसरत गर्नु पर्यो यति हलुङ्गो हुन|
“हुन्छ हजुर, ३ वटा किन, 4 वटा नै गिफ्ट दिनेछु|” मन हलुङ्गो भएपछी, मेरो जवाफ दिने तरिकामा पनि परिवर्तन आयो|
“4 वटा हैन ३ वटा मात्र| धेरै लिने र धेरै दिने, केहि गर्दिन| सबै कुराको हिसाब बराबर हुनुपर्छ|” इस्मीले जिस्किदै जवाफ दिएकी हो तर किन रुखो महसुस भयो मलाई|
“ कस्तो बराबर हो र! हिसाब किताब गर्न लागेउ त, ब्यापार हो र?” नपचेको कुरा ओकले इस्मीको सामु|
“ माया बाहेक सबै चिज ब्यापार हो|” इस्मीको यो जवाफ पछी मैले थप केहि तर्क राख्न सकिन| बाइक स्टार्ट गरे, ठिमी पुग्न केहि समय लागेन|
“डिपार्टमेन्ट स्टोर हुदै जानुपर्छ है|” इस्मीले यति भनेपछी डिपार्टमेन्ट स्टोर अघि बाइक रोके| “के किन्न लागेउ?” भनि सोधे पनि उनलाई|
“मैले हैन तिमीले किन्नु छ| साथीलाई रक्सि अनि मलाई चकलेट|” इस्मीले सिलिन्डरले रक्सि ल्याउन भनेको मेसेज पनि पढीछिन्| इस्मीलाइ घर पुर्याएर रक्सि लिन्छु सोचेको थिए, सजिलो भयो| रक्सि र चकेट दुवै लिए|
“चकलेट किन भनि सोध्नु पर्दैन?” पहिले चकलेट किन्न लगाउछिन् अनि फेरी यस्तो प्रश्न गर्छिन्| इस्मी पनि, उनको यहि बानि मन पर्छ| जहिले मलाई उल्लि बिल्ली बनाउने|
“तिमीलाई खान मन लाग्यो भनि किनेको| सोध्नु चाही किन?” मेरो जवाफ, चकलेट जति मिठास पक्कै थिएन मेरो जवाफमा|
“ त्यस्तो भनेर कहाँ हुन्छ! अब तिमीले दुइटा गिफ्ट दिए हुन्छ| यो एउटा गिफ्ट हो|” इस्मीको यो जवाफले खुसि हुनु कि नहुनु म| सोच्न अपनी गाह्रो अनि बुझ्न झनै गाह्रो| इस्मीको घर अगाडी पुगेउ|
“धेरै सोझो छौ तिमि| मैले भनेको नि मान्छौ, अनि साथीले भनेको पनि| याद राख दुनियामा सबै ब्यापार हो, अनि तिमि जस्तो मान्छे ठगिन्छ|” इस्मीले यति भन्दै आफ्नो घर भित्र पसिन् अनि म आफ्नो कोठा तिर लागे|
घर पुग्ने बित्तिकै बुवाको फोन आयो| बाइकमा थिए, उठाउन ढिला भयो र फोन काटियो| रक्सिको बोतल सिलिन्डरलाइ दिएर बुवालाइ फोन गरे| एकछिनको भालाकुसारी अनि बुवा मुख्य मुद्दामा आउनु भयो
“ त
