Part 22

“ त यो हफ्ता गाउ आइज|” बुवाले आइज भन्नु भयो तर किन भन्नु भएको छैन| फेरी बुवाले जरुरि नपरी गाउ कहिले बोलाउनु हुन्न| बुवालाइ नकार्न मिल्दैन तर…| अफिसबाट भन्ने बित्तिकै बिदा नमिल्न सक्छ| अफिसमा बिदा के भनेर माग्नु फेरी|

“ म अफिसमा बुझेर भन्छु नि है|” बार्तालापमा धेरै जटिल नबनाएर, बुवालाइ सोझो जवाफ दिए|

“ जसरि पनि आउनु नै पर्छ|” बुवाले यति भनेपछी झनै दोधारमा परे| दोधार शब्द गलत होला, सोचमा अल्झीए, आफ्नै सोचमा| बुवासंग कुरा हुदै जादा थाहा भयो, गाउको जग्गा बेच्दै हुनुहुन्थियो| सबै हैन केहि अंश मात्र| त्यसैले म गाउ पुग्नु पर्ने भएको| यो कानुन र नियम पनि निकै अचम्मको| गाउको जग्गा, जुन बुवाको नाममा छ, हजुरबुवाको नामबाट बुवाको नाममा आएको जग्गा| त्यो जग्गा जसको मलाई मतलब छैन, त्यो जग्गा जहाँ खेतिबारी हेरचाह गर्ने जिम्मा सबै बुवाको तर पनि जग्गा बेच्दा मेरो हस्ताक्षरको जरुरत पर्ने रे| मेरो मन्जुरी चाहिने रे| अचम्म तर नियम त नियम हो| केहि कारण बिना नियम पक्कै बनाएको हैन होला|

“म त्यहाँ शुक्रबार पुग्छु, त्यहि दिन काम सकेर फर्किन्छु|” अफिसमा जसरि पनि मिलाउछु भन्ने आत्माबिस्वास साथ, बुवालाई एउटा बाचा दिए|

“शनिबार र आइतबार तेरो बिदा हुन्छ हैन? शुक्रबार नै किन फर्किनु?” बुवाले जे भन्नु भयो त्यो मैले सोचेकै थिन, दुइ दिन घरमा बस्न मिल्छ| बुवालाई हुन्छ भनि बाचा गरे|

भोलि बिहान उठेर इमेल गरे पनि हुनेथियो तर भोलि बिहान के हुने हो के| कुन बेला उठिन्छ, दिमागमा के चल्दै हुन्छ, अहिले इमेल गर्नु ठिक लाग्यो| शुक्रबारको लागि बिदा माग्दै इमेल लेखे| कारणमा घर जानु छ, जरुरि छ भनि उल्लेख गरेको थिए| कारण इमेलमा लेखिए पनि, भोलि अफिसमा पुगेपछी अझै एक पल्ट किन भनि अर्थाउनु पर्नेछ| इमेल गरेपछि मेरो काम के नै थियो र, अघि भर्खर १६४० मा ल्याएको रक्सिको बोतल खोलियो र बसियो|

“केटाहरु, मलाई धन्यबाद भन्, मैले गर्दा रक्सि पिउन पायो सबैले|” सिलिन्डरको भनाइको एक एक शब्द मैले बुझे, बाकि साथीले बुझ्न भने सकेनन्|

“धन्यबाद हैन, झन्डै फसाइस्| के sexy लेखेर पठाएको, देख्यो नि उसले|” अरु कसैले किन भनि प्रश्न गर्नु अघि नै सिलिन्डरलाइ उसको गल्ति के भयो भनि व्याख्या गरे|

“ धन्न sexy मात्र लेखे, अरु केहि लेखेको भए के हुन्थियो?” सिलिन्डरले म तिर हेर्दै, हास्दै, ग्लास उठाएर, म तिर हावामा चियर्स गर्दै, रक्सिको एक सिप लियो| साथि हो, जहिले यसरि हसी मजाकमा नै सबै बिषयको टुंगो लगाउने हामि|

सिलिन्डरले कुरा निकाल्यो, अब सबैलाई इस्मीको बारे भन्न कर लाग्यो| भोको बाघ सरि, मलाई प्रश्नले झम्टिन लागे साथिहरु, नभनी पनि के गर्नु| केहि साथिहरुलाइ पहिले देखि थाहा थियो, केहि थप भन्दै गए| साथी सुन्दै पनि थिए, मेरो मजाक पनि बनाउदै थिए, के गर्नु साथि हुन्, अनि यसमै मजा छ|

“मतलब अस्ति पठाओमा भेटेको भनेको केटि यहि हो?” एउटा साथीले प्रश्न गर्यो| यो यस्तो प्रश्न हो, जुन मलाई सोधिएको जस्तो देखिए पनि, मलाई सोधिएको हैन| यो प्रश्न नै थिएन, यो मेरो मजाक उडाउने तरखर थियो|

“ यहि हो,यसलाई मुर्गा हान्छे भनेको, उल्टो पो भयो|” सुरु भयो मेरो मजाक उडाउने सिलसिला|

“त्यहि, उल्टै यसले पो अन्डा खान पाउने भयो|” अर्कोले बोल्यो|

“अन्डा हैन| कालो कफी खाने मान्छे, दुधको चिया खाने भयो|” केटाहरु, जुन कुरा पनि, लगेर यौनमा जोड्ने|

“ पठाओमा भेटेकोलाइ त छाडेन यसले, हाम्रो मौका कहिले आउनु? सबै केटिहरु तिमिहरु नै लग|” एउटा साथि आफ्नो पिडा पोख्न लाग्यो|

“त पनि बाइक किनेर पठाओ चला| के थाहा तेरो भाग्य पनि चम्किन्छ कि|” सिलिन्डरले जवाफ दियो| मजाकको भार म तिरबाट अर्को तिर सर्दै थियो|

“बाइक किन, कार नै किन्छु नि! सिधै दुइ तिन जना नै भेट्छु अनि|” पिडा पोख्ने साथीले, थप पिडा पोख्यो भन्नु कि पिडाबाट पर जान खोज्यो|

“दुइ तिन जना केटि हैन, दुइ तिन जना प्रहरी चाही होलान्| बज्राचार्य काण्ड जस्तै, ज्ञवाली काण्ड आउला|” साथीले के भन्न खोजेको हामीले बुझेउ तर मैले यहाँ खुलाएर भन्न मिल्दैन, मिलाएर बुझ्नु पर्ने हुन्छ|

“त्यहि, ड्यान्सिंग कारको आशमा,प्रहरीको प्रहार भेट्ला|” अब हावा गफ सुरु भयो साथिहरुको|

“त्यहि, दशैँ अघि नै मामाको दक्षिना भेट्छ|” थप हावा गफ| रक्सि चढ्न लागेपछि, गफको न कुनै अर्थ लाग्छ न कुनै भाव| यसरि नै गफ हुदै थियो, इस्मीको मेसेज आयो|

“आज त मेसेज फोन केहि आउदैन होला है|” इस्मीको मेसेज| एक्लै पढे जस्तो सोचे पनि, सिलिन्डरले पनि पढ्न भ्याएछ इस्मिको मेसेज

“आफ्नै मनले जे सोचे नि हुन्छ है|” केहि बेर अघि सम्म नुन खाएको कुखुरा थिए म| रक्सी शरीर भित्र जाने बित्तिकै, हिम्मत बाहिर देखिन लाग्यो|

“एक बोतल लागेको थिएउ, के थाहा अहिले सम्म बोल्ने हालतमा हुन्छौ भनि|” इस्मीले जवाफ आफ्नै तरिकाले दिईन्|

“ल भयो, तिमीलाई एउटा कुरा भन्नु छ, म शुक्रबार घर जादैछु|” इस्मीलाइ घर जाने कुरा नसुनाई बस्न सकिन| सुनाएको हैन, टाइप गरेर पठाएको|

“कहिले आउछौ?” इस्मीको प्रश्न|

“आइतबार|” मेरो सिधा जवाफ|

“अनि हामि शनिबार ककनी जाने भनेको हैन?” इस्मीले यति भनिसके पछी मात्र मलाई याद आयो, मैले इस्मीलाइ ककनी लग्छु भनि बाचा गरेको थिए| उनले त भन्दै थिइन्, “भ्याउन्नौ होला तिमीले. नजाऊ|” तर मैले नै जिद्दी गरेर भ्याउछु भनेको थिए| दोधारमा परे म| के गर्नु अब?

“अब के गर्ने? गाउ जानै पर्ने छ|” इस्मीलाइ आफ्नो समस्या पनि भने र उनी संग नै उपाय मागे|

“जानै पर्ने छ भने जाउ न| हामि ककनी पछी गएपनि हुन्छ नि|” इस्मी रिसाउछिन् होलिन्, अनि मैले फकाउनु पर्छ सोचेको थिए| फेरी फकाउन सजिलो हुन्न, गाह्रो हुन्छ सोचेको थिए| तर त्यस्तो केहि भएन| इस्मी थोप्पो पनि रिसाइन| उल्टै साथ दिईन्| एकछिन सम्म मेसेजमा बोलेपछि, न औलामा टाइप गर्ने ताकत थियो न छेउमा साथि| फोन गरे इस्मिलाइ|

“के गर्दैछौ?” मात्तिएको बेला नै यस्तो नचाहिने प्रश्न सोध्छु म|

“नाच्दै छु, तिमि पनि आउने हो?” इस्मीले अझै पनि मेरो खिल्ली गर्दै थिइन्|

“है, भन न के गर्दैछौ?” फेरी पनि उही प्रश्न मेरो|

“बोल्दै छु तिमिसंग|” इस्मीले मेरो प्रश्नको जवाफ दिईन्|

“त्यस बाहेक?” रक्सिको मातमा भएको भए, म यो कुनै प्रश्न सोध थिन|

“शनिबार के गर्नु भनि सोच्दै छु|” इस्मीको यो जवाफले मलाई असजिलो बनायो| मैले गर्दा उनको बिचल्ली हुने भयो| बिचल्ली भन्दा पनि, उनि एक्लै हुने भइन्| के गर्न सकिन्छ भनि दुवै सोच्न लागेउ| एक पछी अर्को उपाय आयो तर अकं लाग्ने कुनै थिएन|

“एउटा आइडिया

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts