Part 31

यसपछि जुन आनन्द प्राप्त भयो, निन्द्रा सिधै बिहान 7 बजे खुल्यो| इस्मी तैयार भइसकेकी थिइन्, तैयार हुन बाकि म मात्र हो| हिजो सम्म चमक रहेको आमाको अनुहार, आज त्यो अनुहारमा चमकको या चहक छैन| चमक गुम्न सम नलाग्ने अनि कारण नचाहिने| छोरा अझै दुइ तिन दिन बसी दिए हुन्थियो भन्ने चाहना आमाको तर सबै चाहना पुरा गर्न असमर्थ थिए म| अरु बेला भएको भए बुवाले एयरपोर्ट सम्म छाडी दिनु हुन्थियो तर आज म अनि इस्मी मात्र पुगेउ एयरपोर्ट|

अघि भर्खर आमाको अनुहारमा छाएको कालो बादल, आकाशमा पुग्न भ्याएछ| मौसमको कारण फ्लाइटको समय फेरियो| १ बजे सम्म पर्खियौ तर मौसमले साथ दिएन र आकाश साफ भएन| मोबाइलमा वेदर एप खोले, भद्रपुरमा ३ बजे सम्म सामान्य बर्षा हुने देखियो| काठमान्डौ र त्यसको वरीपरिको स्थानमा चाही भारि बर्षाको संकेत थियो| फ्लाइट रद्ध हुने संकेत हो यो|

“अझै निन्द्रा लागेको छ? हिजो ढिला सुतेउ कि के हो?” इस्मी मेरो काधमा अडेस लागेर निदाउन खोज्दै थिइन्| उनलाई अल्छी लागेको कि निन्द्रा, बुझ्न खोजे मैले|

“तिमिलाइ सुत भने पछी एकछिन बोले निश्चलसंग अनि सुति हाले|” इस्मीको जवाफ सामान्य थियो तर अनुहारको भावमा केही बदलाव थियो| उनलाई डर थियो कहिँ मैले उनको र निश्चलको बार्तालाप सुनेकी भनि| त्यसैले पनि उनले सबै सामान्य छ भनि जताउनको लागि, सामान्य तरिकाले जवाफ दिइन्|

“अब कुन बेला…” बोल्दै नै थिए, सूचना आयो| आजको सबै फ्लाइट रद्ध भएछ|

“मौसम प्रतिकुल भएको कारणले, आजको सबै फ्लाइट रद्ध भएको छ|” घोसणा भएपछी, के गर्ने भनि प्रश्न आयो मनमा| आमाले अघि देखि कम्सेकम १० चोटी फोन गरेर सोधी सक्नु, फ्लाइटले कुन बेला उडान भर्छ भनि| अहिले घर फर्किएर, भोलि बिहानको फ्लाइटमा काठमाण्डौ गएपनि अफिस समयमा नै पुगीन्थियो| त्यस्तै परे, अफिस बिदा लिन पनि मिल्छ| केहि मुस्किल छ तर असम्भव हैन तर… तर भोलिको मौसम पनि अनुकुल छैन, भोलि पनि फ्लाइट रद्ध भयो भने के गर्ने?

“अब के गर्ने?” मेरो दिमागको प्रश्न इस्मिको ओठबाट निक्लियो|

“म पनि त्यहि सोच्दै छु|” मसंग जे जवाफ थियो, त्यहि जवाफ दिए|

“भोलिको फ्लाइटमा जान मिल्दैन?” यो प्रश्न पनि अघि देखि मेरो दिमागमा थियो, फेरी पनि इस्मीको मुखबाट सुने|

“भोलिको मौसम पनि आजको जस्तै होला जस्तो छ| त्यसैले मैले केहि निर्णय लिन सकिन|” मसंग भएको र मेरो दिमागमा रहेको जवाफ यहि हो|

“गाडीमा गए भइगयो नि|” मेरो दिमाग, मैले जाबो यति सोच्न नसकेको| इस्मीले अबै समस्याको हल तुरुन्तै निकालिन्| यो समस्याको हल हो तर यहाँ अझै केहि कमि छ| घरमा के भन्नु? घरमा फ्लाइट रद्ध भयो भनि भने भने, घर फर्किन जिद्दी गर्नु हुन्छ र त्यो मान्नु पनि पर्छ|

घरमा फ्लाइट रद्ध भएको भनि नभन्ने सल्लाह भयो| हामि फ्लाइटमा जान लागेको भनि बताइयो घरमा| माइक्रोको टिकेट पनि लिइयो| धन्न टिकेट पाइयो| अन्तिम माइर्को भन्दै थियो| फेरी कुन चाही ठाउ 7 बजे भन्दा अगाडी नपुगे भने, त्यहि रोकिनु पर्ने रे| त्यसैले पनि हत्तार हत्तारमा हिडियो|

बाइकको गति बढी हुदा आफुलाई मजा आउथियो तर गाडीको गति तेज हुदा डर लाग्ने| फेरी यसरि गाडी हाक्दै थियो कि मानौ बाटोमा हाम्रो बाहेक अरु कुनै गाडी नै थिएन| ब्रेक लगाउनु पर्ने ठाउमा पनि ब्रेक लगाएको हैन| यो गाडीमा आउने निर्णय गलत हो कि जस्तो लाग्ने| काठमाण्डौ परको कुरा, हस्पिटल पनि नपुग्दै ज्यान जाला जस्तो| सबैको अनुहारमा त्रास थियो| चालकको स्थिति बुझ्छु तर ज्यान दाउमा हालेर यात्रा कसले गर्छ| सबैले सम्झाए पछी गाडीको गति कम भयो|

इस्मी निदाउने प्रयासमा थिइन् र निदाईन् पनि| म भने सर्लाही देखि बर्दिबास अम्म, बेला बेला इस्मीलाइ, बेला बेला ,मोबाइललाइ अनि बेला बेला झ्याल बाहिरको परिदृश्यलाइ हेर्दै थिए| बर्दिबास पुग्दा 7:३० भएको थियो| गाडी रोकियो त्यहाँ|

“भिमान पुगेर पनि अब काम छैन| त्यहाँ होटेलहरु पनि राम्रो छैन र बाकि गाडीहरुको जाम पनि हुन्छ| यसै ढिलो भयो, बरु आज यहि गाडी रोकेर भोलि बिहान जानु पर्छ| त्यहाँ गएर गाडी लाइनमा लगाए भने एक घण्टा चाडै पुगें हो| के गर्ने भन्नु सबै जना|” बल्ल ठाउको नाम थाहा भयो मलाई| अचम्मको नियम हैन, 7 बजे भन्दा पहिले त्यो ठाउ पार गर्यो भने गर्यो नत्र रात भरि गर्न नपाउने| बुझ्दै जादा दुर्घटना कम गर्न बनाइएको नियम रैछ| ठिकै हो| त्यहाँ गएर लाइनमा लाग्नु भन्दा, बर्दिबासमा नै बस्ने भइयो| बर्दिबासबाट २५ किलोमिटरको दुरीमा अरैछ त्यो ठाउ|

भोलि बिहान गाडी हिदायो भने काठमाण्डौ पुग्न ११ बज्ने बिस्चित, मैले बिदाको लागि इमेल गरे| रिप्लाई जे आए पनि मैले गर्न सक्ने केहि हैन| थाकेको शिर र थाकेको दिमागले काम के नै गर्न सक्ला र| फेरी रात भरि गाडीमा निन्द्रा पनि मज्जाको लाग्दैन|

“म त रात भर गाडीमा बस्न सक्दिन|” इस्मीले झनै मुस्किलमा पारिन्| मुस्किलमा उनले पारेको हैन तर मेरो सोचले| अब होटेल खोज्नु उनको लागि? होटेल खोज्नु पर्दैन, थुप्रै छ वरिपरी तर त्यहाँ जानु उपयुक्त होला?

इस्मीलाइ गाडीमा नै छाडेर म अलि गतिलो लज खोज्न लागे| एउटा गतिलो होटेल भेटे र फर्किएर आउदा इस्मी फोनमा व्यस्त थिइन्| पक्कै उनको बुढोको फोन आएको होला| फोन राख्ने बित्तिकै इस्मीले खुसि हुदै मलाई यसरि अंगालिन मानौ म उनको… अचानक खुसि छिन् त्यसरी, ५ मिनेटमा के भयो त्यस्तो?

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts