फोन राख्ने बित्तिकै इस्मीले खुशी हुदै मलाई यसरि अंगालिन मानौ म उनको… अचानक खुशी छिन् त्यसरी, ५ मिनेटमा के भयो त्यस्तो?
“के भयो? के गरेको? मान्छेले हेर्दैछन्|” इस्मीलाइ सचेत गराए| खुसिले उनको आखामा पर्दा हालेको हुन सक्छ तर म सतर्क हुनुपर्छ| ठाउ बिकास भएको होला तर मानसिकता उही हुन सक्छ|
“मलाई मतलब नै भएन| म यहाँ बस्ने हो र!” इस्मीको यो जवाफ थोरै पनि चित्त बुझ्दो थिएन|
“मतलब आफ्नो ठाउ आफ्नो गाउँ हैन भन्दैमा, त्यहाँको चलन र मान्छेको इज्जत नगर्ने?” इस्मीको जे कुरामा चित्त बुझेको थिएन, त्यहि कुरालाई लक्षित गर्दै जवाफ दिए|
“जिस्केको के म| खुसिको खबर दिन खोजेको, तरिका र भाव गलत भएछ| मेरो भिसा लाग्यो नि|” इस्मीले मलाई अवाक् बनाइन्| म पापी भएको हुनुपर्छ, मेरो मनमा पाप आएको हुनुपर्छ नत्र यो खबर सुन्दा खुशी हुनुपर्ने थियो म तर खुशी हुन सकिन म| इस्मीको सुनौलो भबिस्य जुन निश्चित थियो तर मेरो अनुहारको चमक उड्यो|
सायद मैले मन मनै, भित्रि मनमा के सोची सकेको थिए भन्दा, अब इस्मी मेरो हुन्| उनि सधै मेरै वरिपरी, मसंगै हुन्छिन, मेरो मनमा यहि सोच थियो होला| इस्मी कहिँ जानु नपरोस्, उनको पासपोर्टमा अमेरिकाको भिसा नछापियोस्, यस्तै पापी सोच पनि डेरा लगाएर बसेको हुनुपर्छ मेरो मनमा| नत्र त म खुशी हुनुपर्ने हो नि तर खुशी भइन| इस्मीलाइ बधाई दिनु पर्ने हो मैले तर म भित्र यति पनि चेतना बाकि थिएन|
“के भयो? केहि बोलेनौ त तिमी| congratulation पनि भनेनौ|” म अवाक् थिए, इस्मीले प्रश्न गरिन् मलाई|
“पार्टी चाहिन्छ| पार्टी नलिए सम्म congratulation किन भन्नि हो र|” म भित्र जे जस्तो सोच भएपनि, मैले त्यो सोच आफ्नो अनुहार र शब्द, दुबैमा झल्किन दिन|
“म त एमाले, तिमीलाई कुन पार्टी चाहियो|” इस्मीले यस्तो भन्दा एकछिन त बुझिन मैले| थोरै मिहिनेत गर्नु पर्यो र बल्ल बल्ल बुझे कि उनले मजाक गर्दै थिइन्|
“है, लोभी भन्ने शंका लागेको थियो तर आज प्रमाणित पनि भयो|” इस्मीलाइ जिस्काउने मौका खेर फ्याल्नु हुन्न र फ्यालिन पनि|
“खुब लोभी, लोभी सोभि केहि हैन| यहाँ कस्तो चाही कुन चाही पार्टी दिनु तिमीलाई?” इस्मीले आफ्नो बचावमा पुरै प्रयास गर्दै थिइन्| फेरी म जिस्किदै थिए, उनले साची सोचिन् के हो|
“पार्टी दिन मन चाहिन्छ ठाउ हैन|” अझै पनि जिस्किन छाडेको थिइन म|
“झापाको हावाले छोए जस्तो छ तिमीलाई, कति बोल्न जानेको|” अब गफले पेल्ने पालि इस्मीको| पालै पालो एक अर्काको मजाक उडाउदै हामि|
“मलाई जे को हावाले छोए पनि, तिमीलाई चाही लोभिपनको हावाले छोयो|” यो चाही अन्तिम पल्ट, त्यसपछि जिस्किन्न भनि मन बनाइसकेको थिए|
“है, आफ्नो जिउको के नदेख्ने भन्छन नि…. तिमी पनि त्यस्तै छौ के|” म जिस्किन भन्छु अत्र इस्मीले यस्तो शब्द भनेपछी म आफुलाई कसरि रोक्नु के! इस्मीको यो वाक्यको के जवाफ दिनु अब मैले?
“मैले त्यहाँ होटेल खोजेको छु आज रातिको लागि कि यहि यसरि गफ हानेर बस्ने हो तिमी?” बार्तालापको दिशा मोड्ने प्रयास मेरो|
“कस्तो छ होटेल?” इस्मीले प्रश्न गरिन्|
“तिमी भन्दा त राम्रो छ|” के भएको के म, कति जिस्किन सकेको मैले|
ठट्टा गर्दै नै होटेलमा पुगियो| इस्मीलाइ पनि होटेल मन पर्यो र त्यहि बस्ने भइयो| होटेलको रिसेप्सनमा पुग्ने बित्तिकै “जब वि मेट” फ्लिमको एउटा घटना याद आयो| जब हिरो र हिरोइनको ट्रेन छुट्छ र बिहान सम्म अरु कुनै ट्रेन नभएपछी उनीहरु होटेलमा बस्ने भए| अब यसपछिको कहानी चाही यहाँ हैन फ्लिममा नै थाहा हुन्छ| तर जे होस् हिरो हिरोइनले एक अर्कालाई नाचिने पनि, हिरोइन सोझी थिइन् र उनले गर्दा दुवै एउटा कोठामा बस्ने भएका थिए| अहिले त्यस्तो केहि भएको थिएन, हामीले एउटा हैन दुइटा नै कोठा लिएको थियौ, होटेलको रिसेप्सनमा बस्ने केटासंग मैले केहि गफ हान्नु परेको थिएन तर पनि पनि त्यो दृश्य याद आयो|
दिउसो थोरै खाजा खाइएको थियो| खाजा पनि नामको लागि मात्र खाएको भने पनि हुन्छ| खाना खाने सल्लाह गरियो| हामि बसेको होटेलमा खाना खासै मिठो होला जस्तो लागेन| वरी परि कहिँ राम्रो खाना खाने होटेल छ कि भनेर खोज्न लागियो र एउटा थकाली पनि भेटियो| थकाली हेर्दा ठिकै थियो तर खाना मिठो थियो थकालीको| प्रतिक्षाको थालमा, मिष्ठान्न भोजनको साथमा भोकको स्वाद, मिठो नहुने कुरै भएन|
“आज त पैसा पनि कसले तिर्ने हो|” इस्मी तिर मुस्कुराउदै हेरे र भने| भिसा लागेको केटि पो हुन् उनि, आज खर्च जति सबै उनको| पैसा तिर्नको लागि काउन्टर तिर लागियो, इस्मीले पर्स निकाल्दै गरेको देखे, केहि आपत्ति थिएन मलाई त्यसमा|
“दाइ, त्यो वाइन पनि प्याक गरिदिनु एक बोतल| करी भयो अब?” इस्मीले वाइन प्याक गर्न लगाएको देखेर अचम्म लाग्यो| इस्मीलाइ चकित हुदै हेरे अनि इस्मीले मलाई मुस्कुराउदै हेरिन्| १९०० भएछ सबै मिलाएर, इस्मीले नै तिरिन्|
“ल आज चाही प्रसाद जस्तो है पार्टी भोलि मज्जाले मनाउला|” इस्मीले किन एक बोतल मात्र वाइन लिएको भनि मलाई सम्झाउन खोजेकी होलिन् तर उनले त्यस्तो गर्नु पर्नेथिएन।
“बाइक किस्ता बन्दीमा लेको थाहा छ, पार्टी पनि किस्ताबन्दीमा हुदो रैछ है|” इस्मीको खिल्ली उडाउन लागे| शभ्य भाषामा भन्नुस पर्दा स्न्याक्स र केटाहरुले भन्ने शब्द सितन, जे भनेनी उही हो| त्यो लिन गइयो| सबै लिगेर कोठामा पुगियो|
दुइटा कोठा लिइएको छ, कस्को कोठामा बसेर रक्सि पिउने भनि सोच्नु पर्ने| इस्मीको कोठामा रक्सि पिउने भइयो| पछी इस्मी ढले भने पनि उनकै कोठामा हुन्छिन् भनि| तर एक बोतल वाइनले को ढल्छ के? इस्मीको कोठामा बसेर रक्सि पिउन लागियो र आजको दिन मैले चुरोट पनि तान्न मिल्ने| तर चुरोट चाही बाल्कोनीमा गएर मात्र सल्काउन मिल्ने| केहि सिप वाइनको अनि मलाई चुरोटको तल तल लाग्यो| चुरोट लिएर बाल्कोनीमा पुगे र सल्काएर चुरोटको कस छाती भित्र भर्ना लागे| इस्मी पनि आइन्|
“तिमी कहिले जाने?” इस्मीलाइ प्रश्न गरे|
“निश्चल आउनु हुन्छ, निश्चल आउनु भएको एक हफ्ता पछी|” कस्तो आधि अधुरो जवाफ हो के इस्मीको|
“कहिले आउने हो हजुरको पति परमेश्वर?” मलाइ जे जवाफ चाहिएको थियो , त्यसको लागि सहि प्रश्न यहि हुन्छ होला|
इस्मी जान्छिंन् भनि थाहाथियो तर यति चाडै भनेर सोचेको पनि थिन| उनको जवाफले झट्का दियो मलाई| उनले मुहारमा झुठो हासो सझाउदै भनिन् “
