“त्यसो भए, एउटा अन्तिम प्रश्नको जवाफ दिनु मलाई| मान्नुस मैले कसैलाई आफ्नै मानेर माया गरे, like true love. मैले साचो माया नै गरेको थिए, but he was… हुन्छ नि, उसले कहिले माया नै गरेन| तर मैले त उसलाई माया गरेको थिए नि| अब फेरी मैले माया गर्दा नाटक गरेको हुन्छ|” उनको यो प्रश्न पछी, उनको मन निकै हलुङ्गो हुदो भएको हो| उनको आवाजमा खुसि झाल्किदै थियो, जुन सुकुन अनि आशाको cocktail थियो| हलुङ्गो उनि भइन् तर मलाई भार थपेर| उनको यो प्रश्नको जवाफ थिएन मसंग| भन्ने नै हो भने, उनको कुनै पनि प्रश्नको जवाफ थिएन मसंग| सबै आकलन र बिबेकले दिएको जवाफ हो|
“जब सम्बन्धमा एउटाले नाटक गर्छ, अर्को व्यक्ति चाहदा नचाहदै स्वत पात्र बन्न पुग्छ त्यो नाटकको| जब सम्बन्धमा नाटक सुरु हुन्छ, सम्बन्ध मजाक बनिदिन्छ| पहिले जुन जोडीलाइ हेरेर इर्ष्या, डाह वा मुस्कुराइन्थियो, पछी त्यहि जोडीलाइ हेरेर हास्ने गरिन्छ| त्यति नराम्रो छ यो नाटक| फेरी जसले नाटक गर्दै थियो, नाटक सकिने बित्तिकै उ अर्को नाटकमा भिन्न भूमिका निभाउन लाग्छ, अनि जसलाई थाहा नै हुन्न कि त्यो नाटक थियो, त्यो व्यक्ति अझै पनि पुरानै भूमिकामा बाच्दै हुन्छ किन कि उसलाई थाहा नै हुन्न कि त्यो नाटक थियो| जीवनको हरेक पल prank हो| माथि हेर्नु त, भगवानले क्यामेरा लिएर बस्नु भएको छ|” दिमाग खालि थियो, सोच शुन्य| तर पनि शब्द यसरि प्रस्फुटित भए, मानौ यो जवाफ म भित्र धेरै अघि देखि नै थियो|
उनको यो अन्तिम प्रश्न पछी, उनलाई कार्यक्रमबाट बिदा गरे| टेक्निसियन दाइले श्रोताको लागि गित बजाउनु भयो र मलाई सोच्ने समय दिनु भयो|
आखिर को हुन् उनि जो मलाई यस्ता प्रश्न गर्दै थिइन्? उनको हरेक प्रश्नले मेरो बाझो सोचमा कोदालो चलाउने काम गर्दै थियो| कैयौ बर्ष देखि माया पिरेमबाट पर बसेको म, उनको हरेक प्रश्न मायाबाट नै सुरु हुन्छ| जुन मार्ग छाडेको थिए मैले, उनले त्यहि बाटोमा उभिएर मलाई प्रश्न सोध्दै थिइन्|
टेक्निसियन दाइलाई नम्बर सेभ गर्न लगाएको थिए| सोचमा हराउने हैन निस्कर्षमा पुग्ने समय हो| दाइसंग नम्बर लिए| नया नम्बरबाट फोन आयो, नया नम्बरबाट मेसेज आयो, अनेक थरि गर्नु पर्थियो कसको नम्बर भनि| अहिले हैन यो चाही पहिलेको बिडम्बना| गूगल दाइ जस्तै, अर्को दाइ पनि हुनु हुन्छ| truecaller दाइ, सोध्ने बित्तिकै भनिदिनु हुन्छ, कसको हो नम्बर भनि| truecaller मा नम्बर सर्च गरे तर नाम नै पत्ता लागेन| धाक लगाएको, खेर गयो| truecaller दाइले इज्जत नै डुबाए मेरो| नम्बर कसको भनि थाहा पाउन फेरी नानाथरी गर्नु अब? उपाय धेरै छन् तर भयो मिहिनेत गर्दिन| मिहिनेत गर्नु पनि त के को लागि? जाबो एउटा नाम थाहा पाउन? त्यो पनि कस्को? खोइ, कसको कसको, त्यो मान्छेको जसको अस्तित्व मलाई हिजोबाट मात्र थाहा भयो मलाई| भयो, त्यति कस्ट नगरम होला| यो नाटकमा यो पात्रको भूमिका कति नै दिनको होला र? हद से हद एक महिना, ल बेसिनै भयो भने एक बर्ष| यदि भूमिका त्यति लामो भयो भने, नाम उनले नै मलाई भन्छिन, मैले खोजि रहनु पर्दैन|
बाकि कार्यक्रम केहि खास रहेन| सधै जस्तो स्रोतासंग गफ अनि उनिहरुको रोजाईको गित उनिहरुले रोजेको मान्छेको निम्ति| कार्यक्रम सकिने बित्तिकै फोक्सोमा चुरोटको धुवा भर्न स्मोकिंग जोन पुगे|
“भाइ हत्तारिदै आयौ त| अघिको नानीलाइ हान्न हतार भएको हो?” टेक्निसियन दाइ पनि स्मोकिंग जोनमा आइपुग्नु भयो| मैले पहिले भने जस्तै, दाइले जे कुरामा पनि घुमाएर sex हाली हाल्नु हुन्छ| चुरोट ओठमा नै च्यापेको थिए, हातको इशारा र अनुहारको भावले “कुच भी” भने|
“भाइ जे पायो त्यो सोच्छौ, मैले फोन हान्न भनेको|” दाइले हास्दै आफ्नो सफाई दिए|
“तिमि गनाउने बोका दाइ, हामलाई थाहाछ तिमीले के भन्न खोजेको हो|” दाइलाइ बाकि छाड्नु थिएन, पाएको मौकामा मैले पनि भने| साची रेडियोमा दुइ जना टेक्निसियन दाइ हुनुहुन्छ| यो छिलिएको कुरा गर्ने दाइको नाम सलिन हो अनि अर्को दाइ, जो मसंग बेलुका घर जानु हुन्छ, उहाको नाम सुमन हो| सुमन दाइको प्रतिक्षा जहिले यहि बाल्कोनीमा बसेर गर्छु| साथ चुरोटले दिन्छ|
“आज धेरै मजा आयो हजुरको कार्यक्रम सुन्दा| आज सम्मको best हो|” मिस कफीको मेसेजले पनि साथ दिने जमर्को गर्यो आज| मिस कफीको मेसेजले मेरो मुहारमा मुस्कान छर्यो| चुरोटको एक कस तान्दै, “हो र?” लेखि पठाए|
“भाइ, छुरा बोल्ने नानिले मेसेजको रिप्लाई गरिन् कि के हो? मेसेज पढ्ने बित्तिकै तिम्रो ठुलो भयो त, मुस्कान|” हरे सलिन दाइ पनि| कुरै नबुझी जे पनि भन्ने| कुनै बेला लाग्छ, दाइको दिमागमा गीद्दी हैन, केहि अरु चिज छ| झन् सोझी शब्द रोज्ने भए, दाइ दिमागबाट हैन, प्यान्ट भित्रबाट सोच्छन| दाइलाइ जवाफ शब्द हैन, हासेर दिए|
मोबाइल फेरी भाइब्रेट भयो| मिस कफीको मेसेज| “कति
