Part 8

मोबाइल फेरी भाइब्रेट भयो| मिस कफीको मेसेज| “कति छिटो रिप्लाई आयो| मेरो मेसेज पर्खिएर बस्नु भएको थियो हो?”

पर्खाइ त्यो चिजको हुन्छ, जसको आश हुन्छ| म ढुक्क थिए, उनको मेसेज आउछ भनि| मैले सोचे भन्दा केहि अघि आयो मेसेज, केहि खुसि भएर चाडै रिप्लाई दिएको हो मैले| खुसि भएको कि मख्ख त्यो पनि छुट्याउन सकिन| छिटो रिप्लाई दिए, केहि गलत गरेको हैन तर उनले यसो भन्दा कहिँ गलत गरे की भनि सोच्न बाध्य भए| ल अब चाही यति छिटो रिप्लाई दिन नहुने रैछ भनि निस्कर्षमा पुगे तर… तर समयमा रिप्लाई बार्तालापको भाव त सुकेर जाने हैन?

“मोबाइल चलाउदै थिए, मेसेज आयो, रिप्लाई दिए| छिटो भएको भए अब ढिलो दिउला|” रिप्लाईमा यति लेखेर पठाए| पारदर्शी हुन खोजेको, रुखो भएछु सायद|

“फ्यान छन् भन्दैमा यसरि भाउ खान मिल्छ? मैले छिटो रिप्लाई नदिनु भनेको छु र?” मेरो अघिको रिप्लाईको असर राम्रो रहयो| उनले निकै नम्र भएर जवाफ फर्काइन्|

“छिटो रिप्लाई दिनु पनि भनेउ जस्तो लाग्दैन|” मैले यसरि रिप्लाई किन दिए मलाई पनि थाहा छैन|

“जाने बेला भएन भाइ? भाइ मोबाइल थिच्दै बसेको छ|” सुमन दाइ आउनु भयो| सुमन दाइलाइ kmc हस्पिटल अगाडी छाडेर, सधै जस्तो एयरपोर्ट अगाडीको आमाकोमा पुगे| कफी र चुरोटको जोडी मिलाउन| बाइक स्टार्ट गर्नु अघि, मोबाइल भाइब्रेट भएको छाल पाएको हो तर त्यो समयको माग केहि अरु थियो|

“बाबुलाइ रोटि मनपर्छ?” आमाले यति सोध्दा अकबक्क भए| कफी पिउन पुगेको म, मसंग यो प्रश्नको जवाफ नै थिएन| “मनपर्छ” मात्र भन्न सके|

“मैले चामलको रोटि बनाएको थिए, लेउ|” प्लेटमा दुइटा चामलको रोटि| छेउमा पिसेको खुर्सानी र नुन थियो| हेर्दै मुखमा पानि आयो| घरमा मेलम्चीको पानि कहिले आउने, मुखमा पानि चाही आयो| एक टुक्रा रोटिमा थोरै खुर्सानी र नुन दलेर मुखमा हाले| एक पछी अर्को टुक्रा, सकियो दुइटा रोटि| आमालाइ धन्यबाद भन्दै, रोटीको प्रशंसा गर्नु पर्थियो तर स्वादमा यसरि हराए, केहि चेतना नै भएन| प्लेटको रोटि पेटमा पुग्दा सम्म, आमाले कफी ल्याइदिनु भयो|

“बाबुलाइ रोटि कस्तो लाग्यो| मन पर्यो कि परेन|” आमाले यो प्रश्न गर्नु अघिनै मैले प्रसंसा गर्नु पर्ने थियो| अहिले पनि ढिला भएको छैन| आमाले सोध्नु भयो, “अत्तिनै मिठो” भन्न पछाडी परिन|

रोटि र कफीको पैसा दिन खोज्दा आमाले लिन मान्नु भएन| आमाको बर्थडे रैछ| “आज छोरालाइ मैले घर बोलाएर जन्मदिन मनाएको सोच्नु बाबु|” आमाले छोरा भनि सम्बोधन गर्नु भयो| आमाले माया दिनु भयो, आमाले एउटा नाता दिनु भयो| मैले माया पाए, माया संगै जिम्मेवार र कर्तब्यको पनि महसुस भए| रगतको नाता छैन, भनि रहनु पर्दैन| रगत भन्दा प्रिय नाता आत्माको हुन्छ|

बाइक स्टार्ट गरे, फेरी पनि मोबाइल बजे जस्तो लाग्यो| केहि मिनेटमा घर पुगी हाल्छु, अहिले नै मोबाइल निकालेर हेर्न जरुरि लागेन| कोठा पुगे, डायरीलाइ आजको कार्यक्रममा के भयो भनि बेलिबिस्तार लगाए| “राधा” नाम गरेको पुस्तक आधा पढेको थिए, आधा बाकि थियो| किताब लिएर पढ्न बसे| फोन आयो| फोन हैन, मिसकल| यति छोटो मिसकल, मोबाइलको स्क्रिनमा नम्बर हेर्न पनि भ्याइन, कुन नम्बरबाट मिसकल आएको भनि|

मिस कफीले नै मिस कल गरेकी थिइन्| किन हो यसरि मिसकल गरेकी उनले| मेसेज पनि आएको रैछ|

“मैले नै सबै भन्ने हो भने, ऐना अगाडी उभिएर आफैसंग बोले भएन मैले?” उनको पहिलो मेसेज| यो मेसेज म रेडियो स्टेसनबाट निक्लिदा आएको हुनु पर्छ|

“हेरन जानी जानी रिप्लाई दिन खोजेको|” उनको दोस्रो मेसेज| यो मेसेज आमाको पसलमा हुदा आएको हुनुपर्छ|

बिचरी उनि पर्खिएर बसेकी थिइन्| तारा गन्दै रम्दै बस्नेलाइ, रात नै प्यारो हुन्छ| पुस्तकको आकाशमा, शब्दको तारा हेर्दै रम्दै थिए|

“ रिप्लाई

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts