Part 6

दिमागमा एउटा नया सोच आयो| जसले हिजो कार्यक्रममा फोन गरिन्, अनि जसले राति मेसेज गरिन्| दुबैले मलाई आफ्नो नाम भनिनन्| के दुवै एक हुन्? कार्यक्रममा मेरो मन चोरेर, राति मलाई जाच्न खोजेको हैन नि? मेरो आकलन.. आकलन भन्दा पनि, मेरो मगजको उत्पत्ति| सम्भावित सम्भावना यो पनि थियो| असम्भव केहि छैन| असम्भवमा पनि सम्भव लुकेको छ|

सोच र भकुण्डो, जति खेलायो, त्यति गाह्रो हुन्छ| अरुलाइ हैन आफुलाई नै| भकुण्डो खेलाए पछी गोल हान्न जान्नु पर्छ, सोच खेलाउदा निस्कर्षमा पुग्न जान्नु पर्छ| नत्र खेलाएको कुनै अर्थ छैन| निस्कर्षमा पुग्न भयङ्कर गाह्रो छैन| टेक्निसियन दाइलाइ फोन गर्दा, निस्कर्षमा पुगिन्छ|

कसैले कसरि भनि सोध्नु अघि, म आफुले नै जवाफ दिन्छु| भन्न नुहने हो| यदि रेडियोमा कसैले complain गर्यो भने, या व्यवस्थापनको कसैले थाहा पाएभने, टेक्निस्यिन दाइको जागिर धरापमा पर्छ| म पनि धरापमा नै हुन्छु| भन्नु पर्दा, १५ जना जतिको जागिर चैट हुन्छ| कार्यक्रममा फोन गरेको कसैको आवाज मन पर्यो.. आवाज नै मन पर्नु पर्छ भन्ने छैन, गफ मन पर्यो या त्यो मान्छेको केहि चिजले पनि ध्यान खिच्यो भने, टेक्निसियन दाइलेउसको नम्बर टिप्नु हुन्छ| टेक्निसियन दाइ कलियुगका कामदेव हुन, जति नम्बर टिपे, सबै केटीको नै टिपेका छन| कहिले आफु फोन गर्छन, कहिले अरुलाइ नम्बर दिन्छन| हिजो फोन गर्ने केटिको नम्बर पनि टिपेको हुनु पर्छ दाइले| फोन लगाए दाइलाइ|

“दाइ, हिजो अन्तिममा फोन गर्ने केटीको नम्बर छ?” दाइले हेल्लो भन्ने बित्तिकै सोधे| २० सेकेन्ड बोलेको ncell ले ०.८३ ब्यालेन्स काट्छ| ncell पहिले देखि नै धनि छ, थप धनि के बनाउनु|

“छैन नि भाइ| त्यस्तो छुरा बोल्नेको नम्बर राख्नु हुन्न, फेरी औजार काटियो भने|” टेक्निसियन दाइको यो कला चाही गजबको छ| उहाले जहाँ पनि अस्लिलता समाबेश गर्न सक्नु हुन्छ| लाग्छ, उहाले भजन गाए पनि, अर्थ अरु केहि निक्लिन्छ|

“ल ठिक छ दाइ|” मैले अरु के नै भन्नु र!

“किन भाइ? तिमीलाई मन पर्यो हो? पहिलो पटक कसैको नम्बर छ भनि सोधेउ|” दाइको यो प्रश्नको जवाफमा “हैन दाई” भनि फर्काए र एक कप espresso थप मगाए| जब दिमागको इन्जिन पूर्ण तागतमा चल्छ, कफी नामको इन्धन पनि धेरै खपत हुने|

रेडियो स्टेशन पुगे| टेक्निसियन दाइले भेट्ने बित्तिकै फेरी त्यहि केटीको कुरा निकालीहाले| स्याल बुढा, जिस्काउने मौका यसरि सदुपयोग गर्छन्, लाग्छ च्यातिएको मोजामा पनि तुना लागेर लगाउछन| श्रोतालाइ सम्बोधन पछी, दाइले गित बजाए| म तैयार भए आजको अफिलो कलर संग बोल्नको निम्ति| टेक्निसियन दाइले कल ट्रान्सफर गरे|

“हेल्लो, नमस्कार, स्वागत छ तपाइँलाइ हाम्रो कार्यक्रममा|” सुरु भयो आजको पहिलो बार्तालाप|

“धन्यबाद, चीन्नु भयो मलाई?” पहिलो शब्दबाट नै मैले यो स्वर चिने| अहिले सम्म कसैको पनि लगातार फोन गरेको थिएन कार्यक्रममा| गरेको भएपनि, कुराकानी भएको थिएन| धन्यबाद भन्ने अरु कोहि नभई, हिजैको नाम नबताउने श्रोता थिइन्|

“किन नचिन्नु, कि नाम चलेका नाम याद हुन्छन, कि बदनाम भएका| हजरको नाम नै छैन, भुल्ने कुरे हुन्न|” सोचेर जवाफ दिए| उनिसंग बोल्न निकै मुश्किल महसुस हुन्छ| धेरै सोच्नु पर्छ| यसको कारण मलाई खुदलाइ थाहा छैन| यो मान्छेसंग बोल्दा दिमागमा यति जोड दिदै छु, यहि ताल हो भने, अबको एक महिनामा मेरो शरीरमा रगत हैन कफी मात्र भेटिनेछ|

खैर, मसंग राम्रो मौका छ| यो भन्दा राम्रो मौका भेट्नु गाह्रो छ| मिस कफी र अहिले मलाई फोन गर्ने मान्छे एकै हुन् कि अलग बुझ्नलाइ के प्रश्न गरौ अब? पेप्सीकोलाको हालखबर सोध्दा ठिक होला| हुन्न हुन्न, दुवै मान्छे एकै भए केहि आपत्ति छैन तर अलग भए नि? मिस कफीले पनि कार्यक्रम सुन्छु भन्थिन्, मिस कफीले मलाई desperate सोच्छिन| अरु के उपाय छ त? टेक्निसियन दाइलाइ नम्बर नोट गर्न भनि इशारा दिए| सजिलो उपाय यहि थियो| तर अहिलेको जवाना यस्तो छ, जब एउटा केटा/केटीको दुइटा boyfriend/girlfriend हुन सक्छ भने, दुइटा सिम हुन सक्दैन? जे होस्, नम्बर नोट गर्न लगाए दाइलाई|

“हजुरले फेरी प्रश्न गर्नु होला| आज पनि मैले सोध्नलाइ फोन गरेको| हजुरले केहि प्रश्न गर्नु अघि, म आफै प्रश्न गरौ?” उफ्फ़, यो केटि| यो केटीको बोल्ने शैली| मेरो कार्यक्रममा आएर, मलाई नै प्रश्न गर्छु भन्छिन| ऋषि धमलाको अर्को रुप पो हुन् कि हुन्|

“सोचेर आउनु भएको रैछ| मैले नाइँ भने पनि हजुरले मान्नु हुन्छ जस्तो लाग्दैन| हुन्छ सोध्नु|” अनुमति दिए मैले|

“मायामा हजुरको खयाल के छ?” दुबिधामा परे| कस्तो प्रश्न हो यो| उनको प्रश्नको जवाफ नभएको हैन मसंग तर सुन्दर झुठ बोल्नु कि घिनलाग्दो सत्य|

“ मरुभुमिमा एउटा मान्छे भौतारिदै छ रे| एक महिना देखि पानि पाएको छैन| उसले अचानक एक बोतल बिख भेट्छ| हो माया त्यहि बिख हो, खाए पनि पछुताउछ, नखाए पनी|” सत्य बोले| घिनलाग्दो भएन सायद|

“ निकै भिन्न जवाफ थियो| true love भन्छन नि| के दिल टुक्रिएकाले फेरी पनि माया गर्न सक्छन?” उनले यसरि प्रश्न गर्दैछिन्, मानौ म आर.जे हैन साहित्यकार हु|

“ एक पटक मुटु टुक्रिएका मान्छेले, फेरी कहिले पनि माया गर्दैन| उसले केवल नाटक गर्छ! माया गरेको नाटक, खुसि भएको नाटक, अतित भुलेको नाटक|” आखा अगाडी अतितको दिनहरु आए र जवाफ त्यहिबाट मन्थन भयो| एउटा जवाफ दिए, अब अर्को प्रश्न के आउछ भनि तनाबमा पुगीसके|

“त्यसो भए..

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts