Part 21

सधै जस्तो एयरपोर्ट अगाडी पुगे, बाइक पार्क गरे अनि आमाकोमा पुगे| म भन्दा अगाडी रोजिता त्यहाँ पुगी सकेको थिइन्| मैले उनलाई परबाट नै देखे| कपाल कान पछाडी लगेर मिलाउदै थिइन्| छेउमा पर्स थियो| हातमा चियाको कप| आज चस्मा लगाएकी थिइन् उनले| चस्मा सुहाउने रैछ उनलाई| चस्माले कसैको दृस्टी सुधार्न सक्छ, दृस्टीकोण हैन| दोषी चस्मा जहिले दर्शनको बाटोको बाधा हो|

बारम्बार, पटकै पिच्छे यसरि भावनामा बग्न जरुरि छैन नि है? लभ स्टोरीमा दर्शन र जीवनको अर्थलाइ यसरि कोच्दै छु, जसरि माइक्रोको खलासीले माइक्रोमा भेडा जसरि मान्छेलाइ कोच्छ| रोजिताको सुन्दरताको बयान गर्नु पर्ने, जीवनको व्याख्या गरेर बसेको छु| बादरको हातमा नरिवर परेपछि के गर्छ बादरले? खादैन त्यो नरिवर| खेलाउछ, के हो भनि बुझ्न खोज्छ र फुटाउन नसकेपछी, फ्यालिदिन्छ अनि अरु केहिमा ब्यस्त हुन्छ| म पनि त्यहि बादर हो| चाहेर पनि रोजिताको बयान गर्न सकेको छैन| मलाई कसैको बयान गर्न अनि कसैलाइ फकाउन कहिले आएन|

रोजिता बसेको बेन्च नजिक पुगे| आमाको होटेलमा कुर्सि कम बेन्च धेरै छन्| रोजितालाइ म उनको छेउमा पुगेको खयाल पनि भएन| उनको हातमा मोबाइल थिएन, उनि के सोचेर टोलाएर बसेकी छिन्? टोलाएर बस्दा, उनि झनै राम्री देखिने| कुनै हलचल बिनाको, ठ्याक्कै मुर्ति जस्तो| भगवानको मुर्ति जस्तो| यदि मुर्ति यस्तो सुन्दर देखिने भए, कोहि नास्तिक नै हुन्थिएन| एउटा नया धर्मको सुरुवात हुन्थियो, मायाको धर्म|

यो उनकै चमत्कार हुनुपर्छ, म उनको बयान गर्ने काबिल भए| पुक्क परेको गाला,थोरै लालीको रंग चढाएको जस्तो| गुलाबी गाला पहिलो पटक देख्दै थिए| गाला संगै ओठ पनि गुलाबि| मुस्कुराउदै टोलाएकि थिइन्| आख पनि ठुला ठुला, गुच्चा भन्दा थोरै ठुलो होला| अनुहारको बनावट यसरि मिलेको थियो, आखा, नाक , ओठ, निधार, गाला, सबै एक अर्काको पुरक थिए| हातमा स्मार्ट घडी, अर्को हातमा डोरी बाढेको| टपक्क परेको टिसर्ट लगाएकी थिइन्| मुलायम घाटी, देख्ने बित्तिकै हातले छुन खोज्छ| टिसर्टमा दुइ टाकुरा पनि थिए, जसलाई बादलले छोपेका थिए| उनको जिउ, फेन्टाको एक लिटरको बोतल जस्ती, सबै मिलेको| आखा र हात दुवै त्यहि लग्न मन लाग्ने|

हिजो उनलाई यसरि नियालेर हेर्न पाएको थिइन| हिजो उनको गफमा मेरो ध्यान केन्द्रित थियो र आज उनको सुन्दरता मेरो ध्यान खिचेको छ| मैले नियालेको हो, गिद्धे नजर हालेको हैन| जे सुन्दर छ, सुन्दर छ भन्न पाउनु पर्छ, मिले उनको सामु नत्र मन मनै| उनको दुवै ओठ बीच थोरै दुरी थियो, टोलाउदा आँ गरेर टोलाएकी थिइ| माथिल्लो अघिल्लो दुइटा दातको टुप्पो थोरै देखिएको थियो, अनि जिब्रो पनि थोरै| दाया पट्टिको एउटा दात थोरै उछित्तिएको थियो| उनको सुन्दरतालाइ दोब्बर गरेको थियो उनको यो मिलेको बंगाराले|

“बाबु, लेउ कफी|” आमाले कफी ल्याइदिनु भयो| आमाको आवाजले टोलाएको रोजितामा पनि चेतना फर्कायो|

“कुन बेला आयौ?” रोजिताले अत्तालिदै मलाई प्रश्न गरिन्|

“जब तिमि मलाई सम्झिएर बसेको थियौ, त्यहि बेला|” सोझो जवाफको सोझो जवाफ दिए|

“तिमीलाई सम्झिएको रे? कहिले सम्झिए मैले तिमीलाई फेरी?” झन् अत्तालिदै प्रश्न गर्न लागिन् मलाई|

“त्यसो भए किन मुस्कुराउदै टोलाउदै थियौ?” प्रश्न सोध्ने पालो मेरो| उनलाई थाहा पनि छैन होला, टोलाउदै मुस्कुराउदै थिइन् उनि|

“तिमिलाइ सम्झेर टोलाएको पनि हैन, अनि तिमीलाई सम्झिएर मुस्कुराएको पनि हैन|” अनुहारमा मुस्कान, बोलिमा मिठास तर शब्द रुखो चयन गरिन् उनले|

“अनि के त?” उनलाई फेरी अर्को प्रश्न गरे| मेरो अनुमान नमिलेपछि, यथार्थ जान्न आतुर थिए म| कफी, चुरोट अनि रोजिता, पर्फेक्ट कम्बो| मैले प्रश्न गरेपछी, उनले बोल्न सुरु गरिन् अनि म यी तिनको मजा लिन लिप्त भए|

रोजिता: “ अघि त्यहाँ दुइ जना थिए| बाउ छोरी| बुवाले त्यहाँ बसेर चिया पिउनु भयो| छोरीको हातमा बिस्कुट थियो| बाउको चिया र छोरीको बिस्कुट संगै सकियो| बाउले पैसा तिरेर, ललिपप किनेर छोरीलाइ दिनु भयो अनि छोरीलाई काधमा बोकेर लग्नु भयो| मलाई पनि बाबाले त्यसरी नै माया गर्नु हुन्थियो अनि काधमा बोकेर गाउ घुमाउनु हुन्थियो| बाबाको याद आयो, बाबालाइ सम्झिदै थिए| सायद त्यहि बेला मुस्कुराएछु| ”

“बाबा कहाँ हुनुहुन्छ र अहिले? संगै बस्ने हैन तिमिहरु?” यो प्रश्न सोध्नु अघि, मैले बुझ्नु पर्ने थियो तर ढिलो गरे| “बाबा हुनु हुन्न” जवाफ आयो उनिबाट| “सरि” भने उनलाई|

“आज भएपनि, भोलि भएपनि, मैले भन्नै पर्छ तिमीलाई| अहिले नै भन्छु बरु| पछी भन्दा धोका दिए जस्तो हुन्छ, अहिले भने भने, पछीलाइ सजिलो हुन्छ| मेरो बाबाको आज भन्दा १२ बर्ष अगाडी death भएको हो| अफिसबाट फर्किदै हुनुहुन्थियो, ट्रकले पछाडीबाट बुवाको बाइकलाइ ठोक्यो| spot death भयो| मामुले मलाई हुर्काउनु भयो त्यसपछि| त्यो बेला म 1२ बर्षको थिए| मामुले फेरी बिहे गर्न मान्नु नै भएको थिएन| तर परिवारको किच किच, अनि पछी मेरो बिहे पछी मामु एक्लै हुनुहुन्छ भनि सबैले कर गर्न लागे| मामुले बिहे गर्नु भयो दुइ बर्ष अगाडी| मलाई daddy ले माया नगर्ने हैन, माया गर्नु हुन्छ| उहाको पनि कुनै सन्तान छैन म बाहेक| तर पनी बेला बेला बाबाको याद आउछ|” उनको आखाको डिलमा टिलपिल आशु थियो| आखाबाट खसेर गालामा पुग्न मात्र बाकि थियो उनको आशु| उनले आशु पुछ्दै, मुस्कुराउदै म तिर हेरिन् अनि भनिन् “

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts