उनले आशु पुछ्दै, मुस्कुराउदै म तिर हेरिन् अनि भनिन् “ म पनि के भएको| कस्तो रुन्ची केटि सोचेउ होला है| बुवाको कुरा आउदा sensitive छु नत्र I am a strong girl.”
उनले मसंग केहि लुकाइन| उनले अहिले नै भनि हाल्नु पर्ने थिएन यो सबै तर उनले मलाई आफ्नो ठानेरसबै व्यक्त गरिन्| म उनको लागि खास रैछु, उनको मुटुको पास रैछु, उनले प्रमाणित गरिन् यो| मैले उनलाई judge गरे कि भनि उनलाई थोरै पिर भने परेको हुदो हो| नत्र उनले आफुलाई “strong girl” भनि नामाकरण पक्कै गर्दिन थिइन्| अचेलको माया, एक अर्कालाइ सम्मानको गहना दिने हैन, एक अर्कालाइ नंग्याउन मात्र खोज्छन्| जब शरीर नंन्गिन्छ, बल्ल माया पुरा भएको सोचाइ हुन्छ अहिलेको जोडीमा| आज १५०० को लुगा किन्दिएर, भोलि १५०० को होटेलमा लगेर अस्मिता लुट्ने प्रेम viral भएको छ हिजो आज| प्रेम हैन बलात्कार हुन्छ यहाँ, कहिले शरीरको, कहले आत्माको, कहिले अस्मिताको अनि कहिले नैतिकताको|
रोजिता चाही भिन्न छिन्| उनले मायाको जिकिर हिजो नै गरिन् अनि आज मेरो अगाडी नान्गीएकी छिन्| नान्गिनु लुगा खोलेर मात्र हुदैन| उनले संकोचलाइ आफुबाट खोलेर, आत्माबाट नान्गीएकी छिन्| उनको मनमा के छ सबै भन्दै छिन्| शरीर जसले पनि सुम्पिन्छ, उनले मन सुम्पिन् मलाई| हात हैन, आत्मा जोड्न खोज्दै छिन्| समयले भन्नेछ, हाम्रो सम्बन्ध कहिले र कहाँ पुग्छ या सुरुवात नै हुदैन सम्बन्धको तर निकै ठुलो आश पलाएर आयो म भित्र|
“म आउछु भनेर पक्का थियौ है|” प्रश्न गरे रोजितालाइ| उनि भावुक थिइन्, उनलाई खुसि देख्न चाहन्थिए, त्यसैले उनलाई अतितबाट बर्तमानमा ल्याउन खोज्दै थिए|
“त्यो त पक्का नै थिए| २ महिना जहिले हजुरलाइ यहि हेरेर बस्थीए| बोल्न मन थियो तर आफुलाई सम्हाल्थिए| पहिले हजुरलाइ बुझ्नु थियो| आज खुसि छु म| हजुरसंग यसरि बोल्न पाउनु मेरो लागि कुनै उपहार जस्तै हो| हिजो जे बाकि थियो, आज पुरा गर्छु है| ल अब स्वस्थानी सुने जसरि सुनेर बस्नु मेरो कुरा|
हिजो कहाँ सम्म भनेको थिए? यहाँ आएको भने है| भोलि पटक बिहानै हजुरको कोठा अगाडी पुगे| हजुर तैयार भएर एकछिनमा निक्लिनु भयो| पर्खिएको काम लाग्यो| त्यहाँबाट फेरी कफी पिउन आमाको आउनु हुन्छ होला सोचे तर त्यस्तो भएन| पुरानो बानेस्वर हुदै हजुर apex college को बाटो लाग्नु भयो| पुरानो बानेस्वरको जाम हजुर सजिलै कट्नु भयो, म चाही फसे जाममा| जाममा फसेको मान्छे अनि युद्धमा गएको मान्छे कहिले फर्किन्छ थाहा हुन्न भन्छन नि| जाममा अफसे, हजुर कहा जानु भयो थाहा भएन| बिहानै उठेको केहि काम लागेन|
दिउसो भरि त्यसै खालि नै बसे| हजुर बेलुका आउनु भयो रेडियो स्टेसनमा| हजुर घरबाट सिधै कहाँ जानु हुन्छ जान्नु थियो मलाई| किन कि हजुर कहिले पनि बिहानै रेडियो स्टेसन पुग्नु हुन्थिएन| जहिले कार्यक्रम सुरु हुने केहि समय अगाडी पुग्नु हुन्थियो| फेरी बिहानै हजुरको कोठा पुगे| हिजो भन्दा धेरै सतर्क थिए| सकेसम्म हजुरसंगै हिड्ने प्रयास थियो| सफल भए, पुरानो बानेस्वरको जाममा फस्नु परेन| बानेस्वरको जाममा पनि परिन| शंखमुल हुदै बुद्धनगर पुग्नु भयो| बुद्ध नगर हो या शंखमुल, त्यो मलाई राम्ररी थाहा छैन| त्यहाँबाट बेलुका मात्र निक्लिनु भयो हजुर| त्यहाँबाट निक्लिने समय कहिले उही थिएन हजुरको| कहिले 5 बजे नै, कहिले ६ कहिले ७| समय निश्चित नभएपछी, जहिले 5 बजे पुग्न लागे हजुरको अफिस मुनि| अफिसबाट हजुर जहिले कफी पिउन जानु हुन्थियो| रेस्टुरेन्टमा हजुरको हाउभाउ, हजुरको बानि बेहोरा, सबै हेरेर बस्थिए| जहिले आफैमा वा डायरीमा मस्त हुनुहुन्थियो हजुर|
यहाँबाट पक्का भए, हजुरको गर्लफ्रेन्ड छैन| नत्र हजुर फोनमा ब्यस्त हुनु पर्ने हो| मलाई हजुर झनै मन पर्नु भयो| हजुरको गर्लफ्रेन्ड नभएर हैन, हजुरको बानि मन पर्यो| म त्यसरी एक्लै बस्न कहिले सक्थिन| बस्नु परेको भए पनि मोबाइल चाहिन्थियो नै, तर हजुर भिन्न हुनुहुन्थियो| हजुर मान्छे पनि नम्र जस्तो लाग्यो| यसरि नै हो मैले हजुरलाइ चिनेको|” हिजो जुन कहानीको उनले सुरुवात गरेकी थिइन्, आज त्यसलाई पुरा गरिन् उनले| एउटा मान्छेलाइ चिन्न कसले यति धेरै मिहिनेत गर्छ, कसले यति दुख पाउछ| उनले सिधै मलाई आएर स्टेसनमा भेट्न सक्थिन् तर उनले पहिले मलाई चिन्न खोजेकी थिइन्| सम्बन्ध उनले उनको हैन, दुबैको खुसि खोजेकी थिइन्| उनले दिर्घकालिन सम्बन्धको निमार्ण गर्न खोज्दै थिइन्|
“अनि मलाई फोन गर्नु अनि मलाई भेट्न आउनु, सहि समय यहि हो भनि कसरि थाहा पायौ?” उनले यति प्रश्नको जवाफ दिइन् भने, मेरो सबै प्रश्नको जवाफ पाउनेछु| दुइ मुटु जोडिन, हात समाएर हिड्नु पर्छ, महिनौ बोल्नु पर्छ, ठाउ ठाउ घुम्न जानु पर्छ, अनेकौ बाचा कसम खानु पर्छ भन्ने भनाइलाइ मेरो मनले अस्विकार गर्न उन्मुख छ| मलाई पनि रोजिता मन पर्न लागिन्| उनिसंग मेरो मुटु किन जोडिन पुग्यो भन्ने प्रश्नको जवाफ छ मसंग तर उनलाई अहिले नाइँ माया जिकिर गर्नु छैन| उनले जस्तै, मैले पनि उनलाई बुझ्न जरुरि छ| आखिर एउटा हातले तालि बज्दैन, झापड मात्र हान्न मिल्छ एउटा हातले| अनि सम्बन्धमा मलाई थप तमाचा खाने रहर छैन|
“रेडियोमा फोन गर्नुको कारण केहि नभएर तृष्णा हो| हजुरलाइ भेट्ने तृष्णा| हजुरलाइ थप जान्ने तृष्णा| टाढाबाट हजुरलाइ observe गरेको पनि धेरै भएको थियो| त्यसरी observe गर्दा ठिक लागेको मान्छे, अब हजुरलाइ चिनेर observe गर्ने तृष्णा पलायो म भित्र| तर भेट्नु अघि हजुरको बिचार जान्न मन लाग्यो| त्यसैले हजुरलाइ रेडियोमा फोन गरे| हजुरको बिचार मन पर्यो, त्यसैले हजुरलाइ भेट्न आए|” उनले फेरी पनि सबै भनिन्| उनको शब्दको हरेक वाक्यमा भावना र सत्यता थियो|
“अनि मेरो गर्लफ्रेन्ड भएको भए वा मेरो बिचार मन नपरेको भए? तिम्रो मिहिनेत खेर जान्थिएन?” अर्को प्रश्न गरे| उनिसंग बोल्दा, मनमा आतुरता बढ्दै जाने अनि प्रश्न थपिदै जाने|
“माया…
