“ मेरो गर्लफ्रेन्ड छ भनौ भने, त्यो झुठ हुन्छ तर तिमीलाई चित्त बुझ्दो जवाफ यहि होला| छैन भन्नु नै सहि जवाफ हो तर तिमीले मान्दैनौ मैले छैन भने भने|” मिस कफीको प्रश्नको जवाफ दिए| कसैले कुनै प्रश्न बारम्बार दोहोर्याउछ भने, वाक्क मान्नु भन्दा, जवाफ उही दिनु भन्दा, त्यहि जवाफ नया ढंगले सृजना गर्ने हो भने, बार्तालापमा आफुलाई आनन्द महसुस हुने|
“ केटाले पैसा र गर्लफ्रेन्ड कहिले छ भन्दैनन्|” हैन, उनलाई मेरो गर्लफ्रेन्ड छैन भनेर कसरि सम्झाउ| जे भन्दा पनि मान्दिन त|
“ अनि केटि नि? बोइफ़्रेन्ड नभएको केटि भेटिन त भगवान खोजे जस्तै हो, भेटिन्न|” उनलाई उनकै शैलीमा जवाफ दिए|
“ जे पायो त्यहि| ल भन, ब्रेक अप किन भएको?” उनको प्रश्नको स्तर बढ्दै छ र गाह्रो हुदै छ|
“हामि त्यति नजिक भइसकेको छैनौ, अनि यस्ता कुरा फोनमा कसले भन्छ| बोल्दै गरौ, एकदिन भेटेर भनौला|” मिस कफीलाई आफ्नो अतितसंग नजिक बनाउन डर लागेको हैन तर अतित सम्झिन मन छैन| त्यो पनि रातको 1२ बजे| उल्लु जाग्ने समय हो, अतितको भुतलाइ जगाउनु छैन| भुत देखि निकै डर लाग्छ, चाहे त्यो बितेको समय होस् या बितेको मान्छे|
“तिमि मान्छे पनि bluetooth जस्तै रैछौ| नजिक हुदा मात्र share गर्ने|” हैन उनको दिमागमा के के चल्छ हौ| मलाई bluetooth रे! के म bluetooth जस्तो देखिन्छु? साची bluetooth कस्तो देखिन्छ? मलाई त्यो पनि थाहा छैन| भयो, यस्तो बकम्फुसे सोचलाइ भिड गर्न दिनु हुन्न दिमागमा|
“तिमि चाही ENO जस्तो छौ| सबै काम छ सेकेन्डमा सक्नु पर्ने|” अंग्रेजी भाषामा blame game भनिन्छ| म त्यहि खेल्दै छु तर जिस्किएर| जिस्किएर जिस्काउने खेल खेल्दै थिए|
“तिमि जस्तो ढिला के हुनु| संसार fast चल्दै छ, हामि नि संसार संगै चल्नु पर्छ|” उनको उपदेस सुरु भयो|
“द्रुत गति, जीवन क्षति. कि सुनेकी छैनौ? पुग्दैन नपुग्नु भन्दा ढिला पुग्नु बेस नि|” बाइक चलाउदा, यो लाइन धेरै ठाउमा लेखीएको देखेको थिए| दुरुस्त त्यहि वाक्यलाइ जवाफमा परिणत गरे| अनि त्यसपछि केहि बाक्य आफ्नो तर्फबाट थपे|
“जहिले आफै जित्नु पर्छ कुरा गर्दा? जे को पनि जवाफ रेडिमेड जवाफ छ है तिमिसंग?” रिसाएकी पक्कै हैन उनि| मलाई जित्न नसकेर निराश वा हत्तु भएको हुनुपर्छ|
“ जित्नु नै पर्छ भनेर कसले भन्यो? हराउने मान्छेले जाने भने हराउछ मलाई|” उनिसंग बोल्नलाइ अनि उनलाई यसरि जवाफ फर्काउन पाउदा निकै रम्दै थिए म|
“यदि कसैले हराउन सकेन भने, तिमि जहिले अविजित हुने?” उनको यो प्रश्न मुश्किल थियो| यो एउटा जवाफमा विभिन्न जवाफ लुकेको पाए मैले| कि मैले चाहिने भन्दा धेरै सोचे| कहिले काही आफ्नै सोचले आफुलाई नै घोच्छ|
“ यदि हारमा मिठास भए भने, हार्न पछी पर्दिन म|” उनको प्रश्नको यो भन्दा राम्रो जवाफ भेटिन मैले|
“यति राम्रो केटिसंग हारेको हारमा मिठास नहोला र?” के उनि अब मसंग flirt गर्न खोज्दै छिन्? बोइफ्रेन्ड छ भन्थिन्, अनि flirt किन फेरी? फेरी मैले धेरै सोचेको हो?
“केटीको सुन्दरता उसको नाममा हुन्छ, मलाई तिम्रो नाम नै थाहा छैन| हार पछिको कुरा हो|” कहिले सम्म मिस कफीको नामले चिन्नु उनलाई| नाम सोधे उनको|
“साची मैले आफ्नो नाम भनेको छैन है तिमीलाई! तर एउटा सर्त छ|” उनले नाम भन्ने भइन् तर उनको सर्त के हो? उनको सर्त जान्ने इच्छा वा बाध्यता, उनको सर्त सोधे|
“हजुरले पनि आफ्नो नाम भन्नु पर्छ| साची वाला, प्रयास नै हो भन्न नपाइ|” उनको सर्त गाह्रो थिएन मेरो लागि| तर मेरो पनि केहि माग छ, उनले त्यो मान्नु पर्छ|
“हुन्छ तर मेरो पनि केहि सर्त छ|” उनलाई आफ्नो इच्छा व्यक्त गरे र उनले पनि मेरो सर्त जान्न चाहिन् र “के हो तिम्रो सर्त सोधिन्|”
“कहिले तिमि भन्छौ, कहिले हजुर| जे भने नि भन तर एउटा कुनै भन|” उनले सम्बोधन गर्ने तरिका चित्त बुझेको थिएन मलाई| कि जहिले तिमि भन्नु कि जहिले हजुर, दुवै भन्दा, कस्तो अर्कै, खै के खै के महसुस हुने| उनले “हजुर” नै भन्ने भइन् मलाई|
आयुष्मा रैछ उनको नाम| मैले पनि आफ्नो नाम सुलभ भने| गफ, गफ , गफ, गफ, गफ, २ बजेछ|
“आजबाट हजुर मेरो मिल्ने साथि|” फोन राख्नु अगाडी उनले हाम्रो सम्बन्धलाइ नाम दिन खोजिन्|
“केटा र केटि कहिले साथि मात्र हुन सक्दैनन्|” दिमागमा यस्तै केहि आयो तर धेरै chessy हुन्छ| गुड नाइट भनेर सुत्न गए|
बिहान निन्द्रा खुल्ने बित्तिकै मोबाइल हेरे, रोजिताको मेसेज छ कि भन्ने आश थियो| तर मोबाइलमा केहि थिएन| उनले बिहानै मेरो कोठा आएको पनि भनेकी थिइन्, आज पनि छिन् कि? पर्दा हटाए बाहिर हेरे| कोहि थिएन| खिन्न भए| अफिस पुगे अनि त्यसपछि रेडियो| आज कार्यक्रममा रोजिताको फोन आएन| झनै खिन्न| चिनी बिनाको खिर खाए जस्तो|
सधै जस्तो एयरपोर्ट अगाडी पुगे, बाइक पार्क गरे अनि आमाकोमा पुगे| म भन्दा अगाडी रोजिता त्यहाँ पुगी सकेको थिइन्|
