Part 24

“आज पनि है?” यति लेखिएको थियो मेसेजमा| उनले के भन्न खोजेकी मैले बुझे र मेसेज टाइप गरे|

“खै, मैले नगरे तिमीले पनि मेसेज गर्न सक्थियौ नि| हैन र?” गल्ति मेरै थियो तर उनलाई नै दोष दिन खोजे| गल्ति कसको भन्दा पनि, को कम दोषी दाजिन्छ यहाँ|

“हजुर मान्छे चाही नहुने| हिजो पनि यहि भन्नु हुन्थियो आज पनि| जहिले बहाना खोज्ने, जहिले दोष मलाई दिने|” उनि रिसाइन् जस्तो भान भयो तर यति चाडै रिसाउने बानि थिएन उनको| म जस्तै उनले पनि दोष मलाई transfer गर्दै छिन् सायद|

“अनि तिमि पनि दोष मलाई मात्र लगाउछौ| ल भन त, तिमीले मेसेज गरे हुन्न?” मैले फेरी दोष मिस कफी तिर नै ट्रान्सफर गरे| कति मिस कफी भन्नु उनलाई, अब नाम नै लिन्छु| मैले दोष जति सबै मिस कफीलाई ट्रान्सफर गरे, मेरो मतलब, आयुष्मालाइ|

“अहिले सम्म सुरुमा मेसेज कसले गरेको छ? हजुरले कि मैले? फोन पहिले कसले गर्यो? हजुरले कि मैले? सधै सुरुमा सम्झिने कसले? हजुरले कि मैले? बरु सिधै भन्नु, मैले मेसेज गरेको, बोलेको मन पर्दैन भने म बोल्दिन आजबाट तर जहिले यस्तो नभन्नुस् मलाई|” मेरो अघिको शंका ठिक रैछ| उनि रिसाइन्| मेसेजको हरेक शब्दमा रिस भरिएको थियो| उनको हरेको शब्दलाइ उनको आवाजमा सुन्दै थिए म| उनले आखा र कान रातो हुने गरि रिसाउदै, मलाई गालि गर्दैछिन् महुसुस भयो| मेसेजमा एउटा भन्यो अर्को बुझिन्छ| बरु फोन गरेर सम्झाउनु उचित हुन्छ| धेरै सोच्छु, केहि बोल्दिन, आफु निराश हुन्छु| सोच्दै नसोची बोल्छु, अरुलाई निराश बनाउछु| यस्तै छु म|

आयुस्मालाइ फोन गर्नलाइ कल बटन खिचेको मात्र थिए,”your call could not be connected” भनेर देखायो मेरो स्क्रिनमा| यसको अर्को पलमा स्क्रिनमा एउटा नाम देखियो “मिथिलेस”| अफिसको दाइले फोन गर्नु भएको हो मलाई| यति राति, त्यो पनि अफिसको दाइको फोन| फोन उठाउनु अघिनै फोन गर्नुको आसहय थाहा छ मलाई| पक्कै पनि केहि issue आएको हुनुपर्छ| ल्यापटप खोलेर काम गर्नु पर्ने भयो|

फोन उठाए, मेरो अनुमान मिल्यो| काम गर्नु पर्ने भयो, अहिले नै| ल्यापटप खोलेर काम गर्न सुरु गरे| यस्तै छ सफ्टवेयर इन्जिनियरको जीवन| कहिले कुकुर जस्तै हल्लिएर बस्न मिल्छ अफिसमा, काम नै हुन्न एक दुइ घण्टा दिनको| फेरी कहिले, दिनको एक दुइ घण्टा बाहेक, बाकि समय सबैमा काम गरेर बस्नु पर्छ| काम सकिएर मात्र कहाँ हुन्छ र, QA ले ठिक छ नभनुन्जेल, काम सकियो भनी ढुक्क हुन नमिल्ने| नचाहिने कुरा धेरै गरे है मैले”? अहिलेको काम सकिदा ४ बज्यो बिहानको|

“भाइ, भोलि अफिस न आए नि हुन्छ| आज रात भरि सुत्न पाएनौ|” मिथिलेस दाइले खुसि बनाउनु भयो मलाई| बिहान ढिलो उठ्दा पनि हुने भयो|

भुसुक्कै बिर्सिएको| आयुष्मा रिसाएकी थिइन्| उनलाई फोन पनि गरेको थिन, मिलेको थिएन भनौ न| मेसेज गर्न मिल्थियो तर भुले| यो भुल्ने बानि निकै नराम्रो मेरो| उनको पनि केहि थप मेसेज आएको छैन, फोन पनि| उनि अझै रिसाइन् भनि पक्का भए| उनको रिस अहिले दोब्बर भएको हुनुपर्छ| मैले मेसेज वा फोन नगर्नु भनेकै, उनको रिसको आगोमा पेट्रोल हाल्नु हो| अब यो रिसको आगोमा को को अनि के के जल्ने हो| मेसेज गरौ उनलाई अहिले? सुति सकिन् होला| नसुतेको भएपनि, उनले रिप्लाई गर्ने हैन| उनको रिसको उपचार भनेको उनीसंग फोनमा बोल्नु हो| तर यति राति? निदाएको भए? मेरो फोनले उनको निन्द्रा बिग्रियो भने? उनि झन् रिसाइन् भने? कस्तो दोधारमा परे| मैले केहि नगरे झन् उनको रिस बढ्ने छ| बरु अहिले फोन गरे भने, भोलि सम्झाउन सजिलो हुन्छ| काम पर्यो, यता उता भनि| रिस साम्य भएपछी पक्कै पनि उनले बुझ्नेछिन्|

फोन गरे उनलाई| फोन स्विच अफ| उनको रिसा चरम बिन्दुमा छ पक्का भए| नत्र यतिकै फोन अफ नहुनु पर्ने| अब के गर्ने? भोलि कुन समयमा उनको मोबाइल अँ हुने हो फेरी| बिहान म उठ्दा कति बज्ने हो फेरी| मिल्ने साथि भनेको थिइन् उनले, फकाउनु हक लाग्छ अनि मनको निर्णय पनि त्यहि छ|

“सरि|” पहिलो मेसेजमा यति लेखेर पठाए| आफैलाई चित्त बुझेन, उनको रिस झन् के मर्ला|

“सरि| अफिसको काम आयो अचानक|” यति लेखेर पठाए| अघि भन्दा धेरै राम्रो मेसेज तर अझै पनि चित्त बुझ्दो मेसेज हैन यो| निस्तो भात भन्दा जाउलो मिठो हुन्छ तर बिर्यानी जति मिठो हुन्न| अझै पनि चित्त बुझेन| दोस्रो मेसेजमा मैले माफी मागे, अनि आफ्नो मजबुरी देखाए तर अहिले सम्म पनि गल्ति स्वीकारेको भनि झल्किएको थिएन|

“सरि| गल्ति मैले गरेको हो| मेसेज गर्नु पर्ने तर गरिन| अनि तिमि रिसाउदा फकाउनु पर्ने त्यो पनि गरिन| एउटा हैन दुइटा गल्ति गरे मैले| एउटा हैन दुइटा सजाय पाउनु पर्छ मैले|” यति लेखी पठाए| बल्ल चित्त बुझ्यो| मेरो चित्त बुझेर हुन्न, उनको रिस मर्नु पर्छ| अब यसको परिणाम भोलि थाहा हुन्छ| सुत्नु अघिको अन्तिम चुरोट सल्काएपछि, ओछ्यानलाइ आफ्नो जिउ सुम्पिए|

बिहान उठ्दा ढिलो भयो, ११ बजेको थियो| उठ्ने बित्तिकै मोबाइल हेर| आयुष्माको मेसेज र फोन केहि पनि थिएन| उनको रिस अझै पनि मरेको थिएन| “Good morning” लेखेर पठाए आयुस्मालाइ|

Meditation पछी कफी र चुरोटको जोडी मिलाए| अफिस नगएको दिनको सबै भन्दा अल्छी काम भनेको खाना पकाउनु| आधा किलो कुखुराको मासु ल्याएर, दालसंग भात खाए| अल्छी लागेर के गर्नु, पकाउनु पर्छ नै| खाना खाइ सकेपछी, फेरी आयुस्मालाइ मेसेज गरे तर केहि रिप्लाई आएन| एकछिन पर्खिए र फोन गरे| फोन उठेन| म पनि जिद्दी मान्छे| एक चोटी फोन नउठेपछी, अर्को पटक फेरी गरे| फेरी उठेन| तेस्रो पटकमा उनले फोन काटिन्| त्यसपछि हरेक पटक फोन गर्दा, “ब्यस्त छ” भनि मात्र सुन्नु पर्यो मैले| यसरि फोन गरेर झन् उनको रिस बढाउदै हैन नि मैले? एकछिन फोन गर्न बन्द गरे| खाना पछिको चुरोटको डोज बाकि छ| चुरोट सल्काए| ३ ४ पफ पछी आयुस्माको मेसेज आयो|

लेखिएको थियो “ coffee date?” उनको यो मेसेज अपत्यारिलो थियो| केहि समय अघि फोन न उठाएको उनले, अहिले यस्तो मेसेज आउदा, कसरि बिस्वास लागोस् मलाई|

“Huh?” लेखि पठाए| यस्तो मेसेज कसले लेख्छ के? “नबुझेपछी, “मैले बुझिन, के भनेको?” भनि सोध्नु पर्ने हो| मेरो बोल्ने सोमत हाराउदै छ अचेल| आयुस्माको रिप्लाई आयो फेरी|

“फोन…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts