Part 23

अनि मेरो गर्लफ्रेन्ड भएको भए वा मेरो बिचार मन नपरेको भए? तिम्रो मिहिनेत खेर जान्थिएन? अर्को प्रश्न गरे| उनिसंग बोल्दा, मनमा आतुरता बढ्दै जाने अनि प्रश्न थपिदै जाने|

मायाको कुरा अब भोलि गरौला| आज ढिला भइसक्यो| म जान्छु है| मेरो प्रश्नको जवाफ नदिएर नै, उनि घर जान लागिन्| उनलाई भेटेको आज दोस्रो दिन| तर पनि उनि मेरो आदत भइसकेको बोध भयो| फेरी उनि भने इन्डियन सेरियलको एपिसोड जस्तै, दिनमा एक चोटी आउने, त्यो पनि जम्मा ३० मिनेटलाइ, अनि जहिले जानु अघि, मनमा कौतुहलता छाडेर जाने|

घर पुगेर पनि बाकि कुरा गर्न मिल्छ नि| हिजो नम्बर मागेको, उनले दिन मानेको हैन| फेरी आज नम्बर माग्न मन थियो तर उनले फेरी नाइँ भनिन् भने| त्यसैले नम्बर माग्ने नया उपाय रोजे| यसलाई नै भन्छ सायद,टोपी खोलेर कट्टु बनाएको|

किन, मेरो घर जान खोजेको हो? बुझेर पनि नबुझेको गरिन् उनले| आफुले भने लाज पचाएर नम्बर मागेको थिए, उनले झन् लज्जित बनाइन् मलाई| फेरी पनि उनिसंग उनको नम्बर माग्ने आट आएन| उनलाई आजको लागि बिदाइ गर्नलाइ हुन्छ भनि स्वीकृति दिए| मन खिन्न थियो तर पनि मुहारमा मुस्कानको लेप लगाए

नाटक पनि गर्न जानेको रैछौ है| मन छैन हैन bye भन्न| यति दिन मैले पर्खिए हजुरसंग बोल्न, केहि दिन म पनि पर्खिन्छु, अनि हजुर पनि पर्खिनु| उनले मलाई फकाउन खोजेकी हुन् या सम्झाउन, तर उनको प्रस्ताभ चित्त बुझ्यो| आखिर म भन्दा धेरै उनले पर्खिएकी छिन्| म भन्दा बढी तृष्णा उनिमा छ| म भन्दा आतुर उनि छिन्, हैन हैन, आतुर त म छु अहिले| उनि आतुर थिइन्, म आतुर छु| मैले भन्दा उनले धेरै नै मिहिनेत गरेकी छिन् अनि उनले नै एउटा नया यात्राको सुरुवात गर्दैछिन्| मैले धेरै केहि गर्नु पर्दैन, मात्र उनको मार्गमा, उनको हात समाई, उनको पाइला समाती, उनिसंग हिड्नु छ| यति गर्न सक्नु पर्ने हो मैले अनि म तैयार हुनु पर्ने हो अनि मेरो जिम्मेवारी पनि हो| जब उनले अझै पर्खिएर बस्न सक्छिन भने, त्यो धैर्यता म मा पनि हुनु पर्छ|

Bye भन्दै उनि उठेर गइन्| थोरै पर गएर, एउटा स्कूटर अगाडी टक्क उभीन् उनि| डिक्की खोलेर हेल्मेट निकालिन्| कपाल मिलाउदै हेल्मेट लगाइन्. स्कुटर स्टार्ट गरिन् अनि स्कुटरमा कोटेश्वर तिर लागिन्| कोहि मान्छे मनमा बस्छ, कोहि मस्तिस्कमा अनि कोहि आखामा| उनि चाही म भित्र नै बसी सकिन्, मेरो हरेको कोषमा, मेरो हरेक इन्द्रियमा| उनि गएपनि उनको न्यानोपन महसुस गर्दै थिए| अघि उनि बसेको स्थानमा आफ्नो नितम्बको बसाइ सराइ गरे| हावामा उनकै सुगन्ध खोज्दै थिए| प्रेम आत्मासंग गर्ने हो, जुन मैले उनको आत्मा संग गर्न सुरु गरिसकेको थिए| उनि संग जसरि पनि एउटा सम्बन्धको आरम्भ गर्नु छ| चाहे त्यो मित्रता होस् या जीवनको सहयात्रीको| उनलाई जीवन बनाउन मन छ, कमसेकम जीवनको एउटा महत्वपूर्ण मान्छे बनाउन मन छ| चन्द्रमा बनि, उनकै परिपरि घुम्न पाए नि हुन्छ| मात्र उनिसंग जोडिनु छ| भयो, यो पछीको कुरा अनि मनको इच्छा, बिस्तारै समयले भन्छ पुरा हुन्छ कि नाइँ| मैले गर्ने सक्दो कोसिश गर्छु, उनिले कोशिस पहिले देखि नै गर्दै छिन्|

मलाई कति सम्झिएको हौ| रोजिताको आवाज सुन्छु| तर कसरि? झासंग्ग भए| मेरो छेउमा छिन् उनि| तर कसरि? उनि अघि गइसकेको मान्छे, अहिले मेरो अघि छिन्| तर कसरि? उनि गएपछी, म टोलाउदै रैछु| तर उनि फेरी फर्किएर किन आएकी? यो प्रश्न पछी गर्छु, अहिलेको लागि उनको सवालको जवाफ दिनु पहिलो प्राथमिकता हो|

कसरि थाहापायौ? उनको प्रश्नमा सहमति जनाएर, अर्को प्रश्न गरे|

टोलाउदै मुस्कुराउदै थियौ| पक्कै केहि राम्रो सोच्दै थियौ, जस्तै मेरो बारेमा| मिठो भुल या मिठो कल्पनामा हुदा मात्र मान्छे मुस्कुराउदै टोलाउछ| म नि त्यहि गर्दै रैछु| रोजिताले भनेपछी मात्र बोध भयो|

तर तिमि यहाँ कसरि? I mean किन? प्रश्न गरे उनलाई|

कोहि कोहि, म यहाँ आएर खुसि छैनन्| अभ आउन्न म| उनले मेरो मन चोरेको, मसंग जिस्किन खोजेको, मैले बुझ्नु पर्ने हो तर आतिएर, हैन हैन, मैले त्यस्तो भनेर? भनि हाले| मैले यो भावना उनीबाट लुकाउनु पर्ने थियो तर असमर्थ भए|

कस्तो अत्तालिएको| कफीको पैसा तिर्न आएको, नदिएर गएछु| उनले यति भन्दै आमालाइ कफीको पैसा दिइन्| आमा अकबक्क पर्नु भयो र 5 सयको खुजुरा निकाल्नु भयो सुर्के थैलीबाट|

यतिको लागि फर्किएर आउनु पर्छ र? म दिन्थिए बरु| हामि यति नजिक भइसकेका छौ, एक अर्काले एक अर्काको लागि यति गर्न मिल्छ भनि उनलाई महसुस गराउने उदेश्य हो मेरो यो वाक्यओक|

म हजुरको कोहि हैन अहिले| न साथि, न जीवन साथि, न गर्लफ्रेन्ड, न आफन्त| त्यसैले अहिले तिमीले मेरो लागि केहि गर्नु पर्दैन| उनको यो वाक्य निकै तिखो थियो, मनमा चसक्क घोच्यो| कति सजिलै उनले भनिन्, उनि मेरो कोहि हैन, तर मैले उनलाई आफ्नो मनमा कुन स्थान देको छु उनलाई थाहा छैन| फेरी पनि मन खिन्न भयो| यो पटक अनुहारमा हासोको लेप लगाउन आवस्यक लागेन|

भोलि दिएको भए नि? भोलि पनि दिन सक्थियौ| आवाजमा कुनै भाव भर्न जरुरि लागेन, भाव बिना प्रश्न गरे उनलाई|

भोलि कि हुन्छ कसलाई के थाहा? एकछिनमा अके हुन्छ त कसैलाई थाहा छैन| निकै गम्भीर जवाफ आयो उनिबाट| उनि यति गम्भीर प्रकृतिको छिन् भनि मैले सोचेको थिन| हुन त दोस्रो दिन हो हाम्रो भेट भएको| फोनमा ३ दिन बोलेउ सायद| फोनमा बोल्दा, उनको प्रश्न यस्तै गम्भीर त हुन्थियो नि| मैले बिर्सिएको हो, मबाट भुल भएको हो| एकैदिनमा, उनको प्रति, मनमा दुइटा भिन्न र बिपरित भावनाको सिर्जना भयो| उनले हिजो भनेको ठिक हो, पहिले एक अर्कालाइ बुझौ र निर्णय हतारमा लिनु हुन्न| मैले अनायसै उनलाई जीवन सोचेको थिए| मैले उनलाई या आफ्नो सोचलाइ गल्ति भनेको हैन, आफ्नो निर्णयलाइ गल्ति भनेको हो, मैले छिटो लिएको निर्णयलाइ| यहाँ गल्ति खोज्दै गयो भने, सबै गलत मात्र भेटिन्छ| भन्ने नै हो भने, दिमाग धेरै नै चलाउने हो भने| दोषी? दोषी को हो? दोषी एक मात्र छ| एक मात्र दोषी मेरो बाउको त्यो बिर्य हो जुन आमाको डिंबसंग गएर फ्युजन भयो| भयो यस्तो गहन सोचलाइ साइड लगाए अहिले लाइ|

उनि आफ्नो गन्तब्य तिर गइन् अनि म आफ्नो कोठा तिर| दिमागमा धेरै अन्तरद्वन्द चल्दै थियो, दिमागलाइ शान्त बनाउन थियो| यस्तो लागि एक मात्र उपाय हो उपन्यासको सहारा लिनु| कफी बनाए र उपन्यास पढ्न लागे| कफीको चुस्की लिदै थिए, मिस कफीको मेसेज आयो|

आज पनि है? यति लेखिएको थियो मेसेजमा| उनले के भन्न खोजेकी मैले बुझे र मेसेज टाइप गरे|

खै,…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts