Part 29

“ तिमिलाइ पशुपति भनेपछी के याद आउछ?” रोजिताले प्रश्न सोधिन्| यो प्रश्नको जवाफ छ मसंग तर निकै लामो होला जवाफ| जवाफ त दिनै पर्छ|

“सुरुमा कुमार नगरकोटी दाइ आउनुहुन्छ दिमागमा| अनि याद आउछ उहासंग जोडिएको शब्द, “घाट”| पक्कै यतै कतै त्यो फोटोग्राफरले फोटो खिच्दै हुदो हो अनि हिउ क्रिम खाडो हो| खर्पन बोकेको बुढो मान्छे जुन बखत पनि यहाँ आउन सक्छन| तिमीले केहि बुझेनौ है| यसको लागि तिमीले कुमार दाइको “ज्ञ” किताब पढ्नु पर्छ| कुमार दाइलाइ अलि पर राखेर आफ्नो मनको कुरा भन्छु है|

पशुपति मलाई जीवन जस्तो लाग्छ| भगवान शिवको मन्दिर, अनि त्यसको छेउमा चिहान| तिमीलाई थाहा छ, शिव भगवानलाइ “Destroyer” पनि भन्छन नि| भगवान शिवले नस्ट गर्नु हुन्छ तर बिनास हैन| उहाले नविन सृजना गर्नको लागि नस्ट गर्नु हुन्छ| पशुपतिमा पनि त्यहि नै हुन्छ| दागबत्ति दिएर पुरानो शरीरलाइ नस्ट गरिन्छ अनि शिव भगवानले त्यो आत्माको संचय गरि, नया शरीरको सृजना गर्नु हुन्छ| आर्यघाटको छेउमा नदि| नदि पनि जीवनको पुरक हो| मूल सफा हुन्छ, कलकल हुन्छ तर बिस्तारै मैलिदै जान्छ| रिस, स्वार्थ, डाह, इर्ष्या, घमण्ड आदि इत्यादि मिसिएर नदि धमिलो हुन्छ| जति धमिलिए पनि नदि रोकिदैन, बग्दै जान्छ र अन्तिममा महासागरमा मिसिन्छ| यस बिचमा नदिको स्थान बदलिन्छ, नाम बदलिन्छ, जसरि मानिसको सम्बन्ध बदलिन्छ सिधान्त बदलिन्छ र अन्तिममा गएर मृत्युमा ब्रहमाण्डमा मिसिन्छ मान्छे| साझको बेलाको आरति हेरेकी छौ है? मुनि आर्यघाटमा मान्छेको लास जल्दै हुन्छ र यहाँ माथि आरति हुन्छ| आरति हेर्न आएका मान्छेलाइ लासले केहि असर गर्दैन| तर लासको आफन्त शोकामय हुन्छन| जीवन त्यहि हैन र? जोसंग जति जोडियो, त्यति नै भावना बढ्ने| अनि हामि यहाँ छौ, यहाँबाट आएर अरुको जीवनलाइ नियाल्दै छौ| पशुपति के को लागि प्रसिद्ध छ? मन्दिरको लागि| त्यहि मन्दिर घुम्न आउछन मान्छे तर कोहि आर्यघाट घुम्न आउछ? आउन्न् नि| मान्छे त्यो बेला सम्म मात्र जीवनमा अरुलाई पुज्छन, जब त्यो मान्छे उ भन्दा ठुलो हुन्छ भगवान हुन्छ| पशुपति मान्छे रहरले आउछन तर आर्यघाट करले|” रोजिता सामु आफ्नो धारणा व्यक्त गरे|

“निकै गहिरो रैछ तिम्रो सोच| जीवन हेर्ने एउटा नया नजरियाको बिकास गरिदियौ तिमीले म भित्र|” रोजिताले गरेको तारिफले निकै मख्ख बनायो मलाई|

जीवन बारे थप केहि गहन छलफल| थोरै छलफल धर्मको अनि थोरै छलफल मायाको महत्वमा| एक घण्टा यसरि नै बित्यो| जीवनको अर्थ बुझाउदै थिए, समय सकियो, अफिस जानु पर्ने समय भयो| स्कुटरको चाबी छैन भन्छिन् उनि अब| ब्यागमा, उनको पकेटमा, पुजा सामग्रीको टोकरीमा समेत हेरौ तर कहिँ थिएन| छेउछौ कहिँ खस्यो कि भनि भुइँ हेर्दै मन्दिर परिसर सम्म पुगियो तर साचो कहिँ थिएन| यति मिहिनेत अनि अन्त्यमा साचो कहाँ भेटियो थाहा छ? उनले स्कुटरको डिक्की खोलेपछि, चाबी स्कुटरमा नै छोडेकी रैछिन्| उनको स्कुटर निर पुग, चाबी र किरिंग झुन्दिएको थियो स्कुटरमा| उनको घरमा अर्को चाबी छ, त्यो लिन जाने भनि प्लान बनिसकेको थियो|

“आज august ९, पहिलो पटक हामि घुम्न आएको दिन|” छुट्टिनु अघि उनले आज कति तारिख सम्झाईन् मलाई| date मा आएको date पनि याद गर्ने बानि उनको|

अफिस पुग्ने बित्तिकै, आयुस्मालाइ गुड मर्निंग लेखेर पठाए| जहिले मैले मेसेज गर्दिन भनेर गुनासो गर्थिन्, गुनासो समाप्त गर्ने कोशिश मेरो| अफिस पछी सधै जसरि नै रेडियो अनि आमाको पसल| त्यहाँ अपेक्षा अनुसार रोजिता पुगी सकेकी थिइन्| दैनिकी नै भन्दा हुन्छ यसलाई अब| कोठा पुग्दा सम्म मिस कफीले मेसेजको रिप्लाई गरेकी थिइन| खै के भयो उनलाई| फेरी अर्को मेसेज गरे| ब्ल्याक कफी र चुरोट लिएर फेरी आफ्नै संसारको भ्रमणमा निक्लिए| सुत्नु अघि फेरी पनि मिस कफीको याद आयो| उनि गायब छिन् आज| यसरि हराउने मान्छे हैन उनि| मेसेजले काम गरेन, फोन नै गरे| फोन अफ उनको| फोन अफ भएर नै उनले रिप्लाई नगरेको हो त? के उनको मोबाइल बिहान देखि नै अफ थियो? तर किन? उता उनको फोन अफ, यता मेरो mood अफ|

बिहान उठ्दा मोबाइलमा मिस कफीको मेसेज थियो| बिहानको 5 बजे आएको थियो मेसेज, अनि मैले ६ बजे हेरे| “७ बजे बानेस्वरमा भेट्ने?” लेखिएको थियो| एक घण्टामा बानेस्वर पुग्नु पर्ने, सकिन्छ| हुन्छ भनि मेसेज पठाए उनलाई|

“सिभिल हस्पिटल अगाडी हुन्छु म|” उनको अर्को मेसेज आयो| सिभिल हस्पिटल अघि पुगे, उनलाई देखिहाले| मनमा सजाएको मान्छेलाई हजारौको भिडमा खोज्न आखाले मिहिनेत गरि राख्नु पर्दैन| साथि हुन् उनि मेरी मेरो, साथीलाई मनमा सजाउन पाइन्छ| बाइक पछाडी आएर बसिन् उनि|

एउटा क्याफेमा बाइक रोके| मेरो पहिलो प्रश्न नै मोबाइल किन अफ थियो| उनले केहि भन्न माने पो| जति सोधे पनि त्यसै मात्र जवाफ आउने उनीबाट| केहि मिहिनेत अझै गरेपछी, उनले सबै व्यक्त गर्न लागिन्| हिजो बिहान उनको निन्द्रा ढिलो खुलेछ| कलेज जान अबेला भएको थियो, अंकितलाइ कलेज लगिदिन आग्रह गरिन्| अंकितले कलेज पुर्याइदियो र कलेजको गेट अगाडी एउटा केटा साथीले उनलाई पछाडीबाट आखा छोपेछ| त्यो केटा को हो, किन आखा त्यसरी छोप्यो भनि झगडा सुरु भएछ| धेरै नै शंका गर्ने बानि रैछ अंकितको| त्यहि कुरामा झगडा सुरु भएको, दिउसो भरि झगडा भएछ| त्यहि रिसमा उनले मोबाइल अफ गरेर बसेकी रैछिन्| आयुष्मालाइ सम्झाए , सहानुभुति दिए| केहि समय लाग्यो तर सामान्य भयो स्थित्ति|

“मैले नबुझेको, जब यति शंका गर्छ, यसरि झगडा हुन्छ, तिमि खुसि नै छैनौ भने किन सम्बन्धमा छौ?” सहि समय हैन यो प्रश्नको लागि तर प्रश्न गरे|

“कसले भन्यो म खुसि छैन, खुसि छु| सम्बन्धमा झगडा भइ हाल्छ| झगडा नै नहुने सम्बन्ध पनि हुन्छ र? फेरी उसलाई छाडेर अरु कोहिलाइ अपनाए रे मैले, के उसंग पनि झगडा नहोला र? केहि कुरा perfect खोज्ने हैन, राम्रो बनाउने हो|” उनको यो जवाफमा फेरी पनि पूर्ण सहमत हुन सक्दिन म तर सहमति जनाए उनको लागि भए पनि| उनले भने जसरि नै, म उनको मिल्ने साथि भइसकेको थिए| त्यसैले त उनले सबै भन्थिन् मलाई नत्र यो सबै भनि रहनु जरुरि थिएन| उनले मेरो सल्लाह लिन खोज्नु भनेकै उनले मलाई बिस्वास गर्नु थियो| उनको मन हलुङ्गो भएपछी, हामि छुट्टियौ|

बेलुकाको कार्यक्राममा थिए, रोजिताको मेसेज आयो “ म आज ..

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts