बेलुकाको कार्यक्राममा थिए, रोजिताको मेसेज आयो “ म आज रेडियो स्टेसन मुनि हुन्छु है|” सधै आमाको पसलमा पर्खिएर बस्ने उनि, आज किन यहाँ आउनु पर्यो? जे होस्, उने बेलैमा मेसेज गरिन्| नत्र उनि यहाँ आउनु बेकार हुन्थियो| टेक्निसियन दाइको बिचल्ली पारेर म उनीसंग जाने कुरै हुन्थिएन| सुमन दाइ र सलिन दाइ संगै जाने भए आज|
रोजिता तैयार भएर आएकी थिइन्| One piece, स्यान्डल, एउटा ब्याग अनि कपाल कर्ली गरेकी थिइन् उनले| शृंगार गरेर आउनु मतलब उनि कहिँ जादैछिन्| केहि बिशेष कार्यक्रम छ| उनको नजिकै पुगे र बाइक रोके, उनले बाइकमा नै अँगालोमा हालिन् मलाइ| अचानक अँगालोमा कसिएको थिए, मेरो शरीर नै ठप्प भयो, सास रोकियो| उनले जब अँगालोबाट मलाई आजाद गरिन्, तब मात्र सबै फेरी सामान्य भयो| सास र मुटु फेरी चल्न लाग्यो|
“हजुरलाइ नसोधी प्लान बनाए, नरिसाउनु है|” बाइकमा चढ्दै रोजिताले यति भनेर, मैले अघि गरेको अनुमानलाइ सहि सावित गरिन्|
“कहाँ जाने हो र हामि?” कहाँ जाने भनि बुझ्नु पर्ने थियो, बुझे|
“म्याग्नम लाउन्ज, मेरो साथिहरु त्यहि छन्|” कहाँ अनि को संगको जवाफ दीइन् उनले| “किन” को जवाफ आउन बाकि थियो| मैले सोधेपछी त्यसको पनि जवाफ आयो| “get together” आयो जवाफमा| उनको साथीको भेटघाटमा मलाई किन लगिदै छ? मैले उनलाई भर्खरै चिनेको हो, उनको साथिलाइ अहिले सम देखेको थिइन| देख्नु पछीको कुरा, नाम पनि सुनेको थिइन मैले|
दरबार मार्गको म्याग्नम लाउन्ज पुगेउ| उनको साथिहरु हामीलाई पर्खिएर बसेका थिए| एक पछी सबैको नाम भन्दै परिचय गराईन्| सबैको नाम सम्झिन सम्भव छैन मेरो लागि| मेरो परिचय उनले आफ्नो बोइफ्रेन्ड भनेर दीइन्| म उनको बोइफ्रेन्ड कहिलेबाट भए? उनि भ्रममा छिन् कि म नशामा? मलाई नसोधी उनले आफ्नो साथीको अघि मेरो परिचय त्यसरी दिनु हुन्थिएन| मलाई चित्त बुझेन| मान्छु उनीमा भबिस्य खोज्दै थिए म तर म संग एक पटक भएपनि सोध्नु पर्थियो उनले| चित्त नबुझे पनि स्वीकारे उनको त्यो निर्णय| सधै भरिको लागि हैन, केहि समयको लागि मात्र| घर फर्किदा, उनि र म मात्र हुन्छौ, त्यहि बेला यो कुराको छिनो फानो गर्नेछु| अहिलेको लागि यहि माहोलमा भिज्नु उचित छ|
नाइँ भन्दा भन्दै पनि उनको करले रक्सिको केहि पेग लिनै पर्यो| अस्तिसम्म एक अर्कामा केहि हक छैन, अधिकार छैन भन्ने जस्ता कुरा गर्थिन् उनले| गइसकेको मान्छे कफीको पैसा तिर्न फर्किएको कसरि बिर्सिनु मैले| फेरी अहिले मलाई कर गर्नु, मसंग जिद्दी गर्नु, यो कस्तो बदलाव हो उनीमा? हिजो सम्म एक अर्कालाई चिनेर मात्र सम्बन्धको सुरुवात गर्ने भन्थिन्, आज मलाई नसोधी हाम्रो सम्बन्धको धिन्धोरा पिट्दै छिन्| बदलाव, सबै बदलाव| केहि पेग पछी सबै बदलिएको छ मेरो लागि पनि| आज धेरै नै भयो| कर गर्दै गर्दै धेरै नै पिएछु| रोजिता र उनको साथि नाच्न गएपछी एक्लै भएको थिए एक २०-२५ मिनेटको लागि| यस बिचमा रोजिता मौका मिलाएर आइन् म निर|
“म कहिलेबाट तिम्रो बोइफ़्रेन्ड भए?” अघि देखि मनमा गुम्साएर राखेको थिए यो प्रश्न, ओकले|
“आजबाट|” मैले उनिबाट यस्तो जवाफको अपेक्षा गरेको थिए जसले मेरो मनको सबै प्रश्नलाइ कुचो लगाउने छ तर उनिबाट सोचेको जवाफ आएन|
“अनि यो कुरा मलाई किन थाहा छैन?” अर्को प्रश्न मबाट|
“ हजुरलाइ मन पर्नु हुन्छ| हजुरको अनुहार वा आवाज मात्र हैन, हजुरको बिचार मन पर्छ| मैले हजुरलाइ चिन्नु थियो चिने| सबै सोचेर नै मैले हाम्रो सम्बन्ध सुरुवात गर्ने निर्णय लिए|” कस्तो अचम्म हो उनको सोच| हैन उनले भनेर मात्र हुन्छ? यसमा मेरो सहमति लिनु पर्दैन? मेरो बिचार बुझ्नु पर्दैन? मेरो मनमा के छ जान्ने कोशिश उनले गर्नु पर्दैन? उनलाई मन पर्यो भन्दैमा जे पनि पाइन्छ र? उनि त्यो जिद्दी बच्चा जस्तो लाग्यो, जसलाई आफ्नो मनको इच्छा सबै पुरा गर्नु पर्यो| बाटो हिड्दै गर्दा केहि मन पर्यो भने किनी हाल्नु पर्ने| केहि देख्यो भने चाही हाल्ने| हो मान्छु म, मलाई उनि मन पर्छिन्| उनि प्रति भावना छ मेरो मन भित्र तर त्यो भन्दैमा मेरो पनि बिचार बुझ्नु पर्छ उनले| सम्बन्धमा माया गर्छु भनि प्रमाण दिनु पर्दैन, एक अर्कालाई सम्मान गरे पुग्छ| यदि सम्बन्धमा सम्मान नै छैन भने, त्यो सम्बन्धको अपमान हो|
“तिमीले भनेर मात्र हुन्छ? मेरो राय बुझ्नु पर्दैन?” चित्त बुझेको थिएन, ब्यक्त गरे| रक्सिको नशाले झम्म भइसकेको थिए| उनले फेरी दुइ पेग लगातार आफ्नै हातले पिलाइन्| आखा हेर्न नसक्ने र खुट्टा टेक्न नसक्ने भएको थिए| यस्तो हालतमा उनले अर्को प्रश्न गरिन् “किन म संग सम्बन्धमा हुन मन छैन?”
रक्सिको नशा झुम्म थिए र मलाई थाहा पनि थियो कि म ठिक हालतमा छैन| यस्तो बेला धेरै बोलिन्छ थाहा थियो| धेरै बोल्नु मतलब कुरा बिगार्नु| मलाई उनि मन नपर्ने हैन| उनिसंगको सम्बन्ध नचाहिएको पनि हैन| मात्र यति हो कि केहि चित्त बुझेको थिएन| अर्को कोणबाट नियाले र निस्कर्षमा पुगे| यदि मेरो पनि सहमति पर्खिने र मलाई पनि समय दिने हो भने, सम्बन्ध सुरु हुन अझै युग लाग्थियो| उनले जे गरिन्, ठिक गरिन्|
“मैले त्यस्तो भने र?” अघिसम्मको बाध, अहिले मुसा भए| यसरी सुरु भयो हाम्रो सम्बन्ध| मेरो र रोजिताको सम्बन्ध| कलियुगको कृष्णले मदिरा र महिला कहिले नकार्दैन| मतलब कलियुगको कंशले| आफुलाइ कंश भनेको हैन मैले, सबैलाई कंश भनेको हो| यहाँ मायाको नाममा सबैले पाप गर्दैछन्| मदिराको नशामा जे पायो त्यहि भन्दै छु, बरु सुत्न जान्छु र भोलि भन्छु बाकि|
बिहान उठ्दा…
