रोजिताको फोन आयो| अघि मैले कल गर्दा उठाएकी थिइन उनले, रिसाएर हुन सक्छ या व्यस्त भएर| अहिले आफै फोन गरिन्, रिस मर्यो या समय मिल्यो|
“पोखरा किन? कहिले? को संग?” यता मैले फोन उठाउनु, रोजिताले सास नरोकी सबै प्रश्न गरिन्| उल्था लगाए सबै| दाइको खुसिमा म खुसि भएको थिए अनि उनि मेरो खुसिमा खुसि हुदै छिन्| मेरो खुसि उनको खुसि, उनि खुसि म खुसि, दुवै खुसि सम्बन्ध खुसि|
“कहिले फर्किनु हुन्छ?” फोन राख्नु उनले अर्को प्रश्न गरिन्| यो प्रश्नको जवाफ म संग छैन| यो प्रश्नको जवाफ कोहिसंग छैन| हामि चार दाजु भाइ बसेर टुंगो लगाउन नै बाकि छ| कति दिन बस्ने, के के गर्ने, कहिले फर्किने, यो सबै टुंगो लगाउनु परेन| तर जे होस् कमसेकम ३ ४ दिन पोखरा नै बस्न मन छ अनि हफ्ता दिन अफिस जान मन छैन| अफिसमा हफ्ता दिनको बिदा लिए| बिदा रुजु हुन गाह्रो भएन, अस्ति सम्म मर्ने काम गरेको हो नै| हफ्ता दिनको बिदा, पोखरा कति दिन बसिन्छ थाहा छैन तर अफिस हफ्ता दिन गइन्न| चार जना बसेर सबै प्लान बनाइयो र तैयार भइयो|
बाइकमा जान मन थियो प्रताप दाइलाइ तर कसैको घरबाट पनि मान्नु भएनछ| “विदेश जाने मान्छे, लामो बाटो बाइकमा नहिड|” सबैले घरमा काटीकुटी यहि नै सुनेछन्| फ्लाइटमा पोखरा गएर, त्यहाँ बाइक भाडामा लिने कुरा भयो| हिड्नु अघि ७ दिनको लागि कार्यक्रम रेकर्ड गर्न मन थियो तर तिन दिनको मात्र मिल्यो| पोखराबाट पनि कार्यक्रम संचालन गर्नु पर्ने भयो| चाहेको भए रेडियो स्टेसनमा पनि बिदा मिल्थियो तर कसैले सास फेर्न छाड्न सक्छ र?
शुक्रबार साझ ६ बजेको फ्लाइट| पोखरा पुग्दा ६:३० हुन लागेको थियो| एयरपोर्टबाट एक साइड ४०० तिरेर १५ मिनेटमा पुगियो| “ढल्ने गरि खाने हो रक्सि आज| पोखरा पो आएको हो नि जिमु|” प्रताप दाइले पुग्ने बित्तिकै कोठामा नै बियर मगाए| एक महिनाको भोकोले खाना खाए जस्तै, दाइले घुटु घुटु बियर निल्न लागे| दाइ त यसै बदनाम हो, दाइ संगै हामि पनि मजा लिदै थियौ
पोखराको नानि र पानिको भर हुदैन भन्छन| नानि र पानिको थाहा भएन, आफ्नै बानिको चाही भर नलाग्ने| टुबोर्ग कम्पनिको पानि पिउदै, नानीलाइ जिक्साउने बानि कसरि राम्रो होस् त| ११ बजे सम्म बारमा, नाच्दै, पिउदै र हल्लिदै गयो| खासै केहि भएन| जडियाको गफ के सुनाउनु हजुरहरुलाई| जडियाको गफ जडियालाइ त चित्त बुझ्दैन, झन् हजुरहरुलाई के पच्ला|
“पोखरा आउने भनेको, कि घुम्न हो, कि चुम्न| तिमि चाही त्यहि मोबाइल थिचेर बस|” सुमन दाइलाइ सलिन दाइले मोबाइल चलाएर बसेको पटक्कै मन परेको थिएन| तिन चार चोटी नचला भन्नु भएको हो तर सलिन दाइले माने पो| अघि बारमा एउटा केटीले फेसबुक आइडी दिएर गएकी थिइ, त्यहि केटिसंग मेसेज मेसेज खेल्दै हुनुहुन्छ|
“भोलि अरु चिज चलाउन पाइन्छ कि भइ अहिले मोबाइल चलाएको हो सोल्टी|” सलिन दाइले आफ्नो पक्षमा वकालत गर्नु भयो|
“अब यो ठाजाको मोबाइल चलाउने एकछिनमा बन्द हुन्छ|” प्रताप दाइले यति भन्दै आफ्नो मोबाइल निकाल्नु भयो र फोटो खोज्न लागु भयो| तर फोटो किन? अनि फोटो कुन? प्रताप दाइसंग भएको फोटोले सलिन दाइलाई कसरि मोबाइल चलाउन बाट रोक्छ र! सलिन दाइको नाङ्गो फोटो त हैन नि? खैर, एकछिनमा थाहा हुन्छ|
“सलिन, मैले एउटा फोटो इमेलमा पठाको छु, मलाई मेसेन्जरमा पठाउ न|” प्रताप दाइले सलिन दाइलाइ इमेलमा एउटा फोटो पठाएर यसो भन्नु भु| फोटो हेर्दा खासै केहि थिएन| समुन्द्री तटमा एउटा मान्छे बियरको बोतल लिएर उभिएको थियो| तर प्रताप दाइले किन यस्तो गरेको? दाइको उदेश्य नै बुझिन|
सलिन दाइले पनि भनेको मान्नु भयो| इमेलबाट फोटो डाउनलोड गरेर, प्रताप दाइलाइ मेसेन्जरमा त्यहि फोटो पठाउनु भयो| फोटो पठाएको केहि बेरमा नै सलिन दाइको फेसबुक ब्लक भएछ| खोल्न मिल्ने तर ७२ घण्टा सम्म कसैलाई मेसेज पथाउन नमिल्ने अनि फोन गर्न नमिल्ने| लाइक र कमेन्ट पनि गर्न नमिल्ने| पछि प्रताप दाइले कारण भन्दा, हामि सबै झन्डै हासेर मुर्छा परेको| त्यो फोटोमा पछाडी दुइजना बच्चा पनि थिए, अनैतिक क्रियाकलाप गर्दै| त्यस्तो फोटो पठाउनेलाई फेसबुकले ब्लक गर्ने रैछ ७२ घण्टालाउ| सलिन दाइसंग पनि त्यहि भयो| सलिन दाइलाइ पो गाह्रो भयो, न रिसाउन सक्नु भयो न हास्न| बिचार सलिना दाइ, तिन दिन सम्म फेसबुक गयो| सलिन दाइ पनि के कम| राति प्रताप दाइको फोन अनलक गरेर, प्रतापको फेसबुक पनि ब्लक गरिदिनु भयो| त्यहि नै भयो बिचरा सुमन दाइसंग पनि| मैले खासै धेरै फेसबुक नचलाउने भएर, मेरो अकाउन्ट भने बच्यो| पोखरामा ७ दिन के गरि बिताइयो भन्नु पर्दैन| पहिलो दिन जे भयो, बाकि दिन पनि त्यहि नै हो| त्यस बाहेको भनेको, ठाउ ठाउ घुमियो| यो सात दिनमा सलिनदाइले मोबाइल मात्र चलाउनु भयो, अरु केहि पाउनु भएन चलाउन|
रोजितासंग चाही एक दिन पनि झगडा भएन| जति टाढा त्यति माया गाढा भंथिए, हो रैछ| झगडाको झ पनि भएनयो सात दिन| भनेको मान्ने, भने सुन्ने, सुनेको मान्ने| यहि नै भयो| हाम्रो सम्बन्धको सबै भन्दा राम्रो समय भनेकै यो सात दिन थियो| “I am missing you so much|” हरेक पटक उनले यति भनेकै हुने| झन् माया लाग्ने| उनले माया लाग्ने स्वभावले नै भनेकी हुन्थिन|
“त्यति मिस गरेको भए आए हुन्छ नि पोखरा|” यस्तो हाजी मजाक र मायालु चुनौती आदान प्रदान बढेको थियो|
“अहिले साचिकै आइदिन्छु अनि थाहा हुन्छ|” उनले पनि आइदिन्छु जस्तो गरि मजाक गर्थीइन्|
“तिमीले भन्ने मात्र हो| आउन हिम्मत हुनु पर्यो नि|” उनलाई सजिलै जित्न कहाँ दिन्थिए र मैले|
यसै बीच सात दिन बित्यो| आज नाइट बसमा काठमान्डौ फर्किने भनि टिकेट लियौ| सबैको मन खिन्न छ पोखरा छाडेर जानु पर्यो भनि| पोखराको मोह माया नै यस्तो छ, छाडेर जान मनले सजिलै मान्दैन|
“कहाँ छौ?” रोजिताको मेसेज आयो| हामी थकाली खान गएको थियौ| समय ११ बजेको थियो| रोजितालाइ पनि यहि नै भने| उनले रेस्टुरेन्टको नाम सोधिन्| त्यो पनि भने|
“ल मेरो काम छ|” उनले यति भनेको ३० मिनेटमा, उनि मेरो आखा अगाडी| तर कसरि? कहिँ म सपना त देख्दै छैन?कसरि फरक छुट्टयाउने अकहिर बास्तबिकता के सपना के भनि| आखा मिचे, झन्डै मारिन
